

week 18
चारकुने खैरो दाह्री भएको मोटे पहरेदारले उनको काम डाक्यो, टाउकोदेखि खुट्टासम्म उनलाई हे¥यो र मेरो साथ लाग् भनेर खुच्याउँदै बाहिर निस्क्यो ।
आमालाई इच्छा भयो, उसलाई पछाडि एक धक्का दिऊँ, जसले गर्दा ऊ छिटोछिटो हिँडोस् ।
“कस्तो छ छोरा तँलाई – कस्तो छ ?” – उनी भन्दै थिइन् र अरु बोल्ने कुनै शब्द भेट्टाइरहेकी थिइनन् ।
“आमा, नहडबडाउनोस्, तपाई !” – पाभेलले बेस्सरी उनको हात समाउँदै भन्यो ।
“म हडबडाएको छैन, छोरा ।”
“ए आमा !” – पहरेदारे लामो सुस्केरा हाल्दै भन्यो – “तपाईहरु एक–दोस्रोबाट अलि टाढा उभिनोस्, बीचमा अलि ठाउँ खाली राख्नोस् !” – उसले यति भन्यो र बडो जोडले हाई ग¥यो ।
पाभेलले आमासँग उनको स्वास्थ्यबारे सोध्यो, घरको हालखबर सोध्यो । आमा छोराबाट अरु पनि प्रश्नहरुको आशा गर्दै थिइन् र छोराको आँखामा हेर्दै थिइन्, तर त्यहाँ उनले कुनै प्रश्न भेट्टाइनन् । पाभेल सधैँजस्तो गम्भीर थियो, उसको अनुहार अझ बढी फिका थियो र आँखा अझ ठूला देखिन्थे ।
“सासाले धेरै सोधेर पठाएकी छिन् ।” – आमाले भनिन् ।
पाभेलको पलक काँप्यो, अनुहार कोमल भयो । ऊ मुस्कुराउन थाल्यो । आमाको हृदय तीखो पीडाले पोल्यो ।
“कहिले छाड्ने हुन् तँलाई ?” – आमाले पीडा र चिढाइसाथ सोधिन् ।
“किन थुनेका होलान् तँलाई ? ती पर्चाहरु त फैक्ट्रीमा फेरि देखा पर्न थाले .. ।” पाभेलको आँखा खुसीले चम्कियो ।
“साँच्ची ?” – उसले छिटोछिटो सोध्यो ।
“यस्तो कुरा गर्न पाइन्न !” – पहरेदारले अल्छी स्वरमा भन्यो – “तपाईहरु घरेलु कुरा गर्न सक्नुहुन्छ .. ।”
“के यो घरेलु कुरा होइन र ?” आमाले विरोध गर्दै भनिन् ।
“मलाई थाहा छैन । मलाई यति मात्र थाहा छ, त्यस्तो कुरा गर्नुहुन्न ।” – पहरेदारले सोध्यो – के गर्नुहुन्छ घरमा ?”
“फैक्ट्रीमा ती सबै सामानहरु लिएर जान्छु ।” – आमाले भनिन् – उनको आँखामा ठट्यौलो चम्काहट थियो । एकछिन थामिएपछि उनी फेरि मुस्कुराउँदै भन्न थालिन् –
“उनै के, बन्दाको सूप, दाल, तिमीलाई थाहा नै छ नि ! ती सबै सामानहरु, जुन मारिया पकाउने गर्छिन्, अरु पनि थुप्रै कुराहरु .. ।”
पाभेलले बुझिहाल्यो । उसले आफ्नो कपाल मुसार्न थाल्यो र हाँसो दबाउँदा उसको मुखाकृति विचित्र देखियो ।
“ठीकै भो, आमा ! केही काम भेट्टाउनुभएछ, त्यति नरमाइलो लाग्दैन होला ।” पाभेलले बडो प्रेमपूर्वक भन्यो । आमाले पाभेलको कस्तो मायालु स्वर पहिले कहिल्यै सुनेकी थिइनन् ।
“फेरि पर्चा बाँडिन थालेपछि उनीहरुले मेरो पनि खानतलासी लिन थाले ।” – आमाले अलि गर्वको भावनाले भनिन् ।
“फेरि त्यही कुरा !” – पहरेदारले झर्किदै भन्यो – “भन्दैछु यस्तो कुरा गर्नुहुन्न ! उसले कुनै कुरा थाहा नपाओस् भनेर नै जेलमा राखेका हुन्, तिमीचाहिँ फेरि त्यही कुरा गर्दैछौ ! गर्नुहुन्न भनेपछि त बुझ्नुपर्छ नि !”
