एक हप्ता यस्तै गरी बित्यो । न्याउरी धनबादबाट आयो अनि अशोक र म उसलार्इ लिन रेल स्टेसन गयौं । ऊ आउने बित्तिकै मेरा लागि सबै कुरा बदलियो । अशोक र मेरो बिचमा घनिष्टता सकियो ।

फेरि म ड्राइभर मात्र भएँ । फेरि कान थाप्ने सुलसुले मात्र ।

अशोक भन्दै थिए, “हिजो राति मैले फोन गरेको थिएँ । उनी अब भारत फर्केर आउँदिनन्‌ । उनका बुबाआमा पनि यो निर्णयबाट खुसी छन्‌ । यो यसरी एकतर्फी रूपमा सकियो ।”

यसको चिन्ता नगर अशोक । ठीक छ । अब फोन पनि नगर्नू । म यो सबै कुरा धनबादबाटै सम्हाल्छु । तँसँग पैसा माग्ने कुरो मात्र गरी भने म त्यसले गरेको सडक दुर्घटनाको कुरो बिस्तारै उठाएर त्यसको मुख टालिदिन्छु बुझिस्‌ ?” मुकेशले सान्त्वना दिँदै भन्यो ।
“मलार्इ पैसाको चिन्ता होइन्‌, मुकेश ।”
“बुझेँ बुझेँ । मलाई थाहा छ ।”

जसरी किसनले धेरै पटक–मेरो काँधमा हात राख्थ्यो त्यसैगरी न्याउरीले अशोकको काँधमा हात राखेर सान्त्वना दियो !

हामी त्यो निर्माण कार्यमा काम गर्नेहरू बस्ने लहरै बनाइएका अस्थायी ‘त्रिपालका घरहरू भएको झुपडपट्टि हुँदै जाँदै थियौं । न्याउरी केही भन्दै थियो, तर अशोक वास्तै नगरी झ्यालबाट बाहिर हेरिरहेका थिए । मेरो आँखाले पनि उनलाई नै पछ्याए । मधुरो बत्तीमा झुपडपट्टिका मानिसहरू पालभित्र गुडुल्किएर बसेको देखिन्थ्यो । त्यो मधुरो बत्तीमा चुलोको छेउमा बूढो र बुढीसहित एकै ठाउँमा गुडुल्किएर बसेका बच्चाहरू देखेपछि तपाईं सजिलै बुझ्न सक्वुहुन्छ कि त्यो एउटा परिवार नै हो । उनीहरूको आत्मीयता प्रस्टै देखिन्थ्यो । अशोकजी के सोच्दै थिए मैले बुझेँ ।

उनले ती मानिसलाई हात उठाएर अभिवादन गरे ! म उनको हात समाउन तयार थिएँ, तर उनले त्यही हातले न्याउरीलाई अँगालो मारेर भने, “अमेरिकामा छँदा म भन्थेँ कि परिवार भनेको बोझ हो । म यो नकार्न सक्दिनँ । जब तैँले र बुबाले पिङ्की र मेरो बिहेमा उनी क्रिस्चियन हुन्‌ भनेर तगारो हाल्यौ, म साँच्चै तिमीहरूसँग रिसाएको थिएँ । म यो स्वीकार्छु, तर परिवारबिनाको मानिस फुक्लेको हलो जस्तै हो । उसको केही काम छैन । पाँच दिनसम्म मेरो यो ड्राइभरभन्दा बाहेक अरू कोही थिएन, तर अन्तिममा मेरो छेउमा साँच्चै कोही छ त्यो तँ होस्‌ ।’

म उनीहरूसँगै अपार्टमेन्ट गएँ । न्याउरी मैले नै खाना बनाओस्‌ भन्ने चाहन्थ्यो । मैले दाल, सुख्खा रोटी र भिन्डीको तरकारी बनाएँ । खाना खान दिएर भाँडा सफा गरेँ ।

खाना खाँदै न्याउरीले भन्यो, “यदि तिमी निराश भएका छौ भने योगा र ध्यान गर न | टि.भी.मा एकदम राम्रा गुरूले योग शिक्षा दिन्छन्‌ । प्रत्येक बिहान उनको योग प्रशिक्षण टिभीमा आउँछ । अनि उसले आँखा चिम्लेर लामो सास लिँदै भन्यो, ओsssssम् ।”

जब म भान्साबाट पाइन्टमा हात पुछ्दै आइपुगे, न्याउरीले भन्यो ।

“ए पख्‌ त एकछिन्‌ ।”

खल्तीबाट एउटा कागज निकालेर मुसुक्क हाँसेर पुरस्कार नै दिएजस्तै गरी मलाई दिँदै भन्यो, “तँलाई हजूरआमाले पठाएको चिठी हो | वहाँको नाम के रे ?”

खामभित्र मोटो कालो औँला छिराएर च्यातेर खोल्न थाल्यो ।

“कुसुम हो, हजूर ।”

“गजबकी आइमाई ।” हजूरआमाको सिको गर्दै नाडी रगडेर भन्यो ।

“तपाईंले दुःख गर्न पर्दैन । म आफैँ पढ्छु ।” मैले भनेँ ।

चिठी खोलेर चर्को स्वरमा पढ्न थाल्यो ।

अशोक अङ्गेजीमा- बोले ! मैले बुझैं उनी भन्दै थिए, “के यसलाई आफ्नो चिठी पढ्ने पनि अधिकार छैन ?”

