साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बूढो मान्छे र समुद्र भाग १४

week 14

प्रत्येकले प्रत्येकलाई कुनै न कुनै किसिमले मारेकै छ । बूढोले सोच्यो । माछा मार्ने व्यवसायले मलाई जसरी जीवित राखेको छ त्यसै गरी नै यसले मलाई मार्छ । केटोले मलाई बचाएको छ । उसले सोच्यो, मैले आफ्नो बारेमा धेरै नराम्रो सोच्नु हुँदैन ।

शार्कले टोकेको माछाको एउटा टुक्रो डुङ्गाको किनारबाट निकाल्यो बूढोले । उसले यसलाई राम्ररी चपाएर स्वाद लिने विचार गर्यो । मासु जस्तै साह्रो र रसिलो थियो तर रातो थिएन । मासुमा रेशा थिएन । बजारमा बेच्न सके राम्रो पैसा कमाउन सकिने कुरामा विश्वस्त थियो बूढो । पानी बाहिर निकालेपछि माछाको गन्ध सुरक्षित गर्ने उचित उपाय नदेखेकाले अब खराब समय आउँदैछ भन्ने थाहा भयो उसलाई ।

हावा मन्द गतिमा बहँदै थियो । हावा उत्तर पूर्वी दिशातिर बढ्दै गयो अनि छिट्टै त्यसको गति कम नहुने संकेत देखियो । अगाडि हेर्दा बूढोले कतै पनि डुङ्गा, जहाज वा जहाजको धुँवा देखेन । डुङ्गाको दुईपट्टि यताउति उडुवा माछा घुम्दै गरेको र पहेलो वर्णको समुद्री झारको टुक्रो देख्यो उसले । चरो चाहिँ एउटा पनि देखेन बूढोले ।

डुङ्गा चलाउन थालेको दुईघण्टा भैसकेको थियो । डुङ्गाको टुप्पोमा विश्राम गर्दै बेलाबेलामा मार्लिनको मासुको टुक्रा चपाउँदै अनि दह्रो बन्ने कोशिस गर्दै गर्दा दुईवटा शार्कमध्ये पहिलो शार्क देख्यो उसले ।

“ऐया बूढो चिच्च्यायो ठूलो स्वरले । यो शब्दको अनुवाद छैन सायद मान्छेको हात काठमाथि राखेर काँटी ठोक्दा पीडामा अनिच्छापूर्वक यसरी चिच्च्याउँछ ।

“गेलानोस्‌” बूढो चिच्च्यायो । पहिलो दोस्रो एक एक गरी पखेटा आएको देख्यो उसले । ध्वाँसे शरीर, त्रिभुज आकारको पखेटा र पुच्छर घिसार्दै आएको देख्दा उसले ती माछाहरू कोदाली नाके शार्क रहेछन्‌ भन्ने थाहा पायो । रगतको गन्ध थाहा पाउने बित्तिकै तिनीहरू उत्तेजित भएर भोकले रन्थनिँदै डुङ्गातिर आयो । कहिले गन्ध हराउने कहिले भेट्ने गर्थे तर जे होस्‌ तिनीहरू पलपल नजिकिँदै थिए । पालको डोरी र बहानाको डण्डी बाँध्यो बूढोले । त्यसपछि टुप्पामा चक्कु बाँधेर राखेको बहाना हातमा लियो । सकेसम्म बिस्तारै उचाल्यो उसले त्यसलाई किनभने उसको हात अझै दुखिरहेको थियो । दुईटै हातलाई सामान्य हालतमा राख्न उसले खोल्ने र बन्द गर्ने गरिरह्यो बिस्तारै । बूढोले जति पीडा भएपनि हात नखुस्क्योस्‌ भनेर बेस्सरी कसेर समात्यो अनि झर्को नमानिकन शार्कको प्रतिक्षा गर्नथाल्यो । शार्कको चेप्टो, फराक, कोदाली आकारेको टाउको र छातीको सेतो, फराक पखेटा देख्यो । ती शार्कहरू देख्दै घिनलाग्दा, दुर्गन्धित, सिनो खोजि हिँड्ने अनि हत्यारा खालका थिए । भोकाएको बेला तिनीहरू बहाना र डुङ्गा समेत टोक्न बेर लाउँदैनथे । निदाइराखेको कछुवा भेटे भने त तिनीहरूको खुट्टा र पखेटा टोकेर चुँडालिदिन्थे होला सायद । तिनीहरूले भोकाएका बेलामा त पानीमा मान्छेलाई समेत आक्रमण गर्न बेर लाउँदैनन्‌ । भलै माछाको रगतको गन्ध र चिप्लोपन मान्छेमा किन नहोस्‌ ।

