आफ्ना बुबालाई चिठी लेखिपठायौ त तिमीले ? लागोसको १६ (कासाङ्गा स्ट्रिटस्थित )आफ्नो कोठामा बसेकी नेनेले एकदिनन्यामेकालाई सोधी ।
अहँ, छैन, यस बारेमा सोच्दैछु । मेरो विचारमा छुट्टीमा घर गएको बेलामाबताउँदा राम्रो होला कि ?
तर किन? तिम्रो छुट्टीहुन्न कतिलामो समय बाँकी छ । अझै छ हप्ता कुर्नु पर्छ तिमीले छुट्टीका लागि । यस्तो खुसीका बेलामा त अलिचाँडै पो बोलाउन पर्छ त उनलाई ।
न्यामेका अलि बेर चुप लाग्यो अनि त्यसपछि शब्दको खोजीमा लागे जस्तो गरी बिस्तारै बोल्यो, मेरो बुबालाई यो कुरो मनपर्ने हो कि होइन, त्यसमा निश्चिन्त हुन चाहन्छु म ।
यसमा खुसी नहुनुपर्ने के छ र त्यस्तो ? नेने अलि आश्चर्यमा परी ।
जिन्दगीभर तिमी लागोसमा बसेकी छ्यौ, देशको कुना काप्चामा बस्ने मान्छेका बारेमा तिमी धेरै कुरा जान्दिनौ ।
तिमी त जहिल्यै पनियस्तै कुरा गर्छौ । आफ्ना छोराहरुको बिहे हुन लाग्दा खुसी नहुने बाबु त कमै होलान् । मलाई त यस्तो लाग्दैन ।
ठीक भन्यौ तिमीले इन्गेजमेन्ट आफुले गराउन नपाउँदा उनीहरु एकदम दुःखी हुन्छन् । हाम्रो हकमा त झन नराम्रो भएको छ , तिमी इबो जातिमा पर्दिनौ नि त ।
न्यामेकाबाट आएको यो कुरो यति गम्भीर र छक्कापन्जा नभएको थियो कि नेनेले तत्काल बोल्ने शब्दै पाइन । आफूले बिहे गर्न आँटेको केटीको जात सोध्ने कुरा सहरको सांसारिक वातावरणमा हुर्के, बढेकी नेनेलाई ठट्टाजस्तो लाग्थ्यो सधैँभरि ।
अन्ततस् उसले भनी, यति कुरालाई लिएर तिम्रो बुबाले मसित बिहे गर्ने कुरामा आपत्ति जनाउँदै छन् भन्नखोजे को हो तिमीले रुम त सधैँ ठान्थेँ, तिमी इबो जातिका मान्छेहरु अरु प्रति सकारात्मक धारण राख्छौ ।
हामी छौँ नै त्यस्तै, तर जतिखेर विहेको सवाल उठ्छ, यो त्यति सजिलो छैन । उसले थप्यो, फेरि यो इबोहरुका लागि अनौठो विषय पनि हैन । यदि तिम्राबाबु पनि जिवित थिए र इबो भूमिमा बसेकाहुन्थे भने उनीपनि मेरै बाबु जस्तै हुन्थे ।
म अरु कुरा जान्दिन तर जेहोस् तिम्राबाबुले तिमीलाई औधि माया गर्छन्, मलाई विश्वास छ, उनले तिमीलाई छिट्टै माया माफी दिनेछन् । त्यसैले हेर, बाबुलाई एउटा राम्रो चिठी लेखेर पठाऊ ।
चिठीमार्फत खबर पठाउनु बुद्धिमानी हुँदैन । ठूलो झड्का दिनेछ उनलाई चिठीले झन् । म निश्चिन्त छु यसमा ।
ठीक छ प्रिय, जे मन लाग्छ त्यही गर । तिम्राबुबालाई तिमी नै राम्रो सितचिन्दछौ ।
साँझ घर फर्किँदै गर्दा न्यामेकाको दिमागमाबाबुको विरोधवाअसह मतिलाई कसरी परास्त गर्ने भन्ने विषयलाई लिएर विभिन्न कुरा खेल्न थाल्यो र खासगरी यति बेला आफ्नालागि केटी ठीक पारिसके को थियो उसले । नेनेलाई चिठी देखाउँजस्तो लाग्दा लाग्दै उसले देखाएन । घर पुगेपछि उसले फेरि चिठी पढ्यो अनिआफैँ मुसुमुसु हाँस्यो । उसले उगोएलाई राम्रोसित सम्झ्यो । उगोए एक जनामहिला योद्धाको सदस्य जो केटाहरुलाई पिट्ने गर्थी । ऊ आफैँले पनि बेलाबेला खोला तिर जाँदा पिटाइखाएको थियो, धेरै सुस्त विद्यार्थी थिई ऊ स्कूलमा ।
