साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हेनरी जेम्सको चर्चित उपन्यास ‘डेइजी मिलर’ शृंखला १२

Chovar Blues Mobile Size

‘म तपाईँ समक्ष मलाई सुझाउ दिने प्रस्ताव राख्दछु,’ विन्टरबोर्नले भने।

‘म कडा रङभन्दा हल्का रङ भएको चिया मन पराउँछु !’ डेइजीले भनिन्‌ अनि उनी प्रतिभासम्पन्न गिओभानेलिसँग हिँडिन्‌। उनले दोस्रो कोठामा झ्याल नजिकै गिओभानेलिसँग आलिङ्गन गर्दै पुरै रात बिताएकी थिइन्‌ । भोजको समारोहमा पियानोको साथमा चाखलाग्दो गीति कार्यक्रमको आयोजना भइरहेको थियो, तर ती दुई युवायुवतीले कुनै “यान दिइरहेका थिएनन्‌ । भोज समारोह सकिएपछि जब डेइजी श्रीमती वाकरसँग बिदा माग्न आएकी थिइन्‌, ती नारीले डेइजीलाई उक्त समारोहमा उपस्थितिको ढिलाइमा लगाएको आरोपलाई होसियारपूर्वक औंल्याउँदै आफूले गल्ती गरेको महसुस गरी त्यसलाई सुधार गरेकी थिइन्‌ । आफ्नो गल्तीलाई क्षमा दिएकोमा डेइजीलाई धन्यवाद दिँदै श्रीमती वाकरले उनलाई बिदा दिएकी थिइन अनि श्रीमती वाकर सिधै समारोहतर्फ गएकी थिइन्‌ । विन्टरबोर्न ढोका नजिकै उभिएर यी सबै क्रियाकलाप हेरिरहेका थिए । डेइजी एकदम डराउँदै आफ्नी आमालाई हेरिरहेकी थिइन्‌ तर डेइजीकी आमा कुनै पनि परम्परागत सामाजिक मान्यताको हस्तक्षेप हुँदा सचेत हुने गर्दीथन्‌, तर यतिबेला तिनी साच्ची नै सचेत भएकी थिइन्‌ । उनले अचानक डेइजी र गिओभानेलिलाई देख्दा नसुहाउँदो सामाजिक संस्कारको महसुस गरिरहेकी थिइन्‌ । ‘ शुभरात्रि, श्रीमती वाकर, तपाईंले आयोजना गरेको रात्रिभोजको समारोहमा निकै रमाइलो भयो । तपाईंलाई थाहा नै छ, म डेइजीलाई म बिना यस्तो समारोहमा जाओस भन्ने चाहन्नँ श्रीमती मिलरले भनिन्‌ । समारोहमा उपस्थित भएका ढोका नजिकैका विभिन्न मानिसलाई डराएको गम्भीर अनुहारले हेर्दै डेइजी त्यहाँबाट गइन । डेइजीलाई गरिएको पक्षपातपूर्ण व्यवहारले ज्यादै आघात पारेकाले उनी पहिलो पटक गम्भीर चिन्तित भइरहेको विन्टरबोर्नले ठानेका थिए। यो दृश्यले विन्टरबोर्नलाई रिस उठेता पनि निकै प्रभावित बनाइरहेको थियो।

‘डेइजीले त मलाई ज्यादै निर्दयी व्यवहार गरिन्‌ नि !’ विन्टरबोर्नले श्रीमती वाकरलाई भने ।

‘अब डेइजी मेरो शृङ्घार कक्षमा कहिल्यै पनि प्रवेश गर्ने छैनिन्‌,’ श्रीमती वाकरले भनिन् ।