“ओइ” बूढोले भन्यो, “गेलानोस । यता आइज, गेलानोस्‌ ।”

तिनीहरू आए । तर तिनीहरू माको शार्क जसरी आएनन्‌ । एउटा घुमेर डुङ्गामुनि अलप भयो अनि उफ्रेर माछालाई चिथोर्दा डुङ्गा हल्लिएको चालपायो उसले । अर्कोले चाहिँ टेढो आँखाले बूढालाई हेर्यो । चिउँडो दुईटा अर्धवृत्ताकार पारेर माछाको घाउ चिथोर्नलाई दौडेर आयो । खैरो रङ्गको टाउको र बीच जहाँ मस्तिष्क अनि मेरूदण्डि जोडिएको ठाउँमा एउटा धर्सा देख्यो अनि बूढोले बहानामा बाँधेको चक्कुले त्यही जोर्नीमा घोचिदियो । फुत्त चक्कु थुत्यो । फेरि त्यही चक्कुले विरालाको जस्तो देखिने शार्कको कुहिरो आँखामा पनि घोचिदियो ।

शार्कले माछा छोडिदियो अनि मुखमा हालेको मासुको टुक्रो निलेर मर्यो ।

अर्को शार्कले माछालाई टोकि राखेकाले अझै डुङ्गा हल्लिरहेको थियो । बूढोले डुङ्गामुनि गएको शार्कलाई निकाल्न डुङ्गा घुमाउने कोशिस गर्यो । शार्कलाई देख्ने बित्तिकै बूढोले डुङ्गाको छेउबाट ढल्केर त्यसको शरीरमा घोचिदियो । छाला बाक्लो भएकाले चक्कु मुस्किललेभित्र पस्यो । अलिकति मात्रै छोयो मासुलाई । त्यो प्रहारले बूढोको हात र काँध दुइटै दुख्यो । त्यो शार्क टाउको निकाल्दै द्रुत गतिमा मास्तिर आयो । त्यसको नाक पानीबाट बाहिर निस्किँदा निस्किँदै बूढोले त्यसको फराकिलो ठूलो टाउकोमा घोचिदियो । तर त्यो शार्क माछामा टाँसिरह्यो ।

चक्कु निकालेर बूढोले फेरि त्यही ठाउँमा घोचिदियो शार्कलाई । त्यो शार्क अझै माछाको शरीरमा झुण्डिरहेको थियो । त्यसको देब्रे आँखामा चक्कुले घोचिदियो बूढोले । तैपनि अझै झुण्डिन छाडेन शार्क ।

“अहँ” भनेर बूढोले ढाडको हड्डी र मस्तिष्कको बचिमा पर्ने गरी चक्कुले घोचिदियो । कडा प्रहार थियो । त्यसको कुर्कुरे हाड भाँचिएको अनुभव गर्यो उसले । बूढोले बहाना उल्टो पारेर त्यसको धार शार्कको चिउँडो बीच पसाएर त्यसको मुख खोल्ने कोशिस गर्यो । बहानाको धारलाई शार्कको मुखभित्रै घुमायो अनि शार्कले मुख खोलेको देखेर बूढोले भन्यो, “जा गालानो जा । एक माइल तल जा । तेरो साथीलाई भेट । त्यो तेरी आमा पनि हुन सक्छे ।”

