आफ्नो छातीमा हात राख्दै उनले हतारहतार उनीहरुलाई विश्वास दिलाइन् – सबै कुरा राम्ररी गर्नेछिन्, कसैले चालै पाउने छैन र अन्त्यमा आवेशपूर्वक भनिन् –
“उनीहरुले पनि देख्नेछन्, पाभेलको हात जेलबाहिर पनि पुग्न सक्छ ! हामीले उनीहरुलाई मजा चखाउन सक्नेछौं !”
तीनै जना दङ्ग परे ।
“आमा तपाईले त गजब गर्नुभो ! कस्तो मजाको तरिका निकाल्नुभयो त तपाईले ! गजब भो !” इगोर इभानोभिज आफ्नो हात मल्दै मुस्कुराइरहेका थियो ।
“यो तरिका सफल भएको खण्डमा म खुसीसाथ जेल जाने थिएँ !” समोइलोभले पनि हात मोलदै भन्यो ।
“आमा, गजबको आइमाई हुनुहुँदो रहेछ, तपाई !” एगोर इभानोभिचले धोत्रे स्वरमा भन्यो ।
आमा मुस्कुराइन्, फैक्ट्रीमा पर्चा बाँड्ने काम कायम रहेको खण्डमा मालिकहरुले उनको छोराले नै ती पर्चा बाँड्न लगाएको हो भन्ने कुरा प्रमाणित गर्न सक्ने छैनन् भन्ने कुरा उनले राम्ररी बुझेकी थिइन् । उनलाई विश्वास थियो, उनी यो काम पूरा गर्न सक्छिन् र यस भावनाले उनको ानशानशामा आनन्दको लहर फैलाउँदै थियो ।
“जेलमा पाभेलसँग भेट हुँदा उसलाई भनिदिनुहोला, उसकी आमा धेरै जाती आइमाई छिन् ।” एगार इभानोभिचले भन्यो ।
“सबैभन्दा पहिले त मेरै भेट हुन्ेछ !” सामोइलोभले हाँस्दै भन्यो ।
“उसलाई भनिदिनुहोला, जे–जस्तो गर्नुपर्छ मैले सबै ठीक पार्नेछु, अवश्य भनिदिनुहोला ।”
“यदि सामोयलोभलार्य जेल पठाएनन् भने नि ?” – एगोर इभानोभिचले सोध्यो ।
“त्यसो भए केही लाग्दैन ।” आमाले भनिन् ।
दुवै जना हाँस्न थाले । आमा पनि अलि लज्जित हुँदै असजिलो मान्दै हाँस्न थालिन् ।
“आफ्नो दुःख अगाडि अर्काको मर्का बुझ्दैनन् ।” उनले आँखा झुकाउँदै भनिन् ।
“यो स्वाभाविक कुरा हो ।” एगोर इभानोभिचले भन्यो – “जहाँसम्म पाभेलको कुरा छ, तपाई धन्दा नलिनुहोला । पीर नगर्नुहोला । हेर्नुहोला, जेलबाट ऊ अझ स्वस्थ भएर निस्कनेछ । त्यहाँ मान्छेले आराम गर्ने र अध्ययन गर्ने मौका पाउँछ । हामीजस्ता मान्छेहरुलार्य बाहिर बस्दा यी दुवै काम गर्ने फुर्सद हुँदैन । म तीनपलट जेल बसेर आइसकेको छु । हुन त भन्न सक्दिनँ, तैपनि म त्यहाँ खुसीसाथ जाने गर्थे तर तीनैपल्ट मेरो दिमाग र मुटुलाई धेरै फाइदा भयो ।”
“तपाईलाई सास फेर्न निकै गाह्रो पर्छ जस्तो छ ।” आमाले उसको सीधासादा अनुहारमा सहानुभूतिपूर्ण दृष्टिले हेर्दै भनिन् ।
“यसको पनि आफ्नै विशेष कारढा छ ।” – उसले माथितिर औंलाले देखाउँदै भन्यो – “लौ त आमा, त्यसो भए सबै कुरा ठीक भयो होइन ? भोलि हामी पर्चाहरु ल्याएर तपाईलाई सुम्पिदिनेछौं र अनि फेरि गाडा चल्न थाल्नेछ । युगौंदेखि फैलिएको यो अन्धकार बिलाउन थाल्नेछ । वाक् स्वतन्त्रता जिन्दावाद ! मातृहृदयको जय होस् ! लौ त अर्को भेटसम्म !”
“लौ त हिँड्छौं ।” सामोइलोभले आमासँग हात मिलाउँदै भन्यो – “म आफ्नी आमालार्य कहिल्यै यस्तो अनुरोध गर्न सक्दैनथेँ होला !”