विन्टरबोर्नले डेइजीलाई श्रीमती वाकरको शृङ्गार कक्षमा भेट्ने अवस्था नरहेपछि उनी धेरै पटक श्रीमती मिलर रहेको होटलमा उनलाई भेट्न गएका थिए। त्यहाँ दुई नारी बिरलै भेटिन्थे तर विन्टरबोर्न डेइजीप्रति समर्पित गिओभानेलिलाई सधैँजसो त्यहाँ उपस्थित भइरहेको पाउँदथे। ती सुन्दर रोमन प्रायजसो एक्लै डेइजीको शृङ्गार कक्षमा हुन्थे । श्रीमती मिलरले डेइजीलाई होसियार नहुँदै निरन्तररूपमा जे पनि गर्नदिएको स्वतन्त्रताको राम्रो उदाहरण त्यहाँ देख्न सकिन्थ्यो । विन्टरबोर्न त्यहाँ प्रवेश गर्दा उनले डेइजीलाई न त अप्ठेरो मानेको न त रिसाएको नै देखे। सुरूमा त उनले अचम्म मानिरहेका थिए तर उनले आफ्नो उपस्थितिले डेइजीलाई कुनै अचम्म नबनाएको महसुस तत्कालै गरेका थिए। विन्टरबोर्नलाई लाग्यो, उनको व्यवहारमा अप्रत्यासित कुराको मात्र आशा गर्न सकिन्छ। गिओभानेलि र आफ्नो व्यक्तिगत कुराकानीमा विन्टरबोर्नको प्रवेशले बाधा उत्पन्न गराउँदा समेत उनी कात्त पनि बेखुसी देखिइनन्‌ बरू ती दुवै युवकसँग उनले उत्तिकै स्वतन्त्र र फुर्तीका साथ बातचित गरिरहेकी थिइन्‌ । डेइजीको वार्तालापमा सबै एकैप्रकारको अपरिपक्वताको अचम्मको सम्मिश्रण पाइन्थ्यो । गिओभानेलिले इेइजीलाई आकर्षित गरिरहेकोमा उनले अचम्म मानेको कुरा मनमनै भनेका थिए । अब डेइजीले उनीसँगको व्यक्तिगत भेटघाटका कुराकानीलाई पवित्र पार्नको लागि कुनै दुःख नउठाउनु पर्ने समेत उनले बुझेका थिए। विन्टरबोर्नले त्यतिबेला डेइजीको कुनै पनि प्रतिक्रिया नजनाउने निर्दोषजस्तो देखिने स्वभाव र कहिल्यै पनि नरित्तिने गरी राम्रो ठट्टा गर्ने बानीलाई ज्यादै मनपराएका थिए । विन्टरबोर्नले उनका यी क्रियाकलापलाई मन पराउनुको कारण भन्न सक्दैनथे, तर ती युवती उनको लागि कहिल्यै पनि ईर्ष्या नगर्ने खालकी देखिएकी थिइन्‌ । केही रमाइलो संयोगको सम्भावना छ भनी पाठक जिस्किँदै मुस्कुराउनुहुन्छ होला, तर म पाठकलाई सत्य कुरा भन्न चाहन्छु, अहिलेसम्म विन्टरबोर्नसँग संयोगवश मात्र युवतीहरू आकर्षित भइरहेका थिए। ती युवतीसँग विन्टरबोर्न सतर्क हुनुपर्दथ्यो तर उनी डेइजीसँगको आकर्षणमा कहिल्यै पनि सतर्क भइरहेका थिएनन्‌ बरू आनन्दले लठठिइरहेका थिए। यो भन्नैपर्दछ कि विन्टरबोर्नले भावनात्मकरूपमा डेइजीलाई प्रशंसा गरिरहेका थिएनन्‌ । डेइजीको आकर्षणमा उनको विश्वास थियो न कि आशङ्का, त्यसै कारणले गर्दा डेइजीले उनलाई एकदम साजिलै खुसी बनाउन सक्ने युवक प्रमाणित गरेकी थिइन्‌।

