साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बूढो मान्छे र समुद्र भाग ११

Chovar Blues Mobile Size


त्यसपछि माछालाई कहिल्यसम्म मार्न नपाएकामा निकै दुःखी थियो बूढो ? तर साथसीथै मार्लिनलाई मार्ने दृढताले पनि मन चसक्क बनाउथ्यो बूढोको । आनन्द अनुभव गर्न सकेन उसले । मनमनै भन्यो, ‘कति जनाले उसको मासु खालान्‌ अब | तर के उनीहरूले यसको मासु खान सुहाउँछ ? अहँ सुहाउँदैन । उसको व्यवहार शील स्वभाव वा गरिमालाई हेर्दा त उसलाई मारेर खानु उचित लाग्दैन मलाई त ।’

फेरि मनमनै सोच्यो उसले, यी सबैकुरा केही बुझ्दिन्‌ म । सूर्य, चन्द्रमा र तारालाई खसाल्नु हुँदैनन्‌ । त्यही राम्रो छ । समुद्रका जीव मार्यो खायो आफ्नै भाइ जस्ता माछा मार्यो खायो त्यही ठीक छ ।

अब मैले माछालाई तान्नै कुरा सोच्नैपर्छ । यसका फाइदा बेफाइदा दुइटै छन्‌ । धेरै डोरी गुमाउनु पर्दा मैले माछो समेत गुमाउनु पर्ने हुन्छ । यदि माछोले बिगार गर्न आँट्यो भने म सकेसम्म डोरी खुकुलो पारिदिन्छु | डुङ्गाको वजन घट्यो भने हामीले बढी दुःख पाउँछौं तर माछाको गति तीव्र भएपनि उसले त्यो गति नपक्रेकाले म आफूलाई सुरक्षितै ठान्छु ।

नबिग्रियोस्‌ भनेर डल्फिनको आन्द्राभुँडी झिक्नै पर्यो । अब तागतका लागि पनि डल्फिनको मासु अलिकति खानै पर्यो ।

म अब एकघण्टा भन्दा बढी आराम गर्छु । त्यसपछि त्यसको अवस्था हेरेर काम गर्नुपर्ला । यही बीचमा मार्लिनको गतिविधि नियाल्छु अनि के कस्तो परिवर्तन गर्छ आफ्नो कृयाकलापमा त्यो पनि हेर्छु । बहाना पनि एउटा राम्रै उपाय हुन सक्छ तर सुरक्षाको लागि पनि त्यत्तिकै सोच्नुपर्ने बेला भएको छ | मार्लिनको मुखको कुनामा बल्छी देखें । उसले आफ्नो मुख टम्म बन्द गरेको छ | यसलाई बल्छीको सजायले छोला जस्तै छैन । भोकै राखे चेत्छ कि। बल्छीलाई (यसले टेरपुच्छर लाउला जस्तो छैन ।

आराम गर्‌, बूढा आराम गर्‌ । अर्को काम नथालुन्जेलसम्म माछोलाई काम गर्न दे । बूढोले मनमनै भन्यो ।

sagarmani mobile size

दुईघण्टा जति आराम गर्यो होला बूढोले सायद । जून नउदाएकाले उसले समयको अड्कल गर्न सकेन । वास्तवमा थकाई मारिरहेको थिएन बूढो अलिबेर मात्रै बसेको थियो । आफ्नो काँधमा माछाको खिँचाइ थाम्दै थियो बूढो । डुङ्गाको कोल्टे परेको माथिल्लो किनारामा देब्रे हात राखेकोले माछाको खिँचाइ उसको काँधमा मात्रै नपरी डुङ्गामाथि पनि पर्न गयो | कति सजिलो हुन्थ्यो होला यदि मैले डोरी छिटो छिटो छाडिदिने हो भने अर्थात्‌ डुङ्गामा बाँधिदिने हो भने । एकै झट्कामा माछोले डोरी चुँडाल्न बेर लाउँदैन । डोरीको खिँचाइबाट उत्पन्न झट्काबाट मैले आफूलाई सुरक्षित राख्न पर्छ । त्यति मात्र होइन मैले हरबखत दुवै हातले डोरी दिन तयार रहनैपर्छ ।

