केही दिनपछि चालीस जवान जतिको एक टोली त्यस गाउँमा आइपुग्यो । ती जवानहरू सैनिक पोशाकमा भने थिएनन् । उनीहरूले खैरो जमोठको बूट र रंगरोगनको दागं लागेको मजदूर कुर्ता लगाइराखेका थिए। बाबु ग्राम सोभियतबाट दिउँसो घरमा खाना खान भनी आए। उनले हजुरबालाई भने-
“बा, धनसारमा अनाज तैयार गरिराख्नु होला है ! राशन-टोली अइपुगेको छ। बचत अनाज जम्मा गरिने भएको छ।”
सिपाहीहरू घर घर पुगेर संगीनने घोची घोची भुइँ जाँच गर्न लागे, जमीनमुनि लुकाइराखेको अन्न धमाधम बरामद गर्ने थाले र गाडामा लादेर साझा अन्न-भए्डारमा पुर्याउन थाले।
अध्यक्षको घरमा पनि पालो आइपुग्यो। टोलीनाइकेले पाइपमा तमाखुको सर्को तान्दै हजुरबासंग सोध्यो –
“अनाज गाडेर त लुकाइएको छैन कतै, बूढाबा ? साँचो साँचो भन्नोस् !”
परन्तु हजुरबाले दाह्वी मुसार्दै जवाफ दिए-
“कस्तो कुरा गर्या ए ! मेरो छोरो नै कम्युनिष्ट छ त नि !”
सिपाहीहरू धनसारभित्र पसे। तमाखुको पाइप मुखमा च्यापिराख्ने टोलीनाइकेले चियाएर भकारीमा हेर्यो र मुस्कुरायो ।
“एक भकारी अन्न त भण्डार घरमा पुर्याउनै पर्ला, बुढाबा ! ”- उसले भन्यो।- “बाँकी रहेको अन्नपात जीविका चलाउन र बीउ छर्न तपाईंकै धनसारमा रहोस् ! ”
हजुरबाले साभ्रास्का भनिने बूढो घोडालाई गाडामा जोते । उनले एकाध पल्ट लामो सुस्केरा हाले, केही गुनगुनाए , अनि आठ ओटा बोरामा टन्न गहूँ भरे, अन्यमन्यस्क भएर कुम हल्लाए र बोराहरू गाडामा लादेर भण्डार घरतर्फ चलान गरे। सित्तैमा गहुँ दिनु परेकोमा चित्त कुढिएर आमा चाहिँ अलि बेर रोइन् पनि । तर मिशा भने हजुरबालाई बोरामा गहुँ भने केही मद्दत गरिसकेपछि पादरीकहाँ भित्यासंग खेल्न हिंडिसकेको थियो ।
दुबै जना केटाहरू कागज काटेर बनाइएका घोडाहरू भान्साघरको भुइँमै फिजाएर खेल्न बसेका मात्न के थिए, यत्तिकैमा तिनै सिपाहीहरू, जो मिशाको घरमा पुगेका थिए, त्यहीं भान्साघरमा नै आइपुगे । पादरी हस्याङ-फस्याङ गर्दै उनीहरूलाई भेट्न दौडिए, आफ्नो जामाको आँचलमा गोडा अल्झेर उनी लड्न लड्न आँटिसकेका थिए । उनले सिपाहीहरू लाई कोठामै निम्त्याए, तर पाइप मुखमा च्यापेको सिपाहीले कडाइका साथ भन्यो-
“हिंड्नोस्, धनसारतिर ! अनाज कहाँ राख्ने गर्नु हुन्छ ? ” पादरीकी पत्नी पनि हड्बडाउँदै भान्साधरभित्त पसिन् । उनको केश फुक्कै थियो।
“भलादमी हो ! हामीसित अन्न त एक गेडो पनि छैन। ” – उनले फिस्स मुस्कुराउँदै भन्न शुरू गरिन् । – “तपाईंहरूलाई पत्यार लाग्दैन होला, तर मेरा लोग्नेले यस पालि अझैं जजमान- हरूकहाँबाट सिधा बटुलिसकेका छैनन् .. .। ”
“तपाईंहरूको घरमा तहखाना त छ के ?”