बूढाले चक्कुको धार पुछ्यो अनि बहाना डुङ्गामा राख्यो । त्यसपछि पालको लुगा ठीक पार्यो अनि पहिला जस्तै गरी डुङ्गा चलाउँदै गयो ।

“तिनीहरूले माछाको एक चौथाइ भाग मासु लगेको हुनुपर्छ । त्यो पनि सबभन्दा राम्रो मासु चाहिँ लगे ।” उसले चिच्च्याएर भन्यो, “म चाहन्छु यो सपना होस्‌ अनि मैले कहिल्यै माछो बल्छीमा नपारेको होस्‌ । म त्यसका लागि दुःखी छु, माछा । सबै चीज बर्वाद पारिदिन्छ यसले । ऊ रोकियो अनि माछातिर फर्केर पनि हेर्न मन लागेन उसलाई | रगतले सुकेको त्यो माछो ऐनाको पारो जस्तै देखिन्थ्यो । अनि त्यसको शरीरको कत्लाहरू अझै प्रष्ट देखिन्थ्यो ।

“म त्यति साह्रो टाढा जानु हुँदैनथ्यो, हगि माछा” उसले भन्यो, न त मेरो लागि न त तेरो लागि | म दुःखी छु माछा त्यसका लागि ।

“अब उसले आफैंलाई भन्यो । चक्कु बाँधेको डोरी काटिएको छ कि छैन हेर । त्यसपछि तेरो हात पनि ठीक पारी राख्‌ किनभने यहाँ अरू पनि थुप्रै काम गर्नुपर्छ ।

मसित चक्कु उध्याउने एउटा ढुङ्गो हुनुपर्थ्यो साथमा | उसले बहानाको टुप्पोमा बाँधेको डोरी हेरेर भन्यो । मैले एउटा ढुङ्गो ल्याउनुपर्थ्यो । उसले सोच्यो, तैँले थुप्रै चीज ल्याउनुपर्थ्यो । तर तैले ल्याइनस्‌ बूढा । तैँले के ल्याइनस्‌ भनेर सोचेर समय खेर फाल्ने होइन अब । आफूसित जे जति छ त्यसैले काम गर्ने बेला हो यो । त्यसैको बारेमा सोच्‌ ।

“तैँले मलाई राम्रो सल्लाह दिन्छस्‌ ।” उसले चिच्च्याएर भन्यो । म थाकिसके । तेरो सल्लाह सुन्दासुन्दै । बूढोले बहानाको डण्डी काखीमुनि च्यापेर डुङ्गा अघि बढिरहेको बेला आफ्नो दुइटै हात पानीमा चोपल्यो ।

“ईश्वरलाई थाहा होला पछिल्लो शार्कले कति मासु लग्यो भनेर ।” उसले भन्यो, तर जे होस्‌ डुङ्गा अहिले ठिकै हलुको भैरहेको छ । आन्द्रामूँडी निस्केको माछा सम्झिन पनि मन लागेन उसलाई । शार्कको प्रत्येक आक्रमणले माछाको मासु चिथोरेको थाहा थियो उसलाई अनि माछाले त्यसको पछिपछि समुद्रमा सबै शार्कले थाहा पाउने गरी रगतको फराक बाटो बनाएको थियो ।

यो एउटा यस्तो माछो थियो जसले एकजना मान्छेलाई हिउँदभरि भरणपोषण गर्थ्यो । उसले सोच्यो । अब त्यस्तो सोचेर केही फाइदा छैन । आराम गर अनि बचेखुचेको माछो बचाउने चेष्टा गर्‌ । तेरो हात ठीक पारेर राख्‌ ।

पानीमा भएको रगतको गन्ध अगाडि मेरो हातको गन्ध त केही पनि होइन । फेरि मेरो हातबाट त्यति धेरै रगत पनि निस्किँदैन । अलिअलि काटिएर त केही फरक पर्दैन । रगत आएकाले देब्रे हात नखुम्चिन पनि सक्छ |

