WEEK 4

राजकुमार र भिखारी १९

उता दरबारको ऐशआरामको जिन्दगीमा प्रवेश गरेको भिखारी टम ठूलो ऐना अगाडि उभियो । ऐनामा आफ्नो अनुहार देखेर ऊ मख्ख पर्यो । आफनो पहिरनको आफैले प्रशंसा गर्यो ।

त्यति नै बेला राम्रो पोशाकमा सजिएकी लेडी जेन ग्रे नाम गरेकी केटी टम भएतिर दौडेर आइन्‌ । टमको हाउभाउ देखेरे आश्चर्य मान्दै उनले सोधिन्‌, “के भयो राजकुमार तिमीलाई ?”

राजकुमार र भिखारी २०

टमले भक्भकाउँदै भन्यो, “वास्तवमा म राजकुमार होइन । म त ओफल कोर्टको मागी हिँड्ने गरीब भिखारी टम क्यान्टी हुँ । मैले लगाएको यो पोशाक राजकुमारको हो । युवराजको पोशाक लगाएको हुनाले हजूरले मलाई राजकुमार ठान्नुभएको हो । वास्तवमा राजकुमार म होइन, मेरा झुत्राझाम्रा लुगा लगाएका उनै राजकुमार हुन्‌ । यतिखेर राजकुमार कहाँ छन्‌ ? म तुरून्तै गएर राजकुमारलाई भेट्न चाहन्छु ।”

टमको कुरा सुनेर लेडी जेन ग्रे छक्क परिन्‌ । हत्तपत्त बाहिरबाट ढोका बन्द गरेर राजालाई खबर गर्न गर्इ

राजकुमार र भिखारी २१

टम आत्तिएर हडबडाउन थाल्यो, केही अनर्थ हुन्छ कि भनेर आत्तियो ।

टम विशाल कोठा वरिपरि हल्लिरह्यो । केहीबेरपछि मोटाघाटा एकजना व्यक्ति उसको अगाडि आएर उभिए । उनी थिए राजकुमारका पिता राजा हेनरी अष्टम ।

“छोरा एड्वार्ड ! कस्तो छ तिमीलाई ?”

“म एकदमै ठीक छु तर म हजूरको छोरा एड्वार्ड होइन, म मागी हिँड्ने भिखारी टम क्यान्टी हुँ ।”

राजकुमार र भिखारी २२

 

राजकुमार र भिखारी २३

टमले घुँडा टेक्दै भन्यो, “हजूर दयालु राजा हुनुहुन्छ मेरो कुरामा विश्वास गर्नुहोस्‌ ?”

निराश स्वरमा राजाले भने, “हरे ! मैले सुनेको हल्ला त साँचो पो रहेछ ।”

टमले मनमनै सोच्यो, “लौ, राजाले पनि मलाई राजकुमार नै ठाने । अब म बर्बाद हुनेभएँ ।”

राजाले मधूर स्वरमा भने, “बाबू ! तिमीलाई सञ्चो छैन’ जस्ती छ, आऊ मसँग ।”

राजाले टमलाई फ्रेन्च भाषामा एउटा प्रश्न सोधे ।

टमले जवाफ दियो, “हजूरले मलाई के सोध्दै हुनुहुन्छ ? हजूरको भाषा म बुझ्‌दिन ।”

अरूतिर हेर्दै ठूलो स्वरमा राजाले भने, “सुन्यौ, तिमीहरू सबैले ? मेरो छोरालाई सञ्चो छैन तर उसलाई छिट्टै निको हुनेछ । तिमीहरू उसलाई ताजा हावा भएको ठाउँमा घुमाउनू, पोषिलो खाने कुरा खुवाउनू । हे लर्ड हर्टफोर्ड ! तिमीले राजकुमारको देखरेख गर्ने कामको जिम्मेवारी लिनू ।”

त्यसपछि लर्ड हर्टफोर्ड टमको नजिक आएर अभिवादन गर्दै भने, “मलाई राजाले पठाउनुभएको हो । म हजूरसित गोप्य कुरा गर्न चाहन्छु ।”

एकान्त ठाउँमा पुगेपछि उनले भने, “राजकुमारले आफ्नो बिमारी लुकाउनू भनी राजाले आदेश दिनुभएको छ: । हजूर केही पनि नभएको जस्तो गरी बस्नुहोला ।”

राजकुमार र भिखारी २४

त्यति नै बेला राजकुमारकी बहिनी एलिजावेथ लेडी जेन ग्रेको साथमा आइपुगिन्‌ । उनले भनिन्‌, “के भयो दाजु तपाईंलाई ? तपाईं ठीक त हुनुहुन्छ ?”

