साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाश्वेता देवीकोः “अक्लान्त कौरव” शृङ्खला १६

week 16

चुडामणि पतितुण्ड ग्राम्य जीवनको एउटा अपरिहार्य स्तम्भ हो । चुडामणि जस्ता मान्छे समाजका प्रतिष्ठित अङ्ग हुन् । सरकार आउँछ, सरकार जान्छ तर चुडामणि जस्तालाई छुन चलाउन सक्दैन,उसलाई केही फरक पर्दैन । तर यसपालिको घटना शङकास्पद छ । यसपालि चुडामणिको चर्तिकलाको कारण सबै पार्टीका र सबै विचारधाराका युवाहरू उसका विरुद्ध एकजुट भएका छन् । सत्ताधारी पार्टीका युवाहरूमा आफ्ना नेताहरूप्रति अनास्था बढदै थियो । यो डरलाग्दो कुरो हो ।
पार्टीका केटाहरूको दबाबका कारण थुनामा रहेका सबैलाई पुलिसले छाडिदियो । केटाहरूको करकर गनगनबाट आजित भएर चुडामणिबाट मजदुरहरूलाई तिनको बाँकी ज्याला पनि दिलाउन सामन्त बाध्य भयो । मजदुरहरूको सूचिबाट चार सय नक्कली मजदुरहरूको नाम काटिने र सोवापतको ज्याला फिर्ता गरिने आदिबारे पनि मौखिक आश्वासन दिए । अहिलेलाई चुडामणि दक्षिणतिरको भ्रमणमा हिँडिदियो । फलस्वरुप सबै कुरा त्यस्ताको त्यस्तै रह्यो । केटाहरूभन्न लागे,“ सडकको निर्माण सुचारु गर्नु पर्छ । लागेको खर्च हामी दिन्छौँ ।”

सामन्तले झर्को मान्दै भन्यो, “ त्यसै गर अब । ककसले उरालिरहेको छ तिमीहरूलाई । गलत बाटोमा डो¥याइरहेको छ तिमीहरूलाई तर तिमीहरूले त्यसको पत्तो पाउन सकेका छैनौ !”

आंशिक विजय त भयो तर उसको ठूलै जीत भएको गाइँगुइँ चल्यो ।
इन्द्रले अस्पतालमै यी सबै कुरा थाहा पायो । थाहा पाएर ऊ क्षुब्ध भयो ,मनमा अशान्ति मच्चियो , एकतमासको नरमाइलो लागिरह्यो । गह्रौँ मनले एकदिन कदम उसलाई भेटन आयो । उसको हातमा केही फाइलहरू थियो – भारत जर्मनी खाद प्रशिक्षण योजना, विशु नर्सरी एण्ड एग्रीकल्चरल फार्म प्राइभेट लिमिटेड,कुमार टे«क्टर कलेक्टीभ आदिका विज्ञापनको खात । यी फाइलहरू नवीन बाबुले टाँसो लगाइदिएको थियो । उसले एउटा प्रमाणपत्र पनि देखायो – उन्नत कुभिण्डोको प्रमाणपत्र । गह्रौँ स्वरमा आफ्ना दुःखका कुराहरू बिसायो । कदमको घरको छानामा एउटा बडेमानको कुभिण्डो फलेको थियो । दाइ त्यो कुभिण्डो लिएर बेच्नका लागि हिँडेका थिए । संयोगले कदम पनि सँगै थियो । दुबै जना पहिले कृषि प्रदर्शनीमा गएका थिए । मोति बाबुले त्यो कुभिण्डो लिएर प्र्रदर्शनीमा प्रदर्शनका लागि सजाएर राखिदिए । त्यो कुभिण्डो पछिल्लो प्रदर्शनीमा पनि राखियो र कदमले एउटा प्रमाणपत्र पायो । यो कुरा थाहा पाउनेबित्तिकै आमा रिसले आगो बनिन् । उनी पार्टीलाई छोरा त दिन सक्दथिन् तर प्रदर्शनीका लागि कुभिण्डो दिन चाहन्न थिइन् । प्रदर्शनीमा कुभिण्डो राखेर मुखमा माड त लाग्दैन नि । घरको अवस्था निकै नराम्रो थियो अचेल । कदम फेरि भन्न थाल्यो, “ऊ र गौर गाउँबाट तरकारी ल्याएर हाटमा बेच्ने छन् । थोक व्यापारीहरू कस्तोकस्तो तिगडम खेल्छन् –थाहा हुन्छ नि । त्यसपछि त सहकारी सङ्घ बनाएर हामी आफैँ शहरमा तरकारी चलान गर्ने छौँ । ”