उनको भाइले पनि अङ्ग्रेजीमै जवाफ दियो । मैले नबुझे पनि अनुमान गरेँ | उनी भन्दै थिए, “यस्तो कुराको उसलाई सरोकार छैन । उसलाई व्यक्तिगत स्वतन्त्रता कुन चराको नाम हो थाहै छैन । गाउँमा अलंग अलग कोठा नै हुँदैन । त्यसैले उनीहरू सहवास पनि सँगै गर्छन्‌ । मेरो कुरा मान न । उसलाई कुनै मतलब नै छैन ।’

बत्तीपष्टि चिठी पारेर पढ्न थाल्यो, “प्यारो नाति । मैले यो चिठी हाम्रो स्कुलको शिक्षक कृष्णलाई लेखाएको हो । उनले तलाईं त्यही पुरानो नाम ‘सेतो बाघ’ ले सम्झिरहन्छन्‌ । यहाँ बाँच्न साह्रै गाह्रो छ । बेलामा पानी पर्न छाड्यो । मालिकसँग मागेर अलिकति पैसा पठाइदिन सक्छस्‌ ? घर पैसा पठाउन नबिर्सनू नि ।”

न्याउरीले चिठी अलिकति पढिसकेर राख्यो । अनि जङ्गियो- “नोकरहरूलाई यो भन्दा अरू के चाहिन्छ र ? पैसा, पैसा र पैसा । नोकरहरूले पाए भने मालिकको रगत पनि चुस्छन्‌, हैन त ?”

उसले बाँकी चिठी फेरि पढ्न थाल्यो, “मैले किसनलाई अब बेला भयो भनेपछि बिहे गर्यो । तर तलाई म त्यसो भन्दिनँ । तँ अरूजस्तो छैनस्‌ । तँ तेरो आमाजस्तै अलि गम्भीर छस्‌ । तँ केटाकेटी छँदै पनि त्यस्तै थिइस्‌ । पोखरीको छेउमा बसेर बिहान, साँझ अनि रातमा पनि मुख बाएर ट्वौँ परेर त्यो कालो किल्ला हेरिरहन्थिस्‌ । म तलाईं बिहे गर्न जबरजस्ती गर्दिनँ । मैले बिहेपछि पाइने आनन्दको कुरा मात्रै तँलाई सम्झाएको हो । समाजका लागि पनि बिहे गर्नु राम्रो कुरा हो । कसैको बिहे भएको वर्ष पानी पनि राम्रैसँग पर्छ । भैंसी पनि मोटाउँछ । दूध धेरै दिन्छ । यो सब शाहा भएकै कुरा हो । तै सहरमा हुँदा हामीलाई गर्व छ । आफ्नो मात्रै सोच्ने स्वार्थी नबन्‌, हाम्रो बारेमा पनि अलिकति ख्याल गर्नू । पहिला तँ यहाँ आएर मेरो हातले पकाएको कुखुराको मासु खानुपर्छ ।

उही तेरी मायालु हजूरआमा, कुसुम ।”

न्याउरीले मलाई चिठी दिनै लागेको थियो, तर अशोकले खोसे र फेरि पढे ।

चिठी पढेर मतिर टेबलमा मिल्काइदिनुभन्दा पहिल्यै भने, ‘कहिलेकाहीँ यी गाउँलेहरू कस्तोसँग दुःख लाग्दोगरी कुरा खोल्छन्‌ भने मनै अमिलो हुन्छ ।’

बिहान मैले न्याउरीलाई फेरि रेल-स्टेसन पुर्याएँ र उसको मनपर्ने खाजा ‘डोसा’ किनेर उसलाई दिनुभन्दा पहिले त्यसभित्रको आलु निकालेर लिकमा फालिदिएँ । म प्लेटफममा झरेर पर्खेर बस । उसले आफ्नो सिटमा बसेर डोसा खान थाल्यो र तल लिगमा एउटा मुसाले त्यो फालेको आलु कुन्रुकुत्नु खान थाल्यो ।

म अपार्टमेन्ट फर्के । लिफ्टमा १३ औं तला पुगेँ । ढोका खुल्लै थियो । ऊ हर कोठाको बिजोक देखेपछि भनेँ, “हजूर के गरेको यस्तो ? यो त बौलाहा पारा भो ।”

उनले प्लास्टिकको बाल्टीमा खुट्टा राखेर आफैँ मालिस गरिरहेका थिए | मैले उनको खुट्टा समाउँदै भने, “तपाईंले भनेको भए त मालिस म गरिदिन्थें नि ! किन तपाईंले कष्ट गरेको ?

“पर्दैन छोड्‌ ।’ उनी झर्किए

बाल्टीभित्रको फोहोर पानीमा हात डुबाएर उनको खुट्टा दबाउँदै भने, “तपाईंले मलाई मेरो काम गर्न दिनै पर्छ । तपाईं आफैँ गर्ने भए म नोकरको के काम !

“पर्दैन भनेको । छोड्‌ न |”

अशोकले झोक्किँदै बाल्टी भकुन्ङ्याए । पानी भुइँभरि छ्यालब्याल भयो ।

“हैन तँ कस्तो मूर्ख मान्छे हँ ? भनेकै सुन्दैन !” मलाई ढोकातिर देखाउँदै हकारे, “ल बाहिर गैहाल तँ । तैँले ५ मिनेट पनि मलाई एक्लै छोड्न सक्दैनस्‌ ? तँ त्यति पनि गर्न सक्दैनस्‌ ।? मसँग, टाँसिइरहनुपर्ने ?