तँलाई सुहाउने केटी फेलापारेको छु मैले, उगोए नोएके, हाम्रा् छिमेकीज्याकोव न्योएकेको जेठीछोरी । एकदम राम्रो क्रिश्चियन शिक्षादिक्षा र संस्कार पाएकी । स्कूल छोडेपछि उसको बाबुले पादरी कहाँ पठायो जहाँउसले एउटी स्वास्नीमान्छेले सिक्नुपर्ने सबै कुरा सिकेकी छ । उसको सन्डे स्कूलटिचरले मलाई भन्दै थियो, बाइबलअति राम्रो सित शुद्धपढ्न सक्छे रे ऊ । मलाई आशा छ, डिसेम्बरमा तँ आउँदा उसलाई माग्न हामी जानेछौँ ।
लागोसबाट फर्केको दोस्रो साँझ, न्यामेका आफ्नो बाबुसित क्यासियाको बोट मुनिबस्यो । यो उसको बाबुको एकान्तस्थलथियो जहाँ बाइबलपढ्थ्यो जतिबेला डिसेम्बरको घामडुब्थ्यो अनिताजा र स्वच्छ हावा चल्थ्यो ।
बुबा, म त तपाईसित माफी माग्न आएको । अकस्मात न्यामेकाले कुरा शुरु गर्यो । माफी रे ? के का लागिभन् त बाबु ? अचम्मित हुँदै बाबु चाहिँले सोध्यो ।
उही त हो नि, विहेको कुरा ।
कुन विहे? कस्तो विहे ? फेरिभन् त ।
म सक्दिन नोएकेको छोरी सित मेरो विहे सम्भव छैन ।
असम्भव रे ?किन? बाबुले साध्यो ।
म उसलाई मायागर्दिन ।
कसले भन्यो र तँ उसलाई माया गर्छस् भनेर ? किन गर्नुपर्यो यो प्रेमस्रेम ? उसले सोध्यो ।
आजभोलि विहे अलि फरक छ, बुबा
हेर बाबु, उसको बाबुले बिचैमा कुरा काट्दै भन्यो, केही फरक छैन । हरेकले हेर्ने भनेको उसको स्वास्नीको असलचरित्र अनि क्रिश्चियन पृष्ठभूमि हो ।
न्यामेकालाई लाग्यो, बाबुसित तर्क गरेर केही फाइदा छैन ।
यस वाहेक, न्यामेकाभन्दै गयो, अर्कै केटीसित बिहे गर्ने सुर छ मेरो, जोसित उगोएका सबै गुणछन् अनि ऊ…….
उसको बाबुले आफ्नो कान माथि विश्वास गर्न सकेन । के भनिस् रे ? फेरि भन् तू, क्षुब्धहुँदै उसको बाबुुले विस्तारै सोध्यो । एकदम राम्रो क्रिश्चियन छे ऊ, लागोसको एउटाछात्रा स्कूलमा पढाउँछे ।
के रे ?शिक्षक रे ? यदि तँ त्यसलाई एउटा असल श्रीमतीको योग्यता ठान्छस् भने म तँलाई इमेकाको उदाहरण दिन चाहन्छु । क्रिश्चियन महिलाले पढाउने काम गर्ने होइन । सन्त पाउलले केरिन्थीयनलाई लेखेको चिठीमा भन्छन् महिलाहरु चुपबस्नु पर्छ । आफ्नो सिटमा विस्तारै ऊ घरी यता घरीउता गर्छ । उसको मन परेको विषय नै त्यही अनि उसले त्यस्ताचर्च नेताहरुको जोडदार सितभत्र्सना गर्यो जो महिलाहरुलाई आफ्नो स्कूलमा पढाउन प्रोत्साहित गर्थे । लामो, झर्कोलाग्दो नैतिक उपदेशमा आफ्नो जोश खर्चेपछि अन्ततस्ऊ देखावटी रुपमा अलि नरम स्वरमा छोराको इन्गेजमेन्टतिर फक्र्यो ।
साँच्चि कसकी छोरी हो नि त्यो ?
नेने उताङ हो उसको नाम ।
के रे ?कडा रुपमा प्रस्तुतभो ऊ । नेने अतागा रे । के हो त्यसको अर्थ ?