“छोडिदिनोस् आमा !” – पाभेलले भन्यो – “मातभेइ इभानोभिच बडो भलाद्मी मान्छे हुनुहुन्छ, उहाँलाई बेकारमा रिसाउन नदिनोस् । हामी साथी हौं । आज उहाँको अकस्मात् ड्युटी परेको हो, नत्र भेटको समय सहायक हामिक बस्ने गर्छन् .. ।”
“बेला भयो !” – पहरेदारले आफ्नो घडी हेर्दै भन्यो ।
“लौ त आमा, धेरैधेरै धन्यवाद ।” – पाभेलले भन्यो – “तपाई धन्दा नलिनुहोला, म छिटै छुट्छु .. ।”
पाभेलले बडो प्रेमपूर्वक आमालाई अँगालो मा¥यो र म्वाइँ खायो । आमा दङ्ग परिन् र भावविह्वल भएर रुन थालिन् ।
“लै, लौ, हिँड !” – पहरेदारले भन्यो र उनी सँगसँगै बरन्डातिर लाग्यो – “नरोऊ ! छुट्छ ऊ, सबै छुट्नेछन् .. यहाँ मान्छे राख्ने ठाउँ छैन .. ।”
घर पुगेपछि आमाले उक्राइनिलाई सबै कुरा बताइन्, उनी मुस्कुराउँदै थिइन् । उनका आँखीभौं अनौठो तरिकाले फड्कँदै थिए ।
“बडो मजाले मैले उसलाई सबै कुरा भनिदिएँ, सबै बुझ्यो पाभेलले ।”
आमाले बडो दुःखपूर्वक लामो सुस्केरा हालिन् – “उसले अवश्य पनि बुझेको हुनुपर्छ । नत्र किन यति माया गथ्र्यो ? कहिल्यै यस्तो माया देखाएको थिएन ।”
“गजबको हुनुहुन्छ आमा, तपाई !” – उक्राइनिले हाँस्दै भन्यो – “मान्छेहरु दुनियाँभरको कुरा चाहन्छन्, आमालाई चाहिँ माया पाए पुगिहाल्यो ।”
“होइन आन्द्रेइ, तिमीले उनीहरुलाई देखेको मात्र भए !” – आमाले अकस्मात् उत्साहित हुँदै भनिन् – “मान्छेहरुलाई कस्तो बानी पर्दो रहेछ त ! उनीहरुका छोराछोरीहरु खोसेर जेलमा बन्द गरिदिन्छन्, तर उनीहरुको व्यवहारबाट अन्दाजसम्म पनि लाउन सकिन्न । त्यहाँ आउँछन्, पर्खन्छन् र गफ गर्छन् । जब पढेलेखेका मानछेहरुलाई त यस्तो कुराको बानी पर्छ भने तिमी हामी अनपढ मान्छेहरुबाट के आशा गर्छौ ?”
“हँ, हँ, किन र स्पष्ट कुरा छ ।” – उक्राइनिले व्यङ्ग्यपूर्वक उत्तर दियो – “उनीहरुका लागि कानुन त्यति कडा हुँदैन, जति हाम्रा लागि हुन्न । फेरि उनीहरुलाई नै कानुनको बढी खाँचो पनि छ । त्यसैले एक दुईपल्ट उनीहरुमाथि पनि कानुनको मार पर्छ भने एक ादुईपल्ट नाक खुम्च्याउँछन् र त्यत्तिकै हो । अर्काको डन्डाबाट भन्दा आफ्नो डन्डाबाट मार खान बढी सजिलो हुन्छ .. ।”
एकदिन साँझपख आमा टेबुलनेर बसेर मोजा बुनिरहेकी थियन् । उक्राइनि प्राचीन रोमको दासविद्रोहको विषयमा वर्णन गरिएको एउटा किताब उनलाई पढेर सुनाइरहेको थियो । त्यसैबेला कसैले जोडसँग ढोका घच्घच्यायो । अनि उक्राइनिले ढोका खोल्नेबित्तिकै भेसोभसिको भित्र पस्यो । उसले एउटा पोको च्यापेको थियो, उसको टोपी पछिल्तिर ढल्केको थियो । उसका खुट्टा घुँडासम्म हिलाले पोतिएको थियो ।