बूढोले आफैंलाई प्रश्न गर्यो । “हेर बूढा तँ राम्ररी सुतेको छैनस्‌ अझै । डेढ दिन एक रात भयो तँ नसुतेको । अलिबेर सुत्ने कोशिस गर्नै पर्छ तैँले । यदि माछो शान्त छ भने । यदि राम्ररी सुतिनस्‌ भने टाउको दुख्न पनि सक्छ अर्थात्‌ रिङ्गटा लाग्न पनि सक्छ ।”

उसले सोच्यो, “अझै त टाउको दुखेको छैन मेरो । मानसिक रूपमा एकदमै स्वस्थ छु । मेरा भाइ ताराहरू जस्तै स्वस्थ छु | तैपनि सुत्नै पर्छ मैले सुत्न त । तारा जुन र घाम सबै सुत्छन्‌ । लहर उत्पन्न नभएको बेलामा त समुद्र पनि निदाउँछ ।”

सुत्‌ सुत्‌ अब । तर डोरीको याद चाहिँ गर्नैपर्छ जसरी भएपनि तैँले । ढुक्क भएर सुत्न पाउँदैनस्‌ । अब फर्केर जानु पर्यो अनि डल्फिन खानुपर्यो। ढुक्क भएर। सुत्नु आपत्तिजनक छ ।

बूढोले मनमनै भन्यो, “हुन त नसुते पनि केही फरक पर्दैन मलाई । तैपनि नसुत्नु पनि त्यत्तिकै खतरनाक छ ।”

डोरी नहल्लाइकन हात र घुँडा टेकेर बूढो डुङ्गाको पछाडिको भागतिर लाग्यो । माछालाई झड्का नलागोस्‌ भनेर ऊ निकै सतर्क थियो । उसले सोच्यो सायद माछो अर्ध निद्रामै होला । तर म त्यसलाई आराम गर्न त कहाँ दिन्छु र ? नमरून्जेलसम्म त्यसले डुङ्गा तान्नै पर्छ ।

डुङ्गाको पछाडिपट्टि गएर घुम्दै देब्रे हातले काँधको डोरी समात्यो बूढोले अनि दापबाट चक्कु झिक्यो दाहिने हातले । ताराहरू चम्किला देखिन्थे । त्यसैको उज्यालोमा बूढोले डल्फिन प्रष्ट देख्यो । डल्फिनको टाउकोमा चक्कुको टुप्पो गाडेर माथि उचाल्यो त्यसलाई । माछालाई खुट्टाले थिचेर प्वालबाट तल्लो बङ्गाराको टुप्पोसम्म सरर चिर्यो उसले । चक्कु भुइँमा राखेर दाहिने हातले डल्फिनको आन्द्राभूँडी झिक्यो बूढोले । आन्द्राभूँडी झिकेर सफा गर्यो अनि गिल पनि झिक्यो । डल्फिनको पेट निकै गहुँगो र चिप्लो लाग्यो उसलाई । पेट चिरी हेर्दा दुईवटा उडुवा माछा फेला पार्यो बूढोले । निकै साह्रो अनि ताजै रहेछन्‌ उडुवा माछाहरू एक छेउमा राख्यो ती उडुवा माछालाई । गील र आन्द्राभूँडी डुङ्गाको पछिल्तिरबाट समुद्रमा खसालिदियो । धिपधिपे उज्यालो छर्दै पानीमा डुबे ती । कुष्ठरोगी जस्तो खैरो सेतो रङ्ग थियो डल्फिन । चिसो न चिसो भैसकेको थियो ताराको धिपधिपे उज्यालोमा माछाको टाउको खुट्टाले थिचेर बूढोले एकापट्टि छाला ताछ्यो । त्यसपछि अर्को पट्टि पनि छाला त्यसैगरी ताछ्यो । त्यसपछि डल्फिनलाई टाउकोबाट पुच्छरसम्म चिर्यो ।

डल्फिनको कङ्काललाई डुङ्गाबाट पानीमा फुत्त फालिदियो । पानीमा भुमरी पर्यो कि परेन हेर्यो । तर बिस्तारै खस्दा उसले मधुरो प्रकाश मात्रै देख्यो । त्यसपछि फरक्क फर्केर बूढोले दुईवटा उडुवा माछालाई डल्फिनको ह्याकुलाको मासुभित्र राख्यो अनि चक्कुलाई दापभित्र हाल्यो । बिस्तारै बूढो डुङ्गाको अघिल्लो भागतिर लाग्यो । बूढोको ढाड डोरीको बोझले गर्दा अलि कुप्रिएको जस्तो देखिन्थ्यो । माछोलाई दाहिने हातले समात्यो ।

