“स्वास्थ्य कस्तो छ नि उसको ?” केटीले बिस्तारै सोधिन् ।
“बिरामी त कहिल्यै परेन ।” आमाले जवाफ दिइन् – “तपाईचाहिँ एकदमै काँप्दै हुनुहुन्छ । म तपाईलाई चिया र जाम ल्याइदिन्छु ।”
“बडो राम्रो हुन्थ्यो । तर किन दुःख गर्नुहुन्छ र अबेला भैसक्यो, आफैं गएर बनाउँछु .. ।”
“यति थाकिसकेपछि ?” – आमाले हप्काएजस्तो गरेर भनिन् र सामोभर बसाल्न आगो सल्काउन थालिन् । सासा पनि भान्साकोठामा गइन् र दुवै हात टाउकोपछाडि राखेर बेन्चमा बसिन् ।
“जे भए पनि जेलमा मान्छे गल्दो रहेछ ।” उनी भन्दै थिइन् – “केही काम नगरेर बस्नुभन्दा कटिन अरु कुनै काम हुँदो रहेनछ । थाहा छ, बाहिर कति काम थुप्रिएको छ, आफूलाई चाहिँ जनावरजस्तो खोरमा बस्नु छ !”
“यी सबै यातनाका लागि कसले तपाईहरुलाई पुरस्कार दिन्छ ?” आमाले सोधिन् र फेरि गहिरो सास फेर्दै आफैंले जवाफ दिइन् –
“मचाहिँ पत्याउन्नँ !” आमाले आवेशपूर्वक भनिन् । अनि फेरि पछ्यौराले हातको मोसो पुछ्दै दृढ विश्वाससहित भनिन् – “तपाईहरु आफ्नो आस्था पनि बुझ्नुहुन्न । यदि तपाई ईश्वरमाथि विश्वास गर्नुहुन्छ भने कहाँबाट आयो यस्तो जीवन विताउने शक्ति ?”
अकस्मात् बरन्डामा कसैले खुट्टा बजार्दै जुत्ता सफा गरेको र बिस्तारै बडबडाएको आवाज सुनियो । आमा तर्सिन् र कोटी झस्किँदै उभिइन् ।
“ढोका नखोल्नुहोला,” – उनले बिस्तारै भनिन् – “यदि पुलिस आएको रहेछ भने सिधै भनिदिनुहोला, तपाई मलाई चिन्नुहुन्न ! भन्नुहोला, मैले अँध्यारोबाट बाटो बिर्सेकी रहेछु र तपाईको ढोकामा बेहोस् भएर लडेकी थिएँ । तपाईले मलार्य भित्र ल्याएर लुगा फुकाल्दा यी पर्चाहरु भेट्टाउनुभएको हो, बुझ्नुभयो ?”
“हे भगवान्, के कुरा गरेकी त्यस्तो ? कसरी गर्न सक्छु र म त्यस्तो कुरा ?” आमाले स्नेहपूर्वक भनिन् ।
“पर्खनोसु ात !” – एकैछिन ढोकामा काम थापेर सुनिसकेपछि सासाले बिस्तारै भनिन् – “एगोरजस्तो छ .. ।”
एगोर नै रहेछ, ऊ बिलकुल रुझेको थियो र थकाइले चूर थियो ।
हँ, हँ, सामोभार उम्लँदै रहेछ !” उसले भन्यो – “आमा, जिन्दगीमा सामोभारभन्दा प्यारो कुरा अरु के होला र ? ए, सासा तपाई पनि आइसक्नुभएछ ।”
उसले बिस्तारै आफ्नो गह्रौं ओभरकोट फुकाल्यो । ऊ निरन्तर बोल्दै गइरहेका थियो र पूरा भान्साकोठामा उसले सास फेरेको ख्यारख्यार आवाज सुनिँदै थियो ।
“आमा हेर्नोस् न, यी केटी हाकिम साहेबहरुलाई पटक्कै मन पर्दिन ! एकपल्ट जेलरले अपमान गर्दा यिनले भोक हड्ताल गरिदिएकी थिइन् । माफी माग्न लाएर मात्रै छाडिन् । आठ दिनसम्म यिनले खाना खाइनन्, झण्डै नमरेकी ! गजब होइन त ? मेरो पेट पनि गजबले फुलेछ !”
