साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्याक्सिम गोर्कीकाे “आमा” शृंखला १२

“बडो भलाद्मी केटी छे ।” – आमाले भनिन् । उनी अझ पनि त्यही खबरबारे सोच्दै थियन्, जुन भर्खरै मात्र एगोरले उनलाई सुनाएको थियो । यो खबर छोराबाट नभएर अर्काको मुखबाट सुन्नुपर्दा उनलाई निकै चोट परेको थियो र त्यसैले उनी चुपचाप आँखा झुकाएर बसेकी थिइन् ।
“असल केटी छे !” एगोरले आफ्ना सहमति जनाउँदै भन्यो – “मलाई थाहा छ, तपाईलाई बडो पीर परेको छ केटीको । तपाई बेकारमा चिन्ता गर्दै हुनुहुन्छ । यदि हामीजस्ता सबै अनाडीहरुको यसरी चिन्ता गर्न थाल्नुभयो भने त तपाई कुनै दिन थला पर्नुहुनेछ । साँच्ची भन्नुहुन्छ भने हामी सबैको जीवन अत्यन्त कठिन छ । हालसालै मेरो एक ाजना साथी निर्वासनबाट फक्र्यो । ऊ निझ्नी–नोभ्गोरोद आइपुगदा उसकी स्वास्नी र बच्चा उसलार्य स्मोलेन्स्कमा पर्खदै थिए । ऊ स्मोलेन्स्क आइपुग्दा उनीहरु मस्को जेलभित्र थुनिइसकेका थिए । अब स्वास्नीको साइबेरिया जाने पालो छ । मेरी पनि स्वास्नी थिइन्, असाध्यै जाती आईमाई थिइन् । पाँच वर्षसम्म यस्तो जिन्दगी बिताइसकेपछि उनले चिहानको बाटो समाइन् .. ।”
उसले एकै घुट्कीमा बाँकी चिया पियो र फेरि आफ्नो कहानी सुनाउन थाल्यो । आफूले जेल र निर्वासनमा बिताएका वर्ष र महिनाहरुबारे बताउन थाल्यो । ती विभिन्न कठिनाइहरु, जेलमा सहनुपरेको मारपिट, साइबेरियामा सहनुपरेको भोकमरी सबै कुरा सुनायो । आमा उसलाई हेर्दै चकित भएर सुन्दै थिइन्, कसरी त्यति सजिलोसँग र त्यति शान्तिपूर्वक उसले आफ्नो त्यस जीवनबारे बताउन सकेको, जुन जीवन विपद, यातना र अत्याचारले भरिपूर्ण थियो .. ।
“लौ त अब कामको कुरा गरौं !” – उसको स्वर बदलियो र अनुहार अझ गम्भीर भयो । उसले आमालाई सोध्न थाल्यो – फैक्ट्रीभित्र पर्चा आदि लैजान उनले के तरिका निकालेकी छिन् र उसलाई यससम्बन्धी सानातिना कुराहरुको समेत राम्रो जानकारी भएको देख्दा आमालाई निकै आश्चर्य लाग्यो ।
त्यस विषयमा सबै कुरा गरिसकेपछि उनीहरु फेरि आफ्नो गाउँबारे कुरा गर्न थाले । एगोर ठट्टा गर्दै थियो, आमा अझै पनित अतीतको सम्झनामा डुबेकी थिइन् । उनलार्य लाग्दै थियो, उनको विगत जीवन र त्यस धापमा एक अनौठो समानता छ, जहाँ एकनासे ढिस्काइहरुबीच सानासाना पातला काँपिरहेका अस्प रुखहरु, होचा सल्लाका रुखहरु, सेता भोजवृक्षहरु उम्रिएका थिए । भोजवृक्षहरु बिस्तारै बढ्थे । पाँच वर्षसम्म हिलोमा हुर्किसकेपछि लड्थे र सड्थे । उनको कल्पनामा यो चित्र सजीव भयो र उनको हृदयमा करुणाको लहर उर्लियो । त्यसपछि उनले आफ्नो कल्पनामा एक युवतीको आकृति देखिन्, जसको अनुहार एकदम कठोर थियो । चिसो हिउँको ढिक्काहरु जमिनमा झर्दै थिए र थकाइले चूर भएकी ती युवती अगाडि बढ्दै थिइन् .. छोरा जेलमा छ, हुन सक्छ, ऊ अझ निदाएको छैन र कसैको यादमा डुबेको छ, तर ऊ उनीबारे, आफ्नी आमाबारे सोचिरहेको छैन, ऊ आफ्नी आमाभन्दा पनि प्यारो मान्छे त्यस युवतीबारे सोच्दैछ । यी कष्टपूर्ण विचारहरुले छरिएका बादलका टुक्राहरुझैं आमाको आत्मामा अन्धकार फैलाउँदै थिए .. ।
“आमा, तपाई थाक्नुभयो ! अब सुतौं पनि ।” एगोरले मुस्कुराउँदै भन्यो ।
उनी एगोरसँग रातभरका लागि बिदा भइन् र चुपचाप भान्साकोठातिर लागिन् ।
उनको हृदय तीतो अनुभूतिले भरिएको थियो ।
भोलिपल्ट बिहान चिया पिउँदै एगोरले सोध्यो –
“यदि उनीहरुले तपाईहरुलाई समाए र यी नास्तिक पर्चाहरु कहाँबाट त्याइस् भनेर सोधे भने के जवाफ दिनुहुन्छ नि ?
