
WEEK 5

राजकुमार र भिखारी ३२
मध्यरातमा मच्चिएको हल्लीखल्लीले जोन क्यान्टीका परिवारको निद्रा भङ्ग भयो ।
यत्तिकैमा कसैले ढोका ढक्ढक्यायो ।
“यति राति आउने को हो हँ ?” जोन क्यान्टीले सोधे ।
“म तपाईंको पुरोहित के ! तपाईंले आफ्नो पुरोहितलाई समेत चिन्नुभएन ?”
जोन क्यान्टीले भने, “अहँ मैले चिनिन ।”

राजकुमार र भिखारी ३३
ढोका ढकढक्याउने मानिसले सबैलाई सतर्क गराउँदै भन, “म फादर एन्ड्रयु हुँ ।” “राजकुमार एड्वार्ड पागल भएको पीरले राजा हेनरी अष्टमको निधन भएको छ । राजकुमार पागल जस्तै भएकाछन् । उनले जे जस्तो आदेश पनि दिन सक्छन् । ठूलो विपत्ति आउला जस्तो छ । अब घरमा बस्नुहुँदैन, भागौं छिटो ।”
बिहानी सूर्यका किरणसँगै अधिकांश मानिसहरू राजाको निधनप्रति शोक व्यक्त गर्न सहरको मध्य भाग हतारहतार जम्मा हुन थाले ।
राजकुमार एड्वार्डलाई बुबाको मृत्युको घटना सपना जस्तै भइरहेको थियो । उनलाई बुबाको मृत्युको मुख्य कारण टम क्यान्टी नै हो भन्ने लाग्यो ।
दरबार फर्किनु बाहेक राजकुमारसँग अर्को विकल्प थिएन । उनले भिखारी टम धोखेवाज हो र टमकै कारण बुबाको मृत्यु भएको कुरा सबैको सामु भन्ने विचार गरे । त्यतिमात्र होइन, उनी टमलाई फाँसीको सजाय दिनुपर्ने निर्णयमा पनि पुगे ।
उता दरबारमा राजाको मृत्युपछि टमको शोभायात्रा गर्ने निर्णय भयो । उसको शोभायात्राको तयारी हुन थाल्यो । शाही डुङ्गामा रेशमी गद्दा राखिएको थियो । वरिपरिको वातावरण अत्यन्त मनमोहक र रमणीय थियो ।
लन्डनको बीच भागमा अवस्थित प्रेक्षालयमा डुङ्गा रोकियो । टम शाही शैलीमा डुङ्गाबाट ओर्लियो र शोभायात्रामा सरिक भयो । सबैको केन्द्रबिन्दु ऊ नै थियो ।
लर्ड मेयर र नगर प्रमुखले शोभायात्रामा संलग्न सबैलाई ग्रेटहलमा लिएर गए | ग्रेटहलमा टमको आगमनपछि सबैले फूलमालाले जयजयकार गर्दै अभिवादन गरे ।
अभिवादनपछि टमलगायत सबैले उठेर सुनको कपमा एक साथ चाीयर्स भन्दै रक्सी पिए । रक्सी पिउने काम सिद्धिएपछि धुमधामसँग नाचगानको कार्यक्रम भयो ।

राजकुमार र भिखारी ३४.
टम यी सबै कुरामा अनभिज्ञ थियो । जसले जे भन्छ ऊ त्यही गर्थ्यो ।
अन्त्यमा बिगुल बजाउँदै राजा हेनरी अष्टमको निधन भएको र टम नयाँ राजा भएको घोषणा गरियो । ग्रेटहलमा उपस्थित सबैले एकसाथ राजा एड्वार्ड छैठौं जिन्दावाद ! भनी नारा लगाए ।
लर्ड हर्टफोर्डले आश्वस्त पार्दै टमलाई भने, “आजदेखि इङ्ल्याण्डका राजा हजूर नै हो । हजूरको बोली नै यस देशको लागि