डुङ्गाको अगाडिपट्टि उसले माछाको हृयाकुलालाई काठमा फिँजायो । छेउमा उडुवा माछा राख्यो । त्यसपछि काँधको डोरी मिलायो बूढोले । डुङ्गाको कोल्टे परेको माथिल्लो किनारामा उभिएर देब्रे हातले डोरी समात्यो । साइडमा उभिएर उसले उडुवा माछा पानीमा पखाल्यो । पानीमा हात डुबाएर त्यसको गति नाप्यो बूढोले । हातमा माछाको कत्ला लागेकोले उसको हात टल्किन थाल्यो । पानीको प्रवाह शक्तिशाली थिएन र उसले आफ्नो हात डुङगाको फल्याकमा रगड्दा मात्रै हातबाट चम्किने फस्फरसका टुक्राहरू बिस्तारै डुङ्गा मुनिबाट पानीमा बगेर हरायो ।

“माछो या त गल्दै छ या त थकाइ मार्दैछ” बूढोले भन्यो । डल्फिन खाइसकेपछि मात्रै अलिबेर थकाइ मारेर सुत्नु पर्ला । “एकछिन भए पनि ।”

रातको ठण्डी अनि ताराको घिपधपे उज्यालोमा बूढोले डल्फिनको एउटा हृयाकुलो खायो । साथै एउटा आन्द्राभुँडी झिकेको उडुवा माछा र त्यसको टाउको समेत खायो ।

पकाएको डल्फिनको मासु खान पाए कति मीठो हुँदो हो । उसले सोच्यो । काँचै खाँदा त कति नमज्जा । कागती र नुन नलिइकन त म अब कहिल्यै डुङ्गा चलाउँदिन।

डुङ्गाको अगाडिको भागमा दिनदिनै पानी छयाप्ने बुद्धि आइदिएको भए र सुक्न दिएको भए त नून त त्यतिकै पाइहालिन्थ्यो नि । उसले मनमनै सोच्यो । तर त्यसपछि मैले घाम नडुबुन्जेल डल्फिनलाई बल्छीमा पार्न सकिन । पूर्व तयारीको अभावमा पनि त्यसो भएको हुनसक्छ । तर जे होस्‌ राम्ररी चपाएर खाएको छु त्यसैले मलाई वाकवाकी लागेको छैन ।

आकाशमा बादल पूर्वतिर सर्दै थियो भने उसले चिनेका ताराहरू एक पछि अर्को गरी बिलाउँदै थिए । लाग्थ्यो ऊ कतै बादलको बिशाल गल्छीमा भासिँदै थियो र हावा पनि निकै मत्थर भैसकेको थियो ।

बूढोले भन्यो, “अबको तीन चार दिनमा मौसम निकै खराब हुनेछ ।” तर आजै राति वा भोलि नै चाहिँ खराब नभै हाल्ला मौसम | “हेर बूढा ! माछा चुप लागेर बसेको बेला तैँले अब सुत्नका लागि पाल टाँगिहाल्नुपर्छ ।”

बूढोले दाहिने हातले डोरी निकै बलियोसित समात्यो ! दाहिने हातले तिघ्रा थिचेर डुङ्गाको काठमा अडेस लाग्यो बूढो । त्यसपछि उसले काँधको डोरी अलि तल सार्यो र त्यसलाई देब्रे हातले समात्यो ।

उसले सोच्यो, “अडिउन्जेल त मेरो दाहिने हातले समातिराख्न सक्छ डोरीलाई । यदि दाहिने हातलाई निद्रामा अलि खुकुलो भयो भने पनि देब्रे हातले डोरी सर्दा मलाई ब्युँझाइहाल्छ । दाहिने हातले धेरै कष्ट भोगेको छ । यति दुःख कष्ट भोग्न अभ्यस्त छ यो हात म बीस मिनेट वा आधा घण्टै सुतँ भने पनि केही फरक पर्दैन । अनि उ कुक्रुक्क पारेर जीउको सम्पूर्ण बोझ दाहिने हातमाथि पारेर डोरीमाथि पल्टियो अनि निदायो ।

