“यसभन्दा पहिलेको कुनै पनि सरकारले यो काम गर्न खोजेको थिएन ।”
“यसपालि तल्सिङहरू डराएका छन् ।”
“यतिका दिनपछि अब पुरानो अन्यायको फैसला हुनेछ ।”
यस्ता तमाम कुराहरू चलिरहेको छ ,चलिरहनेछ । पार्टीका पहिलेका यस्ता सारा कार्यकर्ताहरू,बिर्सँदै गइएका अनुहारहरू तथा निष्किृय भइसकेका तमाम कार्यकर्ताहरू यतिका दिनपछि फेरि जम्मा भएका थिए र जम्मा हँुदै पनि थिए ।
नगेन माइती पनि आए । उनी चालिसको दशकपछि नै काकद्वीपको आन्दोलनमा गएका थिए । किसान नेता शशी बेटा पनि आएका थिए । उनी तिसकै दशकदेखि किसान आन्दोलनको नेतृत्व गरिरहेका थिए ।
“के छ ,रतन ? चिन्छौ के ?”
“एहे ..शशी बाबु ! तपाईँ त कहाँ बेपत्ता हुनु भयो ?!”
“म¥यो भन्ठान्या थियौ कि क्या हो ? अलिकति हिँडदा पनि कस्तो स्याँस्याँ हुन्छ ! यताको खबर सुनेपछि यसो सोचेँ –जागुला जाँदा चरसामा पनि छिरिहालौँ । रतन भएदेखि चिनिहाल्ला । नगेनलाई पनि समातेर ल्याएँ । अचेल एक्लै हिँडडुल गर्न गाह्रो हुन्छ ,भाइ ।”
“जागुला किन जाँदैछौ ?”
दुबै जना उही समस्याले पीडित छन् । स्वाँस्वाँ बढेकोले लामो सास फेरे,अनि एकछिनपछि शशी बाबुले भने, “मेरो नाति र यिनको छोरा , सबै मोही कमाउँथे । अचेल नाम दर्ता हँुदैछ रे भन्ने सुनेको थिएँ । त्यसैले सोचेँ कि यसो गएर खैखबर लिऊँ । हुने रहेछ भने ढुक्क हुन्छ नि । तिनचार महिनाको धान पनि पाइने हुन्छ । बाँकी महिना जे मिल्ला .. ”
रतनको स्मृतिमा पुराना सम्झनाहरू उछिनपाछिन गर्नथाले । यी सबैजना एकताकाका किसान सभाका धरोहर हुन । पार्टीको नाम बेचेर खाँदैनन् सबैले । यी पनि तिनैमध्येका हुन । त्यसैले त आज आफ्नो हक लिनका लागि जागुला जाँदैछन् ।
रतनले भन्यो, “ तपाईँहरूको पेटभित्र डुमको धेरै भात परेको छ । आज पनि परोस् । भोलि हाट जाने गाडी समाउन लगाइदिउँला । चढेर जानुहोला । आजको रात यहीँ बसौँ । ”
भात,खेसारीको दाल र तारेको खोर्सानी । भातभान्सापछि शशी बाबु मोहियानी दर्ताको चिन्ताबाट मुक्त भएर धेरै दिनपछि स्मृतिको एउटा कुनाबाट तेभागा किसान आन्दोलनको संस्मरणहरू झिकेर प्रफुल्ल मनले सुनाउन थालेका थिए । भन्दै थिए,“ अचेल यो कुरो कसैले सम्झिँदैन ,भाइ । र, मोहीको माग अनुसार जग्गाधनीले हलो,गोरु,मलखाद,बिउबिजन दिएदेखि अधियाँ अर्थात् आधिआधि र नदिए तिन चौथाइ र एक चौथाइमा पनि मान्दैनन् । केही पनि दिन मान्दैनन तर आधि बाली लिइदिन्छन् । यसैले तिनभागको एक भाग(तेभागा) त कहाँ छ र अचेल ? अब त झन आधि अर्थात् दुभाग पो भयो । सोचेँ , यही भएपनि ठीकै छ , हेरौँ यै पनि ।”
