“कसले आवाज उठाउने ?” रीबिनले सोध्यो ।
“सबैले !”
“हँ ! के रे ! अहँ, कसैले पनि मान्दैन ।”
ऊ हाँस्दै बाहिर निस्क्यो र उसका ती निराशाजनक शब्दले आमा पहिलेभन्दा पनि बढी चिन्तित भइन् ।
“उसलाई मारपिट गरे भने .. ?”
उनले कल्पना गर्न थालिन्, उनको छोरालाई खुब पिट्दैछन्, उसको शरीर घाउ नै घाउले भरिएको छ र ऊ रगतमा लतपत छ । आमाको हृदय भयले आतङ्कित भयो, आँखा पीडाले पोलन थाले ।
त्यस दिन आमाले न त चुल्हो नै बालिन्, न खाना नै खाइन् । चियासम्म पनि पिइनन् । राति धेरै अबेला भइसकेपछि उनले एक टुक्रा रोटी खाइन् । ओछ्यानमा पल्टेपछि उनलाई लाग्यो, उनको जीवन कहिल्यै यति शून्य र एक्लो भएको थिएन । पछिलला केही वर्षहरुमा उनलार्य निरन्तर कुनै धेरै राम्रो र महत्वपूर्ण कुराको आशामा आफ्नो जीवन बिताउने बानी परिसकेको थियो । उनको चारैतिर सधैं युवकहरुको उल्लासपूर्ण स्वर गुञ्जिरहेको हुन्थ्यो । उनको छोराको त्यो लगनपूर्ण कुराको आशामा आफ्नो जीवन बिताउने बानी परिसकेको थियो । उनको चारैतिर सधैं युवकहरुको उल्लासपूर्ण स्वर गुञ्जिरहेको हुन्थ्यो । उनको छोराको त्यो लगनपूर्ण अनुहार, जुन राम्रो तर सङ्कटमय जीवनका लागि उत्तरदायी थियो, सधैं उनको अगाडि हुन्थ्यो । उनलाई लाग्यो – छोरा सँगसँगै सबै कुरा गायब भए ।

बिस्तारै त्यो दिन बित्यो । आमा रातभरि निदाउन सकिनन् । फेरि नयाँ दिन सुरु भयो । आमालाई त्यो दिन अझ ढिलो बितेजस्तो लाग्यो । कोही आउला भन्ने उनलाई ठूलो आशा थियो, तर कोही पनि आएन । साँझ भयो, अनि रात पनि आइपुग्यो । चिसो झरी लामोलामो सुस्केरा हाल्दै घरकोा भित्तामा ठोकिँदै थियो । चिसो बतास सिटी बजाउँदै चिम्नीबाट भित्र पस्दै थियो, जमिनमुनि कुनै कुरा कोल्टे फर्केजस्तो लाग्थ्यो । छानाबाट पानी चुहिँदै थियो । पानीको तपतप आवाज एक अनौठो सामन्जस्यसहित घडीको टिकटिकसँग बिलाउँदै थियो । यस्एतो भान हुन्थ्यो, पूरा घर नै बिस्तारै डगमगाउँदै छ – वातावरण कति उराठलाग्दो थियो भने हरेक कुरा निष्प्राण र अनावश्यक देखिन्थ्यो .. ।
झ्यालमा कसैले बिस्तारै टकटक ग¥यो । एकछिनपछि फेरि त्यही आवाज दोहोरियो । आमालार्य यो आवाज सुन्ने बानी परिसकेको थियो । यस आवाजले उनलाई तर्साउन छाडिसकेको थियो । अझ अहिले त उनी अलि हर्षितसमेत भइन् । अस्पष्ट आशाले प्रोत्साहित हुँदै उनी झटपट उठिन्, छिटोछिटो ओढ्ने ओढिन् र ढोका खोल्न गइन् .. ।
सामोइलोभ भित्र पस्यो । उसको पछाडि अर्को एक जना मान्छे थियो, जसको अनुहार कोटको कलर र निधारमा झुकेको टोपीले छोपिएको थियो ।
“निदाइसक्नुभएको थियो कि ?” अभिवादन नै नगरी सामोइलोभले एकैचोटी सोध्यो । उसको स्वर सधैंभन्दा बढी उदास र चिन्तित देखिन्थ्यो ।
“अहँ, सुतेकी थिइनँ !” आमाले जवाफ दिइन् र उत्सुकतापूर्वक उनीहरुलाई हेर्न थालिन् ।
सामोइलोभसँग आएको व्यक्तिले स्ँवास्वाँ गर्दै टोप फुकाल्यो ।
“क्या हो आमै, चिन्नुभएन र ?” – सानासाना औंला भएको आफ्नो फराकिलो हात आमातिर बढाउँदै उसले कुनै चिरपरिचित व्यक्तिले जस्तो सोध्यो ।
“ए तपाई ?” पेलागेया नीलोभ्नाले खुसी हुँदै सोधिन् । “एगोर इभानोभिच होइन र ?”