“भनूँला तिमीहरुलाई के चासो र !” उनले जवाफ दिइन् ।
“उनीहरु कदापि सहमत हुने छैनन् ।” – एगोरले आपत्ति जनाउँदै भन्यो – “यो उनीहरुकै खाँचोका कुरा हो भन्ने उनीहरुलार्य विश्वास छ । त्यति सजिलो उनीहरुले तपार्यको पिण्ड छाड्ने छैनन् । केरकार ग¥याग¥यै गर्नेछन् ।”
“तर म केही बताउन्नँ !”
“त्यसो भए तपाईलार्य जेल पठाउनेछन् !”
“त के भयो ? भगवानको कृपाले यति काम त लाग्नेछु ।” आमाले लामो सुस्केरा हाल्दै भनिन् । “कसैलार्य मेरो खाँचो छ र ? कसैलाई छैन । सुन्छु, पिटपाटचाहिँ उनीहरु गर्दैनन् ।”
“हुँ !” एगोरले आमालाई ध्यानले हेर्दै भन्यो – “होइन, पिटपाट त गर्दैनन् तर असल मान्छेहरुले उनीहरुबाट टाढै रहनु बेस् !”
“तपाईहरुबाट यस्तो कुरा कहाँ सिक्न सकिन्छ र !” – आमाले हाँस्दै भनिन् ।
एगोर कुनै जवाफ नदिई कोठामा ओहोरदोहोर गर्न थाल्यो । केहीबेरपछि आमानजिक आएर उसले भन्यो –
“आमा, गाह्रो काम छ ! म देख्छु, तपाईका लागि यो काम निकै गाह्रो छ ।”
“अचेल कसलाई गाह्रो छैन र !” आमाले हात हल्लाउँदै भनिन् – “हुन सक्छ, मात्र त्यस्ता व्यक्तिहरुका लागि अलि सजिलो छ, जो यो करा बुझ्छन् .. तर गतिला मान्छेहरु के चाहन्छन् भन्ने कुरा मैले पनि अलिअलि बुझ्न थालिसकेकी छु .. ।”
“आमा, तपाईले यो करा बुझ्न थाल्नुभएको छ भने सबैलाई तपाईको खाँचो छ, सबैलाई !” – एगोरले गम्भीरतापूर्वक भन्यो ।
आमाले उसतिर हेरिन् र मुस्कुराइन् ।
दिउँसो उनी फैक्ट्री जान तयार भइन् । उनले कति राम्ररी आफ्नो जीउभित्र पर्चाहरु लुकाएकी थिइन् भने एगोरले सन्तुष्टिपूर्वक जिब्रो पट्कार्दै भन्यो –
“जेर गुत !” जस्तो भलाद्मी जर्मन एक बाल्टिन वियर सफाचट पारिसकेपछि भन्ने गर्छ । “पर्चाहरुको अत्तोपत्तो छैन । आमा तपार्य उही पहिलेकै अधेढ उमेरकी भलाद्मी महिला देखिनुहुन्छ, अग्ली र अलि मोाटी । जुन काम तपाई सुरु गर्दै हुनुहुन्छ त्यसप्रति सबै देवीदेवताहरुको कृपादृष्टि परोस् .. !”
