मिर्मिरेमा पपहिलो तुसारो पर्यो । कमलको ठूलो पातमाथि चाँदीका मसिना दानाहरू छरिएको जस्तो देखियो र बिहानै लुकिचले आफ्नो हावाघट्टको पंखामा समेत अभ्रक रंगको बरफको पातलो पो जमेको देखे । बिहानैदेखि लुकिच बिसन्चो अनुभव गरिरहेका थिए। कमरनेर चस्केको जस्तो उनलाई लाग्यो। गोडा पनि दुखेरनिश्चेत भएकोले भुइँमा गाडिएका फलामका खम्बा पो हुन्‌ कि भन्ने लागिरहेको थियो उनलाई । बल्लतल्ल गोडा घिसार्दै उनी घट्टमा यताउति गरिरहे। यसरी चलमल गर्दा उनलाई यतिबिघ्न पीडा अनुभव हुन्थ्यो, मानौं हाडबाट मासु नै अलग्याइँदै गरिएको होस्‌ ! अन्न हाल्ने भाँडो मुन्तिरबाट एउटा मुसाको बच्चा फुत्त बाहिर निस्केर आयो र आँसुले भिजेका जस्ता आँखाले माथितिर हेर्न थाल्यो। छतमुनिको एउटा । दलिनमा बसेर परेवा घुरघुर गर्दै घुरिरहेको थियो। गिलो चिप्लो माटो टाँसेर बनाएको पो हो कि जस्तो नाकको पोरा फुलाउँदै बूढा लुकिचले पानीको चिप्लो काईको तिक्खर गन्ध र पिँधिएको अन्नको मगमग बास्ना सुँघे, जोर्नीबाट पानी तपतप चुहिरहेको उराठलाग्दो आवाज ध्यान दिएर सुने, अनि विचारमग्न भएर झुस्स परेको ओफ्नो झ्यापुल्ले दाह्री पनि निमोठे ।

लुकिच आराम लिन भनेर बगैँचामा गई मौरीको घारमा अडेस लगाएर पल्टिए । उनी छालाको ज्याकेटमुनि घुस्रेर कोल्टे परीकन सुतेका थिए। उनको मुख चाहिँ खुलै थियो र ओठको कुनाबाट च्यापच्याप लाग्ने र तातो राल बगेर उनको दाह्री भिजिरहेको थियो। बूढाको सानो कटेरो वरिपरि अँध्यारो गाढा हुँदै गइरहेको थियो र दुध रंगको कुहिरोभित्र उनको हावाघट्ट पनि बिलाएर गयो… ।

जब उनी ब्यँझिए, उनले दुई जना घोडचढीहरू जंगलतिरबाट आफुतर्फ नै आइरहेको देखे। एउटा घोडचढीले मौरीको घार नाघ्दै हिँडिरहेका बूढा लुकिचलाई सम्बोधन गर्दै भन्यो- “ए बूढाबा ! यता आऊ त !”

लुकिचले टक्क अडिएर सशंकित नजरले उसतिर हेरे। ती कठिन वर्षहरूमा उनले यस्ता सशस्त् मानिसहरूलाई प्रशस्तै देखिसकेका थिए जो एक शब्द समेत नसोधेर चारादाना र पीठो लिएर जान्थे । त्यसैले कुनै किसिमको भेदभाव नराखीकन उनी यस्ता मान्छेहरूलाई भित्री दिलदेखि नै घुणा गर्थे।

“अलि फूर्तीसंग हिंड न, ए लाछी बृढा ! ”

लुकिच मौरीका घारहरूको माझबाट पाइला सार्दै अगाडि बढे। उनी सुकेका ओठ चलाएर बिस्तार थुकले भिजाउँदै थिए। पाहुनाहरूबाट केही टाढै उभिएर उनी कर्के आँखाले
निहार्दै थिए।

“बूढाबा , हामी लाल सैनिक हौं। तपाईंले हामीसंग डराउनु पर्दैन ! ” आतामानले शान्तिपूर्वक घोषणा गर्यो। “हामी एउटा जत्थाको पीछा गर्दै छौं र आफ्नैहरूबाट पछि छुटन गएका छौं । हिजो कुनै सैन्यदल यतातिरबाट गएको तपाईंले देख्नु भएको थियो कि ?”