कालाबारको नेने उताङ । म ऊसित मात्रै विहे गर्छु । ू यो अलिउताउलो जवाफ थियो । यसले पक्कैपनि आँधी ल्याउने छ भन्ठानेको थियो उसले तर अपेक्षा गरे अनुरुप ल्याएन । उसको बाबु चुपचाप उसको कोठातिर लाग्यो । यस्तो अनपेक्षित घटनाले न्यामेका रनभुल्लमा पर्यो । उसको बाबुको मौनता धम्कीपुर्ण वचनभन्दा बढीखतरनाक सावितभो । त्यो रात उसको बाबुले केही पनि खाएन ।
भोलिपल्ट उसले न्यामेकालाई बोलाएर सम्झाउने भरमग्दुर प्रयास गर्यो । तर ठिटोले मुटु दह्रे पारिसकेको थियो अन्ततस् उसको बाबुले हार खायो ।
के सही, के गलत मेरो सम्झाउने कर्तव्य थियो सम्झाइहालेँ । जसले तेरो दिमागमा यस्तो बुद्धि भर्यो त्यसले तेरो घाँटीपनि रेटयो । यो शैतानको काम हो । उसले छोरालाई हातहल्लाएर निर्देशन दियो ।
तपाईँले नेनेलाई चिन्नु भो, भने तपाईँको मन बदलिनेछ, बुबा ।
म कदापि भेट्दिन उसलाई बाबुको जवाफ । त्यो रात देखि बाबु छोरासित विरलै बोल्न थाल्यो । तैपनि उसले छोराले एक दिन आफू गलत बाटोमा लागेको र त्यसको परिणाम भयावह हुने कुरा महसुस गर्नेछ भन्ने कुरामा आश गर्न भने छाडेन । रातदिन ऊ छोराकै लागि प्रार्थना गथ्र्यो ।
न्यामेका आफैँमा बाबुको दुःख देखेर अति प्रभावित भएको थियो । तर यो प्रकरण त्यतिकै सेलाएर जानेछ भन्ने कुरामा उसले आश गर्न भने छाडेन । उसको आफ्नो जातिको इतिहासमा फरक भाषा बोल्ने केटीसित कसैले नगरेको बिहे यदि उसले गर्न खोजेको भए सायद ऊ थोरै आशावादी हुन्थ्यो होला । यस्तो त कहिल्यै सुनिएको छैन केही हप्तापछि एकजना वृद्धले आफ्नो रायव्यक्त गरे । छोटो वाक्यमा उनले आफ्ना सबै मान्छेका तर्फबाट बोलेका थिए । ती वृद्ध ओकेके प्रति सहानुभूति प्रकट गर्न अन्य मान्छेका साथमा आएका थिए जति बेलाआकेकेको छोराको चालचलन काबारेमा हल्ला जताततै फैलिएको थियो । त्यति बेलासम्म आकेकेको छोरा लागोस फर्किसकेको थियो ।
यस्ता त कहिल्यै सुन्नमा आएको छैन, ती वृद्धले पुनःमुन्टो हल्लाउँदै गम्भीर स्वरमा भने ।
यस विषयमा ईश्वर के भन्छन् त ? अर्को भलाद्मीले सोधे । छोराहरु बाबुको विरुद्धजुर्मुराउने छन्, पवित्र ग्रन्थमा यस्तै लेखिएको छ । यो त अन्त्यको सुरुवात मात्रै हो,। अर्कोले थप्यो ।
वादविवादले यसरी धार्मिक मोड लिनलागेको देखेर मादुवोगु नाम गरेको एक जना अति व्यावहारिक व्यक्तिले त्यसलाई सामान्यीकरण गरे ।
आफ्ना छोराकोबारेमा कुनै देशी डाक्टरसित परामर्श लिने विचार गरेको छौ तिमीले,? उनले न्यामेकाको बाबुलाई सोधे ।
बिरामी भएको हो र सल्लाह लिनु ? जवाफआयो ।
अनि के चाहिँभएको हो त उसलाई त्यसो भए? कुनै रोगले गाँजेको जस्तो छ उसको दिमागलाई एउटा राम्रो भैषज्यलाई देखाऊ,उसले तिम्रो छोराको दिमागलाई ठीकठाँउमा ल्याइदिन्छ त्यो ओषधीको नामहो अमालिलेू यो त्यही औषधी जसलाई महिलाहरुले आफ्नो लोग्ने माथि पुःन कब्जा गर्न प्रयोग गर्छन्, सफल पनि भएको छ, बरालिएर हिँड्नेलाई त प्रेम रुपीअचुक औषधी नै भने पनि हुन्छ त्यसलाई ।
मादुबोगुले भनेको कुरा एकदम सही हो, अर्को भलाद्मीले भन्यो, यस्तो रोगलाई औषधी नै चाहिन्छ ।
म डाक्टर बोलाउँदिन, यस्तो मामिलामा अन्धविश्वासी छिमेकी मध्ये न्यामेकाको बाबु निकै अगाडि थियो, एकदमै जिद्धी स्वभावको । श्रीमती ओचुवा जस्तो बन्नु छैन मलाई । यदि मेरो छोरा आत्महत्याको बाटो रोज्छभने, ठिकै छ मर्न दिऔँ । मैले किनमद्धत गर्नु उसलाई ?