“छैन, कुनै तहखाना छैन… । हामी अन्नपात धनसारमा राख्ने गर्छौ । ”
मिशाले सम्झयो, कसरी एक दिन ऊ भित्या संगसंगै भान्सा घरमुनि फराकिलो तहखानामा खेल्न पसेको थियो ।
“भान्साघरमुनिको तहखाना नि ? ”- मिशाले पादरीकी स्वास्नीतर्फ टाउको फर्काएर भन्यो।-“भित्या र म खेल्न पनि त जाने गर्थ्यौ नि त्यहाँ ! बिसन भो कि क्या ?”
पादरीकी स्वास्नी खित्का छोडेर हाँसी। तर उसको अनुहारमा रगत सुक्दै गएको थियो ।
“म किन बिर्सन्थें र ? तिमी पो बिर्सदै छौ, बाबू ! ” उसले जवाफ दिई र भनी। “भित्या, जाओ न तिमीहरू बगैँचामा खेल्न । ”
मुखमा , पाइप च्यापिराख्ने सिपाहीले आँखा झिम्क्याउँदै मुस्कुराएर सोध्यो –
“तानी । कसरी तहखानामा गएथ्यौ हँ ?”
“के तपाईं पनि यस सिल्ली केटोको कुरो पत्याउँदै हुनु हुन्छ? ” पादरीकी स्वास्नीले औंला थिच्दै पड्काउँदै भनी । “भलादमी हो ! विश्वास गर्नोस् ! हाम्रो घरमा तहखाना सहखाना केही छैन !”
“शायद कामरेडहरूले खाना खाइसक्नु भएको छैन होला ? ” पादरीले आफ्नो जामाको पोल्टो तह लाउँदै सुझाव राख्यो । “पाल्लोस् भित्र कोठामा !” मिशाको बगलबाटै अगाडि लम्कँदै पादरीकी स्वास्नीले उसको पाखुरामा नङ गाडेर बेसरी चिमोटिदिई, तर नखरमाउलो मुस्कुराहट मुखमा ल्याउँदै भनी-
“केटा हो ! जाऊ, बगैँचामा गएर खेल ! यहाँ चकचक नगर ! ”
आँखाको सान गरेर सिपाहीहरू भुइँमा बन्दूकको कुन्दाले ठोक्तै भान्साधरको जाँच गर्न लागे । भित्तानेरको टेबुल एक कुनामा सारेर त्यहाँ ओछ्याइराखेको टाट पनि एकातिर
पन्छ्याइदिए। अनि पाइपवाला सिपाहीले त्यहाँबाट एउटा फल्याक झिक्यो र तल तहखानातर्फ चियाएर हेस्यो।
“शरम लाग्दैन तपाईंहरूलाई ? ” उसले टाउको हल्लाउँदै भन्यो । -“एक गेडो पनि अनाज छैन भन्ने, तर तहखानाभरि टन्न गहुँ नै गहुँ लुकाउने ! ..”
पाँदरीकी स्वास्नीले मिशालाई काँचै खाउँला जस्तो गरेर हैरी । मिशा निकै डरायो र सकभर छिटो घरतिर भाग्न खोज्यो । उ झटपट उठ्यो र आगनतर्फ लम्कियो । पादरीकी
स्वास्नी पनि उसको पछि पछि दलानमा पुगी र एक्कासि झम्टेर उसको जगल्टा समात्दै भुइँमा लछार-पछार गर्ने थाली ।
मिशा बल्लतल्ल फुत्कियो र सरासर घरतिर दौडियो। आँखाबाट आँसुको बलिन्द्र धारा चुहाउँदै उसले भए भरको कुरा, आमालाई बतायो । आमा चाहिँ दुबै हातले टाउको थिचेर
बड्बडाउन लागिन् –
“कति दुःख दिन्छस् हँ तँ मलाई ? ” उनी बम्किन् । –
