त्यसै समयदेखि बाबुले प्रत्येक साँझ मिशालाई लडाइँको बारेमा , लेनिनको बारेमा र आफूले देखेका विभिन्न ठाउँहरूको बारेमा बताउन थाले ।
एक दिन शनिवारको साँझ ग्राम सोभियतको पालेले एक जना अपरिचित मानिसलाई लिएर आयो । होचो कदको त्यो मान्छेले फौजी वर्दी लगाइराखेको थियो र काखीमुन्तिर छालाको एउटा स्यानो ब्याग पनि च्यापेको थियो ।
“लौ, कामरेड सोभियत अफिसरलाई आज घरमा पाहुना मान्नोस् !” – पालेले हजुरबालाई भन्यो ।- “उनी शहरबाट आएका हुन् र आजको एक रात तपाईंहरूकै घरमा बास बस्ने छन् । केही खानपिन पनि गराउनु होला है, बृढाबा ! ”
“साँझको पाहुना त मान्नै पर्ला ! ”- हजुरबाले सुस्त सुस्त भने तर कामरेड महाशय , कागजपत्न पनि छ कि त्यसै हो ?”
हजुरबाको बुज्रुक्याइँ सुनेर मिशा छक्क पर्यो र औंला दाँतमुनि च्याप्दै उ कुरा सुन्नपट्टि लाग्यो।
“धन्दा नमान्नोस्, बूढाबा ! सबै कुरा, छ। ”- छालाको ब्याग लिएको त्यस मान्छेले मुस्कुराउँदै जवाफ दियो र सरासर कोठाभित्न पस्यो ।
हजुरबा पनि उस्को पछि पछि लाग्दै कोठामा पसे। मिशा पनि हजुरबाको पछि लाग्यो।
“कुन कामले हाम्रो गाउँसम्म आउनु भा’ को नि ?” हजुरबाले प्रश्न गरे।
“म नयाँ चुनाव गराउने काजमा खटिएर ओाएको हुँ। यहाँ पनि ग्राम सोभियतका अध्यक्ष र अरू सदस्यहरूको चुनाव गराउनु पर्ने छ। ” – त्यस मान्छेले जवाफ फर्कायो ।
केही बेरपछि तल भुइँतलाबाट बाबु पनि माथि उक्लिए। उनले पराई मान्छसँग हात मिलाए र आमालाई साँझको खाना तयार पार्न अह्वाए ।
बेलुकीको खाना खाईवरी सकेपछि बाबु र त्यो पराई मान्छे बेन्चमा संगसंगै बसे। पराई मान्छेले छालाको ब्याग खोल्यो र त्यस भित्रबाट एक मुठा कागज झिकेर बाबुलाई देखाउन थाल्यो। मिशा आफ्नो बाबुको बगलमा सकभर नजीक टाँस्सिएर चियाउने कोशिश गरिरहेको थियो। बाबुले एउटा कागज उठाए र मिशांलाई देखाउँदै भने –
“हेर् मिशा ! यिनै हुन् लेनिन भनेका ।.”
मिशाले बाबुको हातबाट तस्वीर लियो र आँखा त्यसमा गाडेर हेर्न थाल्यो । पक्क परेर मुख बाइराखेको थियो उसले । तस्वीरमा एउटा होचो कदको मान्छ उभिएको थियो, रातो कमीज पनि देखिंदैनथ्यो, बरू उसले त साधारण कोट पो लगाइराखेको थियो एउटा हात पैंटको खल्तीमा घुसारिएको थियो , अर्को हातले चाहिं अगाडितर्फ औंल्याएर कतै देखाइरहेको थियो। मिशा चकित हुँदै आँखा फारेर, तस्वीर गडेर हेदैँ थियो र एकै नजरमा त्यस तस्वीरमा अंकित मान्छेको घुमाउरो आँखीभौं, आँखाको कोशमा र ओठको, कुनामा लुकिरहेको मृदु मुस्कान, चेहराको प्रत्येक आकृति सधैंको लागि आफ्नो स्मृतिपटमा अमिट पार्न खोज्दै थियो ।
पराई मान्छेले मिशाको हातको तस्वीर थुतेर लियो, त्यसलाई हिफाजतसाथ ब्यागमा हालेर ताल्चा मारिदियो र अर्को कोठामा तयार पारिएको पलङमा सुत्न गयो। उसले लुगा फुकाल्यो, ओछ्यानमा पल्टियो र कम्बलको साटो वर्दी नै ओढेर सुत्यो। उ निदाउनै मात्न के आँटेको हुँदो हो, अकस्मात् दैलो खिटिक्क भएको आवाज उसको कानमा पर्यो ।
“को हँ त्याँ ? ”-उसले टाउको – अलिकति उचालेर सोध्यो,।
भुइँमा कोही नांगै गोडाले चाल मार्दै हिंडेको पदचाप मात्न सुनियो ।
“को छ यहाँ ? “-उसले फेरि प्रश्न दोहोर्यायो र पलङको छेवेमा अचानक मिशालाई उभिइरहेको पायो ।
“के चाहियो, नानी ? “उसले सोध्यो।
मिशा एक छिन चुप लागिरह्यो , अनि केही साहस बटुलेर उसले खासखुस गर्यो-
“लौ न, काका ! त्यो तपाईँको लेनिन मलाई दिनोस् न !