“हो, केही मानिसहरू त गएका थिए ! ”
“कतातिर लागे ति तिनीहरू, बूढाबा ? ”
“देव नै जानोस्‌ ! ”
“तपाईंको घट्टमा त कोही बास बसेन?”
“अहँ! ”” -लुकिचले छोटो जवाफ फर्काए र फनक्क फर्किए।
“पख, बृढाबा ! ”- आतामान घोडाबाट ओर्लियो, खुट्टा लड्खडाउँदै बुढानेर पुग्यो र ह्वास्स रक्सी गन्हाउने सास फेर्दै भन्यो- “हामी, बुझ्यौ त, बूढाबा ! कम्युनिष्टहरूलाई सखाप पार्ने छौं…। कुरा भनेको खरो बेस… । हामी को हौं भन्ने तिम्रो सरोकारको कुरा होइन ! ” -उसलाई ठेस लाग्यो र लगाम उसको हातबाट भुइँमा खस्यो। उ अगाडि भन्दै थियो-
“सत्तरीवटा घोडाको लागि चारादानाको बन्दोबस्त गर्नु मात्रै तिम्रो काम हो… । चूपचाप गर यो काम-। बुझ्यौ त, बूढा ? कहाँ छ नि अन्नपात ? ”
“यहाँ त केही पनि छैन ! ”- लुकिचले जवाफ दिए र अर्कोतिर हेर्ने थाले ।
“धनसारमा के राख्या छ नि ?”
“ के छ के छैन त्यहाँ… । अनाज चाहिँ छैन ।”
“ठीक छ! हिँड, देखा! ”

आतामानले बूढाको कठालो समात्यो र जमीनमा भासिन आँटेको जस्तो देखिने थोत्रो धनसारतर्फ तानेर लग्यो । उसले धनसारको ढोका खोलेर भित्न चियाएर हेर्यो । त्यहाँ भकारीमा गहुँ र जौं टन्न भरिएका थिए।

“यो अनाज होइन भने के होनि हँ, हरामी बूढा?”

“यो त प्राण धान्ने अन्न हो… । बाँकी रहेको अनाज यत्तिकै छ। वर्ष दिनभरि एक एक गेडा जोगाएर राखेको हुँ। तिमी भने घोडालाई ख्वाउने कुरा गर्छौ…।”

“हाम्रा घोडाहरू भोकभोकै मरून् भन्ने चाहन्छौ के ? लाल सैनिकहरूको पक्ष लिन्छौ, हैन त ! गोली चाख्न मन लाग्यो कि क्या हो ?”

“बुढोमाथि दया गर, मेरा नौजवान ! मैले के बिराम गरेँ र ? ”- लुकिचले आफ्नो पुरानो टोपी उतारे , घुँडा टेकेर निहुरिए,, आतामानको रौं उम्रिएको हात समातेर तान्दै म्वाइँ खान थाले ।

“भन्‌, लाल सैनिकहरूलाई मन पराउँछस्‌ कि ? ” “माफ गर, बाबु! भुलचूक माफ गर ! नमार यस बूढोलाई ! दया गर ! _ आतामानको गोडामा छाँद हाल्दै् बृढाले बिन्तीभाउ गरे ।

“लाल सैनिकहरूलाई मद्दत नगर्ने किरिया खाउ त…। भगवानको नाउँ लिएर होइन , माटो खाएर किरिया हाल…….।” बुढाले भुइँबाट एक चिमटी माटो लिएर ओफ्नो थोते मुखमा हाले र आँसुको बलिन्द्र धारा झादैं त्यसलाई भिजाउन थाले ।

“लौ, अब विश्वास भो! उठ, बूढा !”

