मेरो जन्म दिन हो । सत्तरीऔं जन्म दिन । सधैँभन्दा केही चाँडै उठी नुवाई-धोई, सानैमा आमाले सिकाएका अनुसार, भगवानमा भक्तिका साथ ध्यानमग्न भएर पूजा गरेँ। व्रत रहने हुनाले केही खाने कुरा त भएन महमा अलिकति कागतीको रस मिलाएर खाई, हिजो दिएको समाचार पत्र पढ्छु मात्र भन्दै थिएँ, ढोका ढक-ढक ढक ढक्याउँदै सानो स्वरमा कसैले भनेको सुनियो- “बाबुजी पेपर।”
सुन्दा म छक्क परेँ । सपना झैं लाग्यो। केही कम सुन्न लागेका कान, ध्यानसँग हो एक पल्ट सुनें । स्पष्ट सुनियो “बाबुजी पेपरवाला।” जुरूक्क उठेँ। ढोका खोलेर चश्मा खोल्दै हेरेँ। विदेशका एउटा मुसलमान हात जोडेर उभिएका छन्। म आश्चर्यमा परेँ। उनलाई ट्वाल्ल परेर हेर्न लागें । चिन्न सकिएन । सोधेँ, नानी को, के भन्नुछ ?
उनले झट्ट जवाफ दिएनन् । आफूले लाएको सेतो टोपी फुकाल्दै मीठो स्वरमा गुन गुनाउन लागे- रामजी करेगा तेरा पार sss उदासी मन काहे को डरै sss। (अर्थ- रामले तिम्रो पार लाउने छन्, मन किन डराउँछौं)- उस्तै छन् । पूर्ण स्मरण भयो ।
- एई तिमी हमीद हैन।
– बाबुजी।
उमेरा गोडा ढोग्न लागे । मैले लौ यो के गरेको भन्दै उनका कुम समातेर अँगालो हालेँ । उनका आँखामा बलिन्द्र आँसु झरे । उठेर ध्यानले हेर्न लागें । म पनि भारी मन लिएर हेर्न लागें । पाँच दस मानिसहरू उभिएका थिए । एउटी नारी आएर गोडा छोइन् । मैले हमीदलाई शंका गर्दै ती नारीतिर हेर्दै सोधें-
– नानी चाहिँ….विन्दु…शर्मा…
– बाबुजी उनकी बैनी विद्या।
– भने पछि तिम्री…?
– बाबुजी।
– लौ… । सुखी रहू। अल्लाहले मंगल गरून्। कसरी कहाँबाट यसरी आई पुग्यौ पागल तिमी। म त छक्कै परेँ। सपना हो कि विपना हो, तिमीहरू….
यसै बखत ती पाँच दस जना छेउमै आए। आफ्नै प्रदेशका युवा र प्रौढहरू। अझ आश्चर्य लाग्यो। बोलाएर बसाएँ। चिया पकाउन लाएँ। सबै बस्यौं। आश्चर्य घट्नु होइन अझै बढ्दै छ। हमीदलाई सोधेँ। उनका बदला आफ्नै जवान युवामध्ये एक जनाले जवाफ दिए-
काका कुरा यस्तो हो। हाम्रा अनुरोधमा, हामीले प्रत्येक वर्ष मनाउने पूर्व भारतको संगीत सम्मेलनका निम्ति सम्पूर्ण भारतवर्षमा प्रख्यात उस्ताद सलीम सहर्ष आउनु भएको हो । डा. वेगम विद्या सलीमा पनि स्वेच्छाले आउनुभएको हो। उस्तादले आइपुग्ने साथ तपाईंलाई सोध्नु भो। हिजो उस्तादज्यूको कार्यक्रम रहनाले, ढिलो भएर लिएर आएनौ। राती अबेरै भए पनि जाउँ भन्दै हुनुहुन्थ्यो। सारै राती हुनाले अहिले बिहानै आएका हौं।
– उस्ताद सलीम भनेका हमीद तिमी ?
