साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बूढो मान्छे र समुद्र भाग १०

यदि शार्कहरू आएनन्‌ भने, बूढोले ठूलो स्वरमा भने, ‘शार्क आइदियो भने मार्लिन र मलाई फसाद पर्छ ।’ ‘हे भगवान्‌ ! नआइदेओस्‌ त्यो शार्क । हामीलाई दया गर ।’

“तँ विश्वास गर्छस्‌ जति म कुर्न सक्छु त्यति नै डिमागियोले पनि कुर्न सक्छन्‌ भनेर ? उसले आफैलाई सोध्यो । मलाई विश्वास छ बलियो ठिटो भएकाले उनले सक्छन्‌ । उनको बाबु पनि माझी नै त थियो आखिर | तर के झस्को पस्ने रोगले उसलाई पनि त्यतिकै सताउँछ ?”

‘अहँ थाहा छैन मलाई । मलाई कहिल्यै झस्को पस्ने रोग लागेको भए पो थाहा हुनु ।’

घाम अस्ताएपछि आफ्नो मनोबल बढाउन उसले क्यासाब्लाङका (मोरक्को स्थित एक शहर)को एउटा रक्सी-भट्टीको पुरानो घट्ना सम्झ्यो, जहाँ सिनफुगोस (दक्षिण क्युवास्थित एक शहर) बाट आएको शक्तिशाली भनेर चिनिएको एक जना निग्रो सित एकपल्ट पञ्जा लडाउने खेल खेलको थियो । टेबुलमा खरिले धर्को तानेर पुरै एक दिन – एक रात कुहिनाले टेकेर पाखुराको शक्ति परिक्षण गरेको थियो उसले । एक अर्काको हात टेबुलमा खसाल्न सक्दो कोशिस गरेका थिए दुबैले । यस खेलको परिणामलाई लिएर धेरैले बाजी थापेका थिए । कोठामा टुकी बत्तीको उज्यालोमा मानिसहरू आउजाउ गरिरहेका थिए । बूढो निग्रोको हात, पाखुरा र मुखतिर हेरिरहेको थियो । पहिलो आठ घण्टा पछि चार-चार घण्टामा रेफ्री फेरिन्थे । दुबैको हातको नङबाट रगत बग्न थालेको थियो । सबैको आँखा खेलाडी माथि थियो । बाजी वा च्याँखे थाप्नेहरू कोठामा आउजाउ गरिरहेका थिए । केही दर्शकहरू चाहिँ भित्ताको छेउको अग्लो कुर्सीमा बसेर खेल हेरिरहेका थिए । काठका भित्ताहरूमा उज्यालो नीलो रङ लगाइएको थियो भने टुकीबत्तीका उज्यालोमा भित्तामा छायाँ प्रष्टै देखिन्थ्यो । साथै निग्रोको ठूलो छायाँ पनि ।

त्यो अनौठो खेल रातभरि बेलाबेलामा परिवर्तन भइरहन्थ्यो अनि धेरैजनाले त्यो निग्रोलाई रक्सी र चुरोट ख्वाइरहेका थिए । रक्सी पिएपछि त्यो निग्रो झनै आकामक ढंगले प्रस्तुत हुन्थ्यो । च्याम्पियन सान्टियागो भनेर कहलिएको बूढोको हात एकपल्ट त तीन इन्च जति झुकाइसकेको थियो त्यो निग्रोले तर बूढोले निकै बल लगाएर आफ्नो हात झुक्न दिएन उठाइ हाल्यो । त्यो भीमकाय र पराक्तमी निग्रोलाई हराउन सकिन्छ भन्ने कुरा उसलाई त्यतिबेलै थाहा भैसकेको थियो । भोलिपल्ट विहान बाजी थाप्ने जति सबैको आग्रहमा रेफ्रीले हात हल्लाएर खेललाई बराबरीमा टुङग्याउने घोषणा गर्दानगर्दै भएभरको बल लगाएर त्यो निग्रोको हात टेबुलमाथि झुकाएरै छाड्यो । यसरी आइतबार बिहानदेखि शुरू भएको, खेल सोमबार बिहान मात्रै सकिएको थियो । बाजी थाप्नेहरूमध्ये कतिपयले यो खेल बराबरीमै टुङ्योस्‌ भन्ने चाहेका थिए । किनभने उनीहरू कसैलाई डकमा गएर चिनीको बोरा जहाजमा हाल्नुपर्ने थियो भने कसैलाई हवानाको कोइला कम्पनीमा काम गर्न जानुपर्ने थियो । नत्र भने सबैले स्वभाविक रूपमै खेल समाप्त होस्‌ भन्ने चाहेका थिए । तर मानिसहरू काममा जानु अघिनै बूढोले खेल समाप्त गरिदिएको थियो ।