“म यही बाटो भएर आउँदै थिएँ, बत्ती बलिरहेको देखेर भेटघाट गर्न पसेको । म सिधा जेलबाट आउँदैछु ।” – उसले अनौठो स्वरमा भन्यो । अनि पेलागेया निलोभ्नासित जोडले हात मिलाउँदै भन्यो –
“पाभेलले तपाईलार्य प्रणाम सुनाइदिन भनेको छ .. ।”
ऊ हिचकिचाउँदै मेचमा बस्यो र आफ्नो उदास एवम् शङ्कालु दुष्टिले चारैतिर हेर्न थाल्यो ।
आमा उसलाई मन पराउँदिनथिन् । उसको पूरै खौरिएका टेढोमेढो टाउकामा र उसका ससाना आँखामा सधैं कुनै त्यस्तो कुरा भेट्टाउँथिन्, जसबाट उनलाई डर लाग्थ्यो तर आज उसलार्य देखेर आमा खुसी भइन् र मुस्कुराउँदै बडो प्रेमपूर्वक ऊसँग कुरा गर्न थालिन् –
“कति दुब्लाएछौ तिमी हँ ! आन्द्रेइ, उसलाई चिया बनाइदिन प¥यो .. ।”
“मैले सामोभार बसालिसकेँ, आमा !” – भान्साकोठाबाट उक्राइनिको आवाज आयो ।
“सुनाउन त, कस्तो छ पाभेललाई ? तिमीलार्य मात्र छाडे कि, अरु पनि कोही छुटे ?”
निकोलाइले टाउको झुकाउँदै जवाफ दियो –
“पाभेल त बडो धैर्यसाथ पर्खेर बसेको छ । मबाहेक अरु कोही छुटेका छैनन् ।” उसले आँखा उठाएर आमातिर हे¥यो र बिस्तारै भन्यो – “मैले उनीहरलाई भनेँ – “या त मलाई छाडिदेऊ या त म कसैलाई मारिदिन्छु र आफैं पनि आत्महत्या गर्छु ।” त्यसपछि उनीहरुले मलाई छाडिदिए !”
“ए !” – आमाले भनिन् र अकस्मात् पछि सरिन् । निकोलाइका सानासाना, तीखा आँखा जुध्नासाथ आमाले आँखा झुकाइन् ।
“फ्योदोर मार्जिनलाई कस्तो छ नि ?” – उक्राइनिले भान्साकोठाबाट ठूलो स्वरले सोध्यो – “अझ पनि कविता लेख्ने गर्छ ?”
“हो, लेख्छ ! म बुझ्दििनँ यो रोग !” – निकोलाइले टाउको हल्लाउँदै जवाफ दियो – “ऊ के आफूलाई सुगा ठान्छ कि क्या हो ? पिञ्जडामा बन्द गरिदिए पनि गाउन छाड्दैन ! एउटा कुरा चाहिँ पक्का हो, म घर जान चाहन्नँ .. ।”
“घर गएर गर्छौ पनि के ?” – आमाले विचारमग्न हुँदै भनिन् । – “खालि घर, चिसो, सबै कुरा जाडाले कठयाङ्ग्रिएला .. ।”
उसले केही जवाफ दिएन, खालि आँखा खुम्च्याएर हेरिरह्यो । अन्त्यमा उसले खल्तीबाट चुरोटको बट्टा निकाल्यो र एउटा चुरोट सल्कायो । आफ्नो मुखअगाडिको धुवाँतिर हेर्दै रिसाहा कुकुरजस्तो झर्किन थाल्यो ।
“हो, मलाई पनि त्यस्तै लाग्छ, त्यहाँ सबै कुरा निर्जीव होला ।” – उसले भन्यो – “जताततै जाडाले कठयाङ्ग्रिएका साङ्लाहरु मरिरहेका होलान् । मुसाहरु पनि कठ्याङ्ग्रिएका होलान् । पेलागेया निलोभ्ना के आजको रात म तपाईकहाँ बास बस्न सक्छु ?” – उसले आमातिर नहेरिकनै धोत्रै स्वरमा सोध्यो ।
“अवश्य, किन नहुनु र बाबु ! – आमाले तुरुन्तै जवाफ दिइन् । तर किन हो कुन्नी ऊसँग बस्न आमालार्य असजिलो लागिरहेको थियो ।
“अचेल त छोराछोरीलाई आफ्ना आमाबाबु देखेर लाज लाग्न थालिसकेको छ .. ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

