-week 16

त्यसपछि उसले एक किसानले जस्तै लिँडेढिपीले भन्यो –
“ठूलाबडाहरुबाट हामीलाई कहिल्यै कुनै फाइदा हुन सक्दैन ।”
“त्यसो भए तिमी के गर्न चाहन्छौ ?” – आमाले सोधिन् र उनलाई फेरि सबै कुरामाथि शङ्का लाग्न थाल्यो ।
“म ?” – रीबिनले आमातिर हे¥यो, एकछिन चुप लाग्यो र फेरि भन्यो – “म त यही भन्छु, हामीले ठूलाबडाहरुबाट टाढै बस्नु बेस् !”

ऊ फेरि चुप लाग्यो र आफ्नो विचारमा डुब्यो ।
“म चाहन्थेँ केटाहरुसँग मिलेर, उनीहरुसँग काँधमा काँध मिलाएर अगाडि बढूँ । म यो काम गर्न सक्छु । मान्छेहरुसँग कसरी कुरा गर्नुपर्छ मलाई थाहा छ । तर अब म जाँदै छु । मैले विशवास गुमाइसकेँ, अब मैले हट्नैपर्छ ।”
उसले टाउको झुकायो र केही सोच्न थाल्यो ।

“म एक्लै गाउँ र बस्तीहरुमा जान्छु र मान्छेहरुलाई ब्युँझाउन थाल्छु । जनताले आफैँले केही गर्नुपर्छ । एकपल्ट बुझिसकेपछि अवश्य पनि मानिसले कुनै बाटो निकाल्नेछ । म उनीहरुलाई जसरी भए पनि बुझाउने कोसिस गर्छु । जनताले आफ्नै शक्तिमा बाहेक अरु कसैको शक्तिमा भर पर्न सक्दैन । उसको आफ्नै दिमागबाहेक अरु कसैको दिमाग उसलाई काम लग्दैन !”

आमालाई त्यस मान्छेमाथि दया लाग्यो । उसको भविष्यबारे डर लाग्यो । आमालाई त्यो मान्छे कहिल्यै मन परेको थिएन, तर अहिले ऊ धेरै नजिकको भएजस्तो लाग्यो । आमाले बिस्तारै भनिन् –
“तिमी समातिनेछौ .. ।”

रीबिनले आमालाई हे¥यो र फेरि शान्त स्वरमा भन्यो –
“समाउँछन् र छाड्छन् पनि । छुटेपछि म फेरि आफ्नो काम सुरु गर्छु .. ।”
“किसानहरु आफैंले तिमीलाई समातेर बाँध्नेछन्, जेल पठाउनेछन् .. ।”

“जेलमा बसूँला र निस्कूँला, अनि फेरि आफ्नो काम सुरु गरुँला । जहाँसम्म किसानहरुको कुरा छ, एकपल्ट समात्लान् या दुईपल्ट, अन्त्यमा गएर त बुझिहाल्नेछन् मलार्य समात्नुभन्दा मेरो कुरा सुन्नमा उनीहरुलाई फाइदा छ । म उनीहरुलाई भन्नेछु – “मलाई विश्वास नगरे पनि मेरो करा त सुन ।” र, जब उनीहरुले मेरो कुरा सुन्न थाल्नेछन्, तब विश्वास पनि गर्न थाल्नेछन् ।”

ऊ बिस्तारै एकएक शब्द तौलँदै बोल्दै थियो ।
“पछिल्लो समय मैले धेरै किताबहरु पढेँ र दुईचार कुरा बुझेँ पनि .. ।”

“मिखाइल इभानोभिच, खत्तम हुन्छौ तिमी यसरी !” आमाले शिर हल्लाउँदै उदास स्वरमा भनिन् । ऊ आफ्ना धँसिएका काला आँखाले आमातिर हेर्दै थियो, मानौं केही कुरा सोध्दै थियो र कुनै उत्तर पाउने आशा गर्दै थियो । उसको मजबुत शरीर अघिल्तिर झुकेको थियो, उसले बेस्सरी मेच समाएको थियो र कालो दाह्रीले घेरिएको उसको गहुँगोरो अनुहार एकदमै फिका देखिन्थ्यो ।

“थाहा छैन, इसाले बीउबारे के भनेका थिए ? पुरानो रुखबाट नै नयाँ बिरुवाको सृष्टि हुन्छ । तर म यति छिटो मर्न चाहन्नँ, म बडो धूर्त छु !”