बुढाका गोडा निदाएकोले उठ्न खोजेर पनि उनी उठ्न नसकेको देख्ता आतामान दंग पर्दै खितितिति हाँस्यो। अरू घोडचढीहरू पनि त्यहाँ आइपुगे । धनसारबाट गूहँ र जौं झिकियो । घोडाहरूको टाँगमुन्तिर र आगनमा जताततै सुनौला अन्न छ्याल्लब्याल्ल भएर पोखिएको थियो ।

तुँवालो लागेकोले बिहान रुझेको र अध्यारो थियो ।
लुकिचले प्रहरीचौकी मूलबाटो भएँर होइन कि आफूलाई मात्न थाहा भएको गोरेटो र वनजंगल हुँदै पार गर। मिमिरेको उँघाइबाट वनजंगल पनि जुर्मुरिएर ब्युझन आँटिसकेको थियो ।
उनी जसोतसो लड्खडाउँदै हावाघट्टसम्म पुगेर गाईवस्तु चराउने साझा : चहुर पनि पार गर्दै एउटा गल्छेडोतफ माल के लागेका थिए, उनले आफ्नो आँखा अगिल्तिर घोडचढीहरूको अस्पष्ट आक्रृति देखे।

“करको हो हँ ?”-शान्त वातावरण भंग गर्दै कडकेको आवाज सुनियो ।

“म… हुँ! ”-लुकिच गुनगुनाउँदै बोले । उनी अक्कबक्क परेर डरले थर्थर काम्न समेत थाले ।
“को म ? खै पास ? किन यहाँ, भौतारिदै छस्‌ ? ”

“म घट्टे हुँ….! यहीं पानीघट्टमा काम गर्छु। गाउँसम्म जानु पर्ने काम छ।”

“के काम हो त्यस्तो ? लौ, हिँड कम्याण्डरकहाँ ! अगाडि लम्क…..।” _एक जना घोडचढीले लुकिचतर्फ घोडा दौडाउँदै कराएर आडर दियो।

लुकिचले आफ्नो गर्दननेरै घोडाको तातो ओंठको स्पर्श अनुभव गरे र उनी खोच्याउँदै गाउँतर्फ लम्किए

उनीहरू एउटा झिंगटीको छाना हालिएको घर अगाडिको चोकमा पुगेर अडिए । घोडचढी कर्कश स्वर निकाल्दै काँठीबाट तल ओर्लियो , घोडालाई उसले बारमा बाँधिदियो र तरवारको छनछन आवाज निकाल्दै घरको सिंढी चढेर ढोकातर्फ लाग्यो ।

“मरो पछि पछि आऊ…!”

झ्यालबाट बत्तीको प्रकाश बाहिर निस्किरहेको थियो। दुबै जना घरभित्र पसे।

चुरोट खाएको धुवाँले गर्दा लुकिचलाई हाछिउँ आयो । टोपी फुकालेर उनले कोठाको सामुन्ने एक कुनातर्फ हेर्दै हतपत छातीमा दाहिने हातले क्रसको चिन्ह बनाए।

“यी बुढा गाउँतर्फ जान लागिरहेका थिए । हामीले समातेर ल्याएका छौं।”

निकोलाइले टेबलमा बिसाइराखेको आफ्नो टाउको बिस्तार माथि उठायो । उसको कपाल गुचमुच्च परेको थियो। जसमा भुवा र प्वाँख पत्ति टाँसिएका थिए । उसले निद्रालु तर तिक्खर आवाजमा सोध्यो –

“कहाँ जाँदै थियौ हँ !”

लुकिच अगाडि लम्किए र रमाउँदै कराए ।

“अहो! तिमी पो, बाबु! आफ्नै पो रहेछन्‌ ! मैले त ठानेको थिएँ-फेरि तिन पाजीहरूको फन्दामा…। म यत्तिसम्म डराएको थिएँ कि सोध्नेसम्म पनि आँट आएन….।
म घट्टवाल हुँ। मित्रोखा वन हुँदै जाँदाखेरि तिमी मेरै घट्टमा त बास बसेका हौ नि! अझ मैले तिमीलाई दूध पनि खान दिएको थिएँ, बाबु…। बिर्सेको त छैनौ होला हगि….।”