”अरु काम छैन ?”

”कदम अरु कुनै काम गर्दैन । दीनुले त अण्डाको व्यापार गर्छ । किन अरु काम गरुन ती ? ज्यान फालेर पार्टीमा काम गर्दा पनि खोई उनीहरूको मूल्याङ्कन ? जुनसुकै काम गरुन तर पार्टीको कार्यकर्ता भएर तीबाट यस्तो काम हुनेछैन ।”
”म फर्केर आउँछु अनि यो कामकुरो गरौँला । ”

“हुन्छ , त्यसपछि नै कुरोकानी मिल्ला ।”

सङ्कोच मान्दै कदमले एक बण्डल बिडी र दुई पुरिया बिस्कुट उसको हातमा राखिदियो । अनि जाँदाजाँदै भन्यो,“ हामी पनि दाह्रा किटेर बसिरहेका छौँ । यसपालि त कसैगरी पनि छाडिन्न । हाटगञ्जमा दीनु र सोरेनले पनि प्रतिबद्धता जनाएका छन्– हामी पनि साथ दिनेछौँ भनेर । उनीहरूले मन्दिरको तेलमा कुनै औषधीय गुण छैन,पैसा धुत्ने चालबाजी मात्र हो भनी प्रचार गरिरहेका छन् ।अस्पताल जाऊ,औषधि दिन्छन् ।तेलको भ्रममा नपर भनी जनचेतना प्रवाह गरिरहेका छन् । ”

सोरेनले तर्क ग¥यो, “ यदि मन्दिरको तेलमा भएजस्तो गुण अरु कुरामा नभएको भए किन पतितुण्ड परिवारका मान्छेहरू शहरबाट डाक्टरी औषधि मगाउने गर्छन् त ? तिनको फुपु किन बाथले थलिएर हिँडडुल गर्न सक्दिनन त ?”
“सोरेन पनि यस्तो भन्न लाग्यो अब ?”

“अँ , भनि त रहेको छु । र, अब त बि.डि.ओ.(ब्लक विकास अधिकारी)को पनि सरुवा भइसकेको छ । र अब भन्नु पो के छ र ? एऽऽ , अँ ,मुख्य कुरा त भन्नै बिर्सेँछु । सिधू–कानूको चाड हूललाई यसपालि सोरेन ठूलो उत्सवका रूपमा मनाउन चाहन्छ । हाम्रो सहयोगको अपेक्षा गरेको छ । सिधू–कानूको मेला लगाइनेछ । रोतोनीको गुस्ता,पतितुण्डका केटाहरू आदि सबै जना भन्दैछन् कि बसाई टुडु फेरि आउने छन् । उनीहरू निकै डराएका छन् ।”
“किन यो कुरो गरिरहेका छौ ?”