“अब म के सोच्न सक्छु ?” अहँ केही पनि सोच्न सक्दिन । अरू केही नसोचिकन अर्को शार्कको प्रतिक्षा गर्नुपर्छ मैले । म चाहान्छु यो पनि एउटा सपना नै होस्‌ | बूढोले सोच्यो, तर कसले जान्दछ र ? सबैकुरा राम्रै हुन पनि त सक्छ ।

त्यसपछि आएको शार्क एक नाके थियो । दानाको भाँडा देखेर जसरी सुँगुर आउँछ उसैगरी आयो त्यो शार्क । यदि त्यसको ठूलो मुख हुन्थ्यो भने त्यसभित्र कसैको टाउको पनि पस्थ्यो होला । बूढोले त्यसलाई माछो चिर्थोर्न दियो अनि चक्कु बाँधेको बहाना निकालेर त्यसको मस्तिष्कमा हान्यो । तर त्यो शार्क पछाडि सरेर उफ्रिनाले चक्कु चिप्लिएर भौँच्चियो ।

बूढो डुङ्गा चलाउन बस्यो । त्यति ठूलो शार्क पानीभित्र पसेको कहिल्यै देखेको थिएन उसले । शुरूमा जीवन्त आकार त्यसपछि सानो अनि झन्‌ सानो हुँदै पानीभित्र पस्यो त्यो शार्क । त्यसले बूढोलाई सँधै मोहित पार्थ्यो । तर अहिले त्यसलाई हेर्दा पनि हेरेन उसले ।

“मसित अहिले काँटे बल्छी छ ।” उसले भन्यो, “तर यसले खासै काम देला जस्तो छैन । मसित दुइटा बहाना, एउटा छोटो लौरो अनि एउटा सानो मुङ्ग्रो छ ।”

अहिले चाहिँ तिनीहरूले मलाई पराजित गरि छाडे । उसले भन्यो । शार्कलाई चुटेर पनि मार्न सक्दिन म । निकै बूढो भैसकेँ । तर मसित बहाना, लौरो र मुङ्ग्रो छउन्जेल कोशिस गर्छु । भिजाउनका लागि उसले हात पानीमा डुबायो । साँझ पर्न लागेकाले बूढोले आकाश समुद्र बाहेक अरू केही देखेन। बूढो भएको ठाउँमा भन्दा आकाशमा धेरै (समुद्री किनारा) देख्न पाइने आशा पलायो बूढोको मनमा

“तै थाकिस्‌ बूढा ।” उसले भन्यो, “त भित्रैदेखि थाकिस् ।”

सूर्यास्त हुनुभन्दा अघिसम्म ती शार्कहरूले माछोलाई फेरि आक्रमण गरेनन्‌ ।

बूढोले माछाको रगतले बनाएको बाटो हुँदै आइरहेका एकजोडी शार्कको खैरो पखेँटा देख्यो । माछाको रगतको गन्धलाई वास्तै नगरीकन सीधै डुङ्गातिर पौडिएर आइरहेका थिए तिनीहरू ।

पालको डोरी बाँधेपछि डुङ्गा पछाडि लौरो खोज्न गयो बूढो । बहाना भाँचिएर बाँकी रहेको अढाइ फुट लामो मुङ्ग्रो थियो त्यो । त्यसको बीँड छोटो भएकोले एउटै हातले सजिल्लैसित चलाउन सकिन्थ्यो । त्यसैले दाहिने हातले राम्ररी समातेर शार्कको प्रतिक्षामा बस्यो बूढो । तिनीहरू दुइटै गेलानोस्‌ हुन्‌ ।

पहिलो शार्कलाई म माछो चिथोर्न दिन्छु ताकि त्यसको नाकको बीचमा र टाउकोमा हान्न पाइयोस्‌ । उसले सोच्यो ।

दुईटै शार्क बूढोको नजिक आइपुगे । बूढोले सबभन्दा नजिक आइपुगेको शार्कलाई हेर्दा त्यसले मुख बाएर माछाको सेतो –

प्रतिक्रिया
Loading...