sagarmani mobile size

डेइजी गिओभानेलिसँग ज्यादै प्रभावित भइरहेकी थिइन्‌ । गिओभानेलि बोल्ने बित्तिकै डेइजीले उनको अनुहारमा हेरिहाल्थिन्‌ । उनले गिओभानेलिलाई झर्को लाग्ने तरिकाले बारम्बार यसो गर्नुहोस्‌ उसो गर्नुहोस्‌ भनेर भनिरहेकी थिइन्‌ । उनले निरन्तररूपमा घुमाउरो गरी गिओभानेलिलाई जिस्क्याउँदै आफ्नो स्वार्थ पूर्ति गर्ने तरिकाले व्यवहार गरिरहेकी थिइन्‌ । विन्टरबोर्नले डेइजीलाई श्रीमती वाकरको भोज समारोहमा बेखुसी बनाउने केही कुरा भनेका थिए तर उनले यसलाई पूर्णरूपमा बिर्सिएकी जस्ती देखिइन्थिन्‌ । विन्टरबोर्न आइतबार अपराह्न आफ्नी काकीको साथमा टिबेर नदीको पश्चिमी किनारमा अवस्थित भ्याटिकन सहरको सेन्ट पिटर चर्चमा प्रार्थना गर्न गइरहेका थिए। उनले डेइजीलाई उक्त विशाल चर्च वरिपरि आफ्नो साथबाट छुट्टयाउनै नसकिने गिओभानेलिसँग घुमिरहेको देखे । उनले तत्कालै आफ्नी काकीलाई हातले इसारा गर्दै ती जोडीलाई देखाएका थिए। श्रीमती कोस्टलोले चस्माको सहायताले तिनीहरूलाई एकछिन हेरिन्‌ र भनिन्‌,
‘तिमीलाई आजभोलि उनीहरू सँगै हिँड्नाले दुःखी बनाएको छ, हँ ?’

“मैले आफूलाई दुःखी भएको कत्ति पनि महसुस गरिरहेको छैन,” ती युवकले भने ।

‘तिमी आजभोलि धेरैजसो चिन्तित भएका देखिन्छौ । मलाई लाग्दछ तिमीले केही सोचिरहेका छौ,’ उनकी काकीले भनिन्‌

‘तपाईँले मलाई के सोचिरहेको भन्दै दोष लगाइरहनु भएको छ त?’ विन्टरबोर्नले भने ।

‘ती युवतीको बारेमा, सुश्री बेकरको (रोटी उत्पादन गर्ने तथा बेच्ने पेसालाई बेकर भनिन्छ । यो पेसा डेइजीका बाबुले कुनै समयमा गर्दथे, यहाँ डेइजिलार्इ होच्याउनको लागि यो शब्द प्रयोग गरिएको हो ।) बारेमा, सुश्री चान्डलरको- बारेमा,सुश्री चान्डरलरको (पानीजहाजको डोरी, पाल तथा अन्यय समाग्री बेच्ने पसलेलार्इ चान्डलर भनिन्छ । यो पेसा पनि डेइजीका बाबु कुनै समयमा गर्दथे । डेइजीलाई होच्याउनकै लागि यो त प्रयोग गरिएको हो ।) ती युवतीको नाम के रे ? अँ, सुश्री मिलरको प्रदर्शनी स्थलको भवन ( गिओभाननेलिको अनुहार मात्रै राम्रो छ भन्न खोजिएको हो । ) जस्तै देखिने युवकसँगको गोप्य मायाप्रीतिको बारेमा,’ उनकी काकीले भनिन्‌ ।

‘तपाईंले सबैले थाहा पाएको कुरालाई पनि गोप्य मायाप्रीति भन्नुहुन्छ ?’ ती युवकले सोधे।

‘तिनीहरूले राम्रो काम गरेका छैनन्‌। यो तिनीहरूको मूर्खता हो,’ श्रीमती कोस्टलोले भनिन्‌ ।

‘होइन, तिनीहरूको मायाप्रीतिलाई गोप्य भनिनुपर्दछ जस्तो मलाई लाग्दैन,’ दुःखी हुँदै विन्टरबोर्नले भने ।

‘मैले धेरै मानिसले यिनीहरूको बारेमा कुरा गरेका सुनेकी छु। उनीहरूले ती युवकले डेइजीलाई लठ्याउँदै मायाप्रीतिको जालमा फँसाइरहेका छन्‌ भन्दछन्‌,’ श्रीमती कोस्टलोले भनिन्‌।