रतनले भन्यो, “तपाईँहरू त्यो बेलामा जेजसो भन्नुहुन्थ्यो… र बसाईले जुन सन्थाल विद्रोहको कुरा गर्नु हुन्थ्यो…ती सब कुराहरू अब कसलाई थाहा छ र ?जागुलाबाट जात्रा हेरेर फर्कने युवाहरू अचेल भन्छन् – थाहा छ , रतन काका । सन्थालहरू त अङ्ग्रेज गोरासँग लडेका थिए ।”
“यस्तै खाले हल्लाहरू फैलिएको थियो, बाबु ! जुन बेला पनि हामी पेट भर्नका लागि भात,कपाल चिल्लो पार्नका लागि तेल र आङ ढाक्नका लागि लुगाफाटोकै चिन्तामा डुबेका हुन्थ्यौँ । तर मोहियानी दर्ता गराउने जोशखरोश र ताउरमाउरमा ती सबै चिन्ता खरानीझैँ फुरुर्र कता उड्यो कता ! हामी सोच्दथ्यौँ कि हाम्रो जुन मर्यादा छ त्यही आत्ममर्यादा जगाउनका लागि नै सबै इमान्दार कार्यकर्ताहरूले प्रयास गरिरहेका छन् । त्यस बेलामा त्यही मर्यादा जागृत गराउनका लागि त हामी सुदूर विगतका वीरतापूर्ण लडाइको स्मरण गथ्र्यौँ । त्यसको चर्चा गथ्र्यौँ । बसाई लडेका थिए – खेताला र बनिहारहरूउपर गरिएको अतिचारको प्रतिशोधका लागि । उनले भनेका थिए, ‘ मोहीयानी हकको लडाइमा तेभागमा कृषि मजदुरहरूले आफ्नो रगत बगाएका छन् । हामीले ठान्यौँ कि आज यदि मोहीहरूले न्याय पाएभने भोलि कृषि मजदुरहरूले पनि निसाफ पाउलान् ।”
यही आस्था र विश्वासका कारणले गर्दा नै रतन आन्दोलनमा होमिएको थियो । दिलीप सोरेन र उद्धव काउरासँग पनि उसले सोधेको थियो । उसले भनेको थियो, “दीनु ,कदम,गौर ,रजत सबै असाध्यै इमान्दार कार्यकर्ता हु्न् । यिनीहरूले तिमीहरूलाई जे भनिरहेका छन् यदि त्यस्तै भयो भने त निकै राम्रो हुनेछ । हामी पनि तिमीहरूलाई सहयोग गरौँला ।”
उनीहरूले मद्दत गरेका पनि हुन् । आफ्नो साइकलमा रतनलाई लिएर दिलीप खुब घुमेको थियो । हुन त रतनलाई दिलीपले लगेको थियो तर पनि दीनु र उसका साथीहरू सँगसँगै हिँडेका थिए ।
“इन्द्र बाबु , सुन्नुभयो तपाईँले ? दिलीप, सोरेन र उद्धव काउराले तपाईँहरूको गाउँस्तरको किसान कार्यकर्ताहरूसँग कुममा कुम जोडेर तिनलाई साथ दिँदै मोही किसानहरूका मनमा आशा,विश्वास जगाएका थिए । सामन्त बाबुहरूले त पहिलो झम्मटमै सहयोगको हात थुत्त थुतिहाले । त्यसपछि तिनको नामसँग ‘नक्सली’ को विशेषण भिडाइदिएका थिए । बिचार गर्नुभयो तपाईँले ?”
