आफ्नो बुद्धि र विवेकले भ्याएसम्म सहयोग नै गर्थ्यो । सबै मख्ख पर्थे ।
समय-समयमा टमले नक्कली भारदारी सभा बोलाउँथ्यो र आफू चाहिँ राजकुमारको भूमिकामा बस्थ्यो । उसका साथी चाहिँ दरबारीया गार्ड, लर्ड च्याम्बरलेन र केटीहरूको भूमिकामा देखा पर्थे । हरेक दिन जस्तै नक्कली सभा बोलाइन्थ्यो र महत्त्वपूर्ण विषयमाथि छलफल गरेझैँ अभिनय गरिन्थ्यो, निकै रमाइलो हुन्थ्यो ।
जब सभा सकिन्थ्यो तब टम पुरानै अवस्थामा हुन्थ्यो, उही झुत्रेझाम्रे, पिटिने, गाली खाने र अन्त्यमा पराल ओछ्याएर सुतने । उसले सुखद
जीवनको सपना बुन्न थाल्यो । उसको जीवनको एउटै लक्ष्य राजकुमारलार्इ भेट्ने थियो ।
जनवरीको एक बिहान टमले आफू राजकुमार भएको सपना देख्यो । लङ्ग हुँदै ब्युँझिदा ऊ असाध्यै भोकाएको थियो । उसको दिमागमा रातिको रङगीन सपना सलबलाउन थाल्यो ।
टम घरदेखि निकै टाढा रहेको टेम्पलबारमा पुग्यो । चेरिङ भिलेजमा पुगेपछि टम राजाद्वारा निर्मित सुन्दर चौबाटोमा बस्यो । एकछिन सडकमा यताउति डुलेपछि ऊ वेस्टमिन्स्टर दरबारतिर लाग्यो । राजकुमारसित भेट्ने आशा लिएर टम एकोहोरो दरबारतिर हेर्न थाल्यो ।
आकर्षक देखिने नोकरचाकरहरू राम्रा-राम्रा बग्गीमा भित्र-बाहिर गरिरहेका देखिन्थे । बिचरो टम चाहिँ फलामे गेटभित्र चियाउनुबाहेक अरू के नै गर्न सक्थ्यो र?
अचानक गेटभित्र टमले राजकुमारलाई देख्यो । राजकुमारले साटन र रेशमी कपडा लगाएका, कम्मरमा मणि-माणिक्ययुक्त तरबार भिरेका, खुट्टामा भव्य जुत्ता र टाउकोमा लत्रिएको प्वाँखजडित रातो आकर्षक टोपी लगाएका थिए ।
टम राजकुमारको नजिक जान खोज्यो तर दरबारको पहरेदारले रोक्दै भन्यो, “ए फुच्चे भिखारी ! तेरो के चाला हो यो ?”
टमले भन्यो, “मेरो नाम टम क्यान्टी हो । म राजकुमारलाई भेट्न आएको हुँ । मलाई राजकुमारसँग भेट्न देऊ ।”
पहरेदारले भन्यो, “तँ जस्तो भिखारी मान्छेलाई म कसरी राजकुमारलाई भेट्न दिऊँ । यो सम्भव छैन, तँ यहाँबाट खुरूक्क गइहाल् ।”
पहरेदारले हाँस्दै केटोलाई गिज्याउन थाल्यो । हल्लाखल्ला भइरहेको थाहा पाएर राजकुमारले त्यतातिर हेर्दा आफ्ना पहरेदारहरू र झुत्रेझाम्रे केटाका बीचमा ठूल्ठूलो स्वरमा वादविवाद भइरहेको देखे । पहरेदारहरूलाई आदेश दिँदै उनले भने, “विचरो त्यो केटोलाई दुर्व्यवहार नगर, भित्र आउन देऊ ।”
“प्रिन्स अफ् वेल्स चिरायू रहून् !” सबै एकै स्वरमा चिच्च्याउन थाले । राजकुमार एड्वार्डले टमतिर फर्केर भने, “तिमी भोकाएका र त्यत्तिकै थकित पनि देखिन्छौ, आऊ, सँगै बसेर भोजन गरौँ ।”
एड्वार्डले टमलाई महलको भव्य कोठामा लगे । उसलाई स्वादिष्ट भोजन गराए ।
“तिम्रो नाम के हो ?”
“टम क्यान्टी, हजूर ।”
“तिम्रो बुबाको नाम के हो नि ?”
“जोन क्यान्टी”
“कहाँ बस्छौ नि ?”
“ओफल कोर्टमा, हजूर ।”
त्यसपछि राजकुमारले टमको जीवनका बारे सोधपुछ गरे ।
टमले राजकुमारसित आफ्नो जीवनको दुःखद पक्षका बारेमा बताउन थाल्यो । बा र बाजेको दुर्व्यवहार, पेटभरि खान नपाएको अनि सुत्ने ठाउँका बारेमा बेलीबिस्तार लगायो । उसले आफ्ना जुम्ल्याहा दिदीहरू भएको कुरा पनि बतायो |
“कति वर्षका भए त तिम्रा दिदीहरू ?”
“प्रन्ध्र वर्षका भए हजूर ।”
“मेरी बहिनी लेडी एलिजावेथ पनि दश वर्षकी भइन् । मेरी भतिजी लेडी जेन ग्रे मेरै उमेरकी छिन् । तर मेरी ठूली दिदी मेरी विवाह भएन भनेर सधैँ अँध्यारो मुख लगाउँछिन् । भैगो, धेरै कुरा नगरौं उनीहरूका बारेमा । राजकुमारले भने, “तिम्रा दिदीहरूले नोकरहरूलाई आफ्नो सामु हाँस्न दिन्छन् त ?”
