“के भनेको तिमीले त्यस्तो ?” – आमाले झस्किँदै सोधिन् ।
उसले आमातिर हे¥यो र आँखा बन्द ग¥यो । अब उसको छ्याकटे अुहार बिलकुल अन्धोजस्तो लाग्थ्यो ।
“हो, छोराछोरीलाई आफ्ना आमाबाबु देखेर लाज लाग्न थालिसकेको छ !” – उसले सास फेर्दै भन्यो – “पाभेललाई तपाईलाई देखेर कहिल्यै लाज लाग्दैन, तर मलाई आफ्ना बाबु देखेर लाज लाग्छ । म अब कहिल्यै त्यो घरमा पाइला टेक्दिनँ । न त मेरो कुनै बाबु छ .. न घर नैै ! जेल नपरेको भए अहिलेसम्म साइबेरिया पुगिसक्थेँ होला .. त्यहाँ निर्वासित मान्छेहरु छुटाउँथे होला, उनीहरुलाई भाग्न मद्दत गर्थे होला .. ।”
आमाको संवेदनशील हृदयले बुझ्यो, ऊ निकै व्यथित छ तर आमा उसप्रति चुप लागेर उसको चित्त दुखाउन चाहन्नथिन् ।
आन्द्रेइ भान्साकोठाबाट निस्क्यो ।
के भाषण छाँट्दैछन् हँ ?” उसले हाँस्दै सोध्यो । आमाले उठ्दै भनिन् –
“जान्छु, खानेकुराको बन्दोबस्त गर्छु ..,”
भेसोभसिकोभले बडो ध्यानले उक्राइनिलाई हे¥यो र अचानक भन्यो –
“मलाई लाग्छ, केही मान्छेहरुलाई मारिहाल्नुपर्छ ।”
“के रे ! के काम ?” उक्राइनिले सोध्यो ।
“उनीहरुको अस्तित्व मेट्न .. ।”
अग्लो र दुब्लो पातलो उक्राइनि कोठाको बीचमा उभिएको थियो । उसले दुवै हात खल्तीमा घुसारेको थियो । चुरोटको धुवाँको बादलमा घेरिएको मेचमा बसिरहेको भेसोभसिकोभलार्य एकटकले हेर्दै ऊ कुर्कुच्चोमा टेकेर हल्लँदै थियो । भेसोभसिकोभको फिका अनुहारमा कहिलेकाहीँ रातो टाटो देखा पथ्र्यो ।
“हेर न, त्यो इसाई गोर्बोभको म कुनै दिन टाउको फोडिदिन्छु !”
“किन ?”
“त्यो चुक्लीबाज र जासुृस हो । मेरा बाबुलार्य बिगार्ने मान्छेहरुमध्ये ऊ पनि एक हो । उसैले गर्दा मेरा बाबु अब जासुस बन्न तयार छन् ।” – भेसोभसिकोभले आन्द्रेहतिर हेर्दै भन्यो । उसको अनुहारमा गम्भीरता र विद्वेषको भावना थियो ।
“ए कुरा त्यस्तो पो रहेछ ।” – उक्राइनिले भन्यो – “तर कसले यसका लागि तिमीलार्य दोषी ठह¥याएको छ र ! हुन सक्छ, केही बेवकुफहरुले मात्र ।”
“समझदार र बेवकुफ सबै एकै नासका हुन्छन् ।” – निकोलाइले ढिपी कस्दै भन्यो – “तिमी र पाभेल नै हेर न, तिमीहरु दुवै जना समझदार छौ, तर के म तिमीहरुका लागि त्यस्तै हुँ, जस्तो फ्योदोर माजिन अथवा सामोइलोभ छ, अथवा तिमीहरु एक–दोस्राका लागि छौ ? ढाँट्ने जरुरत छैन, जे भए पनि म विश्वास गर्दिनँ .. तिमीहरु सबै मबाट टाढाटाढा रहन्छौ, मसँग हेलमेल चाहन्नौं .. ।”
“निकोलाइ, अहिले तिम्रो आत्मा दुःखी छ !” – उक्राइनिले उसको छेउमा बस्दै कोमल स्वरले भन्यो ।
“हो मेरो आत्मा दुःखी छ, तर तिमीहरुको आत्मा पनि कम दुःखी छैन । खालि फरक के छ भने तिमीहरुलार्य आफ्नो दुःख मेरोभन्दा माथिल्लो तहमा लाग्छ । म भन्छु, हामी सबै एक–दोस्रासँग कुकुरजस्तोा व्यवहार गर्छो । के तिमी सहमत छैनौं ? तिम्रो अर्कै विचार छ कि ?”