त्यस पछि धेरै दिनसम्म सबैजना उसलाई ‘च्याम्पियन’ भन्थे । पछि वैशाखमा अर्को खेलको आयोजना गरिएको थियो । यस अघि सिनफुगोसमा आयोजित खेलमा पराजित भएपछि निग्रोको मनोबल गिरेकाले यसपटकको खेलमा धेरैले बाजी थापेनन्‌ । सान्टियागोले निग्रोलाई सहजै पराजित गरेको थियो । त्यसपछि एक दुई खेल खेलेर सन्यास लियो बूढोले । जोसुकैलाई पराजति गर्न सक्छ भन्ने आँट आउँथ्यो उसलाई । माछा मार्ने, दाहिने हात घाइते होला अर्थात क्षति पुग्ला भन्ने डर थियो बूढोलाई । कतिपय खेलको अभ्यास त देब्रे हातले नै गर्यो तर देब्रे हातले सँधै उसलाई धोका दिएकोले त्यसको भर पनि पर्दैन । चाहिएको बेलामा कामै दिएन देब्रे हातले उसलाई । सँधै विश्वासघात -गर्यो देब्रे हातले ।

घामको तातोले ठीक हुन्छ होला यो हात । राति चिसोले मात्रै यसलाई असर गर्ने हो । आज राति के हुने हो त्यही मात्रै डर छ मलाई । बूढोले सोच्यो ।

बूढोको टाउको माथिबाट एउटा हवाइजहाज उड्यो मियामीतर्फ । उडुवा माछा तर्सेर भागे । हवाइजहाजको छायाँ नियाल्यो उसले भुइँमा बसेर। अचम्म लाग्यो उसलाई हवाइजहाज देखेर ।

“उडुवा माछा देख्दा वरिपरि कतै डल्फिन हुनुपर्छ भन्ने लाग्छ मलाई ।” माछाका बारेमा थप कुरो थाहा पाइन्छ कि भनेर बूढो पछाडि निहुर्यो । माछाले समाएको डोरी तान्ने प्रयास गर्यो उसले तर सकेन । डोरी अझै तन्किराखेको थियो । डुङ्गा बिस्तारै अगाडि बढ्यो । आँखाले भ्याउन्जेल हवाइजहाज उडेको हेरिरहयो बूढोले।

उसले सोच्यो, हवाइजहाज चढ्न पाए कति रमाइलो हुन्थ्यो होला । समुद्र कस्तो देखिँदो हो । त्यति माथिबाट हेर्दा ? कल्पियो बूढो । धेरै तलबाट नउड्दा त सायद यात्रुहरूले समुद्रभित्रका माछा पनि देख्दा हुन्‌ । १२०० मीटरको उचाइमा उड्दा । म भए त कमसेकम माछा त देख्न पाइन्थ्यो माथिबाट । कछुवा आकारको डुङ्गाबाट मैले थुप्रै कुरा देखेँ । डल्फिन हरियो देखिन्छ । उनीहरूको कत्ला र पौडी खेलेको दृश्य समेत देख्न सकिन्छ । अँध्यारोमा पानीमा छिटो छिटो हिँड्ने माछाको बैजनी रङ्गको ढाड र कत्ला किन देखिन्छ हँ ? सुनौलो रङ्गको डल्फिन त हरियो देखिनु स्वभाविकै हो तर भौकाएर खाना खान आउँदा बैजनी रङ्गका कत्लाहरू देखिन्छ मार्लिनको जस्तै । तीव्र गतिले गर्दा हो कि रिसाएर हो त्यस्तो देखिएको । रात पर्नु केहीबेर अघि डुङ्गाले सारगासो झारको टापु पार गर्यो | यस्तो । कठाग्थ्यो मानौं समुद्र एउटा पहेँलो च्यादरमुनि केही चीजसित गहिरो प्रेममा डुबेकी छिन्‌ अर्थात्‌ रतिक्रिडामा व्यस्त छिन्‌ ।

उसको स-साना डोरी डल्फिनले तान्यो । हावामा उफ्रिँदा । पहिलोचोटि देख्यो उसले डल्फिनलाई | डुब्न लागेको घाममा वास्तवमै सुनौलो देखिन्थ्यो त्यो । पखेटा फट्फटाउँदै बाँङ्गिएर उफ्रेको थियो माछो । डरले गर्दा होला निकै कुशलतापूर्वक पटक पटक उफ्र्यो माछो । डुङ्गाको पछाडि भागबाट निहुरेर बूढोले दाहिने हातले ठूलो डोरी पक्र्यो । देब्रे हातले डल्फिनलाई तान्यो । ताने जतिको डोरीलाई बूढोले देब्रे नाङ्गो खुट्टाले कुल्च्यो । डुङ्गाको पछाडिको भागपट्टि रहेको माछो निराश भएर फट्फटाउँदै थियो । डुङ्गाको पछाडि उभिएको बूढोले चम्किलो सुनौलो माछालाई उचालेर बाहिर ल्यायो । बल्छीको चारो खुब जोडले हल्लाई हल्लाई टोक्दै थियो माछो । त्यसको लामो र चेप्टो शरीर पुच्छर र टाउकाले डुङ्गाको पीधलाई धक्का दिँदै थियो । बूढोले यसको सुनौलो टाउकोमा मुङ्ग्रोले हिर्काएर थला नपारून्जेल माछोले धक्का दिईरह्यो ।