‘तिनीहरू पक्कै पनि एक आपसमा घनिष्ठ साथी भएका छन्‌’ विन्टरबोर्नले भने ।

श्रीमती कोस्टलोले पुनः ती जोडीलाई चस्माले हेर्दै भनिन, ‘ती युवक एकदम राम्रा छन्‌। यो कुरा जसले पनि सजिलै भन्न सक्दछ । उनले ती युवकलाई संसारकै सबैभन्दा राम्रो र सुन्दर मानिस ठान्दाछिन्‌। उनले ती युवकजस्तो राम्रो मानिस कहिल्यै पनि देखेकी थिइनन्‌ । उनीलाई लाग्दछ, कुरियरभन्दा ती युवक अधिक राम्रा छन्‌। कुरियरले नै ती युवकसँग डेइजीको परिचय गराएको थियो होला। मलाई लाग्दछ, ती युवकले डेइजीसँग विवाह गर्न सफल भए भने कुरियरले आकर्षक इनाम पाउनेछ ।’

‘डेइजीले ती युवकसँग विवाह गर्ने सोच राखिरहेकी छिन्‌ भनी म विश्वास गर्दिन र उनले पनि डेइजीसँग विवाह गर्ने आशा गरेका छैनन्‌,’ विन्टरबोर्नले भने ।

‘डेइजीले ती युवकसँग विवाह गर्ने सोच राखिरहेकी छैनन्‌ भनी तिमी ढुक्क हुन सक्दछौ तर उनले स्वर्णयुगमा ( ग्रीक र रोमन नीति कथामा स्वर्ण युग संसारको सबैभन्दा पहिलो युग भएको पाइन्छ जुन युगमा सबै मानिसहरू खुसी र निर्दोष हुन्थे।) जस्तै ती युवकसँग घण्टौं र दिनहुँ जस्तो कुरा गरिरहेकी हुन्छिन्‌ । यसभन्दा बढी नराम्रो कुराको म कल्पना नै गर्न सक्दिनँ । तिमी ढुक्क भए हुन्छ, डेइजीले तिमीलाई कुनै दिन तिनी ती युवकसँग ‘विवाह गर्न सहमत भएको’ कुरा भन्न सक्दछिन्‌,’ श्रीमती कोस्टलोले भनिन्‌ ।

‘मलाई लाग्दछ, यो त गिओभानेलिले आशा गरेकै छैनन्‌,’ विन्टरबोर्नले भने।

‘गिओभानेलि को हो र ?’ श्रीमती कोस्टलोले सोधिन्‌ ।
‘ती इटालेली हुन्‌। मैले उनको बारेमा थुप्रै मानिससँग सोधी केही जानकारी लिएको थिएँ | उनी हेराइमा पूर्ण सम्मानित मानिसजस्ता देखिन्छन्‌ । मलाई लाग्दछ, उनी थोरै जीविकाले बाँच्ने वकिल हुन्‌ तर उनी उच्चवर्गका मानिस होइनन्‌। कुरियरले डेइजीलाई उनीसँग परिचय गराउनु साँच्ची नै असम्भव थियो। उनी डेइजीसँग ज्यादै आकर्षित भइरहेका देखिन्छन्‌। डेइजीले उनलाई संसारकै सबैभन्दा राम्रो मानिस ठान्दछिन्‌ भने उनी कहिल्यै पनि यति राम्री, धनी र जति धेरै पनि खर्च गर्न तत्पर हुने नारीको व्यक्तिगत सम्पर्कमा आउन सक्ने मानिस नै होइनन्‌ । इेइजी उनको लागि अचम्मकी राम्री र आकर्षक देखिएकी हुनै पर्दछ मलाई शङ्का पो लागिरहेको छ, कतै उनले डेइजीलाई विवाह गर्ने सपना त देखिरहेका छैनन्‌ तर डेइजीलाई विवाह गर्ने भाग्य पाउनको लागि उनलाई ज्यादै असम्भव छ । डेइजीलाई दिनको लागि उनीसँग सम्पत्तिको नाममा एउटा सुन्दर अनुहार बाहेक केही पनि छैन तर उता उनको बाबु श्रीमान्‌ मिलरसँग प्रशस्तमात्रामा सम्पत्ति छ र उनी धेरै आम्दानी गर्न सकिने अचम्मको ठाउँमा काम गरिरहेका छन्‌ । गिओभानेलि इटालीको केवल सम्भ्रान्त वा त्योभन्दा केही माथिल्लो स्तरका मानिस मात्र हुन्‌। उनीसँग कसैलाई दिनका लागि केही पनि सम्पत्ति छैन भन्ने कुरा स्पष्टसँग उनैलाई पनि थाहा छ । उनीजस्तो मानिससँग डेइजीको परिवारले मित्रता कायम गरिरहेकामा उनले आफ्नो भाग्यमाथि अचम्म मान्नै पर्दछ,’ विन्टरबोर्नले भने ।