हमीद केही मुस्कराए। म आए्चर्यमा परे झैं अरू सबै पनि आइ्चर्यमा परे। म त अझ छक्क परें। यहाँ त्यो सबै न देखाएको मात्र हुँ। उस्ताद सलीमको नाउँ सुनेको धेरै भए थियो। सिनेमामा, रेडियोमा, समाचार पत्रमा, उनका गीत सुनिए, स्वर सुनिएको हो । उनका संगीत विषयमा चर्चा-परिचर्चा सुनिए, कति लेखहरू पढिए। यस देशमा उस्ताद सलीमको नाउँ नयाँ होइन। तर आज मलाई पूर्ण नयाँ भयो। अचम्मै लाग्ने गरी नयाँ। सबैले चिया खाँदै गर्दा मैले सोधे
– भन त हमीद ! तिमी उस्ताद सलीम भनेको साँचो हो ?
– बाबुजीलाई केही फरक पर्दैन। सबैले मायाले यसै भन्छन। बाबुका लागि त छोरो छोरै हुन्छ, ठूलो होस कि सानो।
– लौ ! तिमी त धेरै बोल्न छाडेका रै न छौ त।
सबै केही मुस्कुराए। उ खुशी हुँदै माया लाग्दा कुराहरू सुनाए। साथमा आएकाहरू नजाँनिदो तरिकाले घडी हेर्न लागे। मैले तिमी दुवै यहीँ बसौं न भने। उनले उत्तै होटलमा भई हाल्छ नी भने। भन्दै गए-
– तपाईंकी बुहारी त यतै बाबुजीकैमा बस्न मन पराउलिन। उ पनि माछा मासु खान्नन, बाबुजी जस्तै निरामीष हुन । मलाई त जान्नु भएक्रै हो मान्छे मात्र त खान्न। तर यता र उता अप्ठ्यारो हुन्छ। हामी आउछौं। जाने बेलामा म आउँछु। भात खान्छु। तर बाबुजीले भने आओ भनेकै छैन-
– लौ ! पछि भन्ने कुरा हो त। म पनि भन्छु भन्दै थिएँ। त्यति टाडादेखि आएर एक छाक पनि न खाई हुन्छ र।
– जाने बेलामा मेरा हात कसेर समाती निधारमा राख्दै भने-
– बाबुजी भरे आउनुहोस ल। म गीत गाउँछु । सुन्न आउनुहोस् है ल।
– तर…
– हुँदैन-हुँदैन ! म रिसाउछु। सुन्नु भएन भने म रिसाउँछु।
– तिमीहरूको गीत भनेको त्यही सूर तान्ने होला, म त त्यो केही बुझ्दिन।
– म झन केही जान्दिन। तर पनि सुन्न आउनुहोस न। तपाईंलाई मन पर्ने भजन राम्ररी मुखस्त गरेको छु। त्यो तपाईंलाई सुनाउने छु। साँच्चै शान्त वातावरणमा सुनाउँछु। तपाईंकी छोरी र म गाउँछौं। भात त ख्वाउनुनै त्यस बेला फेरि सुनाउने छौं। आज आउनु होला। नआई हुँदैन नि, म त रिसाउँछु।
जान्छु भन्ने त सोँचेको थिएँ तर म गइन। गीत संगीतको त्यति ज्ञान न हुनाले तथा राती ढिलो सम्मको कार्यक्रम हुनाले म गइन । उनले सानो बालकको झैँ हठ गरी खुशी खुशी सुनाउने इच्छा गरेको कुरा मनमा आई रहे।
आज भन्दा तीस वर्ष पहिलेको मेरो र उनको भेट भएका कुरा पनि याद आए। म डाकघरको सानो किरानी भई काशी शहरमा कार्यरत भएका बेला हमीद चौध पन्ध्र वर्षका काला केटा हेर्दा त्यति राम्रा न परेका मलाई समाचार पत्र दिने गर्थे। बिहान अध्याँरै आएर ढोकामा खबर कागत छिराएर जान्थे। म पनि बिहान चाँडै उठेर केही पढ्दै छु भन्ने जानेर उ कराउँदै भन्थे-
– बाबुजी पेपरवाला । पहिले खोलेको ढोका हुन्थ्यो। बोलाउँदै भित्र आएर पनि दिन्थे। यसरी भेट भयो चिनाजानी भएको हो। उ आएको सदा थाह हुन्थ्यो। टाडैबाट केही गुनगुनाउँदै आउथे । पेपर दिएर जाँदा पनि गुनगुनाउँदै जान्थे। बेला-बेला बुझिने गरी गाउँदै आउँथे । धेरै जस्तो सुरैमा मात्र गुनगुनाउँथे। एक दिन बिहान मेरो मन स्फूरण रहेका समयमा मलाई धेरै मन पर्ने भजन गुनगुनाउँदै आए। एकै पल्ट बोलाउँदा उ भित्र आए। उनको महिनाको पैसा दिने दिन, आएर छेउमै उभिए। पैसा निकाल्दै मैले भने-
– हामीद तिम्रो स्वर राम्रो छ, गीत जान्दछौ? सिकेका छौ ?
