“ए त्यसो पो रहेछ !” – आमाले केही सोच्दै बिस्तारै भनिन् । उनले उदास दृष्टिले उक्राइनिलाई हेरिन् – “त्यसो भए मान्छेहरु आफ्नो सुखलार्य पनि तिलाञ्जलि दिँदारहेछन् .. ।” “पाभेलजस्ता मान्छेहरु विरलै हुन्छन् ।” – उक्राइनिले कोमल स्वरमा भन्यो – “मलाई लाग्छ ऊ इस्पातले बनेको छ .. ।”

“अहिले ऊ जेलमा छ !” आमाले सोच्दै भनिन् – “यो कुरा सम्झँदा मेरो हृदय काँप्न थाल्छ । तर तर्सने कुरा केही छैन ! जीवन अर्कै लाग्छ, डर पनि अर्कै छ । अब मलार्य सबैको चिन्ता लाग्छ । मेरो हृदय पनि बिलकुल बदलिसकेको छ । मेरो चेतनाले मेरो हृदयको आँखा खोलिदिएको छ र यी आँखाले जब म बाहिर हेर्छु तब उदास हुन्छु, तैपनि खुसी नै छु । अझै पनि थुप्रै कुरा म बुझ्दिनँ । जस्तो, मलाई यस कुरामा असाध्यै दुःख लाग्छ कि तिमीहरु ईश्वर मान्दैनौ । तर गर्न नै के सकिन्छ र ! देख्छु, तिमीहरु सब धेरै असल छौ ! तिमीहरु सबैले जनताको भलाइका लागि आफ्ना लागि एक अत्यन्त कठोर बाटो रोजेका छौ । सच्चाइका लागि कठिनाइहरुले भरिपूर्ण जीवन रोजेका छौ । मैले पनि तिमीहरुको सच्चाइ बुझ्न थालेकी छु – जबसम्म धनी र गरिब हुने छन्, तबसम्म आम जनताले कहिल्यै केही पाउन सक्ने छैनन् । न सुख नै पाउनेछन्, न न्याय नै – केही पाउने छैनन् । जहिलेदेखि मैले तिमीहरुको सङ्गत गर्न थालेँ, सधैंजसो राती आफ्नो बितेका जीवनबारे सोच्न थाल्छु – मेरो शक्ति कुल्चिदिए, मेरो जवान हृदय मुठीभित्र दबाइदिए, मलार्य आफैंमाथि दया लाग्न थाल्छ, दुःख लाग्न थाल्छ ! तर अब मलार्य बाँच्न धेरै सजिलो भैसकेको छ । बिस्तारैबिस्तारै मैले आफैंले आफूलाई चिन्न थालेकी छु .. ।”

उक्राइनि उठ्यो र कोठामा ओहोरदोहोर गर्न थाल्यो । ऊ कुनै आवाज नआओस् भन्ने उद्देश्यले सावधानीपूर्वक पाइला सार्दे थियो । त्यो दुब्लो पातलो अग्लो मान्छे विचारमग्न थियो ।

“कस्तो ठीक कुरा गर्नुभो तपाईले आमा !” उसले बिस्तारै भन्यो – “धेरै ठीक कुरा गर्नुभयो । केर्च सहरमा एक युवक यहुदी बस्थ्यो र ऊ कविता लेख्ने गथ्र्यो । एकपल्ट उसले लेखेको थियो –

जुन निर्दोषहरुको हत्या हुँदैछ अब
सच्चाइको शक्तिद्वारा पुनर्जीवित हुनेछन् सब ।

ऊ आफैं त त्यहीँ केर्चमा पुलिसद्वारा मारियो, तर यो मुख्य कुरा होइन । उसले सच्चाइ बुझ्यो र आम जनतामा त्यस सच्चाइकोा बीउ रोप्यो । तपाई पनि तिनै ‘निर्दोषहरु मध्ये एक हुनुहुन्छ .. ।”

“तर अब मेरो मुख थुनिएको छैन ।” आमा भन्दै थिइन् – “अब मैले पनि बोल्न थालेकी छु । आफ्नो कुरा सुन्दा आफैंलार्य विश्वास लाग्दैन । जिन्दगीभर मलाई एउटै चिन्ता थियो – कसरी अरु एक दिन काट्ने हो, कसरी कसैले चाल नपाउने गरी बाँच्ने हो, कसैले नछोइदिए हुन्थ्यो । तर अब अरु मान्छेहरुबारे सोच्न थालेकी छु । हुन सक्छ, अझ पनि मैले तिमीहरुको उद्देश्य बुझिसकेकी छैन तर म तिमीहरु सबैलाई माया गर्छु । मेरो हृदयमा तिमीहरु सबैको पीडा छ । तिमीहरु सबैलार्य सुखी देख्ने इच्छा छ । आन्द्रेइ, विशेषतः तिमीलार्य सुखी देख्ने मेरो इच्छा छ .. ।”

ऊ आमाको नजिक आयो र भन्यो –
“धन्यवाद, आमा !”