तर यो उनको गल्ती थियो,मादोबोगुले भने इमान्दार भैषज्य कहाँ जानुपथ्र्यो उनी, तर जे होस् उनी निकै बाठो छन्
ऊ निकै दुष्ट,घातिनी हो, जानाथनले भन्यो, जो छिमेकीसित विरलै विवाद गर्यो, ऊ अक्सर भन्ने गथ्र्यो, उसका छिमेकीहरु विवेकहीनछन् । त्यो औषधी त उसले आफ्नो लोग्नेका लागितयार गरेकीथिई । औषधी तयार पार्दै गर्दा लाग्नेकै नामलिइयो, अनिमलाई लाग्छ त्यो औषधी उसकै लागिमात्र फाइदाजनक हुन्थ्यो होला । भैषज्यको खानामा राख्नु निकै दुष्ट काम थियो । अनि भनन तिमी एक्लै त्यसको प्रयोग गर्दै थियौ ।
छ महिनापछि न्यामेका बाबुले पठाएको चिठी आफ्नी तरुनी स्वास्नीलाई देखाउँदै थियो ।
मलाई आफ्नो बिहेको फोटो पठाएर तँ यतिसम्म निष्ठुर बनेको देख्दा मलाई आश्चर्य लाग्छ । म त्यो फोटो तँैलाई फिर्ता पठाइदिन पनि सक्र्थेँ । तर थप सोचेँ तेरो स्वास्नीलाई च्वाट्टकाटौँ अनिमात्र चिठी पठाउँ किनभने तेरी स्वास्नीसित मलाई कुनै मतलबै छैन । तँ सित त मेरो लिनुदिनु केही छैन भने म कसरी तेरो दाम्पत्य जीवनको लागि शुभकामना व्यक्त गर्न सक्छु र ?
चिठीपढेर क्षतविक्षत तस्वीर देख्नासाथ नेनेका आँखामाअाँसु छचल्क्यो अनि ऊ सुँक्कसुँक्क गर्न थाली
न रोऊ, प्यारी, नरोऊ, उसको लोग्नले भन्यो, उनी एकदम मनको धनी अर्थात दयालु छन् । एक दिन न एक दिन त उनले हाम्रो विवाहलाई कसो नस्वीकार्लान ।
तर वषाँै बित्यो त्यो दिनकहिल्यै आएन ।
आठवर्षसम्म आकेकेले आफ्नो छोरा न्यामेकासित कुनै सम्बन्ध राखेन, अर्थात वास्तै गरेन ।
छुट्टी मनाउन न्यामेका घर आएका बखत तीन चोटि मात्र उसका बाबुले उसलाई चिठी लेख्यो ।
म तँलाई घर पस्नदिन्न, तँ कहाँ बस्छस्, कसरी छुट्टी मनाउँछस्, मलाई केही मतलब छैन, अथवा तँ मरे पनि बाँचे पनि मलाई केही चासो छैन् ।
न्यामेकाको विवाहविरुद्धको पूर्वाग्राह उसको सानो गाँउमा मात्र सिमित रहेन । लागोसमा काम गर्ने आफ्नै मान्छेमाझ भने अलि फरकै वातावारण सिर्जना भयो । गाँउमा भेलाभएका महिलाहरु नेने प्रति शत्रुतापूर्ण व्यवहार गर्दैनथे । बरु तिनीहरु त नेनेलाई अतिश्रद्धागर्थे ताकि उसले आफू एक्लो छैन भन्ने महसुस गरोस् । तर समय वित्दै जाँदा नेनेले आफूप्रति देखाएका कतिपय पूवाग्राहलाई हटाँउदै गई अनि उनीहरुसितै घुलमिल गर्न थाली । थुप्रै साथीबनाई उसले । मन नपराई, नपराई उनीहरु नेनेले रामै्रसित घर गएरखाएकी छ भनेर विस्तारै स्वीकार्न बाध्यभए ।