“कुनै न कुनै दिन सबै आमाहरुले यो कुरा बुझ्नेछन् ।” पेलागेया नीलोभ्नाले उसको उत्साह बढाउन भनिन् ।
उनीहरु हिँडिसकेपछि आमाले ढोका बन्द गरिन् र बीच कोठामा घुँडाले टेकेर बसिन्, अनि प्रार्थना गर्न थालिन् । बाहिर पानी पर्दै थियो । उनी चुपचाप प्रार्थना गर्दै थिइन् । उनी ती व्यक्तिहरुका लागि प्रार्थना गर्दै थिइन्, जसलार्य पाभेलले उनको जीवनमा लिएर आएको थियो । उनलार्य लाग्यो, ती मानिसहरु उनी र देवप्रतिमाबीच हिँडडुल गर्दैछन् – ती सधिासादा मान्छेहरु, जसको आपसमा त्यति घनिष्ट सम्बन्ध हुँदाहँुदै पनि बिलकुल एक्ला थिए ।
बिहान सबेरै उनी मारिया कोर्सुनोभालाई भेट्न गइन् ।
जताततै तेलको दाग लागेकी, सधैंजस्ती कुरौटी ती पसलनीले बडो सहानुभूतिपूर्वक आमाको स्वागत गरिन् ।
“पीर लिँदैछौ ?” आफ्नो चिप्लो मोटो हातले आमाको काँधमा धाप मार्दै उनले सोधिन् । “हिम्मत नहार, समातेर लगे के भयो त ! लाज मान्ने केही कुरा छैन । त्यो पनि जमाना थियो, जब चोरहरुलार्य जेलमा राख्थे । अब न्यायका लागि लड्ने मान्छेहरुलार्य जेल राख्न थालेका छन् । हुन सक्छ, पाभेलले सबै कुरा ठीक भनेन, तर ऊ सबैका लागि लड्दै थियो । सबैले यो कुरा बुझेका छन्, धन्दा नलेऊ । हुन सक्छ, सबै मुख फोडेर बोलदैनन् होलान्, तर असल खराब चिन्ने क्षमता सबैमा छ । म आफैं तिमीकहाँ आउने विचार गर्दै थिएँ, तर हेर न फुर्सद नै पाइन्न । दिनदिनभरि पकाउ, पकाउ । अनि बेच ! तर हेर्नु नि, म आफैंचाहिँ भीखमङ्गाको भीखमङ्गै मर्छु । यी लोग्नेमान्छेहरुले पनि मेरो सत्यानाश पारिसके, यही त आपद छ ! यताबाट खोसछन्, उताबाट खोस्छन्, सबै चोरै चोर हुन् ! अलिकति पैसा जम्मा गर्न भ्याएकी हुन्न कुनै हरामी आइपुग्छ र सबै बोकेर टाप भइहाल्छ ! आइमाई भएर जन्मनु पनि अभिशाप नै रहेछ । कुन जन्मको पापको फल हो कुन्नी ! एक्लै बस्न पनि गाह्रो छ, लोगनेमान्छेसँग बस्यो यो हालत छ !”
“म तँलाई भन्न आएकी, के तँ मलाई काम दिन सक्दिनस् ?” – पेलागेया नीलोभ्नाले उसको बकबक बीचैमा काट्दै भनिन् ।
“के काम दिने ?” मारियाले सोधिन् । पेलागेयाले कुरा बुझाएपछि मारियाले सहमतिसूचक टाउको हल्लाउँदै भनिन् –
“अवश्य, याद छ मेरो लोग्नेको मारबाट बचाउन मलार्य आफूकहाँ लुकाउने गथ्र्यो ? अब म तिमीलाई मद्दत गर्छु – तिमीलार्य सबैले मद्दत गर्नुपर्छ । तिम्रो ोरा सबैको भलाइका लागि जेलमा परेको छ । बडो भलाद्मी केटो छ । सबै एकै मुखले यही भन्छन् । सबैले सहानुभूति देखाउँछन् । साँच्ची भन्ने हो भने, यी सबै धडपकडले मालिकहरुलार्य हानिबाहेक फाइदा पु¥याउँदैन । हेर त, फैक्ट्रीमा के हुँदैछ, हालत एकदम खराब छ ।यी मालिकहरु सोच्छन्, कसैको कुर्कुच्चो काटिदिए दौड्न छाड्नेछन् तर हुन्छ ठीक उल्टो – एक दर्जनलार्य हिर्काउँछन्, सयौं उलटो जाइलाग्छन् ।”
यो वार्तालापको फलस्वरुप भोलिपल्ट दिउँसो मारियाको दुर्य टोकरी खाना बोकेर आमा फैक्ट्री पुगिन् । मारियाचाहिँ बजारमा सामान बेच्न गइन् ।
१५
मजदुरहरुले नयाँ पसलनीलाई तुरुन्तै चिनिहाले ।
“पेलागेया नीलोभ्ना, तपाई पनि काममा लाग्नुभएछ !” – उनीहरु सोच्थे र दङ्ग पर्दै टाउको हल्लाउँथे ।
कसैले पाभेल छिट्टै जेलबाट निस्कन्छ भन्ने आश्वासन दिन्थ्यो त कसैले आफ्नो साहनुभूति प्रकट गथ्र्यो । यी सहानुभूतिपूर्ण शब्दहरुले आमाको मुटुको घाउ अझ चर्काउँथ्यो । केही मजदुरहरुले डाइरेक्टर र पुलिसलाई गाली गर्न थाले । आमाको हृदयमा यी शब्दहरु प्रतिध्वनित हुन्थे । केही त्यस्ता पनि मान्छेहरु भेटाइन्थे, जो उनको दुर्दशा देखेर मनमनै रमाउँथे । कारखानाको टाइमकीपर इसाई गोर्बोभले दाह्रा किट्दै भनेको थियो –
“यदि म गभर्नर भइदिएको भए तेरो छोरालाई फाँसीको तख्तामा लट्काइदिन्थेँ । बडो मान्छेहरुलाई भडकाउँदै हिड्ने भएको !”