कदमले टाउको फर्काएर इन्द्रको शिरतिर हे¥यो अनि भन्न लाग्यो, “पहिले चुडामणिलाई घेराऊ ग¥यौँ र अबसिधू–कानूको उत्सवको आयोजन गर्छौ । त्यसैले उनीहरू दुईदुई चारको जोरजाम गरिरहेका छन् । टाउकोमा अहिले पनि पट्टी बाँधिएको छ । उसबेला त गोली चलाउन पनि डराएका थिएनन । अहिले के भयो तिनीहरूलाई ?”
“टाउको र गर्दन त एकदम संवेदनशील अङ्ग हो ।”

कदम गयो । गोरा बाबु साइकलमा आए । इन्द्रतिर हेर्दै सहानुभूतिपूर्ण स्वरमा भने, “ तिमीलाई थाहा छैनहोला , ती पुलिसहरूको सरुवा गरियो ?जो केटाहरूको उराल्याईमा तिमीलाई भ्रम बढेको थियो तिनलाई पनि चेताउनी दिइसकिएको छ ।”

इन्द्र बोलेन ,मौन नै रह्यो ।

“हामीले हरेक पाइला राम्ररी सोचबिचार गरेर अगाडि बढाउनु पर्दछ । अस्तिको जस्तो हठ गरेर काम गर्नु हँुदैन । के हामीले त्यसो गर्नु हुन्थ्यो त ? वा, हामी त्यस्तो गर्ने खालका हौँ ? के हामी उग्रवादी हौँ?”
इन्द्र फेरि पनि मौन नै रह्यो ।

”अस्पतालबाट छुट्टी पाएपछि हामी बसेर आलोचना–आत्मालोचना गरौँला ,किनभने पार्टीको नीति र अनुशासनका दृष्टिले..”
इन्द्रले बिचमै कुरा काट्दै भन्यो, “आत्मालोचना र आचरणको मूल्याङ्कन निकै आवश्यकछ । यसको अभावमा कार्यकर्ता र पार्टीको बिचमा एकता हुन सक्छ र ?”

“एकदम ठीक भन्यौ । तिमी त यो सबै कुरा बुझ्दछौ नि ।”

गोरा खुकुलो गरी आरामसँग पसारिएर बसेको थियो । त्यसै पनि ऊ स्पष्टवक्ता थियो तर उसलाई लाग्यो – यो काम उसले गर्ने होइन । नवीनदा आफैँ आउनुपथ्र्यो तर आएनन । इन्द्रले आँखा चिम्ल्यो र चुपचाप ओछ्यानमा पल्टिरह्यो । अलिबेर सम्म गोरा फत्फत् बोलिरह्यो तर इन्द्र निदाएको देखेपछि उठेर हिँड्यो ।भोलिपल्ट सोरेन, रतन र दीनुको सानोबुबा सदानन्द आएका थिए –उसलाई भेट्न । इन्द्रको घाउ देख्नासाथ रतनले टीप्पणी गर्दै भन्यो, “एहे ! कति धेरै टाँका लगाएछन् ,खत बस्छ नि । यो त एकदम नजाति भयो ।”

हाँस्दै इन्द्रले भन्यो, “ खत बसेर के नजाति हुने हो र ? म कुनै लडकी त हुइनँ नि, अनुहार बिग््रयो भनेर रुन थालँ ..।”
ऊतिर हेर्दै सोरेन मुस्कुराइरहेको थियो । भन्यो, “छिटै निको भइहाल । हूलको उत्सव आयोजना गर्दैछु । हाम्रो उद्धवले एउटा नाटक तयार गरेको छ । गीतहरू मैले नै सङ्गीतबद्ध गरेको हँु । मै गाउँछु ।”

“नाटक मन्चन गर्ने हो ?”
“अँ ,नाचगान र नाटक मन्चन सबैथोक हुन्छ ।”
“ आफ्नो त शरीरको यो गति छ ..!”
“धत् ! थलिएर दश दिन ओछ्यानमा बसेपछि त्यसै पनि नातागत जस्तो हुन्छ ।”
“त्योमात्र होइन , तिमीहरूको र मेरो बाटो ..”
“आकाश जमीनको अन्तर छ । पहिले यहाँबाट त हिँड ।”
“कहिले डिस्चार्ज गर्छन् ?”
“पर्सि गर्छन् कि ।”

“गोरुगाडामा बसाएर लैजान्छु । ल्याएको छु । फुस–खर बेचिदिएँ । थोरै हो र ,एक सय दश रुपियाँमा !”
“कतै गएर सुतिरहँु जस्तो लाग्छ अचेल ।”

“किन यस्तो हरेस खाएकोजस्तो कुरा गर्छौ ?यत्तिका काम ग¥यौ तिमीले ! जे सब भएको छ ,त्यो तिमीले गरेको काम होइन ?”