“जा, भाग् यहाँबाट ! नत्र चड्कन पाउलास् ! मेरो आँखा अगाडि नै नपर् बरू! ”
त्यस बेलादेखि मिशा सधैँ नै कसैले उसको चित्त दुखाइदियो कि त धनसारमुनि घुस्नन्थ्यो र ढुंगा पन्छ्याएर, पातमा बेहिराखेको तस्बीर झिक्थ्यो। अनि बलिन्द्न धारा चुहाउँदै उ लेनिनलाई आफ्नो दुखेसो सुनाउँथ्यो र आफ्नो मन दुखाइदिनेको विरुद्ध उजूर गर्दथ्यो ।
हप्ता ,दिन बित्यो। मिशालाई नियास्रो लाग्यो। उससंग खेल्ने पनि कोही भएन । छिमेकी केटाहरू उससंग हेलमेल नै गर्न खोज्दैनथे। “फुच्चे नकच्चरो ” भनेर मात्न पहिले पहिले उसलाई जिस्क्याउने गर्दथे भने अब एउटा अर्को उपनामले पनि उसको न्वारान गरिदिएका थिए। केटाहरूले उसलाई दिएको यो नयाँ उपनाम बढापाकाहरूबाट -नै पैँचो लिइएको थियो।
“कम्निस्टेको बच्चो ! ”- मिशालाई कतै देख्यो कि त उनीहरू जिस्क्याउन थालिहाल्दथे । – “यता हेर त कम्निस्टे मोरा ! ”
एक पल्ट साँझपख मिशा पोखरीबाट घर फर्किँदै थियो। घरभित्न उसले जंगिंदै बोलिरहेका आफ्नो बाबुको स्वर सुन्यो । आमा चाहिँ कोही मर्दावर्दाखेरि विरह गर्ने जस्तो स्वरमा
कराइरहेकी थिइन् । मिशा संघार नाघेर घरभित्न पस्यो। त्यहाँ उसका बाबु गोडामा लगाइराखेको बूटमा फीता बाँध्दै थिए । उनको वर्दी पनि बगलमै राखिएको थियो ।
“कता जान लाग्नु भो, बा ?”
बाबुले ,फिसिक्क हाँस्दै जवाफ दिए-
“हेर् छोरा, आमालाई सम्झा ! उसको रून्चे स्वरले मेरो त मुट नैँ चरक्क चिरिन्छ। म लडाइँमा जान लाग्या छु। तेरी आमा भने मलाई छाड्नै चाहन्ने ! ”
“बा, मलाई पनि आफ्नै साथमा लैजानोस् ! ”
बाबुले कमरपेटी बेसरी कसे र फुर्कावाल टोपी लगाए ।
“के कुरा गर्छस्, छोरा ? हामी दुबै जना संगसंगै घर छोडेर कसरी जान सक्छौं र ! .. म नफर्कुन्जेलसम्म तैँले घर हेर्नु पर्छ । नत्न बालीनाली कसले हेर्न, फसल कसले भित्याउने ? आमालाई घरधन्दैले फुर्सद छैन, बाजे बूढा भैसके… । ”
मिशाले आँसु चुहाएन, बरू बाबुसंग बिदाबारी हुँदै मुस्कुराउने प्रयास गर्यो। आमा चाहिँ बाबु घर आउँदाखेरि जस्तै गरेर बाबुको गलामा झुण्डिइन् र बाबुले खूबै बल लगाएर उनको अंकमाल छुटाउनु पर्यो। हजुरबा चाहिं सुस्केरा हाल्न थाले र बिदाइमा बाबुको मुखमा म्वाइ खाँदै काननेरै फुसफ्साउन थाले –
“हेर्, फोमा ! .. नगई हुँदैन र? तिमी बेगर नै काम नचल्ला र ? .. समय राम्रो छैन ! कथंकदाचित तिमी मारियौ भने हामीले के गर्ने नि ?”