बूढोले माछोलाई बल्छीबाट निकाल्यो डोरीमा सार्डिनको अर्को चारो राख्यो अनि डुङ्गा बाहिर पानीमा फालिदियो । त्यसपछि र बिस्तारै डुङ्गाको टुप्पामा बस्यो । देब्रे हात धोयो अनि सुरूवालमा पुछ्यो । त्यसपछि दाहिने हातको डोरी देब्रे हातमा सार्यो । दाहिने हात समुद्रमा डुबाएर धोयो । उसले घाम डुबेको दृश्य र पानीमुनिको डोरीलाई हेर्यो ।

“त्यसले अलिकति पनि परिवर्तन गरेको छैन ।” बूढोले मनमनै भन्यो । हात डुबाएर पानीको गति नियाल्दा साँच्चिकै मन्दगतिमा बहिरहेको थियो पानी ।

“डुङ्गाको पछाडिपट्टि दुईटै बहानालाई बाँधिदिन्छु एकै ठाउँमा । त्यसै भयो भने माछो ढिलो हिँड्छ राति । राति त त्यति दुःख दिँदैन माछोले । चूपै लाग्छ ।” बूढोले भन्यो । मासुमा रगत पसोस्‌ भनेर बूढोले अलि ढिलै आन्द्रामूँडी झिक्ने विचार गर्यो । बहाना हाल्नु ठीक होला यस बीचमा | घाम डुब्ने बेलामा माछालाई नजिस्काउनु नै ठीक हुन्छ । घाम डुब्ने बेलामा सबै माछालाई गाह्रै हुन्छ ।

बूढोले आफ्नो हातलाई हावामा सुक्न दियो । त्यसपछि डोरी समातेर सकेसम्म आफूलाई सजिलो बनाउँदै काठमा अडेस लाग्यो । त्यसो गर्दा आफूलाई भन्दा डुङ्गामा बढी भार पर्यो ।

सोच्यो जसोतसो म पनि काम सिक्दैछु । झल्याँस्स सम्झ्यो बूढोले । बल्छीमा उनिएदेखि यसले केही खान पाएकै छैन । निकै ठूलो छ । खाना पनि निकै चाहिँदो हो यसलाई ।

सबै टुना माछा खाइसके मैले । भोलि यही डल्फिन खानुपर्ला । खाए पनि सफा गरेर मात्रै खानुपर्ला । टुना माछाभन्दा साह्रो होला जस्तो छ यो डल्फिन । सजिलो त के पो हुन्छ र ?

“तँलाई कस्तो छ त माछा ?” चर्को आवाजमा सोध्यो बृढोले मलाई त सन्चै छ । मेरो देब्रे हात पनि पहिलाकोभन्दा राम्रो भएको छ । राति र दिउँसोलाई पुग्ने खानेकुरा पनि छ मसित त । “डुङ्गा तान्‌ माछा डुङ्गा तान्‌ ।”

वास्तवमा ! भन्ने-हो भन्ने बूढोलाई त्यति सन्चो थिएन किनभने उसको ढाडमा डोरीले बनाएको घाउ भित्रैदेखि दुखिराख्या थियो । लाटो पाराले उसलाई । त्यसरी दुख्ला भन्ठानेको पनि थिएन उसले । मैले यो भन्दा बढी कति दुःख पाउनु छ अझै । मनमनै सोच्यो बूढोले । के भएको छ र हातमा सानो घाउ भएको त हो । फेरि देब्रे हातको एेँठन पनि निको भएको छ धेरै । खुट्टा ठीक छन्‌ मेरा । जीवन निर्वाहको सवालमा पनि पहिलेको भन्दा राम्रो छ ।

सेप्टेम्बर महिना भएकोले घाम डुब्नासाथ रात परिहाल्थ्यो । बूढो डुङ्गाको टुप्पोमा रहेको थोत्रो काठमा अडेस लागेर विश्राम गर्यो ।

आकाशमा ताराहरू देखिन थाले । रिगेल ताराको नाम थाहा छैन उसलाई तैपनि उ त्यसलाई हेर्ने प्रयास गर्छ । सबैले यसै कुरोलाई लिएर उदाउने गर्छ भन्ने कुरा पनि थाहा छ उसलाई । तर उसले मौका पाएको -बेला हेर्ने प्रयास भने छोड्दैन । टाढा भएपनि ती ताराहरू उसका साथी हुन्‌ । “यो माछो त मेरो साथी पनि त हो नि ।” बूढोले चर्को स्वरमा भन्यो । यस अघि मैले यस्तो माछाको बारेमा न त सुनेको थिएँ न त देखेको नै थिएँ । मैले उसलाई मार्नै पर्छ । आकाशका ताराहरूलाई खसाल्नु नपरेकोमा खुसी छु म औधि ।

अनुमान गरौं हरेक दिन चन्द्रमा र सूर्यलाई खसाल्नु परेको भए । चन्द्रमा त भाग्थ्यो होला सायद । भाग्यमानी नै भन्नुपर्छ हामीले आफूलाई । यदि सूर्यलाई कसैले खसाल्ने दुस्साहस गर्यो भने के होला ? उसले सोच्यो ।

 

प्रतिक्रिया
Loading...