“चरसामा रोतोनी साऊ ज्यामीखेतालाहरूबाट खेति गराउँछन् । हामी पनि गर्छौँ । के कति आउँछ , त्यो नसोध । तर भुषण हाँसदा, चिकु हाँसदा, ब्रज काउरा र उत्सव काउरा बर्गा खेति अर्थात् मोहियानी गर्छन् । तिनका बाऊहरूले पनि मोहियानी गरेका थिए,ती पनि गर्दछन् । जमीन ? चार जना मोही,तिन भाग लाउनु प¥यो । जम्मा जग्गा छ –बाह्र बिघा, तिन हात र सात अम्मल । लेखापढी पक्की तरिकाले गरेका छन् ,त्यसमा यताउति हुने कुरै छैन ।”
रोतोनी साऊ अहिले थुप्रै जमीनको मालिक छ । बाकुलीको तल्सिङ (जग्गाधनी) सूर्य साऊ उसको दाई हो । सूर्य साऊलाई बसाईहरूले टाउको छप्काएर मारिदिएका थिए । सूर्यका जहान–बच्चा अचेल शहरमा बस्छन् । ‘सूर्य बस सर्भिस’का तिन वटा बसहरू चल्छन् ,पेट्रोल पम्प पनि छ । उनीहरू आफ्नो जमीनको आम्दानी त लिन्छन् तर जमीनको देखभाल गर्दैनन् । रोतोनीकै जिम्मामा छाडिदिएका छन् ।
“अजय मजुमदारले चरसाको यो जमीनमा मोही दर्ता गराउने बन्दोबस्त मिलाए । उनले भनेका थिए, ‘ रोतोनी ठूलो जमीनदार भएकोले उसको जमीनमा मोहियानी दर्ता गरियो भने यसले मोही जनताको मनमा हौसला भर्ने काम गर्नेछ ।’ अजय आफू पनि दीनुको पार्टीका समर्थक हुन् । ” भन्दै उसले फेरि भन्यो, “ चरसा गाउँको चर्चा लामो समयसम्म भयो ।त्यहाँका बासिन्दाहरू ठान्दछन् कि पार्टीको नजरमा ती अझ पनि विश्वास गर्न लायक छैनन् ।”
“त्यसो त पार्टीको थिति राम्रो छैन । त्यहाँ यसैले पनि चरसाका मामुली जमीनमा पनि मोही कायम गर्नगराउन सकियो भने मान्छेहरूका मनमा प्रशासनप्रति ,सरकारप्रति उनीहरूको आस्था फर्कन्छ । निकै गरिब,पिछडिएको र उपेक्षित गाउँ हो चरसा । यो सरकारले पनि चरसाका बासिन्दाहरूको विविध समस्याहरूको समाधान गर्ने प्रयास गरेन । फगत नयाँ पुलिस थानाको मातहत यसलाई गाँस्ने काम मात्र ग¥यो ।”
रतनले भन्यो, “ ठीक छ । त्यसै गर्नुस । आफ्नै आँखाले हेर्न त पाऊँ , कमसेकम सन्थाल र काउराहरूले जमीनमा तिनको स्वामित्व कायम भयो भन्ने थाहा पाएपछि तिनको छाती पनि गर्वले ढक्क फुल्ने छ । यो काम तपाईँ अवश्य गर्नुस । गर्वले फुलेको तिनको छाती त हेरौँ पहिले । ”
र, यी जमीनहरूको बारेमा अध्ययनअनुसन्धान गर्दागर्दै अजय मजुमदारले आश्चर्यचकित पारिदिने एउटा यथार्थ झेल्नु प¥यो । अजय आफ्नो छानबीनमा जुटिरहेकै बेलामा रोतोनीको गुमस्ता आयो अनि भुषण,ब्रज ,चिकु र उत्सवलाई मोही दर्ता नगर्न चेतावनी दिँदै धम्क्याउँदै सोध्यो, “ तिमीहरू मोहियानी गर्छौ । अभिलेखमा दर्ता भएको छ त यो जग्गा ?”
“ मालिकले रसिद दिएका छैनन् ।”
“ रसिद छ त तिमीहरूसँग ?”
“ के भन्छौ ? तिमीले रसिद दिएका छौ ? तिमी जब कचहरी खोल्छौ,धान तौलिन्छौ त्यस बखत धान बुझिलिएको रसिद दिन्छौ त ?”
“ए,त्यो रसिदले अदालत गुहारेर कचहरी बोलाएर कब्जा गर्ने दाऊ ?”
