साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला २०

उनी एउटा कुनातिर लागिन्, जहाँ सुती कपडाको पर्दापछाडि एउटा खाट राखिएको थियो । टेबुलअगाडि बसेर पढिरहेका आन्द्रेइले धेरैबेरसम्म आमाले लामो सास फेर्दै प्रार्थना गरिरहेको आवाज सुनिरह्यो । छिटोछिटो आफ्नो किताबको पाना पल्टाउँदै ऊ उत्तेजित हुँदै आफ्नो निधार पुछ्थ्यो, आफ्ना लामालामा औंलाले जुँगा मुसाथ्र्यो र खुट्टा हल्लाउँथ्यो । घडी टिकटिक गर्दै थियो । झ्याल बाहिरबाट हावाको स्याँस्याँ आवाज आउँदै थियो ।

“हे ईश्वर !” – आमाको मसिनो स्वर सुनियो – “दुनियाँमा जति मान्छे छन् सबैलाई पीर छ, आखिर को सुखी छ त ?”
“सुखी मान्छेहरु पनि छन्, आमा !” – आन्द्रेइले भन्यो – “छिट्टै धेरै मान्छेहरु सुखी हुनेछन् । थुप्रै मान्छे सुखी हुनेछन् !”

जीवनगति छिटोछिटो चल्दै थियो । कोलाहलपूर्ण दिनहरु एकपछि अर्को गर्दै बित्दै थिए । प्रत्येक दिन कुनै न कुनै नयाँ घटना हुन्थ्यो तर अब यी घटनाहरुले आमालार्य आतङ्कित तुल्याउँदैनथ्यो । आमाको घरमा अपरिचित व्यक्तिहरुको आगमन बढ्न थाल्यो । उनीहरु साँझपख आउँथे र आन्द्रेइसँग खस्याकखुसुक कुरा गर्थे, अनि राती अबेला आफ्नो कोटको कलर उठाएर टोपीले निधार बन्द गरी चुपचाप अँध्यारोमा बिलाउँथे । आमा उनीहरुमध्ये प्रत्येकको हृदयमा दबेका उत्तेजनाको आभास पाउँथिन् । यस्तो लाग्थ्यो, उनीहरुमध्ये प्रत्येक गाउन र हाँस्न चाहन्थ्यो तर उनीहरुसँग यसका लागि समय थिएन । उनीहरु सधैं हतारिन्थे । उनीहरुमध्ये कुनै गम्भीर र व्यङ्ग्य स्वभावका हुन्थे भने कुनै प्रसन् र जवानीको उललासले भरिएका हुरुन्थे । त्यस्ता पनि हुन्थे जो अति शान्त र विचारशील देखिन्थे । तर, आमा देख्थिन् उनीहरु सबैमा एउटै विश्वास र लगन छ । हुन त प्रत्येकको अनुहार एक दोस्राभन्दा फरक थियो । तर आमालार्य लाग्थ्यो – उनीहरु सबैको अनुहार मिलेर एउटा अनुहारमा परिणत भएको थियो, जुन एम्माउस जाँदा ईसामसीहको अनुहारसँग मिल्दोजुल्दो थियो – ती दुब्ला पातला अनुहारमा शान्त र दृढताको भावना हुन्थ्यो । ती कालाकाला स्वच्छ आँखाहरुमा कोमलताका साथसाथै कठोरताको भावना मिसिउको थियो ।

आमाले उनीहरुलाई गनिन् र आफ्नो कल्पनामा उनीहरुलाई पाभेलको वरिपरि जम्मा पारिन्, जसले गर्दा शत्रुहरुले त्यस भीडमा पाभेललाई नभेट्टाऊन् ।

एक दिन सहरबाट एउटी घुँघ्रिएको कपाल भएकी, चन्चल केटी आन्द्रेइका लागि एउटा पोको लिएर आइपुगिन् । फर्कदै उनले आफ्नो चम्कँदा आँखाले आमालार्य हेरिन् र भनिन् –

“लै त कमरेड, नमस्कार !”

“नमस्कार !” – आमाले जबरजस्ती आफ्नो मुस्कुराहट रोक्दै जवाफ दिइन् । केटीलाई ढोकासम्म पु¥याएर आएपछि आमा झ्यालअगाडि उभिइन् र आफ्ना सानासाना फुर्तिला पाइला चाल्दै सडकमा हिँडिरहेकी आफ्नी त्यस कमरेडलार्य हेरेर मुस्कुराउन थालिन् – उनी वसन्तको फूलजस्तै निर्मल र पुतलीजस्तो निर्मल तथा पुतलीजस्तै चञ्चल थिइन् ।
“कमरेड !” – केटीको आकृति आँखाले नदेखिने भैसकेपछि आमा बढ्बढाइन् –

“प्यारी बच्ची ! ईश्वरले तँलाई त्यस्तो सच्चा जीवनसाथी दिऊन्, जसले जीवनभर तेरो साथ दिन सकोस् ।”