‘आफ्नो सुन्दर अनुहारको कारणले गर्दा डेइजीबाट सम्मान पाएको कुरा उनले ठानेको हुनुपर्दछ । उनले डेइजीलाई एउटा युवतीको रूपमा मात्र कल्पना गरेका होलान्‌ तर डेइजीको भित्री मनको कुरा कसलाई पो थाहा छ र ?’ श्रीमती कोस्टलोले भनिन्‌।

‘डेइजी र उनको आमा अहिलेसम्म सम्भ्रान्त वा त्योभन्दा केही माथिल्लो स्तरको परिवारसँग सम्बन्ध स्थापना गर्ने अवस्थामा नभएको कुरा एकदम सत्य हो, किनभने त्यस्तो परिवारसँग उनीहरूको संस्कार तथा स्तर नै मिल्दैन। मलाई लाग्दछ, यस्तो किसिमको सम्बन्ध स्थापना गर्ने विचार गर्न तिनीहरू तर्कसङ्गत रूपमा असमर्थ हुनेछन्‌,’ विन्टरबोर्नले भने ।

‘ए ! तर गिओभानेलिले यस कुरामा विश्वास नगर्न पनि सक्दछ नि ।’ श्रीमती कोस्टलोले भनिन्‌।

विन्टरबोर्नले डेइजीलाई देखेपछि उनका गोप्य क्रियाकलाप थाहा पाउने दृढ इच्छा राखिरहेका थिए। उनले त्यस दिन सेन्ट पिटर चर्चमा डेइजीका यस्ता क्रियाकलापका प्रशस्त प्रमाण खोज्ने प्रयास गरिरहेका थिए। रोममा रहेका थुप्रै अमेरिकी श्रीमती कोस्टलोसँग कुरा गर्न त्यहाँ आएका थिए । उनीहरू चर्च भवनको भित्ताबाट उठाइएका चौखम्बामध्येको एउटा ठुलो तेर्सो खम्बामाथि राखिएका चर्चभित्रका मुढामा बसिरहेका थिए । उनीहरूभन्दा अगाडि नजिकैको मञ्चबाट साँझको प्रार्थना गर्दै ओगनछ (हात वा खुट्टाका औँलाले बजाइने ठुलो वाद्यवादक यन्त्र, जसमा नलीहरूद्धारा हावालाई जोरसंग बाहिर निकालेर मधुर सङ्गीत ।) को सङ्गीतमा भजनमण्डलीहरूले सबैलाई आकर्षित गर्ने तरिकाले भजन गाइरहेका थिए । प्रार्थना भइरहेको बेला श्रीमती कोस्टलो र उनका साथीका बिचमा बिचरी डेइजी साँच्ची नै रोमबाट धेरै टाढा जाँदैछिन्‌ भन्ने बारेमा चर्चा चलिरहेको थियो। यो कुरा सुन्दा विन्टरबोर्न बेखुसी भइरहेका थिए। जब उनी सिँढीहरू भर्दै चर्च बाहिर निस्किरहेका थिए, उनले डेइजीलाई चर्च परिसरमा देखे। उनी खराब कामलाई प्रोत्साहन गर्ने आफ्नो साथी गिओभानेलिको साथ पाल नलगाइएको खुला टाँगा गाडीमा चढ्दै गरेकी थिइन्‌ अनि उनले रोमका असभ्य र खराब मानिस बस्ने बस्तीका बाटातिर आफ्नो यात्रा अगाडि बढाइरहेकी थिइन्‌ । उनले डेइजी साँच्ची नै धेरै टाढा जाँदैछिन्‌ भनी स्वीकारेका थिए। उनले डेइजीलाई कसैप्रति लठ्ठिएको गहिरो विश्वास गरिरहेका थिए तर यस कुरामा उनले कत्ति पनि चित्त दुखाइरहेका थिएनन्‌। डेइजीलाई रोमबाट टाढा जानु त राम्रो थियो, यसमा उनी कत्ति पनि दुःखी थिएनन्‌ तर उनी टाढाका यी बस्तीमा असुरक्षित हुनेवाला थिइन्‌ । उनीमाथि कुनै विध्वंसक व्यवहार हुन सक्दथ्यो। जब उनले यी कुरा सुने उनी दुःखी भएका थिए। डेइजीलाई यसबाट बचाउनको लागि उनले श्रीमती मिलरलाई सङ्केत पनि गरेका थिए । उनले एक दिन कोर्सो भन्ने ठाउँमा आफूजस्तै घुमन्ते साथीलाई भेटेका थिए। उनी दोरिया दरबारको सुन्दर कलासङ्ग्रहालय हेरेर फर्किरहेका थिए। उनको साथीले एकछिन भेलाज्‌क्यूजले बनाएको निर्दोष ‘एक्स’ट (भेलाज्‌क्यूज पोपको नाम हो । यो नामले डेइजीको निर्दोषतालाई सम्झाउँदछ ।) को बारेमा कुरा गरिरहेका थिए। यो तस्विर दरबारको धेरै बैठक कक्षमध्ये एउटा बैठक कक्षमा भुन्डाइएको थियो। उनको साथीले भने’त्यही बैठक कक्षमा संयोगवश एउटा भिन्न प्रकारको तस्विरमा हेरेर आनन्द लिने अवसर पनि मैले पाएको थिएँ। यो तस्विर एउटी राम्री अमेरिकी युवतीको थियो, जसलाई गतहप्ता तपाईँले आफ्नै हातले देखाएर मलाई चिनाउनु भएको थियो ।’ विन्टरबोर्नले डेइजीको बारेमा आफ्नो साथीसँग धेरै जिज्ञासा राखेका थिए। उनको साथीले भने’तिनी मैले अहिलेसम्म देखेकामध्येकी सबैभन्दा राम्री अमेरिकी युवती हुन्‌ । महान्‌ पोपको तस्विर राखिएको त्यो दरबार परिसरको एकान्त कुनामा ती युवती र तिनको साथी गफ गर्दै बसिरहेका थिए।’

