चौथो बिहान

सेवामा …..
श्रीमान जियाबाओ, अब हामीलाई सम्बोधन गर्नुपर्ने कुनै औपचारिकता चाहिँदैन होला, चाहिन्छ र ?
हामी एकअर्कालाई राम्रोसँग चिन्छौँ र हामीसँग औपचारिकता निभाउन त्यति धेरै समय पनि छैन । माफ गर्नुहोला !

महामहिम, आजको हाम्रो भलाकुसारी अलि छोटो हुने छ । म रेडियोमा क्यास्ट्रो भन्ने एकजना मानिसले गरिबलाई कसरी धनीहरूको थिचोमीचोबाट मुक्ति दिलायो भन्ने बारे रेडियोमा सुन्दै थिएँ । मलाई ठूला व्यत्तित्वहरूको बारेमा कार्यक्रम सुन्न खुबै मन पर्छ |

त्यसैले आज बिहानको २ बजेको पत्तै भएन । म क्यास्ट्रोको बारेमा अझै सुन्न चाहन्थेँ, तर तपाईंकै लागि रेडियो बन्द गरिदिएँ । हिजो छोडेकै ठाउँबाट म कथा सुरु गर्छु ।

हामी कहाँ थियौँ हिजो? एम प्रजातन्त्रको कुरा गर्दै थिएँ ।
महामहिम,
तपाईंलाई हाम्रा प्र.म.ले दिएको त्यो सानो हाते पर्चामा भारतको प्रजातन्त्रको बारेमा पक्कै लामै महिमागान हुनेछ । आफ्नो बालिग मताधिकारको प्रयोग गर्दै एक अरब भारतीय नागरिकले आफ्नो भविष्य स्वतन्त्र रूपमा आफैँ निर्धारण गर्छन्‌, आदि इत्यादि त्यसमा हुने नै छ ।

मैले बुझेको छु कि तपाईं पहेँलो छाला भएकाहरू ढल निकास, पिउने पानी, ओलम्पिकमा स्वर्ण पदक आदिमा हामीलाई जित्नुभएको छ तर प्रजातन्त्र तपाईंकहाँ छैन । यसमा हामी अघि छौँ । कुनै एकजना राजनीतिज्ञ रेडियोमा बोल्दै थिए कि अब हामी तपाईंलाई उछिन्दै छौँ, किनकि हामी कहाँ ढल निकास, सफा पिउने पानी, ओलम्पिकको स्वर्ण पदक नभए पनि प्रजातन्त्र चाहिँ छ |

देश मैले बनाउनुपर्ने भए पहिला म ढल निकासको व्यवस्था र त्यसपछि बल्ल प्रजातन्त्रलाई महत्व दिन्थेँ र बल्ल अरूलाई गान्धीको मूर्ति र पर्चा बाँड्थे, तर मलाई के थाहा छ र यो सबै ? म मात्र यौटा हत्यारा न हुँ ।

श्रीमान्‌ जियाबाओ, प्रजातन्त्र मेरा लागि कुनै समस्या होइन । सबैभन्दा बढी त म प्रजातन्त्रको ऋणी छु । वास्तवमा मेरो जन्मदिन पनि यसको ऋणी नै छ ! यो म लक्ष्मणगढको चिया पसलमा टेबल पुछ्ने र कोइला फुटाउने ताकाको कुरा हो ।

गान्धीको चित्रपट्टिबाट ताली बज्यो र बूढो साहुजीले हामी कामदार सबैलाई आआफ्नो काम छोडेर तुरून्तै स्कुल जानु भन्दै चिच्च्य ”
तुरून्तै स्कुल जानु भन्दै चिच्च्याए ।

एक जना सरकारी पोसाक लगाएको मान्छेले लामो कापी र कालो कलम लिएर हाम्रो शिक्षकको टेबलमा बसेर प्रत्येकलाई २ वटा प्रश्न सोध्न थाल्यो ।