उसले आमाको हात आफ्नो हातमा राख्यो र स्नेहपूर्वक दबायो, अनि हतारहतार अर्कातिर लाग्यो । आफ्नो भावनाको बोझले दबेकी आमा बिस्तारैबिस्तारै प्लेट माझ्दै थिइन् – उनी आफ्नो हृदयमा लुकेको उललासबारे सोच्दै थिइन् ।

“आमा, तपार्य भेसोभसिकोभालाई पनि अलिकति माया गर्नुहोला ।” – उक्राइनिले कोठामा ओहोरदोहोर गर्दै भन्यो – “उसका बाबु, त्यो बेकम्मा रक्सीबाज बूढो जेलमा छ । आफ्ना बाबुलाई जेलको झ्यालमा देख्नासाथ निकोलाइ गाली गर्न सुरु गरिहाल्थ्यो । यो राम्रो कुरा होइन ! निकोलाइ असल केटो छ, बडो उदास स्वभावको छ । ऊ कुकुर, बिरालो र संसारभरका जनावरलार्य प्रेम गर्छ तर मानिसहरुप्रति उसलाई घृणा छ । हेर्नोस् न, मान्छेलाई कुन दशासम्म पु¥याउन सक्दा रहेछन् ।”

“बिचरीकी आमा बेपत्ता भइन्, बाबुचाहिँ चोर र रक्सीबाज छ .. ।” आमाले विचारमग्न हुँदै भनिन् ।
आन्द्रेइ सुत्न गएपछि आमाले चुपचाप उसतिर हेरेर हातले क्रसको चिन्ह बनाइन् र आधा धण्टाजतिपछि मन्द स्वरमा सोधिन् –
“आन्द्रेइ, निदायौ ?”
“अहँ, किन र, आमा ?”
“धन्यवाद आमा, धन्यवाद !” – उसले कृतज्ञता प्रकट गर्दै भन्यो ।

भोलिपल्ट आमा फैक्ट्रीको ढोकामा पुगिन् । पालेहरुले उनलार्य रोके र टोकरीहरु भुइँमा राख्न लगाएर राम्ररी खानतलासी गरे । उनीहरु ाबडो वाहियात तरिकाले उनको जीउ छाम्दै थिए ।

“मेरा सामानहरु चिसा हुन्छन् !” – आमाले विरोध गर्दै भनिन् ।
“चुप लाग् !” – पालेले हप्काउँदै भन्यो ।

अर्कोचाहिँ पालेले आमालाई बिस्तारै काँधमा धकेल्दै भन्यो –
“मलार्य लाग्छ, पर्खालबाट फाले होलान् !”
फैक्ट्रीको चोकमा पुगेपछि सबैभन्दा पहिले बूढो सिजोभ उनको नजिक आयो । “सुन्यौ तिमीले, आमा ?” – उसले पल्याकपुलुक हेर्दे बिस्तारै भन्यो ।
“के ?”

“पर्चाहरु त फेरि देखा पर्न थाले नि ! जताततै यिनै पर्चाहरु छन्, रोाटीमा नुन चर्केजस्तो । जति तलासी लिऊन् न, जति मान्छे समाऊन् न ! मेरो भतिजो माजिनलार्य पनि जेलमा राखेका छन्, तर के फाइदा भो र यी सबै कुराको ? तिम्रो छोरालाई पनि समातेर लगे, तर अब त सबैलार्य थाहा भयो, यो उनीहरुको काम होइन ।”

उसले आफ्नो दाह्री सुमसुम्याउँदै आमालाई हे¥यो र जाँदै भन्यो –

“किन मकहाँ पस्ने गर्दिनौं, एक्लै नरमाइलो लाग्दो होला .. ।” आमाले उसलार्य धन्यवाद दिइन् र कराउँदै आफ्नो सामान बेच्न थालिन् । उनले देखिन्, फैक्ट्रीमा असाधारण चहलपहल छ । सबै उत्तेजित थिए, मान्छेहरु जम्मा हुन्थे, फेरि यताउता लाग्थे र एक वर्कसपबाट अर्को वर्कसपमा द ौड्दै जान्थे । धुवाँ र मोसोले भरिएको त्यस वातावरणमा उनले कुनै वीरतापूर्ण र साहसपूर्ण कुराहरु सुनिन्थे । बूढा मजदुरहरु चुपचाप मुस्कुराउँदै थिए । चिन्तित हाकिमहरु कहिले यता जान्थे, कहिले उता । पुलिसहरु दौडधुप गर्दै थिए । उनीहरु नजिक आएका देखेपछि मजदुरहरु यताउता लाग्थे अथवा कुरा गर्न बन्द गर्थे र पुलिसहरुको क्रुद्ध चिन्तित अनुहार हेर्न थाल्थे ।