उनले त्यति भन्नेबित्तिकै हर्टफोर्डले एलिजावेथ नजिक गएर सानो स्वरमा भने, “राजकुमारको स्मरण शक्ति एकदम कमजोर छ । उहाँसँग धेरै प्रश्न गर्नहुँदैन ।”

राजकुमार र भिखारी २५

टम बिचरोले केही भन्नै सकेन । भनोस्‌ पनि कसरी ? उसको कुरा कसैले पत्याउँदैनथे । दरबारका सबै सदस्यहरूले उसलाई पागल भएको ठाने ।

शाही भोजनको समय भयो । टमले हातैले खाना खायो | यो कुरा कसैलाई मन परेन । तर जीवनमा कहिल्यै काँटा-चम्चा नदेखेको टमले कसरी काँटा-चम्चाले खाओस्‌ ?”

राजकुमार र भिखारी २७

 

राजकुमार र भिखारी २८

हात चुठ्नका लागि वासनादार पानी राखीएको थियो । ऊ छक्क पर्यो पक्कै पनि पिउनका लागि राखिएको होला भनी अलिकति पियो । “सर्वतको वासना त मिठो छ तर मलार्इ त्यति मन परेन ।” त्यहीँनिर हात पुछ्नका लागि सफा रूमाल राखिएको थियो । अहा ! कति रूमाल ! उसले भन्यो, “यसमा फोहोर लाग्न सक्छ, भित्र लगेर राख । टमले फेरि भन्यो, “वास्ना मिठो भएपनि सर्वत मलाई मन परेन ।”

टमको यस्तो व्यवहार देखेर परिवारका सबै सदस्यहरू राजकुमार साँच्चिकै पागल भएछन्‌ भनी ज्यादै दुःखी भए

राजकुमार र भिखारी २९

ड्यूक अफ्‌ नर्फोक नाम गरेका राजाका एकजना शत्रु थिए । उनलाई टावर अफ्‌ लण्डनमा बन्दी बनाइएको थियो । सजाय दिने समय नजिकिँदै थियो ।

आफूना भारदारहरूलाई सम्बोधन गर्दै राजाले भने, “यसलाई दिइने फाँसीको सजायमा म आफैं लालमोहर लगाइदिन्छ ।”

अकस्मात्‌ राजाले केही सम्झेजस्तो गरे । उनको अनुहार फुस्रो भयो ।

उनले आफ्नो छोरा प्रिन्स अफ्‌ वेल्सलाई लालमोहर राख्न दिएका थिए | आफ्रनो पागल छोराले लालमोहर राखेको ठाउँ बिर्सियो कि भनेर उनको अनुहार फुस्रो भएको थियो ।

राजाले लर्ड हर्टफोर्डलाई लालमोहर लिन दौडाए तर उनी तुरून्तै रित्तो हात फर्किए ।

उनले राजासमक्ष विन्ती गरे, “महाराज ! लालमोहर राखेको ठाउँ कत्ति गर्दा पनि राजकुमारले सम्झिनै सक्नुभएन ।”

राजाले लालमोहर नपाएको रिस चान्सलरमाथि पोखे |

लालमोहरको प्रतीक्षामा बसेको चान्सलरतिर फर्केर रिसाउँदै उनले भने; “जाऊ ड्युक अफ्‌ नर्फोकको गर्धन काटेर उसको टाउको लिएर म कहाँ हाजिर हुनू ।” राजाले रिसको आवेगमा राजकाजको परम्परागत नियम विपरीत लालमोहरबिना नै काम फत्ते गर्न आदेश दिए ।