“नाम ?”
“बलराम हलुवाइ !”
“उमेर ?”
“उमेर छैन ।”
“जन्ममिति छैन ?”
“छैन हजूर । मेरा बाआमाले यो ख्यालै गरेनन्‌ ।”
मलाई हेर्दै उसले भन्यो “मेरो विचारमा तँ अठार भइस्‌ । आज तैँ अठार वर्षको भइस् । तैँले बिर्सेको होला, कसो ? ” शिर निहुर्याएर भनेँ , “ठीक हो हजुर मैले बिर्सेछु । आज मेरो जन्मदिन थियो ।

“ल ठीक छ । ज्ञानी रैछ यो केटो ।”
अनि उसले मेरो उमेर कपीमा टिपेर मलाई जान भन्यो । यसरी मैले जन्मदिन पनि सरकारबाटै पाएँ ।

मेरो उमेर अठार वर्षकै हुनुपर्ने थियो । चियापसलमा काम गर्ने हामी सबै अठार वर्षको बालिग हुनुपर्ने भयो । जुनाव आउँदै छ भन्ने कुरा हामीलाई पसलेले बताइसकेको थियो | उसले हामी सबैलाई बेचिसकेको थियो । उसले हाम्रो औँठाछाप बेचिसकेको थियो जुन रङ्ग दलेर असाक्षरहरूले मतपत्रमा लगाउँछन्‌ र आफनो मत दिन्छन्‌ । मैले यो कुरा एउटा ग्राहकबाट सुनेको हुँ । चुनाव नजिकिँदै थियो र साहुजीले महान्‌ समाजवादी पार्टीसँग हामीलाई बेचेर राम्रै पैसा कमाएको थियो |

यो चुनावसम्म विगत एक दशकदेखि नै महान्‌ समाजवादीले हैकम चलाइरहेका थिए । उनको पार्टीको चुनावचिन्ह ‘एकजोडी हातले हतकडी चुँडालेको’ चिन्ह अङ्कित थियो जुन अन्धकारका हरेक सरकारी भवनहरूको भित्तामा कालो स्टेन्सिलमा छापिएको थियो । त्यो चिन्हको अर्थ ‘गरिबको धनवीमाथिको विजय’ भन्ने थियो । चियापसलमा कुनै कुनै ग्राहकले उनको प्रशंसा नै गर्थे । उनीहरू भन्थे उनले सुरूवात राम्रै गरेका छन्‌ । उनी फोहोर सफा गर्ने लक्ष्यसाथ अघि बढेका थिए, तर गङ्गाजीको फोहरले उनलाई पनि तान्यो । कोही भन्थे ऊ पहिले पनि बदमासै हो । सबैको आँखामा छारो हाल्यो । जे गर्नुपर्ने हो त्यही

गरिराख्या छ । ऊ जस्तो भए पनि उसलाई हराउने कसैको सामर्थ्य थिएन । उसले पटक पटक चुनाव जितेर अन्धकारमा शासन गर्यो तर अहिले उसको पकड अलि कमजोर भैरहेको थियो ।

यतिखेर महान्‌ समाजवादी र उसका मन्त्रीहरूमाथि त्रियानब्बै वटा अपराधको मुद्दा विचाराधीन छ । हत्या, बलात्कार, चोरी अवैध हतियार, ठगीलगायत कैयौं सानातिना अपराधको फेहरिस्त नै छ । जब अन्धकारमा न्यायाधीशहरू न्याय सम्पादन गर्छन्‌, दोषीलाई दोषी ठहर्याउन बडो कठिन हुन्छ । तीन वटालाई दोषी ठहर्याइएको छ, तर तीन जना आरोपितहरू अहिले जेलमा छन्, तर मन्त्रीपदमा बहाल नै छन् । महान् समाजवादीले पनि अन्धकारबाट एक अरब रूपैयाँ हिनामिना गरेर त्यो पैसा युरोपको कुनै सानो, तर सुन्दर देशको बैंक खातामा सारिसके भन्ने सुनिन्छ जहाँ सेता मानिस, तर कालो पैसाको थुप्रो छ ।