ऊ आफ्नो मेचमा चलमलायो र बिस्तारै उठ्यो ।
“जान्छु, एकािछन भट्टीमा गएर बस्छु । उक्राइनिसँग भेट होलाजस्तो छैन । फेरि आफ्नो उही पुरानो काममा लागेछ ?”
“हो ।” आमाले मुस्कुराउँदै जवाफ दिइन् ।

“ठीक छ । आयो भने भनिदिनु म आएको थिएँ .. ।”
दुवै जना बिस्तारै भान्साकोठातिर लागे र एक–दोस्रातिर नहेरी बिदा हुन थाले ।
“लौ त, म हिँडेँ ।”

“लौ ! कहिले फैक्ट्रीलाई नोटिस दिँदैछौ ?”
“नोटिस त दिइसकेको छु ।”
“कहिले हिँड्दैछौ ?”

“भोलि बिहान सबेरै हिँड्छु, लौ त नमस्कार !”

रीबिन अनिच्छापूर्वक, टाउको निहुराउँदै ढोकाबाट बाहिर निस्क्यो । आमाले एकछिन त्यहीँ उभिएर उसको गह्रौं पदचाप सुनिरहिन् र हृदयमा उर्लन थालेका शङ्काहरुबारे विचार गर्न थालिन् । अनि फेरि चुपचाप फर्किन् र अर्को कोठामा गएर झ्यालको र्पा उठाइन् बाहिर निस्पट्ट अन्धकार थियो ।

“रातैमा त बाँचेकी छु !” – आमाले सोचिन् ।
आमालाई त्यस गम्भीर किसानमाथि दया लाग्दै थियो – कति हट्टाकट्टा र बलियो छ बिचरो ।
आन्द्रेह घर फक्र्यो, ऊ निकै प्रसन्न देखिन्थ्यो ।

आमाले उसलाई रीबिनबारे बताइन् ।
“जान दिनोस्, जाओस् । गाउँमा गएर न्याय न्याय भनेर कराओस् ।” – आन्द्रेइले भन्यो – “जे भए पनि हामीसँग उसको पट्न सक्दैनथ्यो । उसको दिमाग किसानहरुको विचारले कोाचिएको छ । हाम्रो विचारका लागि उसको दिमागमा ठाउँ छैन .. ।”
“ऊ ठूलाबडाहरुबारे कुरा गर्दै थियो । उसको भनाइमा केही सच्चाइ अवश्य छ ।” – “आमाले सावधानीपूर्वक भनिन् – “हेर्नु, कहीँ साँच्ची बेवकुफ बन् नपरोस् ।”

“साँच्चै विश्वास गर्नुभयो उसलाई ?” उक्राइनिले हाँस्दै भन्यो – “ए आमा, पैसा ! हामीसँग पैसा मात्र भैदिएको भए ! अझसम्म हामी अर्काको पैसाले काम चलाउँदैछौ । ऊ हेर्नोस् न, निकोलाइ इभानोभिच महिनाको पचहत्तर रुबल पाउँछन्, हामीलाई पचास दिन्छन् । अरु पनि यस्तै गर्छन् । कहिलेकाहीँ विश्वविद्यालयका छात्रहरु, जोसँग आफैंलाई खाने पैसा हुँदैन, एकएक पैसा जम्मा गरेर चन्दा पठाउँछन् । ठूलाबडाहरु पनि विभिन्न खालका हुन्छन् । कसैले धोका दिन्छन्, कोही छाडेर हिँड्छन् तर उनीहरुमध्ये उत्कृष्ट व्यक्तिहरुले अन्त्यसम्म हाम्रो साथ दिन्छन् .. ।”

उसले जोडले हात मल्दै दृढतासाथ भन्यो –
“हाम्रो अन्तिम विजय त अझ टाढै छ, धेरै टाढा छ, तैपनि यसपालिको मे दिवसचाहिँ हामी अवश्य मनाउनेछौं । आमा, तपाई हेर्नुहोला कस्तो सानले मनाउनेछौं हामी यो दिवस !”

रीबिनले आमाको हृदयमा जुन शङ्काको बीउ रोपिदिएका थियो, त्यो आन्द्रेइको उत्साहले गायब पारिदियो । उक्राइनि आफ्नो कपाल मुसार्दै र जमिनमा एकटकले हेर्दै ओहोरदोहोर गरिरहेको थियो ।

“कहिलेकाहीँ हृदय यस्तो अनौठो भावनाले ओतप्रोत हुन्छ ! लाग्छ, चारैतिर तिम्रै साथीहरु मात्र छन् । सबैको हृदयमा एउटै ज्वाला बल्दैछ । सबै असल, उदार र रमाइला लाग्छन् । मानौं विनाशब्द नै एक–दोस्राको कुरा बुझ्छन् .. सबै व्यक्ति मिलेर एक भव्य समूह गान गाइरहेजस्तो लाग्छ, जसका प्रत्येक हृदयले आफ्नो मीठो गति गाउँदै छ । मानौं यी सबै गानाहरु सानासाना प्रवाहहरुजस्तो एक विशाल नदीमा आएर मिसिन्छन् र फेरि त्यो नदी उन्मुक्त प्रवाहसहित फैलिँदै नयाँ जीवनको उल्लासपूर्ण सागरमा गएर मिसिन्छ ।”