सपनामा सिंह देखेन उसले । बरू त्यसको साटो शुरूमै आठदेखि दश माइलसम्म फैलिएको पपसको ठूलै बथान देख्यो । भालेपाथीको सहवासको समय थियो त्यो । हावामा निकैमाथि उफ्रिए । पानीमा तलमाथि उफ्रिँदा बनेको खाल्डोमा फर्किन्थे तिनीहरू ।

त्यसपछि बूढोले गाउँको ओछ्यानमा सुतेको सपना देख्यो । उत्तरतिरबाट आएको एकजना गाउँले पनि थियो । जाडोले कठ्याङ्ग्रिएको थियो त्यो गाउँले । उसको दाहिने हात निदाएको थियो किनभने दाहिने हात सिरानी हालेर सुतेको थियो ।

त्यसपछि बूढोले सपनामा फराकिलो पहेँलो समुद्री किनारमा साँझपख सिंहहरू आएको देख्यो । सिंहहरू आउने जाने क्रम जारी थियो । डुङ्गाको काठमा चिउँडो अड्याएर आराम गर्यो अलिबेर उसले । साँझपख तटवर्ती हावा आउने बेला जहाज अङ्याइराखेको ठाउँबाट उसले थुप्रै सिंहहरू आउने प्रतिक्षा गर्दै गर्दा सपनामा उ निकै खुसी देखिन्थ्यो ।

जून झुल्केको निकैबेर भैसकेको थियो तर छ सुतिनै रह्यो, उठेन । माछोले बिस्तारै डुङ्गा तान्दै गरेकाले बादलको सुरूङभित्र डुङ्गा कतै हराउँदै थियो ।

माछाले झट्का दिएकाले अनुहारमा दाहिने मुड्कीको मुक्का लागेपछि बुढो बुँझियो । दाहिने हातको डोरी पनि चिप्लिँदै थियो । देब्रे हात चले नचलेको थाहा पाएन उसले तर दाहिने हातले सकेजति रोक्न खोजे पनि डोरी खुस्किँदै गयो । अन्ततः देब्रे हातले डोरी भेट्टाएपछि उसले पछाडि फर्केर तान्यो ।

बूढोको ढाड र देब्रे हात पोल्न थाल्यो अनि अलिकति काट्यो पनि जवर्जस्ती डोरी तान्दा । पछाडि फर्केर डोरीको गुजुल्टो हेर्दा त बिस्तारै सर्दै थियो । तत्कालै माछो जोडसित उफ्रयो । फेरि छवाप्लाङ्ग आवाज निकाल्दै पानीभित्र पस्यो । त्यसपछि पनि माछो पटक पटक उफ्रृयो । डोरी सर्दै गएपनि डुङ्गा छिटो छिटो चल्दै थियो । एकचोटि र डुङ्गामाथि नराम्रोसित लड्यो अनि काटेर राखेको डल्फिनको टुक्रामाथि उसको मुख जोतिन पुग्यो । एकछिन त ऊ चलमल गर्नै सकेन |

उसले सोच्यो, हामी धेरैदिन देखि यसकै अपेक्षामा थियौं । सहनै पर्छ हामीले ।

माछाले जति डोरी तानेको छ एक एक इन्चको हिसाब किताब चुक्ता गर्नैपर्छ त्यसले । एक एक इन्चको ।

माछो उफ्रेको नदेखे पनि बूढोले समुद्रमा त्यसको उफ्राइको आवाज चाहिँ सुन्यो राम्रोसित । डोरीको तीव्र गतिले उसको एउटा हातलाई नराम्ररी काट्दै थियो । तर उसलाई थाहा थियो कि त्यस्तो घटना घट्ने नै छ अवश्यै भनेर । उसले डोरीको कटाइलाई सकेसम्म ठेला परेको भागमा मात्रै पार्ने कोशिस गर्यो । त्यति मात्रै होइन उसले न त हत्केलाबाट डोरी फुत्किन दियो न त औंलामा घाउ नै हुन दियो ।

केटो साथमा भैइदिएको भए डोरीको गुजुल्टोलाई पानीले भिजाइदिन्थ्यो होला | उसले सोच्यो ।

 

प्रतिक्रिया
Loading...