राजकुमार-र-भिखारी-३५
कानून हुनेछ ।” एकपल्ट फेरि हल गुञ्जियो, “इङ्ल्याण्डका राजा एड्वार्ड चिरायू रहून् !”
यी सबै घटना टमले नचाहँदा नचाहँदै भएका थिए | उसले चाहेर पनि विरोध गर्न सकिरहेको थिएन । एककिसिमले जे जति घटनाहरू क्रमिक रूपमा विकास भएर गइरहेका थिए । ती सबै स्वीकार्नुबाहेक ऊसँग कुनै अर्को विकल्प पनि थिएन ।
असली राजकुमार एड्वार्डले यी सबै क्रियाकलाप भीडको एक छेउमा ट्वाल्ल परी हेरिरहेका थिए | “म राजकुमार एड्वार्ड हुँ, त्यो एउटा झुत्रेझाम्रे भिखारी टम हो ।” यो कुरा उनलाई मात्र थाहा थियो । उनी गएर भन्न पनि सक्दैनथे र भने पनि कसैले विश्वास गर्दैनथ्यो ।
राजकुमार छक्क पर्दै “राजा एड्वार्ड छैठौं चिरायू रहून्” भन्ने सुनिरहेका थिए । ठिक त्यसबेला उसलाई पहिले पिट्न खोज्दा उसलाई बचाउने व्यक्तिसँग अचानक जम्काभेट भयो ।
दुवैजना पुराना परिचित साथी जस्तै व्यवहार गर्नथाले । हाँस्दै, गफ गर्दै उनीहरू नजिकै रहेको भट्टीमा पुगे ।
संजोगले राजकुमारलाई पिट्न खोज्ने व्यक्ति पहिले नै आएर त्यही भट्टीमा रक्सी खाइरहेको

राजकुमार र भिखारी ३६
थियो । उसले भन्यो , “ल, तिमीहरू पनि यहाँ आइपुग्यौ हैन ? ठिक छ, अबचाहिँ तिमीहरू उम्किन पाउने छैनौ ।”
राजकुमारको साथीले बाटो छेक्दै उसलाई भने, “किन यति साह्रो हतार हो साथी ? यो केटो को जस्तो लाग्छ तिमीलाई ?”

राजकुमार र भिखारी ३७
उसले भन्यो, “तिमीलाई के चासो ? ऊ मेरो छोरो टम क्यान्टी हो । म उसको बाबु जोन क्यान्टी हुँ । ऊ घरबाट निस्केको दुइ तीन दिन भइसक्यो | के मलाई केही थाहा छैन भन्ने ठानेका छौँ ? मेरो व्यक्तिगत कुरामा धेरै चासो नलेऊ ।”
बल्ल राजकुमार एड्वार्डले उसले आफूमाथि आक्रमण, गर्नुको कारणा बुझे । राजकुमारले विनम्र हुँदै भने, “म राजकुमार एड्वार्ड हुँ । बिन्ती गर्छु, मलाई बुझ्ने प्रयास गर्नुहोस् ।”
जोन क्यान्टीले अचम्म मान्दै भने, “तँ राजकुमारको अभिनय गर्दागर्दै पागल भइसकेछस् । आफ्नो बाबुलाई पनि बिर्सिसकेछस् ।”
“हिँड् अब घर । घरमा सबैले तँलाई पर्खिरहेका छन् ।” यति भन्दै ती मानिसले राजकुमारलाई घिसार्न पो थाले ।
“राजकुमार नभइकन पनि कहाँ म राजकुमार एड्वार्ड हुँ भन्थे होलान् र ?” फेरि केटोको व्यवहार ठ्याकै राजकुमारको जस्तै छ, बोलीवचन, हेराई, हिँडाई ठ्यामै राजकुमारकै जस्तो छ । नयाँ साथीलाई केटोको भनाइ साँचो जस्तो लाग्यो ।
कसैको अन्याय हेर्न नसक्ने उक्त व्यक्तिले राजकुमारको पक्ष लिएर भन्यो, “राजकुमारलाई छोइस् मात्र भने पनि म तँलाई दुई टुक्रा पारिदिन्छु ।” उसले हत्तपत्त कम्मरमा रहेको तरबारतिर हात पुर्यायो ।
उसको यस्तो डरलाग्दो व्यवहार देखेर जोन क्यान्टी अलि हच्किए । टमको राजकुमार हुने अभिनयको भूत उत्रेपछि आफै घर फर्कन्छ भन्ने उनलाई लाग्यो । झगडा गर्नु ठिक नहुने ठानी उनी पहिला झैँ भीडमा मिसिए ।
केटोले भनेझैँ साँच्चिकै यो असली राजकुमार हो भने त मैले ठूलो फाइदा लिन सक्छु भन्ने ठानी उसलाई आफ्नो कोठातिर लगे । कोठामा खूब मान-सम्मान गरेर भोजन गराए ।