‘उनको साथी को थियो त ?’ विन्टरबोर्नले सोधे ।
‘टिसर्टको टाँकघरमा फूलको थुँगा झुन्डाएको इटालेली। ती युवती मन लोभ्याउने खालकी राम्री छिन्‌ तर मैले अर्को दिन तपाईँबाट ती युवती ज्यादै धनी परिवारकी हुन्‌ भन्ने थाहा पाएको महसुस गरेको थिएँ, विन्टरबोर्नका साथीले भने ।

‘उनी यस्तै छिन्‌,’ विन्टरबोर्नले भने। उनी आफ्नो सूचना दिने साथीबाट डेइजी पाँच मिनेट अगाडिदेखि दरबार परिसरको एकान्त कुनामा बसेर गफ गर्दै छिन्‌ भन्ने कुरामा ढुक्क भएपछि तत्कालै टाँगा चढी श्रीमती मिलरलाई भेट्न गएका थिए तर डेइजीको अनुपस्थितिमा श्रीमती मिलरले उनलाई स्वागत गर्न क्षमायाचना गरेकी थिइन्‌ ।

‘उनी गिओभानेलिसँग कतै बाहिर गइरहेकी छिन्‌। उनी सधैँ गिओभानेलिसँग घुम्न गइरहेकी हुन्छिन्‌, श्रीमती मिलरले भनिन्‌ ।

‘मैले देखिसकेँ, तिनीहरू एकदम घनिष्ठ साथी हुन्‌,’ विन्टरबोर्नले भने

‘ए ! तिनीहरू एक अर्को विना बाँच्नै सक्दैनन्‌ जस्तो लाग्दछ ! जे भएपनि गिओभानेलि सच्चा भद्र पुरूष हुन्‌। मैले डेइजीलाई उनी गिओभानेलिसँग विवाहको लागि सहमत हुनुपर्दछ भन्दै आएकी छु !’

 

प्रतिक्रिया
Loading...