एकपल्ट उसले भन्यो –
“होइन, कोही न कोही त दोषी हुनैपर्छ । म तिमीलाई भन्छु – ऊ त्यहाँ बसेकाहरु नै दोषी हुन् । हामीले आफ्नो जीवनबाट सम्पूर्ण अनावश्यक कुराहरुलाई बडो निर्ममतापूर्वक उखेल्दै जानुपर्छ !”
“एकपल्ट टाइमकिपर इसाई पनि तिमीबारे यस्तै कुरा गर्दै थियो ।” – आमाले सम्झिन् ।
“इसाई रे,” – भेसोभसिकोभले एकछिान चुप लागिसकेपछि सोध्यो ।
“हो, निकै खतरनाक मान्छे छ ! सधैं चोरजस्तो यताउता घुमिरहेको हुन्छ । मान्छेहरुसँग नानाथरीका कुराहरु सोधिरहेको हुन्छ । हाम्रो सडकमा पनि आउनेजाने गर्न थालेको छ । अक्सर झ्यालबाट चियाइरहेको हुन्छ .. ।”
“झ्यालबाट चियाइरहेको हुन्छ रे ?” – निकोलाइले दोहो¥यायो । आमा खााटमा पल्टेकी थियन्, त्यसैले उनी भेसोभसिकोभको अनुहार देख्थिन् तर जब उक्राइनिले भन्यो –
“यदि अरु केही काम पाउँदैन भने चियाओस् न त, हामीलाई के छ र .. ?” – तब आमाले बुझिन् उनले कस्तो गल्ती गरिन् ।
“कुरा त्यो होइन ।” – निकोलाइले भन्यो – “देख्यौ, ऊ पनि दोषी मान्छेहरुमध्ये एक हो !”
“के दोष छ उसको ?” उक्राइनिले छिटोछिटो सोध्यो – “यही त होइन कि ऊ उल्लू छ ?”
भोसभेसिकोभ केही जवाफ नदिई बाहिर निस्क्यो ।,
उक्राइनि बिस्तारै कोठामा ओहोरदोहोर गर्दै थियो । उसका माकुराका जस्ता लामालामा खुट्टा घिस्रिएको आवाज आउँदै थियो । उसले सधैंजसो आफ्नो बुट फुकाल्यो । ऊ आमालाई सुत्न बाधा दिन चाहँदैनथ्यो । तर आमा निदाउन सकिनन् ।
“मलाई त डर लाग्छ त्यो मान्छे देखेर !” – निकोलाइ कोठाबाट निस्कँदा उनले भनिन् ।
“हो .. !” – उक्राइनिले बिस्तारै भन्यो – “बडो झक्की मान्छे छ । आमा, अब उसका अगाडि कहिल्यै इसाईबारे कुरा नगर्नुहोला । त्यो इसार्य साँच्चैको जासुस हो ।”
“यसमा आश्चर्य मान्ने कुरै के छ ?” – आमो भनिन् – “उसको कुलदेवता नै राजनैतिक पुलिस हो ।”
“मलाई लाग्छ, कुनै दिन निकोलाइले उसलाई चुट्नेछ ।” – उक्राइनिले चिन्तित स्वरमा भन्यो – “देख्नुभो यी शासक महाशयहरुले निम्न तहका मान्छेहरुमा कस्तो भावना पैदा गराएका छन् ? जब निकोलाइजस्ता मान्छेहरुले आफूप्रति भएको अन्याय बुझ्नेछन् र आफ्नो धैर्य गुमाउनेछन् तब के होला ? पृथ्वी आकाशमा रगतको खोलो बग्नेछ .. ।”
“कस्तो भयङ्कर कुरा, आन्द्रेइ !” – आमाले भयभित स्वरमा भनिन् ।
“जसले झिँगो निल्छ, उसैलाई बान्ता पनि हुन्छ !” – एकछिन चुप लागिसकेपछि आन्द्रेइले भन्यो – “तर जे होस् आमा, यी मालिकहरुका रगतको प्रत्येक थोपा जनताको आँसुको सागरमा भिजेको छ .. ।”
ऊ मसुक्क हाँस्यो र फेरि भन्न थाल्यो – “कुरा त साँचो हो, तर किन हो मनचाहिँ शान्त हुँदैन !”