कहीँ उसको विचारशृङ्खला र वाणीप्रवाह भङ्ग नहोस् भन्ने डरले आमा चुपचाप बसेकी थिइन् । आमा सधैं उसको कुरा अरुको भन्दा बढी ध्यानपूर्वक सुन्थिन् । ऊ अरुभन्दा बढी सिधासादा तरिकाले बोल्थ्यो र उसका शब्दहरुले भित्र मुटुसम्म छुन्थे । पाभेल कहिल्यै भविष्यबारे कुरा गर्दैनथ्यो । उनलार्य लाग्थ्यो, उक्राइनिचाहिँ कुनै मात्रामा भविष्यमै बाँचेको छ । उसको कुरा पृथ्वीमा समस्त जनताको भावी महापर्वबारे कुनै परिकथाजस्तो लाग्थ्यो र या त्यस्तो परिकथा थियो, जसमा आमाको जीवन, उनको छोरा र उसका सबै साथीहरुको कामको सार्थकता निहित भयो ।

“अनि अकस्मात् कल्पनाको संसार चकनाचुर हुन्छ ।” – उक्राइनिले टाउको झट्कार्दैै भन्यो – “चारैतिर प्रत्येक कुरा निरस र गन्दा लाग्छ, प्रत्येक व्यक्ति थाकेका र क्रूद्ध देखिन्छ .. ।”

गहन उदासीनतासहित ऊ बोल्दै गयो –
“हो, यो कुरा अप्रिय छ – तर मान्छेलाई विश्वास गर्नुहुन्न, ऊसँग सावधान रहनुपर्छ र अझ म त भन्छु घृणासमेत गर्नुपर्छ । प्रत्येक व्यक्तिको दुई रुप हुन्छ ! हामी खालि प्रेम मात्र गर्न चाहन्छौं, तर कसरी हुन सक्छ यो ? यदि कसैले हामीमाथि जङ्गली जनावरले जस्तो हमला गर्छ भने, हाम्रो जीवित आत्मा देख्दैन र हाम्रो मानवीय रुप नष्ट गर्न चाहन्छ भने कसरी हामी उसलाई माफ गर्न सक्छौं ? अहँ, माफ गर्न सकिन्न ! आफ्ना लागि मात्र होइन, मान्छे आफ्ना लागि त जे पनि सहन सक्छ । तर हामी ती दुष्टहरुलाई प्रोत्साहन दिन सक्दैनौं, जसले हाम्रो पिठ्यूँपछाडि अर्कालाई पिटून्, हामीले कदापि यो कुरा सहनुहुन्न ।”
ञयस्तो लाग्थ्यो, आन्द्रेइको आँखामा कुनै चिसो ज्वाला बल्दैन, ऊ आफ्नो टाउको झुकाउँदै ठूलो आत्मविश्वाससहित बोल्दै थियो –

“यदि कुनै कुराले म आफैंलाई हानि पु¥याउँदैन भने पनि दुष्टता माफ गर्न सक्दिनँ । यस पृथ्वीमा म एक्लै त बाँचेको छैन । आज कसैले मेरो चित्त दुखायो भने हुन सक्छ म सही पनि दिऊँला, सानोतिनो कुरामा पनि के ध्यान दिइरहनु र भनूँला ! तर ममाथि आफ्नो तागत तौलिसकेपछि भोलि त्यसले अर्को मान्छेमाथि गम्भीर प्रहार गर्नेछ । हामी प्रत्येक व्यक्तिलाई एउटै दृष्टिले हेर्न सक्दैनौं । हामीले आफ्नो हृदय काबुमा राख्नुपर्छ र मान्छेलाई तौलन सिक्नुपर्छ – यो आफ्नो हो, यो पराइ हो । यो त्यति रमाइलो कुरा होइन, तर के गर्ने ? साँचो कुरा यही हो !”

किन हो आमालाई त्यस अफिसरको र अनि सासाको याद आयो र लामो सुस्केरा हाल्दै भनिन् –
“नपिँधिएको पीठोबाट पनि कहीँ रोटी पाक्छ र !”

“यहीँ त छ समस्या ।” – उक्राइनिले जोड दिँदै भन्यो ।

“हो, तिमीले ठीक भन्यौ ।” आमाले सही थपिन् । उनलाई आफ्ना लोगनेको सम्झना भयो । त्यति बडेमाको र त्यति सारहीन, मानौं मान्छे नभई काई लागेको चट्टान हो । उनी कल्पना गर्न थालिन् – “यदि उक्राइनिले नातासासँग र पाभेलले सासासँग् बिहे गरे कस्तो होला ।”