त्यो पराई मान्छे एक शब्द बोलेन । खालि पलङबाट टाउको अलिकति उठाएर मिशालाई नियालेर हेर्न थाल्यो उ !
मिशा असाध्यै डरायो। सके त्यस पंराई मान्छेले इन्कार नै गर्ला ? सके त्यसले दिंदै नदेला ! आफ्नो स्वरमा केही दरोपना ल्याउने प्रयास गर्दै, तर हड्बडाउँदै र लरबराउँदै
मिशाले फेरि खुसखुस गर्यो–
तपाई त्यो तस्वीर मलाई ? नै दिनोस् ! म त्यसको सट्टा तपाईंलाई बरू टिनको बट्टा नै दिन्छु। बट्टा साँच्ची नै निकै राम्रो छ। फेरि मैले बटुलेका सबका सब पुतलीहरू पनि दिउँला . … ।” -मिशाले अधीर हुँदै हात झट्कार्यो र फेरि थप्यो।- “यतिले पुग्दैन भने बूट पनि लिनोस्, जुन मेरा बाले मलाई नै भनेर ल्याइदिनु भा’ हो !”
“तँलाई लेनिन किन चाहियो नि ?” मुसुक्क हाँस्दै त्यस पराई मान्छेले सोध्यो ।
“दिने छाँट छैन…।” -मिशाले मनमनै विचार गर्यो। आँखामा आँसु रसाएर आएको नदेखियोस् भनेर उसले टाउको निहुरायो र लामो सास फेर्दै जवाफ दियो-
“मलाई चाहिया छ।”
पराई मान्छ फिसिक्क हाँस्यो। उसले तकिया मुन्तिरबाट छालाको ब्याग झिक्यो र मिशालाई तस्वीर सुम्पिदियो । मिशाले त्यसलाई कमीजभित्न घुसार्यो , छातीमा बेसरी थिच्यो र फटाफट कोठाबाट निस्केर भान्साखण्डतिर लाग्यो । हजुरबा निद्राबाट -ब्युँझ्लिएर भन्न लागे –
“किन मध्यरातमा पनि नसुतेर घुम्दै छस् हँ, निशाचर ? सुत्ने बेला दूध नखा भन्या हैन तँलाई ! ? अहिले न आफू सुत्छ, न अरूलाई नै सुत दिन्छ। हेर् पिसाबले च्यापा भए त्यहीँ कोपरामा नै तुरी गर् | अँध्यारोमा, ऐले तँलाई कहाँ बाहिर लैजाने लौ बिनसित्ति ! ”
मिशा केही पनि, नबोलेर चूपचाप खाटमा चढ्यो । हलचल नै नगरेर उ बिछ्यौनामा पल्टियो । दुबै हातले उसले आफ्नो छातीनेर तस्वीर च्यापिराखेको थियो। तस्वीर गुचमुच्च भएर बिग्रला भन्ने उसलाई चिन्ता थियो। उ कोल्टे नै नफेरीकत निंदाईहाल्यो ।
भोलिपल्ट एकाबिहानै उ निद्राबाट ब्युँझियो। आमाले गाईको दूध दुहीवरी गाईवस्तुहरूलाई बथानसंगै पठाइदिइसकेकी थिइन् । मिशालाई ब्युँझिसकेको देखेर दुबै हात माथितिर उठाउँदै उनले सोधिन् –
“के भो तँलाई? किन यति सबेरै उठिस् हँ ? ”
मिशाले कमीज भित्रको तस्वीर छाम्यो, आमाको बगल नजीकैबाट आगनतिर दौड्यो र धनसारमूनि घुस्रियो ।
धनसारको वरिपरि खस्रो सिरू झार उम्रिरहेको थियो र सिस्नुको झ्याङको हरियो दुर्लँघ्य पर्खाल खडा थियो। मिशा घिस्रँदै-पर्स्रँदै धनसारमुनि छिर्यो, हातको कुहिनाले कसिंगर र कुखुराको सुली साफ गर्यो, सिरू झारको पहेँलिएको पुरानो स्याउला पात टिपेर त्यहाँ ओछ्यायो र त्यसको माझमा तस्वीर राखेर माथिल्तिरबाट एउटा ढुंगाले थिचिदियो बतासले त्यसलाई उडाएर लैजान नपाओस्, भनेर !