“चूप लाग्नोस्, बा ! .. कुवाच्य नबोल्नोस् ! सबै स्वास्नीको फरियामुनि लुक्न थाले भने सोभियत सत्ताको रक्षा कसले गर्ने ? ”
“खे, के भनूँ ! यदि यस्तै हो भने जाऊ , न्यायको निम्ति लड ! ”
हजुरबाले पछिल्तिर मुख फर्काएर नदेखिने, किसिमबाट आँखाको आँसु पुछे ।
ग्राम सोभियतसम्म सबै बाबुलाई बिदा गर्न गए। त्यहाँ आगनमा नै बीस जना जति मान्छेहरू पर्खिंरहेका थिए , सबैसंग बन्दूक थियो। बाबुले पनि एउटा बन्दूक लिए। अनि उनले मिंशालाई फेरि अन्तिम पल्ट चुमे र अरू मानिसहरूको साथमा कदम चाल्दै गाउँको बाहिर लाने बाटोमा अगाडि बढे।
मिशा हजुरबाको साथमा घर फर्कियो। आमा चाहिँ पछि पछि लाग्दै नचाही नचाही लुरूलुरू हिँडिरहेकी थिइन् । गाउँमा कहिले यहाँ त कहिले वहाँ कुक्कुरहरू भुक्दै थिए। कतै कतै घरमा बत्ती पनि बालिइएको थियो। सारा गाउँ नै रातको अन्धाकारमा डुबिसकेको थियो, कुनै बुढियाले कालो ओढनेको घुम्टो हाले जस्तै। सिमसिम पानी पनि पर्न थालेको थियो र गाउँबाट धेरै टाढा स्तपीमैदानमा बिजुली चम्किएको देखिन्थ्यो र ठूलो गड्गडाहटको साथ मेघ गर्जेको सुनिन्थ्यो ।
उनीहरू चूपचाप घरनेर आइपुगे। बाटोभरि एक लवज पनि नबोलेर लुसुलुसु हिँडिरहेको मिशाले घरको ढोकामा पुग्ने बित्तिकै सोध्यो —
“हजुरबा , हाम्रा बा कसको विरुद्ध लड्न गएका हँ? ”
“चूप लाग् ! ..”
“हजुरबा ! ”
“किन ? ”
“बा कसको विरुद्ध लड्ने हुन् ? ”
ढोकामा आग्लो हालेर हजुरबाले जवाफ दिए –
दुश्मनहरू, हाम्रो गाउँको नजीकै पुगिसक्या छन् । मानिसहरू उनीहरूलाई गुण्डादल भन्छन्। मेरो विचारमा भने उनीहरू पक्कै डाँकु हुन्… । तिनैको विरुद्ध तेरा बाबु लड्न गया छन् । ”
“हजुरबा , दुश्मनहरू धेरै छन् कि ?”
“दुई सय जति होलान् ! मान्छेहरू यसै भन्छन् …। जा, तँ गएर सुत् ! तैंले अहिलेसम्म त सुतिसक्नु पर्थ्यो ! ”
राती हल्लाखल्ला सुनेर मिशा निद्राबाट ब्युँझियो। उ हजुरबालाई उठाउन छामछाम छुमछुम गर्न लाग्यो, तर हजुरबा बिछ्यौनामा छँदै थिएनन् ।
“चूप लाग् | ,. सुत् , नचल्मलाएर ! ”
मिशा उभियो र अँध्यारोमा छामछुम गर्दै झ्यालसम्म पुग्यो । हजुरबा त्यहीँ थिए., उनी बेन्चमा बसिरहेका थिए, उनले अण्डरवेर मात्र लगाइराखेका थिए। उनी खुला झ्यालबाट टाउको बाहिर निकालेर सुनिरहेका थिए। मिशा पनि ध्यान दिएर: सुन्न लाग्यो। सुनसान रातमा गाउँदेखि निकै पर कतै पटक पटक गरी गोली चलेको प्रस्ट सुनिन्थ्यो , अनि गोलीको पर्रा छुटेको आवाज आराउँथ्यो ।
ढ्वाँग ! ढ्वांग ! .. पट्-पट्-पट्-पट् !
मानौं हत्यौडाले कीला ठोकिंदै होस् !
मिशा भयभीत भयो। उ हजुरबाको नजीकै ढेस्सियो
“यो बाले गोली हानेका हुन् ? ” -उसले सोध्यो ।
हजुरबा चूप लागिरहे । ग्रामा चाहि फेरि रून र कराउन थालिन् ।
रातभरि गोली हानाहान रोकिएन। बिहानपख मात्रै गोलीप्रहार बन्द भयो। मिशा बेच्चमै गुडुल्कियो र गहिरो र असजिलोसित निदायो। सबेरै ग्राम सोभियतसम्म जाने सडकमा घोडचढीहरूको दल देखा पर्यो। हजुरबाले मिशालाई ब्युँझाए र आफू चाहि आगनतिर लागे ।
ग्राम सोभियतको प्रांगणमा धुँवाको मुस्लो उठिरहेको थियो । नजीकैका घरहरू दनदन जलिरहेका देखिन्थे। घोडचढीहरू संडकमा ओरोहर-दोहर गर्दै थिए। एक जना घोडचढीले आगनमा आएर हजुरबालाई भन्यो
“घोडा त छ, बूढाबा ”
“छ !….”