उसले आन्द्रेइको अनुहारमा आफ्ना तीखो दृष्टि गाड्यो र मुख खोलेर उसको उत्तरको प्रतीक्षा गर्न थाल्यो । उसको छ्याकटे अनुहार बदलिएन, तर कुनै तातो कुराले पोलेजस्तो ओठ फरफराउँदै थियो ।
“म केही भन्न सक्दिनँ !” – उक्राइनिले भेसोभसिकोभको द्वेषपूर्ण अनुहारमा प्रेमपूर्वक हेर्दै उदास मुस्कुराहटसहित जवाफ दियो – “मलाई थाहा छ, जब मान्छेको हृदयका घाउहरु चर्किन थाल्छन्, त्यसबेला ऊसँग बहस गर्नु उसलाई बढी कष्ट दिनु मात्र हुन्छ, मलाई यो कुरा थाहा छ, भाइ !”
“मसँग बहस गर्नु बेकार छ, मलार्य बहस गर्न आउँदैन !” – निकोलाइले टाउको झुकाउँदै अस्पष्ट स्वरमा भन्यो ।
“मलाई लाग्छ ।” – ऊक्राइनिले आफ्नो कुरा जारी राख्यो – “हामीमध्ये हरेक व्यक्ति नाङ्गा खुट्टा काँडैकाँडाले भरिएको बाटोमा हिँडेको छ र प्रत्येक व्यक्ति अहिले तिमीजस्तै व्यथाले छट्पटाएको छ .. ।”
“मलाई सम्झाउनु बेकार छ !” – भेसोभसिकोभले बिस्तारै भन्यो – “अहिले मेरो आत्मा खुङ्खार ब्वाँसोजस्तो चिल्लाउँदैछ .. ।”
“म तिमीलाई सम्झाउन पनि चाहन्नँ ! यति मात्र भन्न चाहन्छु – तिम्रो यो व्यथा निको हुनेछ, हुन सक्छ पूरै होइन, तर निको हुनेछ ।”
ऊ फिसिक्क हाँस्यो र निकोलायको काँधमा धाप मार्दै भन्यो –
“यो त केटाकेटीको रोगजस्तै हो, जस्तो दादुरा हुन्छ । हामी सबैलाई कुनै न कुनै बलियो रोग लागिहाल्छ । जो बलिया छन्, उनीहरु कम बिरामी पर्छन्, जो कमजोर छन्, उनीहरुलार्य यस रोगले नराम्ररी सताएको हुन्छ । यो रोग हामीलाई त्यही बेला लाग्छ, जब हामी आफूलाई चिन्न थाल्छौं, तर त्यसबेला न हामीले जिन्दगी नै राम्ररी देखिसकेका हुन्छौं, न जीवनमा आफ्नो ठाउँ नै ठम्याइसकेका हुन्छौं । त्यसबेला तिमीलाई लाग्छ, पृथ्वीमा तिमी एक जना मात्रै साधु हौ र अरु सबैले तिमीलाई निल्न चाहन्छन् । तर समय बित्दै गएपछि तिमी बुझ्न थाल्छौ, तिम्रो आत्मामा जुन दीप बल्दैछ, अरु धेरैको आत्मामा पनि त्यही दीप बल्दैछ र जब तिमी यो कुरा बुझ्न थाल्छौ, तब तिम्रो आत्मा शान्त हुन थाल्छ । तब तिमीलाई लाज लागन थाल्छ किन चाडको बेला मैले आफ्नो सानो घण्टी बजाउँदै हिँडे, कसले सुनेछ र मेरो घण्टीको आवाज ? तर पछि गएर तिमीले देख्नेछौ, तिम्रो यो घण्टीको सानो आवाज ती अनगिन्ती घण्टीहरुको आवाजहरुमध्ये एक हो । हो, अवश्य एक्लो घण्टी बजाउने हो भने कुनै ठूलो, पुरानो घण्टाले तिम्रो घण्टीको आवाज डुबाइदिनेछ, जसरी झिङ्गो तेलमा डुब्छ । तिमीले बुझ्यौ म के भन्न चाहिरहेछु ?”