यसरी बकबक गर्दै ऊ आफ्नो हास्यास्पद भुँडीमा हात राख्दै ढोका बन्द गरेर अर्को कोठातिर लाग्यो तर बोल्नचाहिँ छाडेको थिएन ।
“साँच्ची, आठ दिनसम्म तपाईले केही पनि खानुभएन ?” आमाले चकित हुँदै सोधिन् ।
“उसलाई माफी माग्न लाउन केही त गर्नैपथ्र्यो,” – सासाले जवाफ दिइन् । उनी अझ पनि जाडाले काँप्दै थिइन् । कोटीको यस कठोरता र निश्चिन्त स्वरमा आमाले तिनरस्कारको एक झलक पाइन् ।
“गजबकी केटी रहछिे ।” आमाले मनमनै सोधिन् र फेरि सोधिन् –
“मर्नु परेको भए ?”
“अर्को कुनै उपाय थिएन ।” कोटीले बिस्तारै भनिन् – “तर उसलाई माफी मगाएरै छाडेँ । मान्छेले कदापि आफ्नो अपमान सहनुहुन्न ।”
“हो, के गर्ने .. ?” – आमाले बिस्तारै भनिन् – “हामी आइमाईहरुको कर्मै यस्तो रहेछ !”
“ल, मैले पनि आफ्नो पेट ाहलुको पारेर आएँ ।” – एगोरले ढोका खोल्दै भन्यो । “सामोभार तात्यो होइन ? ल्याउनोस्, म कोठामा लैजान्छु .. ।”
ऊ सामोभार बोकेर कोठातिर लाग्यो ।
“मेरा बुबा दिनको कम्तीमा बीस गिलास चिया पिउनुहुन्थ्यो । यसैले गर्दा उहाँ कहिल्यै बिरामी पर्नुएभएन र त्रिहत्तर वर्षसम्म शान्तिपूर्वक बाँच्नुभयो । उहाँको वजन तीन मनभन्दा बढी थियो र नमरुन्जेल मस्कृसेन्स्क गाउँमा सहायक पादरीको पदमा काम गर्नुभयो .. ।”
“के तपाई पादरी इभानको छोरा ?” आमाले चकित हुँदै सोधिन् ।
“हो, तपाईले मेरा बुबालाई चिन्नुहुन्थ्यो र ?”
“मेरो माइत पनि त मस्कृसेन्स्कमै हो नि .. ।”
“मेरो गाउँमा हो र ? कसकी छोरी तपाई ?”
“तपाईकै छिमेकमा त बस्थ्यौं नि ! से¥योगिन परिवारलाई चिन्नुहुन्छ ?”
“के तपाई लङ्गडा नीलकी छोरी त होइन ? म वहाँलाई त राम्ररी चिन्छु् । कतिपल्ट वहाँले मेरो कान उखेलिसक्नुभएको छ .. ।”
दुवै जना एक–दोस्राका अगाडि उभिएर हाँस्दै थिए । सासा चिया बनाउँदै मुस्कुराइरहेकी थिइन्, गिालासको आवाज सुनेपछि आमा झसङ्ग भइन् र होशमा आउँदै भनिनु ः
“माफ गर्नोस् ! मैले त भुसुक्कै बिर्सेकी ! आफ्नो गाउँको मान्छेलाई भेट्दा होशहवासै गुम हुँदो रहेछ !”
“माफी त मलाई पो माग्नु छ, सोधपुछ नै नगरी आफ्नै घरजस्तो सबै कुरा चलाउँदैछु । द स पनि बजिसक्यो, मलाई टाढा जानु छ .. ।”
“कहाँ जाने ? सहर ?” आमाले अत्तालिदै सोधिन् ।
“हो ।”
“के करा गर्नुभएको त्यस्तो ? यति अँध्यारो छ, पानी पर्दैछ, फेरि यस्तरी थाक्नुभएको छ । यही सुत्नुस् न ! एगोर इभानोभिच भान्साकोठामा सुत्नुहुनेछ, हामीचाहिँ यहाँ सुतौंला !”
“होइन, मलाई नगई हुन्न .. ।” केटीले शान्तिपूर्वक जपाफ दिइन् – “आमा, परिस्थिति नै कस्तो छ भने यस कोटीले सहर फर्कनै पर्छ । यहाँ सबैले यसलाई चिन्छन् । भोलि बाटोमा कसैले देखिहाले भने नराम्रो पर्छ !” एगोरले भन्यो ।
“तर कसरी जान सक्छे ऊ ? एक्लै ?”
