साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मान्छेको भाग्य र दोनका कथाहरू भाग ११

Chovar Blues Mobile Size

“प्रोखोर नै अध्यक्ष होस्‌ ! ”- ढोकानेरबाट कराइरहेका थिए ।- प्रोखोर ! प्रो-खो-ओ-र ! ”

होहल्ला रोक्न निकै समय लाग्यो। पराई मान्छे आँखीभौं खुम्च्याउँदै र जिभ्रो फट्कार्दै निकै बेरसम्म करायो ।

“शायद, गाली गर्दै होला ! “-मिशाले विचार गर्यो।

होहल्ला केही साम्य भएपछि पराई मान्छेले जोडले कराएर सोध्यो –

“फोमा कोर्शुनोभको पक्ष्यमा को छ?”

sagarmani mobile size

बेन्चमा बसेका धेरै मानिसहरूले हात उठाए । मिशाले पनि हात उठायो। कसैले एक बेन्चबाट अर्को बेन्चमा उफ्रँदै भोट गिन्ती गने थाल्यो-

“त्रिसट्ठी चौसट्ठी…। “.-उसले मिशातर्फ हेर्दै नहेरीकन उसले उठाइराखेको हाततर्फ पनि औंल्याउँदै जोडले भन्यो – “पसट्ठी !”

पराई मान्छेले कागजको पानामा केही लेखेपछि फेरि सोध्यो-.

“प्रोखोर लिसेन्कोभको पक्ष्यमा को छ? हात उठाउनोस्‌ ! ”

सत्ताइस जना धनी काजाकहरू र एक जना घट्टवाल इगोरले तुरून्त हात उठाए । मिशाले वरिपरि हेर्यो र आफ्नो हात पनि उठायो। भोट गिन्ती गर्ने मान्छे पनि पछिल्लो बेन्चमा उसको बगंलनेर आइपुग्यो र माथिदेखि तलसम्म निहारेर हेर्यो।

“धत्‌, बदमाश ! ”-मिशाको कान बेसरी निमोठ्दै उ करायो।–“जा , भाग्‌ यहाँबाट ! नत्न तेरो गाला चड्काउँला ! बडो भोट दिनु परेको तँलाई ! ”

वरिपरि सबै खितितिति हाँसे। भोट गिन्ती गर्न मान्छेले मिशालाई ढोका शम्प तानेर लग्यो र पिठ्यूँमा धकेलेर बाहिर निकालिदियो। चिप्लो सिंढीबाट तल हुत्तिँदै मिशाले एक पल्ट बहसमा बाबुले हजुरबालाई भनेको वाक्य सम्झिन पुग्यो ।

“यस्तो अधिकार तिमीलाई कसले, दियो? ”-मिशा जोडले करायो ।

“कसले दिएको रहेछ, देख्लास्‌ ऐले ! ..”

यस्तो चित्त दुख्ने कुरा वास्तवमा जहिले पनि त नरमाइलै हुन्छ।

घर पुगेपछि निकै बेरसम्म मिशा मनमनै रोयो, अनि आमालाई गुनासो पोख्यो। तर आमाले उल्टे उसैलाई हपार्दै भनिन्‌

“किन अन्भरिनु पर्यो नि त्यहाँ ? काम न काज ! जतासुक आफ्नो नाक घुसारेर हिंड्छस्‌ . .. । तैंले -पिर्नुसम्म पिरिसकिस्‌ मलाई! ”

भोलिपल्ट बिहान, जब परिवारका सबै सदस्यहरू चमेना गर्दै थिए, कतैतिर ज्यादै टाढा संगीतको धून सुनियो। चम्चा टेबुलमा राख्दै बाबुले जुँगा पुछेर भने-

“यो त पक्कै पनि फौजी अर्केष्ट्रा हो | ”

मिशा हावाको गतिले भान्साबाट बाहिर दौड्यो । दलानको दैलो पनि ढ्घाम्म बन्द भयो। र झ्यालबाहिर आगनमा उ हिंडेको आवाज मात्र सुनियो – टक-टक-टक-टक !

बाबु र हजुरबा पनि बाहिर आगनमा निस्किए। आमा चाहिँ,झ्यालबाट आधा जिउ बाहिर निकालेर हेर्न लागिन्‌ ।

पर सडकको पुछारमा लाल सेनाका जवानहरूको पंक्ति हरियो लहर झैं तरंगित भइरहेको प्रतीत हुन्थ्यो । अघि अघि बण्डबाजा बजाउनेहरू थिए जो लामो विगल फुक्दै थिए, ड्रम ठोक्तै थिए, र गाउँभरि नै संगीत गुंजायमान भइरहेको थियो ।

मिशा उत्तेजित भएर यो सब हेर्दैँ थियौ । ऊ एकै ठाउँमा कहिले यता त कहिले उता गर्दै थियो, अनि ऊ बेगले दगुर्यो र बैण्डबाजा बजाउनेहरूलाई भेट्टाउन पुग्यो । एक किसिमको अनौठो र मीठो उमंगले उसको छाती भरिएर आयो र घाँटी-सम्म नै पुग्यो…। मिशाले लाल सैनिकहरूको घुस्रोफुस्रो र हँसिलो अनुहारतर्फ र बैण्डबाजकहरूको गम्म फूलेको गालातर्फ पुलुक्क हेर्यो। उसले तुरून्तातुरून्तै पक्का अठोट गर्यो – “यिनीहरूसंगै लडाइँमा लाग्छु अब ! ..”