यो भयङ्कर धम्की सुनेर त आमाको मुटु नै काँप्यो । उनले इसाईलाई केही जवाफ दिइनन्, खालि उसको सानो चाया परेको अनुहारमा एकपल्ट हेरिन् र लामो सुस्केरा हाल्दै आँखा झुकाइन् ।
फैक्ट्रीमा असन्तोष फैलिएको थियो । मजदुरहरुका सानासाना डफ्फाहरु जम्मा हुन्थे र आपसमा कानेखुशी गर्न थाल्थे । नाइकेहरु चिन्तित अनुहार लिएर यताउता घुमिरहेका हुन्थे । चारैतिर गालीगलौज र तिरस्कारपूर्ण हाँसो सुनिन्थ्यो ।
दुई जना पुलिसले सामोइलोभलार्य आमाको नजिकैबाट लिएर गए । उसले एउटा हात खल्तीमा घुसारेको थियो र अर्को हातले आफ्नो कैलो कपाल मुसार्दै थियो ।
उसका पछाडिपछाडि करिब सय जवान मजदुरहरु आउँदै थिए । उनीहरु ठूलठूलो स्वरले पुलिसलाई गाली गर्दै थिए, उनीहरुको हाँसो उडाउँदै थिए .. ।
“सामोइलोभ, हावा खान जाँदैछौ कि क्या हो ?” कसैले ठूलो स्वरले सोध्यो ।
“अचेल हाम्रो खुब कदर गर्न थालेका छन् !” अर्को मजदुरले भन्यो – “अब घुम्न पनि पहरा लिएर जान थालेका छौ ।” यति भनिसकेपछि उसले एउटा भद्दा गाली थप्यो ।
“लाग्छ, अब चोर समाउँदा फाइदा हुन छाडेछ !” एक जना अग्लो कानो मजदुर चर्को क्रोधित स्वरले चिच्याउँदै थियो । “ात्यसैले होला, अब इमानदार मान्छेहरुलाई गिरफ्तार गर्न थालेका .. ।”
“कस्ता निर्लज्जहरु त, अब त दिउँसै समाउन थालिसके ! रात त पर्खनुपथ्र्यो, चण्डालहरु !” भीडबाट कसैको आवाज सुनियो ।
पुलिसहरु अँध्यारो मुख लाएर हतारहतार जाँदै थिए र केही कुरा नदेखे, नसुनेजस्तो लुरुलुरु हिँड्दै थिए, मानौं ती सबै गाली उनीहरुलार्य गरिएको होइन । तीन जना मजदुरहरु फलामको सत्तरी बोकेर उनीहरुतिर आउँदै थिए ।
“ए शिकारीहरु, बाटो छोड !” – उनीहरुले चिच्याउँदै भने ।
आमाको छेउबाट जाँदा सामोइलोभले टाउको हल्लाएर आमाको अभिवादन ग¥यो र हाँस्दै भन्यो –
“सुरु भयो धरपकड !”