“हो, हो, उही हो !” उसले पादरीको जस्तो लामो कपाल भएको आफ्नो टाउको झुकाउँदै जवाफ दियो । उसको अनुहारमा मुस्कुराहट फैलिएको थियो । आमालाई देखेर उसका सानासाना खैरा आँखामा प्रेमपूर्ण चमक फैलियो । सानो कद, मोटो गर्धन र सानासाना हात भएको त्यो मोटो गोलाकार शरीर भएको मान्छेलाई हेर्दा सामोभारजस्तै लाग्थ्यो । उसको अनुहार चम्किँदै थियो र ऊ जोडजोडले सास फेर्दै थिो । उसको छातिबाट कुनै ख्यारख्यार आवाज निस्कँदै थियो ।
“अर्को कोठामा बस्दै गर्नोस्, म तुरुन्तै लुगा फेरेर आउँछु,” आमाले भनिन् ।
“तपाईसँग केही काम छ ।” आँखा नउठाइकनै आमातिर मुख फर्काएर सामोइलोभले भन्यो ।
“ए ! ऊ जेलमा छ भन्ने कुरा मलाई थाहा थिएन ।” आमाले बीचैमा कुरा काट्दै भनिन् ।
“दुई महिना एघार दिन जेल बस्यो । त्यहाँ पाभेल तथा उक्राइनिसँग उसको भेट भएको थियो, उसले तपाईलाई अभिवादन पठाएको छ, अनि पाभेलले पनि । पाभेलबारे धन्दा नलिनुहोला रे – उसले भनेको छ – ऊजस्तो बाटामा हिँड्ने मान्छेहरुका लागि जेल सधैं आराम गर्ने ठाउँ हुन्छ । यो सबै हाम्रा हाकिमहरुको कृपाको फल हो । अब आमा, म कामको कुरा गर्छु । के तपार्यलार्य थाहा छ, हिजो यहाँ कति मान्छे गिरफ्तार भए ?”
“अहँ, थाहा छैन ! के रे, पाभेलबाहेक अरु पनि कोही गिरफ्तार भएको थियो र ?” आमाले चकित हुँदै सोधिन् ।
“ऊ उन्पचासौं व्यक्ति थियो ।” एगोर इभानोभिचले शान्तिपूर्वक जवाफ दियो – “कारखानाका मालिकहरु अझ अरु आठ–दश जना मान्छे गिरफ्ेतार गर्ने तरखरमा छन् । जस्तै यो महाशयलाई .. ।”
“हो मलाई पनि ।” सामोइलोभले अँध्यारो मुख लाउँदै भन्यो ।
किन हो पेलागेया नीलोभ्नालाई सास फेर्न सजिलो परेजस्तो लाग्यो ।
“ए, त्यसो भए ऊ एक्लो रहेनछ त्यहाँ,” उनको दिमागमा यो विचार बिजुलीजस्तो चम्कियो ।
लुगा फेरिसकेपछि उनी पाहुनाहरु बसेको कोठामा आइन् र उनीहरुतिर हेर्दै प्रसन्नतापूर्वक मुस्कुराउन थालिन् ।
“मलाई लाग्छ, यतिका मान्छेहरु समाएर लगे भने धेरै दिन राख्ने छैनन् .. ।”
“हो राख्दैनन् !” एगोर इभानोभिचले भन्यो – “हामीले ती हाकिमहरुको रमिता अलिकति पनि बिर्गान सके त उनीहरुको हालत अझ खराब हुन्थ्यो होला । हेर्नोस् कुरा के हो भने हामीले अब फैकट्रीमा पर्चा बाँड्न बन्द ग¥यौं भने पुलिसवालाहरुले यस कुराबाट फाइदा उठाउनेछन् र पाभेल तथा उसका ती साथहिरुकोा विरुद्ध प्रयोग गर्नेछन्, जो अहिले जेलमा यातना भोग्दैछन् .. ।”