कुनै बेला आफूले देखेको एउटा सपनाको उसलाई सम्झना भएर आयो । कताबाट हो कुन्नि उसमा यतिसम्म साहस बढेर आयो कि ऊ छेवैको एक जना लाल सैनिक्कको कारतोसको पट्टी नै समाउन पुग्यो ।

“तपाईंहरू कता जाँदै हुनु हुन्छ? लडाइँमा त हैन ? ”

“लडाइँमा नभए काँ त ? हो, हो, लड्न जाँदै छौं ! ”

“कसको निम्ति लड्ने हो ? ”

“सोभियत सत्ताको निम्ति, भाइ ! आइज, तँ पनि यहाँ लाइनमा लाग्‌ ! ”

उसले मिशालाई लाइनमा तान्यो। कसैले जोडले हाँस्दै जुल्फीले ढाकिएको उसको टाउकोमा औंलाले सुस्त सुस्त ठोक्यो। अर्को चाहिंले गोजीबाट पुरानो मिश्रीको एक टुक्रा झिक्यो र उसको मुखमा कोचिदियो। जब उनीहरू एउटा चहुरनेर पुगे , अगाडिबाट कसैले कराएर आडर दियो-

“हन्ट !”

लाल, सैनिकहरू टक्क अडिए र स्कूलको हाता घेर्ने कठ्बारको शीतल छायामा त्यहीँ चहुरमा छरिएर आराम लिन थाले । दार्ह्रि-जुँगा सफाचट पारेर खौरेको एक जना अग्लो लाल सैनिक मिशाको नजीकै आयो। उसले कमरपेटीमा एउटा तरवार पनि भिरेको थियो।

“कताबाट यहाँ आइपुगिस्‌ नि? ”- ओंठमा मुस्कान भर्दैँ उसले सोध्यो।

मिशाले आफ्नो अनुहार गम्भीर तुल्यायो र खस्किरहेको आफ्नो जाँगे माथि सार्यो।

“म पनि तपाईंहरूसंगै लड्न जाँदै छु। ” -उसले घोषणा गर्यो।

“कामरेड बटालियन कम्याण्डर !” एक जना लाल सैनिकले उठेर सलाम ठोक्तै भन्यो ।- “यसलाई आफ्नो सहायकको पदमा भर्ना गरिदिनोस्‌ ! ”

वरिपरि सबै पेट मिचीमिची हाँस्न थाले। मिशा रून मात्रै रोएन। यत्तिकैमा त्यो “बटालियन कम्याण्डर ” भन्ने अनौठो नाउँले डाँकिने मान्छेले आँखीभौं खुम्च्यायो र कड्केर भन्यो

“किन हाँस्तै छौ, ए गोबरगणेश हो ! अवश्य नै उसलाई हामी सहायकको दर्जा दिने छौं ! तर एउटा शर्तमा ! ” यति (भनेर उ मिशातर्फ फर्कियो र भन्न लाग्यो। -“ हेर्‌ तेरो,जाँगेमा त एउटै मात्रै लोतो रै’ छ। यसरी हुँदैन। अलि इज्जतको पनि त ख्याल राख्नु पर्छ हामीले…। यी हेर मेरो पैन्टमा दु-दुई ओटा लोता लगाइएका छन्‌ । यहाँ सबैको पन्टमा यस्त दुई लोता छन्‌ । जा, छिटै घर जा ! आमाले तेरो जाँगेमा पनि दोस्रो लोतो सिइदेञन्‌ ! तँ नफर्कुन्ज्याल हामी यहीं नै तँलाई पर्खेर बस्ने छौं अनि उ कठबारतर्फ फर्क्यो र आँखा झिम्क्याउँदै कड्केर आडर दियो- “ए, तेरेश्शेन्को ! जा, नयाँ लाल सैनिकको निम्ति झट्टै एउटा बन्दुक र एउटा फौजी वर्दी पनि लिएर आइज ! ”

कठबारमुन्तिरै पल्टिएर आराम लिइरहेको एक जवान लाल सैनिक आइर पाउनासाथ जुरूमुरू उठ्यो ।

“हुन्छ, साप ! ” -टोपीको छेउसम्मै हात पुर्याएर सलाम ठोक्तै उसले भन्यो र फटाफट पाइला सार्यो।

“लौ जा ! दौडिहाल्‌ ! ”- बटालियन कम्याण्डरले मिशालाई अह्वायो ।- “जाँगेमा छिट्टै अर्को लोतो हालिदिनु पर्यो भनेर आमालाई भन्नू ! ढीला नगरेस्‌ नि, हेर्‌ ! ”