राजकुमार र भिखारी ३१

विचरो चान्सलरले मन नलागे पनि राजाको अगाडि केही बोल्ने आँट गरेनन्‌ । राजाको आदेश अनुसार उनले काम गरे ।

 

लेखकका बारेमा

नाम: मार्क ट्वेन

मार्क ट्वेन

जन्म: नोभेम्बर ३०, १८३५
मृत्यु- अप्रिल २१ १९१०
जन्मस्थान: फ्लोरिडा, मिसौरी, संयुक्तराज्य अमेरिका
पेशा:- लेखक/लेक्वरर
राष्ट्रियता अमेरिकी

विद्या: आख्यान, बालसाहित्य व्यङ्ग्य, निबन्ध, दर्शन र साहित्यिक समालोचना

प्रमुख कृतिहरू:- “द एड्भेन्चर अफ टम स्वेयर (१८७९), द एडभेन्चर अफ हकलबेरि फिन (१८८४), मार्क ट्वेन आख्यानको क्षेत्रमा परिचित नाम हो । राष्ट्रपति, उद्योगी, कलाकार र यूरोपेली राजघरानासित घनिष्ठ सम्बन्ध थियो मार्क ट्वेनको | प्रखर बौद्धिकता एवं तिखो व्यङग्यको लागि समालोचक र समकालीन लेखकहरूको माझ चर्चित थिए उनी |

मार्क ट्वेनको जन्म नोभेम्बर ३०, १८३५ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिसौरी भन्ने ठाउँमा भएको थियो । उनका पिताको नाम जोन मार्शल क्लेभेन्स थियो भने, आमाको नाम जेन ल्याम्प्टन थियो । उनको खास नाम चाहिँ ह्यामुन ल्याङअहर्न क्लेभेन्स हो । मार्क ट्वेन चाहिँ उनको साहित्यिक उपनाम हो। यही नामबाट उनी विश्वसाहित्यमा परिचित भए । सानै उमेरदेखि मार्क ट्वेन साहित्यिक काम गर्न र घुमफिर गर्न खुब रूचाउँथे, जंगल चाहारी हिँड्थे । यात्राको अनुभव समेटेर लेख्न बसिहाल्थे । एघार वर्षको सानै उमेरमा पिताको निधन भएपछि हातमुख जोर्नका लागि कामको खोजीमा निस्किनु पर्यो उनले ।

हन्निबल जर्नलका लागि हास्यप्रधान लेखहरू लेख्न थाले । सन्‌ १८६५ मा मार्क ट्वेनको “the colebrated jumping frog of calavaras country” शीर्षकको हास्यप्रधान कथा संग्रह प्रकाशित भयो जसले उनलाई चर्चित लेखकको रूपमा चिनायो । त्यसपछि उनी मध्यपूर्वी यूरोपको भ्रमणमा निक्ले । त्यसै यात्राको फलस्वरूप उनले “The Innocent Adead” नामको यात्राडायरी लेखे । जसले उनको साहित्यिक उचाइ थप्यो । मार्क ट्वेनको लेख र भाषणको प्रमुख विशेषता भनेको हास्य हो । उनको लेख अन्याय र अत्याचारको विरूद्धमा केन्द्रीत भएको पाइन्छ । सन्‌ १८७० मा ओलिभिया ल्याङ्डनसित उनको विवाह भयो । हेलेन केलर, ह्यारिट र विचार स्टो जस्ता व्यक्तिसित उनको घनिष्ठ सम्बन्ध रह्यो । दासप्रथाको विरोधी रहेका मार्क ट्वेन, अब्राहम लिंकनका कट्टर समर्थक थिए । सन्‌ १८८१ मा क्यानडाबाट प्रकाशित भएको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” मार्क ट्वेनको यस विधाको पहिलो औपन्यासिक कृति हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । लन्डनको ओफलकोर्टमा बस्ने टम क्यान्टी र राजा हेनरी अष्टमका छोरा राजकुमार एडवार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ यो उपन्यास । आधुनिक अमेरिकी साहित्यका यस्ता महान्‌ हस्तिको हृदयघातका कारण सन्‌ १९१०, अप्रिल २१ तारिखमा दुःखद निधन भयो ।