“बिलकुल एक्लै !” एगोरले हाँस्दै भन्यो ।
केटीले आफ्ना लागि एक गिलास चिया बनाइन् र एक टुक्रा रोटीमा नुन छर्केर खान थालिन् । उनी विचारमग्न भएर आमालाई हेर्दै थिइन् । “कसरी तपाईहरु यति राति हिँड्ने गर्नुहुन्छ ?” के नातासा, के तपाई ! म त कुनै पनि हालतमा जान सक्दिनथेँ ! मलाई त डर लाग्छ बाबै ! पेलागेया नीलोभ्नाले भनिन् ।
“डर त यसलाई पनि लाग्छ !” एगोरले भन्यो – “डर लाग्दैन सासा ?”
“किन नलाग्नु र !” केटीले जवाफ दिइन् ।
आमाले एगोरलार्य र केटीलाई पालैपालो हेरिन् ।
“तिमीहरु पनि कति कठो.र हँ !” आमाले भनिन् ।
चिया पिइसकेपछि सासाले चुपचाप एगोरसँग हात मिलाइन् र भान्साकोठामा पसिन् । आमा पनि चुपचाप उनको पछि लागिन् ।
“पाभेल भिखाइलोभिचसँग भेट भयो भने मेरो नमस्कार भनिदिनुहोला ।” सासाले भनिन् – “नबिर्सिनु होला नि !”
हातले ढोकाको खापा समाउँदै उनले अकस्मात् पछाडि फर्केर भनिन् – “आमा के म तपाईलाई म्वाइ खान सक्छु ?”
आमाले चुपचाप कोटीलाई अँगालो मारिन् र बडो प्रेमपूर्वक म्वाइ खाइन् ।
“धन्यवाद !” – केटीले ाटाउको हल्लाउँदै भनिन् र बाहिर निस्किन् । कोठाभित्र फर्किसकेपछि बडो चिन्तित हुँदै आमाले झ्यालबाट हेरिन् । अँध्यारोमा हिउँका डल्लाहरु जमिनमा झर्दै थिए ।
“प्रोजोरोभ परिवारलाई सम्झनुहुन्छ ?” एगोरले सोध्यो ।
एगोर आफ्ेनो दुवै खुट्टा फैलाएर आरामसाथ बसेका थियो र बडो जोडले फुक्दै चिया पिइरहेको थियो । उसको रातो अनुहार पसिनाले भिजेको थियो र अनुहारमा सन्तुष्टिको भावना फैलिएको थियो ।
“किन नसम्झनु र !” आमाले सोच्दै जवाफ दिइन् र टेबुलमा हातले अडेस लिँदै बसिन् । आमा बडो उदास दृष्टिले एगोरलाई हेर्दै थिइन् ।
“ंहरे शिव ! बिचरी सासा ! कसरी घर पुग्लिन् ?”
“हो थाक्छिन् असाध्यै !” – एगोरले सहमति जनाउँदै भन्यो ।, “जेलमा उनको स्वास्थ्य ठ्याम्मै बिग्रियो, पहिले निकै तन्दुरुस्त थिइन् – त्यसमाथि अझ त्यस्तो सोखमा हुर्केकी .. । लाग्छ, उनका दुवै फोक्सो बिग्रिसकेका छन् ।”
“कुन खानदानकी हो केटी ?” आमाले बिस्तारै सोधिन् ।
“जमिनदारकी छोरी हो । बाबुचाहिँ बडो चन्डाल रहेछ ? सासा आफैं भन्थी । आमा, के तपाईलाई थाहा छ, उनीहरु बिहे गर्न चाहन्छन् ?”
“विवाह ! को ?”
“सास र पाभेल .. तर तपाईलाई त थाहा नै छ मौका मिल्दैन, ऊ बाहिर त, ऊ जेलमा, ऊ निस्कन्छ त ऊ जेलमा पर्छ ।”
“मलाई थाहा छैन !” एकछिन चुप लागिसकेपछि आमाले भनिन् – “पाभेल आफूबारे केही बताउँदैन .. ।”
यो कुरा सुनेपछि आमालाई केटीको अझ बढी माया लाग्यो र अकस्मात् आफ्नो पाहुनालाई हप्काउन थालिन् –
“तपाईल्े बिचरीलाई घरसम्म पु¥याइदिनुपथ्र्यो नि !”
“मिल्दैनथ्यो !” एगोरले शान्तिपूर्वक भन्यो – “यहाँ मेरा थुप्रै काम छन् । फेरि भोलि बिहानदेखि मलाई हिँड्याहिँड्यै गर्नु छ। । मजस्तो दमको रोगीका लागि यो काम त्यति सजिलो छैन .. ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