अन्ततः इबो जातिको बस्तीसम्म यो कुरा फैलियो, न्यामेका र उसकीभर्खर बिहे गरेकी स्वास्नीनिकै खुसी जीवन बिताइरहेका छन । तर उसको बाबुलाई भने यस बिषयमा केही थाहा थिएन, बेखबर थियो ऊ । छोराको नाम सुन्ने बित्तिकै उसलाई झनक्क रिस उठिहाल्थ्यो । त्यसैले प्रायःमानिसहरु उसका सामु छोराको नामलिन हच्किन्थे ।
बडो मुश्किलले उसले आफ्नो छोरालाई दिमागको कुनै कुनामा लगेर थन्काउन सफलभएको थियो । तनावले गर्दा ऊ झन्डै मरेन तैपनि उसले जितेरै छाड्यो ।
त्यसपछि एकदिन उसले नेनेको चिठीपायो । नचाहँदै नचाहँदै पनि देखावटी रुपमै सही, मुहारमा एक्कासि परिवर्तन नआउन्जेल ससर्ती चिठी हेर्यो अनिनिकै सावधानीपूर्वक चिठीपढ्न थाल्यो ।
ू हाम्रा दुई छोराहरु, हजुरबाबु छन् भन्ने जानेदेखि नै, हजुरबाबु कहाँ पुर्याइदे कि पुर्याइदे भनेर ढिपी गरिराखेका छन् । हजुरबाबुले भेट्न मान्दैनन् भनेर म कसरी भनूँ उनीहरुलाई । अर्को महिनामा छुट्टीमा न्यामेका घर आउँदा थोरै समयका लागि भएपनि भेट दिन म तपाईँसित आग्रह गर्दछु । म यही लागोसमै बस्नेछु……..ू
त्यत्रो वर्षसम्म आफूले गरेको प्रतिबद्धता आजआएर एक्कासि धर्मराउन थालेको महसुस भो उसलाई । उसको मनले भन्यो, कुनै पनि हालतमा घुँडा टेक्नु हुन्न । भावनात्मक अपिलका विरुद्धमनलाई अझ ढुङगा जस्तै साह्र्र्र्र्र्रे बनाउने प्रयत्न गर्र्याे उसले । यो उसको अर्को संघर्षको पुनःप्रदर्शन हुनजान्थ्यो । ऊ झ्यालमा अडेस लाग्यो अनिबाहिर हेर्न थाल्यो । आकासमा कालाकाला बादल मडारिरहेका थिए । हावापनि जोडले चल्नथाल्यो, धुलो र सुकेका पातहरु उडाउँदै । प्रकृतिले मानिससित जोरी खोजे जस्तो लाग्ने बिरलै घट्ने घटना थियो त्यो । लगतै पानी पर्न थाल्यो, वर्षकै पहिलो वर्षाथियो । मेघ गर्जन र चट्याङचुटुङसहित पानीको ठूलाठूला थोपा खस्न थाल्यो जसले ऋतु परिवर्तनको संकेत गथ्र्यो । दुईवटा नातिका बारेमा सकेसम्म नसोच्ने कोसिस गर्दै थियो आकेके तर उसलाई थाहाभो, ऊ हार्ने लडाइँलड्दैछ । उसले गीतगुन्गुनाउने कोसिस गरयो तर छानामा परेका पानीका थोपाको तपतप आवाजले गर्दा उसको धुनबीचमै टुट्थ्यो । उसको दिमाग तुरुन्तै नातिहरु तर्फ फक्र्यो । कसरी ऊ आफ्ना नातिहरु घरभित्र नपसून् भनेर ढोका थुन्न सक्थ्यो र ?दिमाग खेलाउँदा खेलाउँदै उसलाई आफ्ना नातिहरु ढोकामै उभिनआइपुगे जस्तो लाग्यो, उदास र परित्यक्तकठोर मौसमको छतमुनि, उसकानातिहरु घर बाहिर उभिरहेका ।
पश्चतापको अग्निमा जलेर ऊ त्यो रात सुत्नैै सकेन, अनि नातिहरुलाई घर भित्र पस्न दिननपाउँदै मर्छु कि भन्ने कता कता डर लाग्नथाल्यो ओकेकेलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।