अचानक रतन बुढोपाको बनेर अघि सर्दै सम्झाउन थाल्यो, “हेर बाबु, कुरोमा कुरो तन्किन्छ । कामको कुरोमा विचार गरौँ । इन्द्र ,तिमी हाम्रा लागि एउटा आड भरोस हौ ,किन केटीहरूको जस्तो कुरा गर्छौ ? यो लडाइ मजदुरी हासिल गर्ने लडाइ हो । तिमी सोरेनको घरको माथिल्लो तलाको कोठामा बस । त्यहाँ आराम हुन्छ तिमीलाई । बाम्भोनीमा तिम्रो देखभाल गर्ने कोही पनि छैन । त्यो दिन तिमीलाई चिनिनँ । तिम्रो बुबासँग चिनजान थियो मेरो । निकै डराउँथे,ससानो कुरोमा पनि डराइहाल्ने । त्यसैले त राम भुइँयाले उठिबास लगाइदियो । त्यसै पनि तिम्रो बस्ने ठाउँ कहाँ छ र ?लौ हिँड ,जाऊँ अब सबै जना । ”
यति सुनिसकेपछि इन्द्रले मनमनै एउटा निर्णय लियो तर प्रकटमा कसैलाई केही भनेन ।

भोलिपल्टै इन्द्रले अस्पतालबाट डिस्चार्ज माग्यो । दिन मानेका थिएनन् ,बाझेरै भएपनि डिस्चार्ज भयो र बाहिर निस्केर एउटा रिक्सा समात्यो । धेरै दिनसम्म सुत्यासुत्यै भएर होला, उठेर हिँडन खोज्दा रिँगटा लाग्ने नै भयो । घाँटीको पनि ख्याल गर्नुप¥यो ।

सदानन्दको घर अगाडि रिक्सा रोक्न लगायो । रिक्साबाट ऊ ओर्लँदै गरेको देखेपछि रतन र दीनु दौडँदै आए । इन्द्रले भन्यो, “भाडा दिइदेऊ । गाडा कहाँ छ ? आजै जाने हँु ।”

गोरुगाडामा ओछ्याइएको परालमाथि बोराको ओछ्यान लगाइयो । त्यसैमा पल्टेर चरसा फक्र्यो ऊ । सोरेनको घरको ओसरामा बसेर चिया पियो । गौर ,कदम र रजत उसलाई भेटन आए । उनीहरूले सँगै खाना खाए । माथिको कोठामा जान भ¥याङ चढदै इन्द्रले भन्यो, “धेरै कुरा गर्नु छ । ” तर कुनै पनि कुरो नगरी ऊ सुत्यो र भुसुक्क निदायो ।

निद्राबाट ब्यँुझेपछि उसको आँखा झ्यालबाट देखिएको आकासमा अडियो । कानमा हरर हरर गर्दै गरेको आवाज ठोक्कियो । तल सडकमा सुङ्गुर दौडाउँदै केही मानिसहरूले ल्याउँदै रहेछन् । तल सोरेनको स्वर पनि सुन्यो उसले । कसैलाई भन्दै थियो, “अक्षर चिन्दाचिन्दै जँुगारेखी पनि बसिसक्यो,सना ! तैँले पढेर खालासजस्तो छैन । ”
सुन्दासुन्दै निद्राले झकाइरहेको इन्द्र फेरि निदायो । के उसको शरीरलाई यत्तिको निद्रा आवश्यक थियो त ?
अर्को दिन बिहान उठदा शरीर चङ्गा भएझैँ मान्यो उसले । उठेर सनासँगै चरसा नदीमा गयो । दैनिकीको नित्यकर्मबाट निवृत्त भएर नदीको पातलो धारमा पसेर हातमुख धोयो । लाइ(मुरही भुजाको लड्डु) र मुरही खाँदै नदीको किनारैकिनार डुलिरहयो । सनाले अनुरोध गर्दै उसलाई डुमटोलको कुवामा पु¥यायो । भन्दै थियो, “अहिले माटो झिकिँदैछ । हामीले माटो निकाल्यौँ । फेरि खनिरहेको छौँ । अहिले पनि अलिअलि पानी छ खाल्डोमा ।”
”यो हो के ?”