मिशाले कडाईसाथ बुटालियन कम्याण्डरतर्फ हेर्यो ।

“हेर्नुस्‌ नि! मलाई नछक्याउनु होला ! ”

“के कुरा गर्छस्‌ ? यस्तो पनि गड्बडी हुन्छ कहीं ? ”

चहुरबाट घर अलि टाढा नै पर्दथ्यो। दौडेर आगनसम्म पुग्दा नपुग्दै उसको सास बढिसकेको थियो। तर उ रोकिएन । ढोकानेर पुग्ने बित्तिकै उसले जाँगे उतार्यो र नांगै खुट्टा बेगले
दगुर्दै घरभित्र पस्यो ।

“आमा | .. लौ न छिट्टै! मेरो जाँगेमा अर्को लोतो सिइदिनुस्‌ !:” -उसले कराउँदै भन्यो ।

घरभित्न सुनसान थियो। चुलोमाथि झिंगाहरूको कालो बथान भुनभुनाइरहेको थियो। मिशाले चोटाकोठा, आगन, खलिहान , बारी , गोठ सबैतिर चहारेर हेर्यो, तर न आमालाई पायो , न त बाबु र हजुरबालाई नै भेट्टायो। उ फेरि घरभित्न नै पस्यो, यताउति खोजेपछि बल्ल एउटा खालि बोरा भेट्टायो । हातमा कैची लिएर उसले एउटा लामो लोतो पनि तैयार पार्यो, तर उसले सिउन भने एक फुट्टी पनि जानेको थिएन । उसले कहिल्यै पनि सियो धागो हातमा लिएकै थिएन। उसले आफ्नो जाँगेको पछिल्लो भागमा जसोतसो लोतो बाँध्यो र आफ्नो काँधबाट त्यसलाई अगिल्तिर तानेर अगिल्लो भागमा पनि बाँधिदियो। अति उ घरबाहिर निस्कियो र धनसार मुन्तिरबाट -घिस्ँदै अलप भयो ।

उसले त्यहाँ ढुंगा पन्छायो र लेनिनको तस्बीरमा पुलुक्क हेर्यो। लेनिनको हातले सोझै मिशालाई नै औंल्याइरहेको थियो।

“लौ, देख्नु भो ! ”-मिशा फुसफुसायो।- “आखिर म पनि तपाईंको सेनामा भर्ती भएँ…। ”

मिशाले त्यो तस्बीर हिफाजतपू्र्वक पातमा बेर्ह्यो, कमीजभित्र घुसार्यो र सडकतिर फटाफट पाइला सार्यो। एक हातले उसले तस्बीर छातीमा च्यापिराखेको थियो भने अर्को चाहिँ हातले तल्तिर खस्किरहने जाँगे समातिराखेको थियो । छिमेकीको कठबार नजीकैबाट अगाडि लम्किदै उसले छिमेकीलाई डाँक्यो –

“आनिसिमोभ्ना ! ”

“के हँ ? ”_ आनिसिमोभ्नाले सोधिन्‌ !

“खाना खाने बेला मलाई पखिनु पर्दैन भन्दिनुस्‌ है घरमा ! …”

“तँ कता जाँदैछस्‌ नि, लुच्चा ! ”

“लड्न जाँद छु ! “-मिशाले बिदाइको निम्ति हात हल्लाउँदे जवाफ दियो।

दगुर्दै मैदानसम्म पुगेर उ एकाएक टक्क अडियो। मैदान रित्तो थियो -त्यहाँ त कोही पनि देखिंदैनथ्यो । कठबारमुन्तिर चुरोटका ठुटाहरू पडिरहेका थिए, रित्ता गोल्टिन बट्टाहरू फ्याँकिएका थिए, कसैको च्यात्तिएको पट्ठी मिल्काइएको थियो । गाउँको पुछारमा पर बण्डबाजाको मसिनो धन र ढुंगा छ्यापेको बाटोमा कवाज खेल्दै गइरहेका सिपाहीहरूको बूटको टप टप आवाज पनि, सुनिदै थियो ।

मिशाको घाँटीमा सास गाँठो पर्यो र उ भक्कानो फुट्ने गरी जोडले चिच्यायो। अनि बेतोडसंग उनीहरूलाई पछ्याउन दौडियो । अवश्य पनि दौडेर उनीहरूलाई उसले भेट्टाउँदो हो, यदि सार्कीको आगनमा अगाडि बीचै बाटोमा बडेमाको पहेँलो कुक्कुर लम्पसार परेर सुतिरहेको नहुँदो हो त ! दाँत ङिच्च देखाउँदै घूर्र घूर्र गर्दै थियो त्यो कुक्कुर। कुक्कुरलाई नजिस्क्याएर पल्लो छेउ लागेर मिशाले सडक पार गरून्जेल त संगीतको धून र कवाजको टक टक आवाज समेत सुनिदै नसुनिने भैसकेको थियो ।

 

प्रतिक्रिया
Loading...