“हुन सक्छ, बुझ्दैछु !” – निकोलाइले टाउको हल्लाउँदै जवाफ दियो – “तर मलाई कुनै पनि कुराको विश्वास लाग्दैन ।”
उक्राइनि हाँस्यो, उभियो र यताउता हिँड्न थाल्यो ।
“कुनै जमानामा म पनि विश्वास गर्दिनथेँ, बुझ्यौ । तिमी खाल्टामा परेको हात्तीले .. ।”
“किन र ?”
“तिम्रो अनुहारले यही भन्छ !”
अचानक भेसोभसिकोभ मुख बाउँदै बडो जोडले हाँस्न थाल्यो ।
“किन, के भयो ?” – उसले सामुन्ने रोकिएर उक्राइनिले आश्चर्यपूर्वक सोध्यो ।
“म सोच्दै थिएँ कस्तो उल्लू होला त्यो मान्छे जसले तिम्रो चित्त दुःखाउँछ ।” – निकोलाइले जवाफ दियो ।
“कसले मेरो चित्त दुःखाउँछ र ?” – कुम हल्लाउँदै उक्राइनिले भन्यो ।
“त्यो त मलाई थाहा छैन ।” – भेसोभसिकोभले ठट्यौलो तरिकाले मुस्कुराउँदै भन्यो – “म यति मात्र भन्न चाहन्छु, कसैले कहिल्यै तिम्रो चित्त दुःखायो भने पछि गएर उसलाई बडो पछुतो लाग्नेछ ।”
“ए, कुरा त्यस्तोा पो रहेछ ।” – उक्राइनिले हाँस्दै भन्यो ।
“आन्द्रेइ !” – आमाले भान्साकोठाबाट डाकिन् ।
आन्द्रेइ कोठाबाट बाहिर निस्क्यो ।
कोठामा एक्लै परेपछि भेसोभसिकोभले चारैतिर हे¥यो, अनि एउटा खुट्टा फैलायो । पिँडौला छाम्न थाल्यो । उसले छालाको बुट लगाएको थियो । त्यसपछि आफ्नो मोटो हात उठाएर आफ्नो हत्केला र सानासाना औंला ध्यानपूर्वक हेर्न थाल्यो । उसका औंलाहरु सानासाना पहेँला रौंले ढाकिएका थिए । उसले झर्किदै हात हल्लायो र उभियो ।
आन्द्रेइ सामोभार लिएर कोठाभित्र पस्दा निकोलाइ ऐनाअगाडि उभिएको थियो ।
“धेरै दिनपछि म आफ्नो अनुहार देख्दैछु .. ।” उसले भन्यो र फेरि मुख बङ्ग्याउँदै मुस्कुराउन थाल्यो – “कस्तोा घीनलाग्दो अनुहार हँ !”
“किन तिमीलार्य आफ्नो अनुहारको त्यस्तो माया नि ?” – आन्द्रेइले उत्सुकतापूर्वक उसतिर हेर्दै सोध्यो ।
“सासा भन्थिन् – मान्छेको अनुहारमा उसको आत्मा प्रतिबिम्बित हुन्छ ।”
“सबै बकवास हो ।” – उक्राइनिले ठूलो स्वरमा भन्यो – “सासाको आफ्नै नाक चीलको ठुँटोजस्तो चुच्चो छ, गालाका हाड चक्कुको धारजस्ता छन् तर उनको आत्मा चाहिँ ताराजस्तो चम्किलो छ !”