“नदी किनारमा डहर याने (कुवा) बनाइरहेका छौँ ।”
“डहर ?”

“बुबाले भनेको पानीको धेरै दुःख भयो । नदी किनारमा डहर बनाएपछि त्यसमा पानी पलाउन सक्छ । ” सनाले भन्यो ।
“इनार खन्नु पर्दछ । ”

“त्यो त थाहा छ तर हामी इनार खनाउन सक्दैनौँ । इनार खनाउन धेरै खर्च लाग्छ ।”
इनार छैन । पानी छैन ।चरसाजस्ता कतिपय गाउँहरूमा पिउनका लागि पानी छैन । पुराना पोखरीहरूको जिर्णोद्धार किन गरिँदैन ? सातदिघा गाउँको छ वटा तालहरू पनि दुरावस्थामा छ । एउटामा मात्र सफा पानी छ । पानी नभएकोले गाउँलेहरू आकासतिर हेर्दै पूजापाठ गर्नेगराउने गर्दछन् । पानीका लागि गुहार पुकारा गर्दछन् । भन्छन्– सातदिघाको एउटा पोखरीमा पानी पिँधपतालमै बस्यो । त्यस बेला द्रोण डुमले पानीलाई गुहा¥यो र पातालबाट पानी उठेर माथिसम्म आयो । यस्ता कतिपय कथाकिंवदन्तीमा गाउँलेहरूको अझै पनि आस्थाविश्वास छ । प्रकृतिमा निर्भर भएपछि अलौकिकतामा पनि आस्था रहन्छ नै । विज्ञानलाई आलम्ब आधार बनाएको अलौकिकतामा आस्था रहँदैन । तर यो सबै गर्ने गराउने कसले ? रतन सोध्दछ, “यो तमाम कुराहरू कुन व्यवस्थामा भइरहेको छ ? कसको सत्ता छ अहिले ?”

सोरेनले भन्यो, “तिमी आफ्नो काम गर ,म आफ्नो काम गर्छु । आआफ्नो बाटोमा हिँडौँ । फेरि हेरौँला – कुन बाटोले कहाँ पु¥याउँदो रहेछ ? के दिँदो रहेछ ?”

“ठीक भन्यौ ,सोरेन ।”
“जिउमा अलि तागत आएजस्तो लाग्या छ ?”
“एक दिन होइन, दुई दिन होइन, सँधैजसो किन कुखुरा ख्वाइरहेका छौ ?”
“मोटर बेचेर त्यस बेलामा कुखुराकुखुरी किनेको थिएँ । सबैका घरघरमा गएर कुखुरापाल भनी भनेँ । अण्डा बेच, कुखुरा बेच,कुुरी पाल । म कहिल्यै पनि बेच्दिन । ”

“तर पनि दिनदिनै कुखुरा पकाउनुपर्दैन ।”
“यो बाटो साराका सारा खराब, यो बाटो चाहिँ पूराको पूरा सही हो भनी मान्न पनि सकिन्थ्यो होला तर त्यस्तो होनहार कामकुरो केही भएजस्तो देख्दिन कतै । आफ्नो पनि कामको केही अत्तोपत्तो छैन । जहाँ जाऊ जे गर ,जमीन मालिक र पुलिस यी दुईथरी जेमराजबाट छुटकारा मिल्दैन । यो सबै देखेर सोचेँ कि निर्वाहका लागि केही त गर्नुप¥यो ,नत्र त भोकभोकै मरिन्छ ।”

“बुझेँ त्यो त ,तर..”