आमाले टाउको झुकाएर चुपचाप उसको अभिवादनको उत्तर दिइन् । जेल जाँदा पनि मुस्कुराउँदै जाने यी इमानदार, समझदार नवयुवकहरुले उनको हृदयमा गहिरो छाप पारेका थिए । आमाको हृदय प्रेम र ममताको भावनाले भरियो ।
फैक्ट्रीबाट फर्केर उनले दिनभरि मारियासँग बिताइन् । मारियालार्य काममा मद्दत गरिन् र उनका बेतालका कुराहरु सुन्दै गरिन् । त्यो साँझ आमा धेरै अबेला घर फर्किन् । घर बिलकुल सुनसान, चिसो र नरिस लाग्थ्यो । धेरैबेरसम्म उनी निरुद्देश्य यताउता हल्लिरहिन् । मनमा शान्ति थिएन । उनले बुझ्न सकिरहेकी थिइनन्, अब के गर्ने हो ? रात पर्न थालिसकेको देख्दा उनी चिन्तित भइन् । एगोर इभानोभिचले पर्चाहरु लिएर आउँछु भनेको थियो तर अहिलेसम्म अत्तोपत्तो छैन ।
शरद्कालीन हिउँका गह्रौंगह्रौं डल्लाहरु सडकमा झर्दै थिए । हिउँका डल्लाहरु सपक्क झ्यालका ऐनाहरुमा टाँसिन्थे र बिस्तारैबिस्तारै पग्लँदै आफ्नो चिनो छाडेर जान्थे । उनी आफ्नो छोराबारे सोच्दै थिइन् .. ।
कसैले बिस्तारै ढोका घच्घच्यायो । आमा दौड्दै गइन् र ढोकाको चुकुल खोलिन् । सासा भित्र पसिन् । धेरै दिन भयो आमाको उनीसँग भेट नभएको र पहिलो कुरा जे करामाथि आमाको ध्यान गयो, त्यो थियो, सासा अस्वाभाविक रुपले मोटाएकी थिइन् ।
“नमस्कार !” आमाले भनिन् । यति अबेला पाहुना आइपुगेको देख्दा आमा दङ्ग परिन् । अब एक्लै रात काट्नु परेन – “धेरै दिन भयो भेट नभएको । कतै बाहिर गएकी थियौ कि ?”
“होइन, जेलमा थिएँ !” केटीले मुस्कुराउँदै भनिन् –“निकोलाइ यभानोभिचसँगै थिए, उसलाई सम्झनुहुन्छ ?”
“किन नसम्झनु र !” – आमाले आश्चर्य प्रकट गरिन् । – “हिजो बेलुका मात्र एगोर इभानोभिच ऊ जेलबाट छुटेको कुरा गर्दे थियो, तर तपाईबारे त उनले केही बताएनन् .. कसैले पनि भनेन तपाई पनि जेलमा हुनुहुन्थ्यो .. ।”

“भन्ने कुरा नै के थियो रस ? .. एगोर इभानोभिच आउनुभन्दा अगाडि नै मैले लुगा फेरिसक्नुपर्छ । उनले यताउता हेर्दै भनिन् ।
“निथ्रुक्क रुझ्नुभएछ .. ।”
मैले पर्चा र किताबहरु ल्याएको छु .. ।”
“ल्याउनोस्, यता दिनोस् ।” .. आमाले उत्सुकता जनाउँदै भनिन् ।
केटीले कोटको टाँक खोलिन् र टकटकाइन् । उनको शरीरबाट रुखबाट पात झरेजस्तै पर्चाहरु झर्न थाले । पर्चाहरु बटुल्दै आमा हाँस्न थालिन् ।
“म त सोच्दै थिएँ, कसरी तपाई यति मोटाउनु भएछ । लागेको थियो, बिहे गर्नुभयो होला र सायद पेट बोक्नुभएको होला । ओह, हति धेरै ल्याउनुभएछ ? के पैदल नै आउनुभएको हो ?”
“हो ।” – सासाले भनिन् । उनी फेरि पहिलेजस्तै अग्ली र दुब्लीपातली देखिइन् । आमाले देखिन्, सासाको अनुहार धेरै ओइलिएको थियो, जसले गर्दा उनका आँखा सधैंभन्दा ठूला देख्रिन्थे र आँखामुनि कालो घेरा परेको थियो ।
“भर्खर जेलबाट छुटेपछि त आराम पो गर्नुपथर्यो, तपाईचाहिँ यस्तो काम गरेर हिँड्नुहुन्छ ।” आमाले लामो सास फेरिन् र टाउको हल्लाउँदै भनिन् ।
“जरुरी थियो !” – केटीले काँप्दै भनिन् । – “पाभेल मिखाइलोभिचलाई कस्तो छ, ठीक छ .. ? गिरफ्तार हुँदा धेरै हडबडाएका थिए ?”
यो प्रश्न सो्रध्दा सासाले आमातिर हेरिनन्, उनी टाउको झुकाएर काँपेका औंलाहरुले आफ्नो कपाल ठीक पार्दै थिइन् ।
“धेरै हडबडाएको त थिएन ।” आमाले जवाफ दिइन् – “ऊ कहाँ आफ्नो मनको भावना देखाउँछ र ?”