“भन, के भन्न चाहन्छौ हामीलाई ? ”
“यही त भन्न चाहन्छु, प्यारा बाबु ! हिजो साँझ त्यही जत्था आएर मेरै घट्टमा आराम लिन बसेको थियो । अन्नपात सारा उनैका घोडाहरूलाई खुवाइयो। उनीहरूले त मलाई समेत मारिदिन आँटिसक्या थिए…! उनीहरूको नाइके चाहिंले मलाई किरिया हाल्न लगायो र माटो समेत खुवाइ- छोड्यो।”

“अहिले ती कहाँ छन्‌ ? ”
“उनीहरू अझै त्यही छन्‌ । साथमा भोद्का ल्याएका थिए , घुट्क्याउँदै होलान्‌ शैतानहरू मेरै कोठामा बसेर । तपाईंहरूबाट केही मदत पाइन्छ कि भनेर म यहाँ आएको हुँ, श्रीमान ! तपाईंहरू उनीहरूलाई तह लगाउन सक्नु हुन्छ कि? ”

“घोडामा काँठी कस्नु भनेर सबैलाई भन…।” निकोलाई बूढातर्फ हेरेर मुस्कुराउँदै बेन्चबाट उठ्यो र थकित हातहरू ओभरकोटको बाहुलाभित्र घुसार्यो ।

उज्यालो भयो ।
कैयौं निद्रारहित रातहरूले गर्दा अनुहार पहेंलै भइसकेको थियो निकोलाइको। उ मेशीनगनगाडीतर्फ घोडा ददौडाउँदै
लम्कियो ।
“धावा शुरू गर्नासाथ नै दाहिनेतिरको पार्श्वभागमा दनक दिनू ! हामीले उनीहरूको मोर्चाबन्दी तोड्नु परेको छ।”

“अनि उ घोडचढी सैन्यदल तम्तयार खडा रहेको ठाउँमा घोडामा नै सवार भएर फर्कियो ।

सिकुटे बाँझका केही रूखहरू उम्रिरहेको ठाउँको पछिल्तिर सडकमा घोडचढीहरूको एक झुण्ड देखियो । चार-चार जनाको पंक्ति बनेको थियो र माझमा तोपगाडीहरू थिए ।
“धावा गर ! ” – निकोलाइले कराएर आडर दियो र आफ्नो पछिल्तिर घोडाका टापहरूको गडगडाहट बढ्दै गइरहेको । चाल पाएर आफ्नो घोडालाई कोर्रा ठोकेर अगाडि दौडायो ।
वनको पुछारमा मेशीनगनबाट गोलीको पर्रा अन्धाधुन्धसि छुटेको गडगडाहट सुनियो । सडकमा देखापरेका घोडचढीहरूको पंक्ति सामरिक अभ्यास गर्दाखेरि जस्तै तुरून्ता-तुरून्तै चारैतिर फैलिएर धावा रोक्न तम्तयार भइहाल्यो ।

झाडीबीट एउटा ब्वाँसो थुम्कोतिर भागेर गयो। उसको आङका रौंहरू तन्केर ठाडा भएका देखिन्थे। उसले आफ्नो टाउको अलिक अघिल्तिर झुकाएर केही बेरसम्म ध्यान दिएर सुन्यो। कतै नजीकै गोलीहरू पटापट फुटिरहेका थिए र कोलाहलको लामो लहर चलिरहेको सुनिन्थ्यो ।

“टुइँय ! “-एउटा गोली भोजपत्नको झाडीमा खस्यो। थुम्को पछिल्तिर कतैबाट जोतिएका खेतहरू पार गर्दै त्यसको प्रतिध्वनि आयो –

“टुइँय ! ”
त्यसपछि गोलीहरूको लामो पर्रा नै छुट्यो –
“टुइँय ! टुइँय ! टुइँय ! ..”
थुम्कोपछाडि प्रतिध्वनि घन्कियो –
“टुइँय ! टुइँय ! टुइँय ! ..”
ब्बाँसो चाहिँ पहिलेकै ठाउँमा एक छिन चूपचाप उभिइ रह्यो। अनि बुर्लुक्क उफ्रेर बिस्तार बिस्तार लम्किदै घाँस नकाटिएको पहेँलो झाडीभित्र पसेर खोल्सोतर्फ लाग्यो ।