मजदुरहरु हँसिला देखिन्थे । आमाले अलि पर अग्लो कद भएको जेठो गुसेभलाई देखिन्, कान्छोचाहिँ हाँस्दै उसको पछिपाछि गैरहेको थियो ।

काठको काम हुने वर्कसपका फोरमैन भाभिलोभ र टाइमकिपर इसाई बिस्तारै आमाको छेउबाट गए । पुड्को, दुब्लो पातलो टाइमकिपर फोरमैनको तन्किएका रिसले मुरमुरिएको अनुहार हेर्न आफ्नो गर्दन उठाउँदै, दाह्री हल्लाउँदै भन्दै थियो –
“हेर्नोस्, इभान इभानोभिच ! उनीहरुले यसलाई ठट्टा ठानेका छन्, हाँसो उडाउँदैछन् । तर डाइरेक्टर साहेबले भन्नुभएजस्तो यो पूरा राज्यकै बर्बादीको कुरा हो । यहाँ सानोतिनो औषधिले काम चल्दैन, काटमार नै गर्नुपर्छ ।”

भाभिलोभ दुवै हात पछाडि राखेर हिँड्दै थियो .. ।
“हरामीहरु, जे मन लाग्छ लेखून !” – उसले ठूलो स्वरले भन्यो । तर मेरो विषयमा एक शब्द पनि लेखे भने मजा चखाइदिनेछु ।”

भासिली गूसेभ आमाको नजिक आयो ।
“आमा आज पनि तपाईकै खाना किन्छु बडो मीठो छ !” – उसले भन्यो र फेरि स्वर सानो पार्दै, आँखा खुम्च्याउँदै भन्यो –
“तीर त निशानैमा प¥यो नि आमा .. ! गजब भयो !”

आमाले स्नेहपूर्वक टाउको हल्लाइन् । आमालाई बडो खुसी लागिरहेको थियो, यो मान्छे जो बस्तीभरिमा बसैभन्दा बढी चल्तापूर्जा मानिन्थ्यो, उनीसँग यति सम्मानपूर्वक कुरा गर्दैछ । फैक्ट्रीको हलचल देखेर पनि उनलार्य निकै मजा आइरहेको थियो र उनी मनमनै सोच्दै थिइन् –

“यदि म नभएकी भए .. ।”
तीन जना मजदुरहरु उनको नजिकै आएर उभिए ।
“कतै भेट्टाइएन .. ।” – एउटाले उदास स्वरमा भन्यो ।
“सुन्न पाए हुन्थ्यो, के लेखेका रहेछन् ? म आफैं त पढ्न जान्दिनँ, तर लाग्छ तीर निशानैमा परेको छ ।” – अर्को चाहिँले भन्यो ।
“सुन्न पाए हुन्थ्यो, के लेखेका रहेछन् ? म आफैं त पढ्न जान्दिनँ, तर लाग्छ तीर निशानैमा परेको छ ।” – अर्को चाहिँ भन्यो ।
“आऊ, व्यायलर रुममा जाऔं .. ।” – तेस्रोले चारैतिर हेर्दै बिस्तारै भन्यो ।

गुसेभले आमातिर हेरेर आँखाले इसारा ग¥यो र भन्यो –
“काम गर्दैछ !”
पेलागेया निलोभ्ना दङ्ग पर्दै घर फर्किन् ।
“लेखपढ गर्न नजानेकोमा मान्छेहरु दुःखित छन् । – उनले आन्द्रेइलाई भनिन् – “जवानीमा त म पढ्न जान्दथेँ, तर अब त बिर्सिसकेँ .. ।”
“किन फेरि सिक्नुहुन्न र ?” – उक्राइनिले भन्यो ।
“मेरो उमेरमा आएर, छि ः मान्छेहरुले जिस्क्याउनेछन् .. ।”
तर आन्द्रेइले दराजबाट एउटा किताब निकाल्यो र जिल्दमा छापिएका एक अक्षरतिर औंलाले देखाउँदै सोध्यो –
“यो के हो ?”
“र,” आमाले हाँस्द ै भनिन् ।
“अनि यो नि ?”
“आ,” .. ।

आमालाई असजिलो लाग्दै थियो र अलि लाज पनि । उनलार्य लाग्दै थियो, आन्द्रेइ मनमनै उनलाई जिस्क्याउँदैछन् र उनीसँग आँखा नजुधाउने कोसिस गर्दै थिइन् । तर आन्द्रेइको स्वरमा कोमलता र मृदुता थियो, उसको अनुहार गम्भीर थियो ।