रेडियोले पनि चुनावको मिति तय भएको घोषणा गरिसकेकाले चुनावी ज्वरो फेरि चारैतिर फैलिएको थियो । श्रीमान् यो देशको तीन वटा मुख्य रोग नै टाइफाइड, हैजा र चुनावी ज्वरो हो । यो तेस्रो चाहिँ सबैभन्दा डरलाग्दो महामारी हो जसले गर्दा मानिसहरू आफ्नो पहुँचभन्दा बाहिरको कुरा गरेर कहिल्यै थाक्दैनन् पहिलेभन्दा यसपालि महान् समाजवादीका विरोधीहरू अलि बलिया देखिए । उनीहरूले पर्चा बाड्दै बस र ट्रकमा चढेर चर्को स्वरमा माइकमा चिच्च्याएर भन्थे कि यसपालि उनलाई ढालेर, गङ्गामा फालेर अन्धकारमा उज्यालोको बीउ छर्ने नै हो ।

चियापसलमा गफ चर्किदै गयो । चियाको सुर्की लिँदै मानिसहरू उही कुरा पटकपटक दोहोर्याइरहन्थे ।

यसपालि सक्लान् त तिनीहरूले ? महान् समाजवादीलाई हराउलान् त ? चुनाव जिल्न पुलिसलाई दिने खर्च, मत किन्ने खर्च सबै उनीहरूले उठाएका छन् त ? जसरी हिजडाहरूले कामसूत्रको कुरा गर्छन् त्यसैगरी लक्ष्मणगढमा मतदाताहरू चुनावको कुरा गर्छन् ।

एक दिन बिहानै मैले एउटा पुलिसले रातो रङ्गले मन्दिरको पर्खालमा चुनावी नारा लेखिरहेको देखें । त्यो यस्तो थियो :

“के तपाई पक्की बाटो, सफा पिउने पानी, सुविधासम्पन्न अस्पताल चाहनुहुन्छ ? चाहनुहुन्छ भने महान् समाजवादीलाई भोट दिनुस् !”

बसौँदेखि समाजवादी नेता र जमिनदारहरूको बीचमा सहमति हुन्थ्यो । गाउँका सबैलाई यो थाहा थियो, तर यसपालि यिनको बिचमा के मिलेन कुन्नि ती चार जनावरहरू (जमिनदार दाजुभाइ) एक भएर आफ्नै दल खोलेका थिए ।

पहिला लेखिएको चुनावी नारामुनि एउटा पुलिसले थप्यो :

‘अखिल भारतीय समाजवादी प्रगतिशील दल’
(लेनिनवादी)

यो हाम्रो जमिनदारको दलको नाम थियो ।
चुनावको केही हप्ता अधि युवा समर्थकले भरिएको ट्रक फोहर गल्लीको धुलो उडाउँदै लक्ष्मणगढ़ आयो । युवाहरूले माइकमा चिच्च्याए- धनीको समर्थनमा एकजुट होऔँ ।

त्यो बस कन्डक्टर विजय कुनै न कुनै ट्रकमै हुन्थ्यो । उसले पुरानो जागिर छोडेर अहिले राजनीतिमा लागेको थियो । उसमा के खुबी थियो कुन्नि, प्रत्येक पटकको भेटमा उसले अझै राम्रो गरिरहेको देखिन्थ्यो । ऊ जन्मजातै राजनीतिज्ञ थियो। महान समाजवादि समर्थक हो भन्ने चिनाउन टाउकोमा रातो पट्टि बाँध्यो र प्रत्येक बिहान चियापसल अगाडि भाषण गर्थ्यो । जमिनदारहरू मुठभेडका लागि ट्रकमा खाँदेर आफ्ना समर्थकहरू ल्याउँथे । अनि ट्रकबाटै चिच्च्याउँथे, ” खानेपानी, सडक, अस्पतालका लागि महान्‌ समाजवादीलाई मत हालौँ /”

चुनावको एक हप्ताअघि दुवै पक्षले ट्रक पठाउन छाडे ! टेबुल सफा गर्दैंगर्दा के भएको रहेछ मैले सुनेँ ।