“हतियार उठाऊँ कि नउठाऊँ ? हतियार उठा भन्छौभने उठाउँछु । त्यो दिन पतितुण्डको घरमा पुलिसले हामीलाई पिटिरहेको थियो । हाम्रो हातमा पनि लाठी हँुदो हो त..तिनले हामीलाई कुट्न पाउँथे ? निहत्था थियौँ र पनि सिंहलेझैँ झम्ट्यौँ ।”
“त्यो बेलामा त यस्तो विश्लेषण गर्ने सुद्धि कहाँ रहन्छ र ! त्यसबेलामा त मनमा रिस आक्रोश भरिएको हुन्छ । अनि तिम्रो फङ्कसनको तयारी कस्तो चलिरहेको छ ?कहाँ पुग्यो ?”

“पानी परोस , रोपाइँ सकियोस..त्यसपछिको समय फुर्सदिलो हुन्छ । फुर्सदको काम हो त्यो । सिधू–कानूहूलका बारेमा त्यति राम्रो जानकारी थिएन । पढनबुझ्न अझ समय चाहिन्छ ।”

धेरै दिनपछि सामन्तले इन्द्रलाई बोलाइपठायो । इन्द्र अगाडि उभिनासाथ भन्नथाल्यो, “सोरेनसँग खुब हिमचिम बढिरहेको छ ।केकति जान्दछौ त्यसको बारेमा ? सन्थालहरू आफ्ना कुनै सन्दर्भ–प्रसङ्गको निहँु पारेर नाचगान रमाइलो गरुन भन्ने म चाहन्न । यो निकै जटील मामिला हो ।”

अनि त्यसैबेलामा इन्द्रको सम्पर्क द्वैपायनसँग गराइएको थियो ।
द्वैपायन सरकारको बारेमा सुनेर सोरेनको आँखा दुर्बोध्य भइसकेको थियो । भन्न लाग्यो,“केही कुरो छ कि ?”
“के हुनुर ?”

“थाहा छैन, आदिबासीहरूतिर खुब ध्यान दिइरहेको छ ऊ । त्यसैले अलि डर लागिरहेको छ । सरकारी आदिबासीहरू हाम्रो पार्टीका त होइनन ?”

“होइन , अर्कै पार्टीका हुन ।”

“मिशनरीहरूलाई पनि चिनेको छु । राजा बाबुलाई पनि चिनेको छु । तर यो मान्छे त अपरिचित हो । तिमी भन्दै थियौ नि चरसा,बाकुली र कदमकुवाँ जानको लागि मनाही गरिएको छ ।”

“अँ ।”इन्द्र संशयमा थियो र आश्वस्त पनि ।

“मथिङ्गल खियाएर नक्सलवादी आन्दोलनमा अङ्ग्रेजीमा पुस्तक लेख्नेहरूले पनि यी तमाम गाउँटोलका फन्का मारेर गएका छन् ।”

“तर त्यहाँको फन्को त लगाएनन ।”
“भैगो , यो कुरा छाडिदिऊँ । हाम्रो कार्यक्रममा बाकुलीका सन्थालहरूले भनेको कुरो दामी छ । बसाई टुडुका बारेमा जति गीतहरू रचिएको छ ,ती सबै गीत त्यहाँ गाइने छ । भनिन्छ, उनी पनि सन्थाल थिए ।सिधू–कानूको लडाइलाई नयाँ ढङ्गले देखाइदिएका थिए उनले । उनको स्मरण त गरिनै पर्दछ ।”
“यो सबै कुरा मलाई थाहा छैन ।”

“तर मैले एक किसिमले अठोट गरिसकेको छु ।”
“के अठोट गरेका छौ ?”

