![](https://sahityapost.com/wp-content/uploads/2021/05/rajkumar-ra-vikari-week-3.jpg)
week 3
“निकै रमाइलो कुरा ! यस्तो स्वतन्त्र जीवन पाए त म आफ्नो यो पहिरन र राजकुमारको पद नै त्याग्ने थिएँ ।”
टमले निकै सतर्क हुँदै भन्यो, “त्यसोभए तपाईंले लगाइबक्सेको पहिरन म लगाउँछु र मैले लगाएको पहिरन हजूर लगाउनुस् ।”
एकैछिनको भेटपछि नै उनीहरू मिल्ने साथी भए । टमले भनेजस्तै प्रिन्स अफ् वेल्सले टम क्यान्टीले लगाएको झुत्रे पोशाक पहिरिए भने भिखारी टम क्यान्टी राजकीय पोशाकमा सजियो । त्यसपछि दुवैजना ऐना अगाडि सँगसँगै उभिए । ऐनामा एकअर्कालाई हेर्दा दुवै छक्क परे । उनीहरू एकअर्कालाई हेर्दै खूब हाँसे ।
एक अर्काको लुगा साटासाट गरेपछि त ठ्याकै भिखारी टम राजकुमार एड्वार्ड जस्तो र राजकुमार एड्वार्ड भिखारी टम जस्तो देखिए ।
छक्क पर्दै राजकुमारले सोधे, “यस्तो पोशाक लगाएर तिमी के गर्छौं ? तिम्रा आँखा, स्वर, कपाल अनि बानी-व्यवहार उही छ । ए साँच्चै ! तिम्रो हातमा यो घाउ कसरी भयो ?”
“म हिजो दरबारभित्र आउन खोज्दा हजूरको पहरेदारले हिर्काएको थियो, यो त्यसैको घाउ हो ।”
“त्यसको यत्रो हिम्मत ? पख, म त्यसलाई अहिले नै ठीक पार्छु ।” भिखारीको झुत्रे कपडा लगाएको छु भन्ने यादै नगरी राजकुमार बाहिर दौडे ।
राजकुमार दरबार बाहिर गएर पहरेदारलाई खूब गाली गरे, त्यहाँ मानिसको भीड जम्मा भयो । “एउटा झुत्रेझाम्रे लुगा लगाएको केटाले पहरेदारलाई गाली गर्ने भनी सबै मिलेर उनलाई नै पिट्न थाले ।
धुलो टक्टक्याउँदै उठेका राजकुमारले भने, “म राजकुमार एड्वार्ड माथि हातपात गरेको अभियोगमा म तिमीहरूलाई झुण्ड्याउँछु, बुझ्यौ ?”
पहरेदारहरूले खिसीटिउरी गर्दै भने, “सलाम छ राजकुमार !” हामीसँग राजकुमारको अभिनय नगर् | कहीँ नभाको भिखारी, गइहाल् यहाँबाट ।”
राजकुमारको पहिरहनको कारण उसको कुरालाई कसैले विश्वास गरेनन् । सबै मिलेर राजकुमारलाई तथानाम गाली गर्दै र घिसार्दै दरबार बाहिर लगे । ढोका बाहिर रहेको भीडले उनलाई लखेट्न: थाल्यो ।
![](https://sahityapost.com/wp-content/uploads/2021/05/१५.jpg)
राजकुमार र भिखारी १५
भीडमा भएका मानिसहरूलाई \
राजकुमारले भनेका
कुराको पटक्कै विश्वास भएन ।
धेरै बेरसम्म भीडले
राजकुमारलाई लखेटिरह्यो,
दुःख दिइरह्यो ।
राजकुमारलाई धेरै घाउचोट लाग्यो ।
उनी रगताम्मे भए ।
उनले खोलामा गएर घाउ लागेको खुट्टा धोईपखाली गरे, केहीबेर थकाई मारेपछि क्राइस्ट चर्च पुगे, मर्मत हुँदै गरेको चर्चमा पुगेपछि बल्ल ढुक्क भए । त्यहाँ पुगेपछि राजकुमारलाई बाहिरी दुनियाँबारे बुझ्ने उत्सुकता जाग्यो र उनी त्यहाँ रमाउदै घुम्न थाले ।
