खन्ह फुओङ

मैले सोचेँ

तिमी मलाई सबैभन्दा धेरै बुझ्दछौ

मैले यो पनि सोचेँ

तिमी मलाई एकदम जान्दछौ

किनकि तिमी त्यो व्यक्ति हौ जसलाई म अनुमति दिन्छु

मेरो मस्तिस्कको गहिरो कुनासम्म आउन

तर देखिन्छ कि  जीवन फुर्सदिलो छ

लाग्दछ यो केही समात्दै छ तर अदृश्य

 

 

भावना पोख्रेल

आखिर

तर मात्र पानी खस्छ

मात्र बुझाइजस्तै

मात्र दयाजस्तै

वर्षालाई थाह छ  म सधैँ झुन्डिरहेछु

यो सबै लैजाऊ किनकि यो खालि दुख्छ

 

त्यो सत्य महसुस गर्ने क्षण

म तिम्रो मुटुमा केही पनि हैन

जब यो दिमाग सङ्घर्ष गर्छ

पानी अकस्मात् निगमन गर्छ

त्यतिबेला सूर्यमय थियो

तर आकस्मात् हतार गर्दै पातहरू खस्छन्

 

अपार आकाश रिसाउँछ

उनीहरू मलाई खिसी गरे

मायालु पानीका थोपाहरू

लाटालाई जिस्क्याउँदै

पृथ्वीको शून्यतामा…