“सबभन्दा पहिले प्रस्तुत गरिने छ –तिलका माझीको प्रसङ्ग । उनको बारेमा निकै थोरै मान्छेहरूलाई मात्र जानकारी छ । तर अङ्ग्रेजहरूसँगको पहिलो युद्ध उनैले लडेका थिए । त्यो पनि सिधू–कानूको लडाइभन्दा सत्तरी वर्ष पहिले । त्यसपछि प्रस्तुत गरिने छ–सिधू–कानूचाँदो भैरवको कथागाथा । त्यसपछि सुनाइनेछ मालदहको जिता सन्थालले लडेको युद्धको गाथा । अनि तेभागाको लडाइमा शहिद भएका सन्थालहरूको वर्णन र अन्त्यमा बसाई टुडु र नक्सली योद्धाहरूको सम्झना उत्सव । यी सबै प्रसङ्ग जोडेर एउटा नाटक तयार गरिनेछ । मचाहिँ सुमिरन भजन गाउने छु ।” इन्द्र गम्भीर देखियो । सचेत गराउँदै भन्यो, “यी कुराहरू सबैसँग नभन्नू । फेरि सबै गोलमाल होला । ”

“हुन्छ ।”
“त्यही मान्छेको कारण यो अवसर पनि जु¥यो ।”
“सामन्तलाई कसरी थाहा हुन्छ ? लिएर आउनू नि उसलाई पनि । हेरोस न उसले पनि ।”

हलुका पानी परिरहेको थियो । झमझम पानी पर्ने दिन पनि आयो अचानक । रुखो राताम्य धरतीमा हरियो घाँस पलाउन थाल्यो । वर्षा लागेपछि चराचुरुङ्गीहरूको बथान किराफट्याङ्ग्राको शिकार गर्न जमीनमा ओर्लन्छन् । कदमको घरको छानोमा फेरि ठूलो कुभिण्डो फल्यो । रोपाइ पनि जोडतोडले चल्यो । बिजतल्लाबाट धानको बिरुवा खेतमा रोप्न,बिउ छर्न,रोपाइ गर्न,धान गोड्न आदि सबै कामका लागि कृषि मजदुरको आवश्यकता पर्दछ । सरकारी दरको ज्याला पाउनको लागि आन्दोलन आवश्यक छ । तर त्यो पनि गर्न सकिएको छैन । त्यसैले पनि इन्द्र दुःखी छ । इन्द्र यहाँ रहोस भन्ने बिचार सामन्त,नवीन बाबु र मोति बाबुहरूको छैन । उसले पनि यो कुरो बुझेको छ । चुडामणि पतितुण्डको घटना । दीनु र रजतले भनेका छन् कि इन्द्र ढुक्क भएर जाऊन । कृषि मजदुरीको यस मामिलाको लडाइमा उनीहरूले अरु दलका युवाहरूको पनि सहयोग लिनेछन् । सबै दलका केटाहरू समझदार छन् नत्र त चुडामणि पतितुण्डविरुद्धको लडाइमा साथ दिनका लागि किन आउँथे , उनीहरूको पनि त आफ्नो दल वा सङ्गठन छ नि । कामको माध्यमबाटै उनीहरूसँग सहकार्य गर्नुपर्दछ । बेकार तथा अवसरवादी नेतृत्वको समानान्तर बलियो सङ्गठन बनाउनु पर्दछ । किन अचेल इन्द्र यस्तो कुराहरू सोच्न लागेको छ ?
हिँडनुअघि इन्द्रले नवीन बाबुसँग भन्यो, “बसाई टुडुले आन्दोलन गरेको गाउँहरूमा त तपाईँहरूले त्यो मान्छेलाई जान दिनु भएको छैन , अनि अरु गाउँहरूमा चाहिँ किन डुलाउनु हुन्छ उसलाई ?”

“मलाई यो कुरो थाहा छैन ,इन्द्र ?”
“को हो यो मान्छे ? पीर वा पैगम्बर ?”
“थाहा छैन ।”

 

प्रतिक्रिया
Loading...