“खडा रहू! .. तोपगाडी नछोड ! .. वनभित्र पस ! .. वनभित्र घुस भनेको , ए आमा टोक्ने हो ! ”- रकाबमा टेकेर उफ्रँदै आतामान चिच्यायो ।

परन्तु चालकहरू र तोपचीहरू तोपगाडीवरिपरि हस्याङ-फस्याङ गर्दै म्मेभेदी प्रहार गर्दै थिए। तोपबाट भटाभट छोडिएका गोलीहरूले गर्दा लुटेराहरूको पंक्ति छिन्नभिन्न भैसकेको थियो र रोकेर रोक्नै नसकिने किसिमबाट लुटेराहरू तितरबितर हुँदै भागाभाग गर्दै थिए।

आतामानले आफ्नो घोडा पछिल्तिर फर्कायो। एक जना एक्लो घोडचढी नांगो तरवार उजाएर मच्चाउँदै कोटको पाटा पखेटा जस्तै गरी फैलाएर आफैतर्फ हुरिँदै आइरहेको उसले देख्यो। छातीमा झुण्डिरहेको दूरबीन र भेडाको छालाको ज्याकेट देख्नेबित्तिकै आफूतर्फ हुरिंदै आइरहेको त्यो घोडचढी साधारण लाल सैनिक होइन भन्ने कुरा ठम्याउन आतामानलाई कत्ति गाहारो परेन। लगाम तानेर उसले आफ्नो घोडालाई रोक्यो । टाढैबाट उसले जुँगाको रेखी मात्र बसेको तरूनो अनुहार देखिहाल्यो । रीसले चुर भएको उसको अनुहार ज्यादै नै विक्षिप्त देखिन्थ्यो र हावाको झोक्काले गर्दा उसका आँखा पनि चिम्सा थिए। आतामानको घोडा पछिल्ला गोडाहरूले मात्र भुइँमा टेकेर हिनहिनाउँदै नाच्न थाल्यो । आतामानले चाहिँ कमरमा झुण्डिरहेको पिस्तोल झिक्यो र जोडले कराउँदै भन्यो-

“आइज चाँडै, ए कुक्कुरको छाउरो! .. नचा, नचा तेरो ठाँडो तरवार ! .. पख्‌, छिटै नै तँ आफै पनि रन्थनिएर नाच्लास्‌ ! ..”

आफ्नो अगिल्तिर कालो उपर्ना मिलिक्क मिल्किनासाथै आतामानले त्यसमाथि गोली छोडिहाल्यो। घोडा अरू बीस गज जति पर हुत्तिएर पछारियो, तर निकोलाइ आफ्नो उपर्ना फालेर अगाडि लम्कियो। उ पनि गोली चलाउँदै आतामानतिर दौड्दै थियो – नजीक , झन्‌ झन्‌ नजीक …।

रूखहरूको पछिल्तिरबाट कोही जनावरको स्वरमा चीत्कार गर्दै बुलुक्क उफ्रियो । सूर्य बादलभित्र बिलायो र स्तपीमैदानमा , सडकमा , ,वनजंगलमा त्यसको छाया सर्दै गयो। बतासले र शुरदले गर्दा वनजंगलका झाडी र रूखहरू नांगिइसकेका थिए।

“खूब जोश देखाउँछ अल्लारे केटो ! मगज तातै छ छाउंरोको ! होश गर्‌, बाबु! जोश मात्रै नदेखा ! यसै जोशले नै यहाँ तेरो काल निम्त्याउँदै छ आज ! ” – आतामान गुनगुनायो र पट्टीको पिस्तोलका सबै गोलीहरू नसिद्धिउन्जेल- सम्म ढुकेर बस्यो। अनि घोडाको लगाम होलो पारेर बाजले जस्तै एकाएर झम्टिन पुग्यो ।