जनावरहरूको (stork/Raven/Boar/Buffalo) योजना (फट्याइँ) सफल भएछ । समाजवादी उनीहरूसँग सम्झौता गर्न सहमत भएछन्‌ ।

चिया पसल अगाडिको ठूलो जुलुसमा विजयले टाउको झुकाएर भुँडीफोरको गोडा छोयो । सबै असमझदारीको अन्त्य भएजस्तै देखिन्थ्यो | भुँडीफोरलाई महान्‌ समाजवादीको दलको तर्फबाट लक्ष्मणगढ शाखाको अध्यक्ष बनाइयो । विजयलाई उसको सहायक बनाइयो !

जुलुस निकालियो ! महान समाजवादीको विजय सुनिश्चित हेतु पण्डितजीले विशेष पूजाको आयोजना गरे । कागजको प्लेटमा मन्दिर अगाडि खसीको मासु र बिरियानी बाँडियो । साँझ सबैलाई ठर्रा वालछ्याल थियो ।

भोलिपल्ट बिहान धुलो उडाउँदै थुप्रै प्रहरीहरू गाउँमा आए । बजारमा एउटा प्रहरी अधिकृतले मत हाल्ने निर्देशिका पढेर सुनायो ।

जे गरिँदै थियो, हाम्रै हितको. लागि गरिँदै थियो । महान्‌ समाजवादीका विरोधीले चुनावमा धाँधली गर्न सक्छन्‌, हामी गरिबको हातबाट सत्ता खोसेर फेरि हाम्रा हातहरू दासत्वको जन्जिरले बाँधिन सक्थ्यो | महान्‌ समाजवादीलाई मायाले सुम्पिएका हाम्रा हातहरु फेरि बन्धनमा पर्न सक्थे । के हामीले यो सबै बुझेका थियौँ त ? धुलो उडाउँदै पुलिसहरू फर्के ।

मेरो बुबाले त्यो रात मलाई भन्नुभाथ्यो, “यहाँ सधैँ यस्तै हो बाबु ! मैले बाह्रवटा चुनाव देखेको छु- चारवटा आम चुच्चाव, चारवटा राज्यसभा चुनाव र दुईवटा स्थानीय, तर यी सबै चुनावमा मेरो नाउँमा भोट अर्कैले हालिदिएको छ । मैले सुनेको छु कि हाम्रै भारतको अरू ठाउँमा मानिसले आफ्नो मत आफैँ हाल्छन्‌ । के यो अनौठो होइन त ?’

चुनावकै दिन यौटा भानिस बौलायो |
यो अन्धकारमा हुने प्रत्येक निर्वाचनमा यस्तै हुन्छ ।
आजसम्म कसैले नचिनेको कालो रङ्ग भएको मेरो बुबाको एकजना साथीलाई आज मेरो बुबालगायत रिक्सा चालकको भिडले घेरिरहेको थियो । तिनीहरु वहाँलाई मन नलाई नलाई पन्छाउन खोजिरहेका थिए । यस्तो उनीहरूले पैलेको चुनावताका पनि देखेका थिए । यसपालि यिनीहरू त्यो मानिसलाई केही गर्न सक्नेवाला छैनन्‌ ।

आक्कल झुक्कल लक्ष्मणगढ जस्तो ठाउँमा पनि उज्यालोका किरणहरू छिर्छन् । यी सबै पोस्टर, पर्चा, भित्तामा लेखिएका नाराहरू सायद कसैको दिमागमा पस्छ।

उसले आफूलाई प्रजातान्त्रिक भारतको यौटा नागरिक ठान्छ, मत हाल्न (दिन) चाहन्छ । त्यही अवस्थामा आज यो रिक्सा चालक पुगेको छ | उसले आफू अन्धकारबाट मुक्त भएको घोषणा गर्यो ! ऊ आज अन्धकारमा होइन, बनारसमा पुगेको ठान्दै थियो ।

ऊ सीधै स्कुलको मतदान केन्द्रतिर सोझियो । ऊ भन्दै थियो, “मैले धनीहरूको समर्थन गर्नु छ, होइन त ? हामीलाई उनीहरूले त्यही सिकाएका छन्‌, होइन त ?’