राजकुमारले मनमनै सोच्यो, “यो त त्यही पुरानो ग्रे फ्रायर चर्च पो रहेछ । यो त मेरो बुबाले बालबालिकाका लागि दान दिनुभएको थियो ।” त्यस चर्च वरिपरि बालबालिकाहरू खेलिरहेका थिए ।
राजकुमार बालबालिकासँग मिलेर खेल्न थाले । बालबालिकासँग खेल्न पाउँदा उनलाई निकै रमाइलो भयो । साथै दरबार बाहिरको वातावरणमा घुलमिल हुने मौका पाए । सबैको अगाडि उनले आफू राजकुमार भएको कुरा बताए ।
एउटा केटाल्ले साहस गर्दै भन्यो, “भिखारी भएर राजकुमारको अभिनय गर्छस् ?”
राजकुमारलाई औधी रिस उठ्यो अनि रिसको झोँकमा म्यानबाट तरबार निकाल्न खोजे तर उनीसँग न म्यान थियौं, न तरबार नै ।
राजकुमारलाई केटाहरूले जिस्क्याउन छाडेनन् । पोखरीको छेउमा पुगेर राजकुमारमाथि कुकुर लगाइदिए ।
![](https://sahityapost.com/wp-content/uploads/2021/05/१६.jpg)
राजकुमार र भिखारी १६
रात पर्न लाग्यो । भाग्दाभाग्दै थकित र घाइते राजकुमार सहरको मध्यभागमा आइपुगे तर उनी हिँड्न र हलचल गर्न नसक्ने भएका थिए । उनी त्यही पल्टे ।
![](https://sahityapost.com/wp-content/uploads/2021/05/१७.jpg)
राजकुमार र भिखारी १७
अकस्मात् त्यहाँ एकजना रक्सीले मातेको मानिस आयो र राजकुमारलाई कठालो समातेर
![](https://sahityapost.com/wp-content/uploads/2021/05/१८.jpg)
राजकुमार र भिखारी १८
घिसार्दै खुल्ला चोकमा पुर्यायो । वरिपरि मान्छेको भीड लाग्न थाल्यो । राजकुमार फुत्किने प्रयास गर्दै थिए । उनले आफूमाथि भएको अभद्र व्यवहारको सक्दो बिरोध गरिरहेका थिए, “म राजकुमार एड्वार्ड हुँ” भन्दै सम्झाउँदै पनि थिए । राजकुमारलाई घिसार्दै ल्याउने व्यक्तिको धैर्यको बाँध टुट्यो । उसले बेतको लौरोले राजकुमारको टाउकोमा हिर्काउँदै भन्यो, “फटाहा ! आफूलाई राजकुमार पो भन्दोरहेछ ।”
भीडबाट एकजना अपरिचित तर हेर्दा हट्टाकट्टा देखिने व्यक्तिले राजकुमारलाई सुरक्षित ठाउँमा लैजाने विचार गरी पिट्ने मानिसलाई संझाउन थाले र बल्लतल्ल छुटाएर लैजान सफल भए ।
राजकुमारलाई घिसार्दै पिट्न खोजेको मान्छेले राजकुमारको अभिनय गर्ने नसा खत्तम भएपछि ऊ आफैं घर फर्कन्छ, किन विनासित्ति लफडा गर्नु भनेर भीडबाट लुसुक्क अन्त्यतिर लागे ।
‘लेखकका बारेमा
नाम: मार्क ट्वेन
![](https://sahityapost.com/wp-content/uploads/2021/05/मार्क-ट्वेन.jpg)
मार्क ट्वेन
जन्म: नोभेम्बर ३०, १८३५
मृत्यु- अप्रिल २१ १९१०
जन्मस्थान: फ्लोरिडा, मिसौरी, संयुक्तराज्य अमेरिका
पेशा:- लेखक/लेक्वरर
राष्ट्रियता अमेरिकी