“सरकारले कब्जा गरेर दिलाउँछ ।”
“तिमीहरू कुरो बुझ्दैनौ । खेत जोतेर आफ्नो हक कायम हुने हो र ?कहिलेदेखि ? त्यसोभए त मालिकहरूले सालैपिच्छे यतिका मोहीहरू किन हटाउँथे ? हटाएनन् ? बेदखल ग¥या छैनन् ? त्यस बेलामा कुनचाहिँ सरकार आएर तिनलाई बचायो त ? ती अझ पनि खेताला नै छैनन् र ?”
गुमस्ता हिँड्यो । हिँडनुभन्दा अघि उसले भन्यो, “साऊ बाबु मालिक हुन । उनी देउता हुन । चाहिएको बेलामा धान दिन्छन्,रुपियाँपैसा दिन्छन् । खरखाँचो सरसापट कसले टार्छ ?कुनै पनि मालिकले यस्तो सहयोग गर्दैनन् । मैले तिमीहरूकै भलाइका लागि भनेको हँु । जग्गाधनीसँग झगडा गरेर कोही पनि टिक्न सक्दैन । अलि ठण्डा दिमागले सोचबिचार गर । ”
भुषण र उसका साथीहरू तत्कालै रतनकहाँ पुगे र सबै वृतान्त सुनाए । रतन गम्भीर भयो र गम्न थाल्यो,‘अँ ,गुमस्ताको कुरो साँचो हो । भूमिसुधार कानून बनेको धेरै भइसक्यो । कानून आफ्नो आसयअनुसार कहिल्यै पनि लागु भएको छैन । तर मालिकहरूलाई चाहिँ सङ्गठित गराइरहेको छ कि कतै कानून लागु नभइजावस र अधिया गर्नेहरूले जमीन कब्जा गर्न नपाउन । चरसाको माटो उब्जाऊ छ । त्यसैले सूर्य साऊले चरसाका जोताहा बटदारहरूलाई बिस्तारैबिस्तारै धेरै वर्ष लगाएर भएपनि निकालिछाडे ।जोत्नेबेलामा बरु खेताला लगाउनु ज्यादा बुद्धिमानी काम हो । बाकुली उसको गढ हो । त्यहाँ पनि बाह्रमहिने भतुवा खेतालाहरू बढी छन् । चरसा निकै टाढा छ । कुनै जमानाका बटदार नै आज यहाँ मोही भएर खेत जोतिरहेका छन् । सूर्य अहिले बाँचेकै भए के भुषणहरूलाई त्यो मामुली जमीनबाट हटाउँथ्यो ? सूर्य मरेर गयो । रोतोनीले यो झैझमेला भएको ठाउँलाई जिस्क्याइरहनु त्यति ठिक ठानेन । ’
रतनले रजतलाई भुषणहरूसँग भएको भरपाई रसिद देखायो । रसिद देखेर रजतको अनुहार रिसले तामाझैँ तमतमाउँदो रातो भयो ।
“ यिनै हुन् रसिद ?”
“अँ , यिनै हुन् । किन रजत ? किन अनुहार अँध्यारो पा¥यौ ?”
“रतन काकाको कुरोले ।”
रजतको मुखमुद्रा मलिन भयो ,हरेस खाएझैँ देखियो अनि रिसले राँक्किँदे भन्यो, “ रतन काका,यो जमीनमा म बर्गा गराइछाडछु । यदि मैले बर्गा गराइँनभने म आफ्नो बाउको छोरै हुइनँ । कि त नाम फेरुँला कि त गाउँनै छाडेर हिँडुला । यसको दाइलाई गिँडेकै हो । यसलाई पनि गिँडनु कुनै अपराध हुन्न । मोहियानी खारेज गर्नका लागि रोतोनीले चौथो प्रति रसिद दिएको छ । त्यसमा लेखिएको छ –सापटि दिएको धानको भुक्तानी पाएँ ।”
“यो सब फट्याइँ हो ।”
“अदालतमा यो रसिदको कुनै महत्व छैन तर पनि हामीले भन्नुचाहिँ पर्छ । म कानून अधिकारीसँग कुरा गर्छु । सारा गाउँलाई थाहा छ । किसान सभाका कार्यकर्ताहरूले भन्नेछन कि यिनीहरू साँच्चिकै मोही हुन । अनि त अदालतले विश्वास गरिहाल्छ नि ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