बिहानदेखि बेलुकीसम्म दिनभरि नै झमझम , पानी परिरहेको थियो। खैरो मेघले आकाश ढाकिएको , थियो। आगन त पोखरी जस्तै बनिसकेको थियो। बाटोमा, सा-साना कुलेसाहरू तछाड-मछाड गर्दै तोडले बग्न थालेका थिए।
मिशाले दिनभरि घरैमा कोच्चिएर बस्नु पर्यो। साँझ पर्न पर्न आँटिसकेको थियो, बाबु र हजुरबा दुबै जना गाउँ सभामा भाग लिन ग्राम सोभियततिर लागे। मिशा पनि हजुरबाको . छत्तेटोपी ढल्काएर पछि ,पछि लाग्यो। ग्राम सोभियतको कार्यालय चर्चको दलानमा नै थियो। मिशा ढलपल गर्दै फोहोर र बांगोटिंगो सिंढी उक्लेर बल्लतल्ल माथि पुग्यो । भित्र कोठाको छतमुनि तमाखुको धुवाँ मडारिइरहेको देखिन्थ्यो। कोठामा मानिसहरू खचाखच भरिएका थिए झ्यालनेर रहेको टेबुल, अगाडि त्यही पराई मान्छे बसिरहेको थियो जो मिटिंगमा भेला भएका काजाकहरूलाई केही कुरा बुझाउँदै थियो ।
मिशा चाल मारेर कोठाको पछिल्लो भागतिर गयो र त्यहाँ अन्तिम बेन्चमा बस्यो ।
“कामरेड हो, फोमा कोर्शुनोभलाई ग्राम सोभियतको अध्यक्ष पदमा रोज्न चाहने कोही हुनु हुन्छ भने हात उठाउनोस् ! ”
पसलेको ज्वाइँ प्रोखोर लिसेन्कोभ मिशाको अगिल्तिरक बेन्चमा बसिरहेको थियो। उ जोडले करायो-
“सज्जन हो ! म यस उम्मेदवारको विरोध गर्छु ! उ ईमान्दार छैन। हाम्रो गाउँको गाईवस्तु हेर्ने गोठालो छँदाखेरि नै उसको नियत सफा नभएको कुरा थाहा भैसकेको हो ! ..”
मिशाले के देख्यो भने झ्यालको फाटकमा बसिरहेको सार्की फेदोत तत्काँलै उभियो र उत्तेजित भएर हात हल्लाउद भन्न लाग्यो-
“साथी हो ! हुनेखानेहरु एउटा गरीब गोठालोलाई अध्यक्षको कुर्सीमा बसेको देख्नै चाहँदैनन् । तर गोठालो फोमा सच्चा अर्थमा सर्वहारा हो र उ सोभियत सत्ताको पक्ष्यमा डटेर खडा रहने छ …। ”
ढोकैनेर हात बाँधेर उभिइरहेका सम्पन्न काजाकहरूले खुट्टा बजार्न र सुस्केरा हाल्न शुरू गरे। कोठाभतरि न खैलाबैला मच्चियो ।
“गोठालोलाई चाहइन्नौं !”
“सेनाबाट फर्केर आयो, अरब फेरि पनि उसले गोठालैको ‘काम सम्हालोस् ! ”
“फोमा कोर्शुनोभ – मुर्दाबाद ! ”
मिशाले बाबुको अनुहार धुस्रोफुस्रो भएको देख्यो । उनी बेन्च नजीकै उभिइरहेका थिए। उनको निम्ति मिशालाई खूबै डर लागिरहेको थियो र उसको अनुहार पनि रगत सुकेर
फुस्रो भैसकेको थियो ।
कामरेड हो ! हल्ला नगर्नोस् ! “-पराई मान्छेले टेबलमा हातले ठोक्दै कड्केर भन्यो।- “होहल्ला गर्नेलाई मिटिंगबाट गलहत्त्याइदिने छु !”
“कुनै झर्रा काजाकलाई नै हामी अध्यक्ष रोजौंला ! ”
“फोमा-सोमा चाहिन्न ! ”
“एक चाहिन्न ! दुई चाहिन्न ! ..”
सबै हुनेखाने काजाकहरू हल्ला गर्दै थिए। पसलेको ज्वाइँ प्रोखोर नै सबैभन्दा जोडले चिच्याइरहेको देखिन्थ्यो ।
एक जना हठ्ठाकठ्ठा धम्मरधुस काजाक बेन्चमाथि उक्लियो । उसको दाह्री निक्खर खैरो रंगको थियो र उसले कानमा मुन्द्री पनि लगाइराखेको थियो । कोट भने झुत्रो र ठाउँ ठाउँमा टालिएको थियो ।
“भाइ हो ! ”- उसले कराएर भन्न शुरू गर्यो। –
“देख्यौ,. कामकुरो कतातिर मोडिँदै छ? ! धनीमानीहरू आफ्नै मान्छेलाई अध्यक्षको आसनमा विराजमान गराउन तम्सेका छन् ! .. यसरी उनीहरूले पहिलेकै जसरी एकलौटी रजाइँ चलाउन पाउने छन्……।”
कानमा मुन्द्री लगाइराख्ने धम्मरधुस काजाक कराउँदै थियो । तर कोलाहलको माझमा मिशा खालि एक दुई वटा शब्द मात्रै राम्ररी सुन्न पाउँथ्यो ।
“जग्गाजमीन … फेरि बँटवारा … गरीबको भागमा उही ढुंग्यान र बलौटो .. . अब्बल अब्बल खेत जति सबै आफ्नै नाउँमा नामसारी !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।