विद्या: आख्यान, बालसाहित्य व्यङ्ग्य, निबन्ध, दर्शन र साहित्यिक समालोचना
प्रमुख कृतिहरू:- “द एड्भेन्चर अफ टम स्वेयर (१८७९), द एडभेन्चर अफ हकलबेरि फिन (१८८४), मार्क ट्वेन आख्यानको क्षेत्रमा परिचित नाम हो । राष्ट्रपति, उद्योगी, कलाकार र यूरोपेली राजघरानासित घनिष्ठ सम्बन्ध थियो मार्क ट्वेनको | प्रखर बौद्धिकता एवं तिखो व्यङग्यको लागि समालोचक र समकालीन लेखकहरूको माझ चर्चित थिए उनी |
मार्क ट्वेनको जन्म नोभेम्बर ३०, १८३५ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिसौरी भन्ने ठाउँमा भएको थियो । उनका पिताको नाम जोन मार्शल क्लेभेन्स थियो भने, आमाको नाम जेन ल्याम्प्टन थियो । उनको खास नाम चाहिँ ह्यामुन ल्याङअहर्न क्लेभेन्स हो । मार्क ट्वेन चाहिँ उनको साहित्यिक उपनाम हो। यही नामबाट उनी विश्वसाहित्यमा परिचित भए । सानै उमेरदेखि मार्क ट्वेन साहित्यिक काम गर्न र घुमफिर गर्न खुब रूचाउँथे, जंगल चाहारी हिँड्थे । यात्राको अनुभव समेटेर लेख्न बसिहाल्थे । एघार वर्षको सानै उमेरमा पिताको निधन भएपछि हातमुख जोर्नका लागि कामको खोजीमा निस्किनु पर्यो उनले ।
हन्निबल जर्नलका लागि हास्यप्रधान लेखहरू लेख्न थाले । सन् १८६५ मा मार्क ट्वेनको “the colebrated jumping frog of calavaras country” शीर्षकको हास्यप्रधान कथा संग्रह प्रकाशित भयो जसले उनलाई चर्चित लेखकको रूपमा चिनायो । त्यसपछि उनी मध्यपूर्वी यूरोपको भ्रमणमा निक्ले । त्यसै यात्राको फलस्वरूप उनले “The Innocent Adead” नामको यात्राडायरी लेखे । जसले उनको साहित्यिक उचाइ थप्यो । मार्क ट्वेनको लेख र भाषणको प्रमुख विशेषता भनेको हास्य हो । उनको लेख अन्याय र अत्याचारको विरूद्धमा केन्द्रीत भएको पाइन्छ । सन् १८७० मा ओलिभिया ल्याङ्डनसित उनको विवाह भयो । हेलेन केलर, ह्यारिट र विचार स्टो जस्ता व्यक्तिसित उनको घनिष्ठ सम्बन्ध रह्यो । दासप्रथाको विरोधी रहेका मार्क ट्वेन, अब्राहम लिंकनका कट्टर समर्थक थिए । सन् १८८१ मा क्यानडाबाट प्रकाशित भएको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” मार्क ट्वेनको यस विधाको पहिलो औपन्यासिक कृति हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । लन्डनको ओफलकोर्टमा बस्ने टम क्यान्टी र राजा हेनरी अष्टमका छोरा राजकुमार एडवार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ यो उपन्यास । आधुनिक अमेरिकी साहित्यका यस्ता महान् हस्तिको हृदयघातका कारण सन् १९१०, अप्रिल २१ तारिखमा दुःखद निधन भयो ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)