राजकुमार र भिखारी ३८
लेखकका बारेमा
नाम: मार्क ट्वेन
मार्क ट्वेनजन्म: नोभेम्बर ३०, १८३५
मृत्यु- अप्रिल २१ १९१०
जन्मस्थान: फ्लोरिडा, मिसौरी, संयुक्तराज्य अमेरिका
पेशा:- लेखक/लेक्वरर
राष्ट्रियता अमेरिकी
विद्या: आख्यान, बालसाहित्य व्यङ्ग्य, निबन्ध, दर्शन र साहित्यिक समालोचना
प्रमुख कृतिहरू:- “द एड्भेन्चर अफ टम स्वेयर (१८७९), द एडभेन्चर अफ हकलबेरि फिन (१८८४), मार्क ट्वेन आख्यानको क्षेत्रमा परिचित नाम हो । राष्ट्रपति, उद्योगी, कलाकार र यूरोपेली राजघरानासित घनिष्ठ सम्बन्ध थियो मार्क ट्वेनको | प्रखर बौद्धिकता एवं तिखो व्यङग्यको लागि समालोचक र समकालीन लेखकहरूको माझ चर्चित थिए उनी |
मार्क ट्वेनको जन्म नोभेम्बर ३०, १८३५ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिसौरी भन्ने ठाउँमा भएको थियो । उनका पिताको नाम जोन मार्शल क्लेभेन्स थियो भने, आमाको नाम जेन ल्याम्प्टन थियो । उनको खास नाम चाहिँ ह्यामुन ल्याङअहर्न क्लेभेन्स हो । मार्क ट्वेन चाहिँ उनको साहित्यिक उपनाम हो। यही नामबाट उनी विश्वसाहित्यमा परिचित भए । सानै उमेरदेखि मार्क ट्वेन साहित्यिक काम गर्न र घुमफिर गर्न खुब रूचाउँथे, जंगल चाहारी हिँड्थे । यात्राको अनुभव समेटेर लेख्न बसिहाल्थे । एघार वर्षको सानै उमेरमा पिताको निधन भएपछि हातमुख जोर्नका लागि कामको खोजीमा निस्किनु पर्यो उनले ।
हन्निबल जर्नलका लागि हास्यप्रधान लेखहरू लेख्न थाले । सन् १८६५ मा मार्क ट्वेनको “the colebrated jumping frog of calavaras country” शीर्षकको हास्यप्रधान कथा संग्रह प्रकाशित भयो जसले उनलाई चर्चित लेखकको रूपमा चिनायो । त्यसपछि उनी मध्यपूर्वी यूरोपको भ्रमणमा निक्ले । त्यसै यात्राको फलस्वरूप उनले “The Innocent Adead” नामको यात्राडायरी लेखे । जसले उनको साहित्यिक उचाइ थप्यो । मार्क ट्वेनको लेख र भाषणको प्रमुख विशेषता भनेको हास्य हो । उनको लेख अन्याय र अत्याचारको विरूद्धमा केन्द्रीत भएको पाइन्छ । सन् १८७० मा ओलिभिया ल्याङ्डनसित उनको विवाह भयो । हेलेन केलर, ह्यारिट र विचार स्टो जस्ता व्यक्तिसित उनको घनिष्ठ सम्बन्ध रह्यो । दासप्रथाको विरोधी रहेका मार्क ट्वेन, अब्राहम लिंकनका कट्टर समर्थक थिए । सन् १८८१ मा क्यानडाबाट प्रकाशित भएको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” मार्क ट्वेनको यस विधाको पहिलो औपन्यासिक कृति हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । लन्डनको ओफलकोर्टमा बस्ने टम क्यान्टी र राजा हेनरी अष्टमका छोरा राजकुमार एडवार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ यो उपन्यास । आधुनिक अमेरिकी साहित्यका यस्ता महान् हस्तिको हृदयघातका कारण सन् १९१०, अप्रिल २१ तारिखमा दुःखद निधन भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