एक दिन आइतबार आमा बजारमा सम्झौता गरेर फर्कदै थिइन्, घरको ढोका खोल्नासाथ उनी हर्ष र आनन्दले त्यहीँ दैलामा मूर्तिवत् उभिइन् । कोठाभित्रबाट पाभेलको दृढ आवाज सुनियो ।
“लौ आइपुग्नुभयो !” – उक्राइनिले जिल्लाउँदै भन्यो ।
पाभेल फरक्क फर्कियो, उसको अनुहार चम्कियो र आमाले त्यस अनुहारमा आफ्ना लागि केही ठूलो कुरा सँगालिएको पाइन् ।
“आइपुगिस् त छोरा !” – आमाले लडबडाउँदै भनिन् र त्यहीँ जमिनमा थचक्क बसिन् । यसरी अचानक छोरालाई देख्दा उनी बिलकुल किकर्तव्यविभूढ भइन् ।
पाभेल उनीतर्फ झुक्यो, उसका ओठ काँप्दै थिए, आँखाका कुनामा आँसुका थोपा चम्किए । एकछिनसम्म उसले केही बोलेन । आमा पनि चुपचाप एकटकले उसलार्य हेर्दै थिइन् ।
उक्राइनि उनीहरुलाई एक्लै छाडेर बिस्तारै सिटी बजाउँदै चोकमा निस्क्यो ।
“आमा, धन्यवाद तपाईलाई !” – पाभेलले आफ्ना काँपेका हातले आमाको हात दबाउँदै मन्द स्वरमा भन्यो – “प्यारी आमा, धेरैधेरै धन्यवाद छ तपाईलाई !”
पाभेलको अनुहारको त्यो भावना र उसको स्वरको कोमलता देखेर आमा अति गद्गद् भइन् र छोराको टाउको सुमसुम्याउन थालिन् । उनी आफ्नो हृदयको तीब्र स्पन्दन शान्त पार्ने कोसिस गर्दै थिइन् ।
“गजब कुरा गर्छस् तँ पनि, केका लागि धन्यवाद र ?” – उनले भनिन् ।
“हाम्रो यस महान् कार्यमा तपाईले जुन मद्दत गर्दै हुनुहुन्छ त्यसका लागि धन्यवाद !” – पाभेलले भन्यो – “थोरै मान्छे यति भाग्यमानी हुन्छन्, उनीहरुले भन्न सकून् – उसकी आमाले उसलार्य जन्माएको मात्र होइन, वैचारिक रुपमा पनि उनीहरु एक छन् ।”
आमा चुपचाप उसको प्रत्येक शब्द कुनै प्यासीले तीर्खा मेटेजस्तो निल्दै थिइन् र आफ्नो अगाडि उभिएको छोरालाई अपार प्रेमको दृष्टिले नियाल्दै थिइन् । कति प्यारो देखिन्थ्यो ऊ ।
“आमा, मलाई थाहा छ तपाईलाई कति कठिनाइ प¥यो । धेरै कुरा तपाईलाई मन परेन होला । मलाई लागेको थियो तपार्य कहिल्यै हाम्रो विचार बुझ्न सक्नुहुने छैन र चुपचाप सबै कुरा सहँदै जानुहुनेछ, जसरी तपाईले जिन्दगीभर सबै कुरा सहँदै आउनुभएको छ । यो कुरा सोच्दा मलाई असाध्यै पीर पथ्र्यो .. ।”
“आन्द्रेइले मलाई धेरै कुरा बुझ्न मद्दत गरे ।” – आमाले भनिन् ।
“उसले बताएको थियो मलाई तपाईबारे !” – पाभेलले हाँस्दै भनिन् ।
“एगोरले पनि मद्दत ग¥यो । हामी एउटै गाउँका रहेछौ । आन्द्रेइले त अझ पढाउन पनि खोजेका थिए ।”
“तपाईचाहिँ लाज मान्नुभो र आफैं लुकीछिपी पढ्न थाल्नुभो, होइन ?”