“कसरी यस्तो गर्न सकिन्छ र ?” आमाले भयभीत हुँदै सोधिन् ।
“एकदम सजिलो छ ।” – एगोर इभानोभिचले शान्तिपूर्वक भन्यो । “कहिलेकाहीँ पुलिसहरु पनि दिमागले काम गर्छन् । तपार्य आफैं सोच्नोस् न पाभेल जेल नपर्दा अखबार र पर्चाहरु बाँडिन्थे – पाभेल जेल पर्नासाथ अखबार र पर्चाहरु बाँडिन बन्द भए । बस्, यसको मतलब हुन जान्छ – पर्चा बाँड्ने काम उही गथ्र्यो, होइन ? अनि त के र, उनीहरुले सबैलार्य निल्छन् र हाडखुरसम्म बाँकी राख्दैनन् !”
“हो मैले बुझेँ, बुझेँ !” आमाले मलिन स्वरमा भनिन् – “हे भगवान्, के गर्ने हो अब !”
भान्साकोठाबाट सामोइलोभको आवाज सुनियो –
“सत्यानाश होस् पाजीहरुको ! सबैलाई समातिसके । अब त हामीलाई आफ्नो लक्ष्यपूर्तिका लागि मात्र नभएर आफ्ना साथीहरुलाई बचाउनसमेत आफ्नो काम चालु राख्नु परेको छ ।”
“काम चालु राख्ने मान्छे चाहिँ हामीकहाँ छैन !” एगोर इभानोभिचले बिस्तारै मुस्कुराउँदै भन्यो । “गजबको सामग्री छापेर राखेको छु, सबै आफैँले छापेको हुँ ! तर कसरी फैक्टीभित्र पु¥याउने हो, थाहा छैन ।”
“अब त मूल ढोकामा पनि एकएक ाजनाको खानतलासी लिन थालिसकेका छन् !” – सामोइलोभले भन्यो ।
आमाले बुझिसकेकी थिइन्, उनीहरु उनीसँग केही कुरा चाहन्छन् र हत्पताउँदै सोधी हालिन् –
“लौ भन्नोस् न त, के गर्न सकिन्छ अब ?”
सामोइलोभ ढोकानेर आएर उभियो र भन्यो –
“पेलागेया नीलोभ्ना, तपार्य त्यो पसल्नी कोर्सुनोभालाई राम्ररी चिन्नुहुन्छ होइन ?”
“हो चिन्छु, अनि ?”
“उनीसँग कुरा गरेर हेर्नोस् न ! सायद उनले यी सामग्री भित्र पु¥याइदिन्छिन् कि ?”
आमाले हातको इसाराले आफ्नो असहमति जनाइन् ।
“होइन, होइन ! कुरौटे आइमाई छे, केही कुरा लुकाउन सक्दिन ! तुरुन्तै चाल पाइहाल्छन् । सबै कुरा मकहाँबाट यस घरबाट निस्केको हो भन्ने थाहा पाइहाल्छन्, अनि त के र, सबै बरबाद भैहाल्छ, होइन हुन्न !”
अनि अचानक उनको दिमागमा कुनै कुरा चम्कियो र उनले बिस्तारै भनिन् –
“तपाईहरु मलाई दिनोस् । सबै कुरा मलाई दिनोस् । म सब ठीक गर्छु । म आफैं तरिका निकाल्छु ! म मारियालार्य भन्छु, मद्दत गर्न मलाई पनि फैक्ट्री लिएर जाने गरोस् । कुनै तरिकाबाट मलाई आफ्नो पेट त पाल्नु नै छ । म पनि फैक्ट्रीमा खानेकरा बेच्न लाने गरुँला, अनि त सबै कुरा ठीक पारिहाल्छु नि !”