काँठीबाट निहुरिएर उसले तरवार चलायो र एक छिनमा आफ्नो तरवारको चोटमा परेको युवकको शरीर लुलाउँदै गएको उसले अनुभव गर्यो र त्यो युवक बिस्तारै भुइँमा गुडुल्कियो। आतामान पनि घोडाबाट तल ओर्लिंयो। मृत युवकको छातीबाट उसले दूरबीन झट्कारेर तान्यो र उसको गोडातर्फ नजर दियो। युवकका गोडा चाहिँ अझै पनि चलमलाई नै रहेका थिए । उसले चारैतिर हेर्यो र लाशबाट साबरको छालाको बूट झिक्न भनेर भुइँमा थचक्क बस्यो । अनि, आफ्नो गोडाले लाशको घुँडामा टेको लिएर उसले एउटा बट झटपट -तानेर झिक्यो। तर भित्र लगाइराखेको मोजा फस्केको थियो क्या रे, अर्को बूट चाहिँ यति सजिलसंग

फुकाल्न सकिएन। रीसले गाली बक्तै उसले झट्का दिएर जोडले तान्दा मोजा सहितको बूट उसको हातमा पर्यो। गोलीगाँठोको ठीक माथि नै मृत युवकको गोडामा परेवाको फल जल्लै जन्म-चिन्ह प्रस्ट देखियो । अनि ओतामानले सुतिरहेको केटो नब्यैझियोस्‌ भने जस्तै गरीकन बिस्तारै उसको चिसिइँदै गइरहेको अनुहार आफुतर्फ पल्टायो । उसको मुखबाट रगत ह्वालह्वल्ति बगेर बाहिर निस्केकोले आतामानको हात रगताम्य भयो। उ एक छिनसम्म अकमक्क परेर घोरियो र त्यसपछि मात्र चोसोमोसो परेको मृत युवकको काँधमा एकदमै अपठ्यारो- संग अँगालो हाल्दै भक्कानु फोर्दै बोल्यो –

भए छोरा… .! मेरो प्यारो निकोलार्इ ! .. है मेरो मुटु र कलेजोको टुत्रा…..।”

अनि आतामानको अनुहार कालोनीलो भयो र उसले चिच्याउँदै भन्यो –

“लौ न, छोरा ! एक वचन त बोल्‌ ! किन बोल्दनस्‌, हँ ? .. कसरी यस्तो हुन गयो? ..”

ज्योति निभिसकेको आँखामा नियाएर हेर्दै उ पनि ढल्यो । त्यसपछि उसले रगत भरिएका आँखाको पटल उघार्यो , लुलो र निर्जीव शरीरलाई बेसरी हल्लायो .. .। परन्तु निकोलाइले भने नीलै भैसकेको आफ्नो जिओको टुप्पो बेसरी दाँतले टोकिराखेको थियो , मानौं उ कुनै अत्यन्त महत्वपूर्ण र गहकिलो कुरा अकस्मात्‌ मुखबाट बकिएला भनेर डराइरहेको होस्‌ !

आतामानले मरिसकेको आफ्नो छोरोलाई छातीमा टाँस्यो, र उसको चिसिइसकेको हातमा म्वाइँ खायो। अनि आफ्नो पिस्तोलको नाल दाँतले च्यापेर उसले सोझै आफ्नो मुखमा गोली दाग्यो ।

साँझपख वनको पल्लोपट्टि घोडचढीहरू ओहोरदोहोर गर्दै थिए । त्यतिखेरै मानिसको गुनगुन , घोडाको ही ही र रकाबको टन-टन आवाज हावाले उडाएर ल्यायो । आतामानको बुल्बुली पालिएको टाउकोबाट एउटा गिद्ध पनि नचाही नचाहीकन उडेर गयो। बिस्तारै पखेटा फट्फटाउँदै त्यो गिद्ध माथि उड्यो र शरदको फीका खैरो रंगको असीम आकाशमा विलीन भयो।