सहरबाट आउने ती सबै व्यक्तिहरुमा उनी कुनै त्यस्तो कुरा भेट्टाउँथिन्, जुन केटाकेटीसँग धेरै मिल्दोजुल्दो थियो र यो कुरा देखेर आमा मनमनै बडो गर्वसाथ मुसकुराउँथिन् । तर उनीहरुको अटल विरुवासले उनको हृदय प्रभावित हुन्थ्यो र उनी एक सुखदु आश्चर्य अनुभव गर्थिन् । दिन प्रतिदिन उनीहरुको लगन उनका लागि अधिकाधिक स्पष्ट हुन थाल्यो । न्यायको विजयसम्बन्धी उनीहरुको सपनाले उनको ाहृदय पनि न्यानो पाथर्यो र प्रफुल्लित हुन्थ्यो । तर किन हो जब उनीहरुको कुरा सुन्थिन् उदास भएर लामो सुस्केरा हाल्थिन् । उनीहरुको सरलता र आफ्नो सुखसम्बन्धी प्रत्येक कुराप्रति उनीहरुको सराहनीय उदासीनताले उनी विशेष रुपमा प्रभावित थिइन् ।

जीवनबारे उनीहरु जे कुरा गर्थे, त्यसमा उनले धेरै कुरा बुझ्न थालेकी थिइन् । उनलार्य लाग्थ्यो, उनीहरुले मानिसको पिद्को वास्तविक स्रोत पत्ता लगाएका छन् । र उनले उनीहरुको अधिकांश विचार स्वीकार गर्न थालेकी थियन् । तर उनीहरु जीवनलाई नयाँ तरिकाले णल्न सफल हुनेछन् अथवा समस्त श्रमिक जनतालाई आफूले बालेको ज्योतिवरिपरि एकबद्ध गर्न सक्नेछन् भन्ने कुरामा चाहिँ उनको हृदयले विश्वास गर्न सकेको थिएन । प्रत्येक व्यक्तिलाई यही चिन्ता थियो – कसरी आज पेट भर्ने हो । कोही पनि यो प्रश्न भोलिका लागि पर सार्न तयार थिएन । एकदम थोरै मान्छेहरु त्यो लामो र दुर्गम बाटामा हिँड्न तयार हुनेछन् – थोरै नै मान्छेमा त्यस मार्गमा अन्त्यमा मानव भातृत्वको राज्यसम्बन्धी त्यो भव्य कल्पना गनेृ शक्ति हुन्छ । त्यर्सैले उनी ती सबै भलाद्मी मान्छेहरुलाई उनीहरुको दाह्री र प्रौढ अनुहारविपरीत, जुन अवसर थकाइले लस्त हुन्थे, केटाकेटी नै ठान्थिन् ।

“बिचराहरु, केटाकेटीहरु !”– उनी टाउको हल्लाउँदै मनमनै सोच्थिन् ।
तर उनीहरु सबै अहिले इमानदार, गम्भीर र विवेकशील जविन बिताउँदै थिए । उनीहरु अर्काको भलायको कुरा गर्थे र आफूले जानेको कुरा अर्कालाई सिकाउँथे, आफूबारे अलिकति पनि विचार गर्दैनथे । उनले बुझ्न थालेकी थिइन् कि आफ्ना अनगिन्ती खतराहरुविपरीत यस्तो जीवनलार्य प्रेम गर्न सकिन्छ र लामो सुस्केरा हाल्दै आफ्नो त्यो पुरानो जीवन सम्झन्थिन्, जुन उनलार्य एक अँध्यारसो गललीजस्तो लागथ्यो । यस नयाँ जीवनका लागि उनको पनि महत्व छ भन्ने कुरा उनले बिस्तारै बुझ्न थालिन् । पहिले उनी ठान्थिन् कसैलार्य उनको जरुरत छ र यो एक नयाँ, सुखद् अनुभूति थियो, अब उनी गर्वले आफ्नो शिर ठाडो पार्न सक्थिन् ।