“ए, त्यसो भए उसले थाहा पाइहालेछ !”– आमाले झस्किँदै भनिन् । हर्षले विह्वल हुँदै आमाले भनिन् – “उनलाई डाक, छोरा ! जानाजानी हामीलाई एक्लै छाडेर निस्केका हुन्, हामीलाई बाधा दिन चाहँदैनन् । बिचराकी आमा छैन .. ।”
“आन्द्रेइ !” – पाभेलले बरन्डाको ढोका खोलेर डाक्यो – “कता लागिस् ?”
“यही छु । अलि दाउरा चिर्न थालेको ।”
“भित्र आ !”
ऊ तुरुन्तै आएन र भान्साकोठाभित्र पसेर घरेलु कुरा गर्न थाल्यो ।
“निकोलाइलार्य भन्नुप¥यो अलिकति दाउरा ल्याएर राखिदिनोस् । सक्किनै आँट्यो ।
आमा, आफ्नो पाभेललाई त एकपल्ट हेर्नोस् न ! यी हाकिमहरु पनि विद्रोहीहरुलाई सजाय दिनुको सट्टा खालि ख्वाएर पिलाएर मोटाउन मात्र लाउाँछन् .. ।”
आमा हाँसिन् । अब उनी आनन्दको नशामा डुबेकी थिइन् र हृदयमा मीठो स्पन्दन हुँदै थियो । व्यवहारकुशलता र औचित्यको विचारले उनी चाहन्थिन्, छोरा सधैंजस्तो शान्त होस् । प्रत्येक कुरा भव्य देखिन्थयो र उनी चाहन्थिन्, उनको जीवनको यो पहिलो खुसीयालीइ उनको हृदयमा सदा यत्तिकै प्रबल र सजीव बनिरहोस् । कहाँ यो आनन्द कम त हुने होइन भन्ने डरले उनी आफ्नो आनन्दलाई कुनै पिञ्जढामा बन्द गर्न चाहन्थिन् । अहिले उनको अवस्था ठीक त्यस शिकारीको जस्तो थियो, जसले अचानक अन्जानेमा कुनै दुर्लभ चरा समातेको छ ।
“आमा, खाना खाऔां ! पाभेल तैंले खाना त खाएको छैनस् ?” – उनले आफूलाई व्यस्त बनाउने प्रयास गर्दै भनिन् ।
“अहँ, हिजो जेलरले मलाई छाड्ने भए भन्ने खबर सुनाएदेखि न त खानै सकेँ, न पिउन नै .. ।”
“बस्तीमा आइपुग्नासाथ सबैभन्दा पहिले बूढो सिजोभसँग भेट भयो ।” पाभेल भन्दै थियो – “मलार्य देख्नासाथ ऊ बाटो काटेर म उभिएको ठाउँमा आइपुग्यो र हात मिलायो । मैले भनेँ – तपाई अलि होसियार रहनुहोला, म त अब खतरनाक मान्छे भघैसकेँ, जेहोस् पुलिसको निगरानीमा छु ।” – उसले भन्यो – “केही छैन ।” – “थाहा छ आफ्नो भतिजोबारे के कुरा सोध्दै थियो ? सोध्दै थियो फ्योदरले जेलमा ठीक व्यवहार त गर्छ ?” – मैले उलटो सोधै –
“जेलमा ठीक व्यवहार गर्नुको अर्थ के ?” तब उसले भन्यो – “मेरो भनाइ हो जेलमा उसले आफ्ना कमरेडहरुप्रति ाविश्वासघात त गरेन ?” – जब मैले भनेँ – “फ्योदर इमानदार साथी हो र निकै होसियार पनि छ तब उसले आफ्नो दाह्री सुमसुम्याउँदै बडो गर्वपूर्वक भन्यो – “हाम्रो सिजल परिवारमा खराब मान्छे छैनन् ।”
“त्यो बूढो निकै समझदार छ !” – उक्राइनिले टाउको हल्लाउँदै भन्यो । “मैले पनि उसँग धेरैपल्ट कुरा गरिसकेको छु । भलाद्मी मान्छे छ । फ्योदर पनि छिटै छुट्छ होला, हँ ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।