ऊ त्यहाँ पुग्दा महान्‌ समाजवादीका समर्थकले मतदाता नामावलीको प्रतिलिपि बाहिर एउटा कालोपाटीमा टाँसिसकेका रैछन्‌ । त्यो केन्द्रमा जम्मा मतदाताको सङ्ख्या २३४१ थियो ! सबैले महान्‌ समाजवादीलाई नै मत्त खसाले । बस कन्डक्टर विजय बाँसको भर्याङ्ग चढेर महान्‌ समाजवादीको चुनाव चिन्ह (हत्कडी चुँडाउँदै गरेका हातहरू) अङ्कित ब्यानर (तुल) भित्तामा ठोक्दै थियो | तुलमा लेखिएको नारा यस्तो थियो ।

“लक्ष्मणगढवाट सर्वसम्मत विजय हुनगएकोमा महान्‌ समाजवादी नेतालाई बाधार्इ”

त्यो रिक्सा चालकलाई देख्ने बित्तिकै विजयले हम्मर, काँटी र ब्यानर तल खसाल्यो ।

“तँ यहाँ किन आएको ?”

“भोट हाल्न । आज चुनाव होइन ?” उसले नडराई जवाफ दियो ।
म उसकै पछि नजिकै थिएँ तै पनि त्यसपछि के भयो मलाई मेसो भएन । उसलाई हेर्न अलि पर ठुलै भिड लाग्यो र जब पुलिसले हामीमाथि लाठी चार्ज गर्यो, हामी ज्यान छोडेर भाग्यौँ । त्यसैले त्यो बहादुर पागल मानिसलाई उनीहरूले के गरे मैले देखिनँ !

जब म भोलिपल्ट टेबल पुछेको जस्तो गर्दै थिएँ, अनि पो हिजो के भएको
रहेछ, सुनेँ । विजय र एकजना पुलिस मिलेर त्यो रिक्सावालालाई पछारेर लौरोले पिट्न

थाले । जब उसले पनि हात फर्कायो, उनीहरूले लात्तैलात्ताचाले खाँदे । विजयले पिट्दा पुलिसले खाँदने, पुलिसले पिट्दा विजयले खाँदने, गरी पालैपालो भकुरे ! एकछिनपछि रिक्सावाला सिथिल भयो । तर पनि उनीहरूले किन छोड्थे । बुटले खाँदी खाँदी मारेरै छाडे ।

महामहिम, म एकछिन त्यही मेरो पोस्टरको बारेमा कुरा गर्न अनुमति चाहन्छु ! मलाई हत्यारा भनिएकोमा कुनै गुनासो छैन | यो सत्य हौ कि म पापी, घृणित अपराधी हो । तर पुलिसले नै मलाई हत्यारा भन्न त कसो सुहाउँला र ?
क्या रमाइलो ठट्टा, हैन त ?

तपाईंलाई म भारत भ्रमणको एउटा सानो चिनो दिन्छु ! बलराम हलुवाइ एउटा बेपत्ता भएको भगुवा मान्छे हो जसको बारेमा यथार्थ जानकारी पुलिसलाई पनि छैन ।
यही हैन त?
हा हा हा !
म कहाँ छु, त्यो पुलिसलाई पुरै थाहा छ । मेरो उमेर अठार वर्ष भएदेखि जसरी मैले प्रत्येक आम, राज्यसभा र स्थानीय चुनावमा भोट हालेको छु, त्यसैगरी उनीहरुले मलाई चुनावको दिन गया जिल्लाको लक्ष्मणगढ भन्ने गाउँको एउटा स्कुल परिसरभित्र इमान्दारीपूर्वक मत खसालेको पाउने छन्‌ |

म भारतको यौटा वफादार मतदाता हुँ तर आजसम्म मैले मतदान केन्द्र देखेको छैन।