आधा घणटापछि आमा बडो शान्तभावले, दृढ विश्वाससहित फैक्ट्रीको ढोकामा उभिउकी थिइन् । उनी आफ्नो टोकरीहरुको बोझले दबेकी थिइन् । दुई जना पालेहरु बडो कडाइसाथ यार्डमा जाने प्रत्येक व्यक्तिको खानतलासी लिँदै थिए । तर व्यक्तिहरु जसको तलासी लिइन्थ्यो, उनीहरुलाई गाली गर्थे र सागै उभिएका अरु मजदुरहरु ती पालेहरुको हाँसो उठाउँथे । एकातिर एक जना पुलिस उभिएको थियो र अर्कोतिर लामो खुट्टा भएको अर्को मान्छे उभिएको थियो, जसको अनुहार रातो थियो र आँखा तीरजस्ता तीखा थिए । आमा आफ्नो टोकरी एउटा काँधबाट अर्को काँधमा सार्दै बिस्तारै त्यो लामा खुट्टा भएको मान्छेलाई हेर्दै थिइन् । त्यो मान्छे जासुस हो भन्ने कुरामा उनलार्य कत्ति पनि शङ्का थिएन ।
“ए उल्लूहरु, के हाम्रो खल्ती छाम्छौ ? हाम्रो दिमाग छाम न !” – घुँघ्रिएको कपाल भएको एक अग्लो मजदुरले पालेहरुलाई भन्यो, जो उसको लुगा छाम्दै थियो ।
“तेरो टाउकामा जुम्राबाहेक अरु हुन नै के हुन सक्छ र ?” एक जना पालेले उसलाई जवाफ दियो ।
“त्यसो भए हाम्रो जुम्रा नै मारिदे न ! किन बेकारमा छामछुम गर्छस् !” त्यही मजदुरले भन्यो ।
जासुसले उसलाई कडा दृष्टिले हे¥यो र जमिनमा थुक्यो ।
“मलाई त छाडिदिए पनि हुन्थ्यो नि !” आमाले भनिन् – “देख्दैनौ बोझले मेरो कम्मर भाँच्न थालिसक्यो !”
“जा, जा !” पालेले झर्किदै भन्यो – “बडो भाषण छाँट्ने भएकी .. ।”
आफ्नो ठाउँमा पुगेपछि आमाले टोकरीहरु जमिनमा राखिन् र निधारको पसिना पुछ्दै चारैतिर हेरिन् ।
मिस्त्रीको काम गर्ने गुसेभ नामका दुई दाजुभाइहरु उनी उभिउको ठाउँमा आइपुगे ।
“समोसा छ ?” – जेठो चाहिँले निधार खुम्चाउँदै ठूलो स्वरले सोध्यो ।
“भोलि ल्याउँछु ।” – उनले जवाफ दिइन् ।
यो साङ्केतिक वाक्य थियो । दुवै दाजुभाइ दङ्ग परे । इभानले खुसी हुँदै भन्यो –
“क्या गजब त !”
भासिली घुँडा टेकेर बस्यो र टोकरीमा हेर्न थाल्यो । त्यत्तिकैमा पर्चाको एक बन्डल उसको कोठाभित्र पसिहाल्यो ।
“इभान घर नजाऔं, आज ।” उसले ठूलो स्वरले भन्यो – “यहाँ केही खानेकुरा किनेर काम चलाऔं ।” यति भन्दै उसले एक अर्को बन्डल आफ्नो बुटभित्र घुसा¥यो – “यी नयाँ पसलनीलाई अलि मद्दत गर्नुप¥यो नि !”
“हो त नि !” इभानले हाँस्दै जवाफ दियो । आमाले बडो सतर्कतापूर्वक चारैतिर हेरिन् ।
“बन्दाकापीको सूप ! तातो नुडल !” आमा ठूलठूलो स्वरले कराउँदै थिइन् ।
बिस्तारै एकपछि अर्को बन्डल निकाल्दै उनी ती दुई दाजुभाइलाई दिँदै थिइन् ।

प्रतिक्रिया
Loading...