निकोलाइले आन्द्रेइलाई हे¥यो र बिस्तारै हाँस्यो ।
सबै चिया पिउन बसे ।
निकोलाइले एउटा डूलो आलु टिप्यो । एक टुक्रा रोटीमा नुन छर्केर बिस्तारै खान थाल्यो । बकुलाले माछा निलेजस्तै ऊ खाना निल्दै थियो ।
“यहाँ हालखबर के छ नि ?” उसले खाना चपाउँदै सोध्यो ।
जब आन्द्रेइले रमाउँदै उसलाई कारखानामा कसरी प्रचार कार्य बढ्दैछ भन्ने पूरा विवरण सुनायो, ऊ फेरि उदास भयो ।
“सबै काम ढिलो हुँदैछ, एकदमै ढिलो ! छिटो गर्नुपर्छ हामीले आफ्नो काम .. ।”
आमाले उसतिर हेरिन् । उनको हृदयमा यस व्यक्तिप्रति फेरि विद्वेषको भावना चलमलायो ।
“जिन्दगी कोर्राले हिर्काउँदै दौडाउने कुनै घोडा त होइन !” – आन्द्रेइले भन्यो । निकोलाइले जिद्दीपूर्वक आफ्नो टाउको हल्लायो ।
“एकदम ढिलो हुँदैछ ! मसँग त्यति धैर्य छैन ! के गर्ने हो मैले ?” उसले लाचारीपूर्वक उक्राइनिको अनुहारतिर हेर्दै उत्तरको प्रतीक्षा गर्न थाल्यो ।
“अहिले हामीले अरुलाई पढाउनुपर्छ र आफैंले पनि पढ्नुपर्छ । यही हो अहिले हाम्रो काम !” – आन्द्रेइले टाउको झुकाउँदै भन्यो ।
भेसोभसिकोभले सोध्यो –
“अनि कहिले भिड्ने हो त ?”
“त्यतिन्जेल हामीले धेरैपल्ट मार खाइसक्नेछौ, यो कुरा मलार्य राम्ररी थाहा छ !” – उक्राइनिले मुस्कुराउँदै भन्यो – “कहिले हामी लढाइँको मैदानमा उत्रन्छौं, खोइ थाहा छैन ! मलाई लाग्छ, सबैभन्दा पहिले आफ्नो दिमाग भर्नुपर्छ, त्यसपछि मात्र हतियार समाउनुपर्छ .. ।”
निकोलाइले फेरि खान सुरु ग¥यो । आमा चुपचापसँग उसको चौडा अनुहारमा हेरिरहेकी थिइन् । उनी उसको अनुहारमा कुनै त्यस्तो कुरा खोज्दै थिइन्, जसद्वारा उसले आफ्नो हृदयबाट अग्लो, तगडा शरीर भएको व्यक्तिप्रति विद्वेषको भावना हटाउन सकोस् ।
उसको तीखो दृष्टि आमामाथि पर्नासाथ आमाका आँखीभौं काँम्न थाले ।
आन्द्रेइ बेचैन थियो । ऊ बीचबीचमा हाँस्दै ठूलठूलो स्वरले कुरा गथ्र्यो अनि अकस्मात् चुप लाग्थ्यो र सिटी बजाउन थाल्थ्यो ।
आमाले बुझिन् किन आन्द्रेइ चिन्तित छ । निकोलाइ आफ्नै विचारमा डुबेको थियो र आन्द्रेइले कुनै पनि कुरा सोध्दा छोटो जवाफ दिन्थ्यो र फेरि चुप लाग्थ्यो ।
त्यो सानो कोठामा आमा र आन्द्रेइ दुवै निस्सासिन थाले । त्यहाँको वातावरण दुवैका लागि असह्य हुँदै गयो । कहिले आमा त कहिले आन्द्रेइ, दुवै पालेसँग पाहुनातिर हेर्थे ।
अन्त्यमा निकोलाइ उठ्यो र भन्यो –
“म त अब सुत्न जान्छु । जेलमा बस्दाबस्दा पागल भैसकेछु । अचानक छाडिदिएर म निस्केँ । धेरै थाकेको छु ।”
ऊ भान्साकोठातिर लाग्यो र एकछिन त्यहाँ अलमलिएपछि अकस्मात् मरेजस्तो शान्त भयो । आमाले कान थापेर सुन् ितर कुनै आवाज सुनिएन ।
“कुनै डरलागदो कुरा सोच्दैछ ऊ .. !” – आमाले बिस्तारै आन्द्रेइलार्य भनिन् ।
“बडो बाउँठे ठिटो छ !” – उक्राइनिले आफ्नो सहमति जनाउँदै भन्यो – “तर ठीक हुन्छ ! कुनै जमानामा म पनि त्यस्तै थिएँ । हृदयमा ज्योति बल्नुभन्दा अगाडि निकै धुवाँ निस्कन्छ । आमा जानोस्, सुत्नोस् ! म एकछिन पढ्छु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।