“काँठी कस र गाउँबाहिर जाऊ ! त्यहाँ तिम्रा कम्युनिष्टहरू सोतर पारेर स्याइलासाथि सुताइएका छन् ….गाडामा लादेर ल्याऊ तिनलाई ! आफन्तहरूले चाहन्छन् भने गाडुन् !..”
हजुरबाले तुरून्तै साभ्रास्कालाई गाडामा जोते र काँपिरहेका हातले लगाम तान्दै घोडालाई दौडाए।
गाउँमा खैलाबैला मच्चियो। लुटेराहरू गोठबाट सुकेको घाँस झिक्न थाले , भेडा-बाख्राहरू घिच्याउन, थाले। एक जना घोडचढी आनिसिमोभ्नाको आगन नजीकै घोडाबाट उत्रियो र घरभित्न पस्यो। मिशाले आनिसिमोभ्नाको चित्कार सुन्यो । लुटेरा बाहिर निस्कियो , उ नांगो तरवार नचाउँदै थियो। उ ढोकाकै मण्डपमा बस्यो। उसले आफ्नो बूट फुकाल्यो, आफ्नो फोहोर पट्टी गोडाबाट झिकेर एकातिर मिल्काइदियो, अनि आविसिमोभ्नाको रंगीन पछ्यौरा धरर च्यातेर दुई टुक्रा पार्यो र त्यसले आफ्नो गोडा बेर्न लाग्यो ।
मिशा कोठामा पस्यो र खाटमा उक्लियो। अनि तकिया मुन्तिर मुण्टो घुसारेर सुत्यो। उ त्यत्तिखेर मात्र जुर्मुराएर उठ्यो, जब उसले ढोकाको चरचराहट सुन्यो। उ दैलोतिर लम्कियो र ढोकाको मण्डपबाटै हजुरबालाई देख्यो। उनको दाह्वी आँसुले निथ्रुक्कै भिजेका थिए र उनी घोडालाई आगनमा हुल्दै थिए ।
पछिल्तिर गाडामा एउटा मान्छे पल्टिरहेको थियो। उसका गोडा नांगै थिए र हातहरू फैलिएका थिए । गाडाको प्रत्येक हल्लाइमा:, उसको टाउको गाडाको पछिल्लो भागमा ठोक्किने गर्दथ्यो। फल्याकमा चाहिं बाक्लो र कालो रगतको फाल्सा जमेको थियो
मिशा ढुन्मुनिदै गाडानेर पुग्यो र उसले त्यहाँ पल्टिरहेको मान्छेको अनुहार चियाएर हेर्यो। तरवारको चोटले अनुहार क्षतविक्षत, थियो, ओंठ काटिएकोले दाँत समेत देखिन्थ्यो, गालामा एक चौटा मासु नै थिएन र बंगाराको हाड समेत काटिएको थियो र रगत जमेर डम्म फुलेको चाहिँ आँखाको डिलमा एउटा ठूलो हरियो झिंगा भुनभुन गर्दै बसिरहेको
थियो ।
मिशा यो विभत्स दृश्य देखेर ज्यादै भयभीत भयो, तर उसले अझैं पनि केही ठम्याउन सकिरहेको थिएन । उसले क्षत-विक्षत अनुहार हेर्न नसकेर नजर अर्को तिर मोड्यो। यत्तिकैमा उसको आँखा नीलो र सेतो धर्का भएको नौसैनिकको कमीजमा पर्यो । त्यो कमीज पूरै रगतमा लथपथिएको थियो मानौं कसैले पछिल्तिरबाट उसलाई गोडामा नै हिर्काएको जस्तरी उ एकाएक झस्कियो र आँखा फारेर फेरि उसले एक पल्ट निश्चल कालो अनुहारतर्फ पुलुक्क हेर्यो र गाडामाथि बुर्लुकक उफ्रियो।
“बि ! उठ्नोस् ! “-उ चिच्यायो।-“उठ्नोस् भन्या, बा !…”
उ गाडाबाट तल खस्यो। उ दौड्न चाहन्थ्यो, तर उसको गोडा नै लड्खडियो । उ चारै हातखुट्टाले भुइँमा घिस्रँदै घरको मूलढोकाको मण्डपसम्म पुग्यो । त्यहाँनेरै उ बेहोस भएर भुइँमा लड्यो। उसको टाउको बालुवामा जोतिन पुग्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।