“हजूर, मेरा दिदीहरूका नोकरचाकर होलान् जस्तो लाग्छ र तपाईंलाई ? साँच्चै भन्ने हो भने दिदीहरूको लगाउने लुगा पनि एकजोर दुईजोर मात्र छ, प्राय लुगा फुकाल्नै पर्दैन, अनि किन चाहियो नोकरचाकर ?”
राजकुमारले भने, “तिमी निकै राम्रो बोल्दा रहेछौ; कुन पाठशालामा पढ्दै छौ ?”
“मैले पाठशालामा पढ्न त के पाठशालाको मुख पनि देख्न पाएको छैन ।” “हाम्रो छिमेकमा रहेका फादर एन्ड्रयु नाम गरेका पुरोहितले अलिअलि लेखपढ गर्न सिकाएका हुन् ।” टमले जवाफ दियो ।
“मलाई ओफल कोर्टका बारेमा बताऊ न । तिम्रो जीवन रमाइलोसँग बितेको त छ ?”
“हजूर, झुत्रोझाम्रो लगाउनु, मागेर खानु, पराल बिछ्याई सुत्नु बाहेक अरू सब ठीक छ ?”
हामी कुस्ती, झगडाजस्ता खेलबाट मनोरञ्जन लिन्छौं, गर्मीयाममा नदी र नहरमा पौडी खेल्छौं, बालुवामा उफ्रिने, वनजङ्लमा नाच्ने र गाउने पनि
‘लेखकका बारेमा
नाम: मार्क ट्वेन
जन्म: नोभेम्बर ३०, १८३५
मृत्यु- अप्रिल २१ १९१०
जन्मस्थान: फ्लोरिडा, मिसौरी, संयुक्तराज्य अमेरिका
पेशा:- लेखक/लेक्वरर
राष्ट्रियता अमेरिकी
विद्या: आख्यान, बालसाहित्य व्यङ्ग्य, निबन्ध, दर्शन र साहित्यिक समालोचना
प्रमुख कृतिहरू:- “द एड्भेन्चर अफ टम स्वेयर (१८७९), द एडभेन्चर अफ हकलबेरि फिन (१८८४), मार्क ट्वेन आख्यानको क्षेत्रमा परिचित नाम हो । राष्ट्रपति, उद्योगी, कलाकार र यूरोपेली राजघरानासित घनिष्ठ सम्बन्ध थियो मार्क ट्वेनको | प्रखर बौद्धिकता एवं तिखो व्यङग्यको लागि समालोचक र समकालीन लेखकहरूको माझ चर्चित थिए उनी |
मार्क ट्वेनको जन्म नोभेम्बर ३०, १८३५ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिसौरी भन्ने ठाउँमा भएको थियो । उनका पिताको नाम जोन मार्शल क्लेभेन्स थियो भने, आमाको नाम जेन ल्याम्प्टन थियो । उनको खास नाम चाहिँ ह्यामुन ल्याङअहर्न क्लेभेन्स हो । मार्क ट्वेन चाहिँ उनको साहित्यिक उपनाम हो। यही नामबाट उनी विश्वसाहित्यमा परिचित भए । सानै उमेरदेखि मार्क ट्वेन साहित्यिक काम गर्न र घुमफिर गर्न खुब रूचाउँथे, जंगल चाहारी हिँड्थे । यात्राको अनुभव समेटेर लेख्न बसिहाल्थे । एघार वर्षको सानै उमेरमा पिताको निधन भएपछि हातमुख जोर्नका लागि कामको खोजीमा निस्किनु पर्यो उनले ।
हन्निबल जर्नलका लागि हास्यप्रधान लेखहरू लेख्न थाले । सन् १८६५ मा मार्क ट्वेनको “the colebrated jumping frog of calavaras country” शीर्षकको हास्यप्रधान कथा संग्रह प्रकाशित भयो जसले उनलाई चर्चित लेखकको रूपमा चिनायो । त्यसपछि उनी मध्यपूर्वी यूरोपको भ्रमणमा निक्ले । त्यसै यात्राको फलस्वरूप उनले “The Innocent Adead” नामको यात्राडायरी लेखे । जसले उनको साहित्यिक उचाइ थप्यो । मार्क ट्वेनको लेख र भाषणको प्रमुख विशेषता भनेको हास्य हो । उनको लेख अन्याय र अत्याचारको विरूद्धमा केन्द्रीत भएको पाइन्छ । सन् १८७० मा ओलिभिया ल्याङ्डनसित उनको विवाह भयो । हेलेन केलर, ह्यारिट र विचार स्टो जस्ता व्यक्तिसित उनको घनिष्ठ सम्बन्ध रह्यो । दासप्रथाको विरोधी रहेका मार्क ट्वेन, अब्राहम लिंकनका कट्टर समर्थक थिए । सन् १८८१ मा क्यानडाबाट प्रकाशित भएको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” मार्क ट्वेनको यस विधाको पहिलो औपन्यासिक कृति हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । लन्डनको ओफलकोर्टमा बस्ने टम क्यान्टी र राजा हेनरी अष्टमका छोरा राजकुमार एडवार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ यो उपन्यास । आधुनिक अमेरिकी साहित्यका यस्ता महान् हस्तिको हृदयघातका कारण सन् १९१०, अप्रिल २१ तारिखमा दुःखद निधन भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।