आमा अब नियमित रुपमा पर्चाहरु लिएर फैक्ट्री जाने गर्थिन् । उनी यो आफ्नै काम ठान्थिन् । पुलिसलाई पनि आमालाई देख्ने बानी परिसकेको थियो र उनीहरु उनको वास्ता गर्दैनथे । धेरैपल्ट उनीहरुले उनको तलासी पनि लिए, तर सधैं पर्चाहरु बाँडिएका भोलिपल्ट । जब उनीसँग लुकाउने केही कुरा हुँदैनथ्यो आमा जानीजानी पालेहरु र जासुसहरुको मनमा शङ्का पैदा गर्थिन् । उनीहरु उनको तलासी लिन्थे र उनी क्रोधित हुँदै आफ्नो यस अपमानप्रति बनावटी रोष प्रकट गर्थिन् । उनीहरुलाई बेवकुफ बनाइसकेपछि उनी आफ्नो समझदारीमाथि गर्व गर्दै त्यहाँबाट हिँड्थिनु् । उनलाई यस खेलमा बडो मजा आउँथ्यो ।
भेसोभसिकोले फैक्ट्रीमा काम पाएन । उसले एक जना काठ बेच्ने मान्छेकहाँ सत्तरी फल्याक र दाउराहरु ओसार्ने काम पायो । आमा अक्सर उसलाई काठले टम्म भरिएको गाडा लिएर गैरहेको देख्थिन् । सुरुमा दुई काला च्याँसे घोडाहरु देखा पर्थे, जसका खुट्टाहरु बोझले कामिरहेका हुन्थे । थकाइले चुर भएका यी घोडाहरुको टाउका कामिरहेका हुन्थे । उनीहरु आफ्ना निरस थ्यथित आँखा झिम्काइरहेका हुन्थे । घोडाहरुको पछाडि भिजेको काठको खडखडाउँदो ठूलो भारी अथवा फल्याकहरुको खााट हुन्थ्यो, जुन हल्लँदा निकै ठूलो खटखट आवाज निस्कन्थ्यो । लगाम ढिला गरेर निकोलाइ घोडाहरुसँगसँगै हिँडिरहेको हुन्थ्यो । मैलो फााटेको लुगा, भद्दा बुट, पछाडितिर ढल्केको टोपी, ऊ कति कुरुप र भद्दा देखिन्थयो भने भर्खरै जमिनबाट उखेलेको रुखको ठूटाजस्तो लाग्थ्यो । हिँड्दा उसका आँखा जमिनमा गाडिएका हुन्थे र टाउको पनि झुमिरहेको हुन्थ्यो । उसका घोडाहरुलाई अर्को दिशाबाट आइरहेका मानिसहरु गाली गर्न थाल्थे । ऊ न कहिल्यै यी गालीहरुको जवाफ नै दिन्थ्यो, न त टाउको उठाएर नै हेथ्र्यो, खालि रुखो स्वरले चिच्याउँदै आफ्ना घोडाहरुलाई भन्थ्यो – “ए, हिँड्, हट्, हट् !”

जब आन्द्रेइ कुनै विदेशी अखबारको नयाँ अङ्क अथवा कुनै पर्चा पढ्न आफ्ना साथीहरुलाई जम्मा गथ्र्यो, निकोलाइ पनि आएर एउटा कुनामा बस्थ्यो र एक दुई घण्टासम्म चुपचाप सुनेर बस्थ्यो । पढिसकेपछि नवयुवकहरु गरमागरम बहस गर्न थाल्थे तर भेसोभसिकोभ यी बहसहरुमा कहिल्यै भाग लिँदैनथ्यो । सबै हिँडिसकेपछि पनि ऊ बसिरहेकै हुन्थयो र कोठामा आन्द्रेइ एक्लै भएपछि ऊसँग कुरा गर्न थाल्थ्यो ।

“सबैभन्दा बढी दोषी को ?” – ऊ उदास स्वरमा सोध्थ्यो ।

“दोषी त्यो मान्छे हुनुपर्छ जसले सबैभन्दा पहिले भन्यो होला – “यो मेरो हो !” त्यो मान्छे त हजारौं वर्ष पहिल्यै मरिसक्यो । अब ऊसँग रिसाएर केही फाइदा छैन ।” – आन्द्रेइ ठट्यौले स्वरमा जवाफ दिन्थ्यो तर उसका आँखा चाहिँ चिन्तित हुन्थे ।
“अनि धनीहरु नि ? अनि ती नि, जो यी धनीहरुलार्य मद्दत गर्छन् ?”

उक्राइनिले टाउकोमा हात राख्यो र जुँगा मुसार्दै सकेसम्म सिधासादा शब्दमा धेरैबेरसम्म जीवन र मान्छेहरुबारे आफूलार्य थाहा भएका कुराहरु उसलाई बुझाउने कोसिस गथ्र्यो । उसको कुराबाट देखिन्थ्यो, सबै मान्छे दोषी छन् । तर निकोलाइलाई चित्त बुझ्दैनथ्यो । आफ्ना बाक्ला ओठ टम्म बन्द गर्दै ऊ टाउको हल्लाउँथ्यो र आफ्नो अस्वीकृति जनाउँथ्यो, अनि अविश्वासपूर्व भन्थ्यो – कुरा यस्तो होइन । अन्त्यमा बिलकुल उदास र असन्तुष्ट भएर घरतिर लाग्थ्यो ।

 

लेखक परिचय

म्याक्सिम गोर्की रूसका प्रख्यात साहित्यकार हुन् । उनको आमा उपन्यास संसार प्रख्यात मानिन्छ । यसबाहेक उनका छोटा कथाहरू पनि उत्तिकै प्रख्यात छन् ।

प्रतिक्रिया
Loading...