– कहाँ बाबुजी जाडामा यसै गुन गुनाएको मात्र हुँ।
– अहिलेको त्यो भजन मुखस्त छ, सुनाउन चिया ख्वाउँछु।
– बाबुजी छैन।
– छैन त छैन। तर हमीद तिमीले गाउँदा हुन्छ, सिक न बेलुका तिर त तिम्रो काम पनि त केही छैन होला। पढेको पनि छैन भन्छौ, गीत राम्ररी सिक न।
– सिक्ने ठाउँ छन् र बाबुजी ?
– छन् त बेलुका-बेलुका सिक्ने हो। म ठाउँ देखाईदिन्छु। धेरै टाडा छैन।
– नाउँ लेख्ने पैसा र फीस चाहिन्छ होला नी बाबुजी।
– चाहियोस न त के भो, धेरै त छैन होला। तिमी सिक्छौ त ?
– पैसा लाग्छ भने त सिक्दिन।
– सिक्ने भए नाउँ लेख्ने पैसा म दिन्छु। फिस तिमी तिर्नु, सकेनौ भने मलाई भन्नु मद्दत गरौंला।
ऊ गई सके पछि सोचें- किन भने हुँला अनौठो कुरा भनी । धेरै माया किन देखाएँ नि जस्तो लाग्यो। पैसा पुगेनन् भनी घरमा थोरै पठाउँदै छु। एउटा कोट सिलाउँ भनेको सिलाउने ज्याला न पुगेर यसै छ। तर अलिक ढुक्क चाहिँ उनले सिक्ने मन न गरेकाले भएँ। परेन अब फसाद बीस दिन जस्तो पछि मेरा अफिसमा आएर नाउ लेख्ने पैसा दिन्छु भन्नु हुन्थ्यो भन्दै शर्माउँदै भने। मुख सुके जस्तो भयो, न वेतनको समय हो, अकमक्क परें।
त्यति धेरै त होइन रहेछ, दिएँ। जाने बेलामा भने-
– हेर है। नाउँ लेख्ने भनी लिएर भरे व्यर्थमा सिनेमा हेर्ने हौ कि… ।
– होइन बाबुजी भोलि रसीद ल्याउँछु।
– ठीक छ। जाउ जाउ।
एकदम व्यवहारसँग ढोगेर हिंडे। भोलिपल्ट बिहान खुशी हुँदै रसीद देखाए। उनी खुशी भएको देखेर सन्तोष लाग्यो ।
उनका बाबु छैनन्। आमा पनि कुनै अर्कासँग हिँडेकी अरे। एउटी सानी बैनी र उ मात्र छन्। बहिनीलाई उ कमाएर पढाँउदै छन् भनेर सुनाए । उनी दुवै आमासँग केही समय रहे। तर त्यस घरमा मिल्न न सक्नाले बाबुकै साना घरमा बस्न लागे। बाबु त्यस ठाउँका लोक गीत गायक, एउटा गायनमा घुमी हिँड्ने ग्रुपमा थिए, राम्रो गाउँथे भनी उनले बताए। कतै गाउँका एउटा मेलामा गीत संगीतको कार्यक्रम चल्दै गर्दा केही डाकु आएर डाका गर्न लाग्दा हानेका गोलीले लागेर मरेका रे भन्ने पनि सुनाए।
तिम्री आमाले हेरचाह गर्दिनन् ? माया गर्दिनन् ?
– माया त गर्नु हुन्छ बाबुजी । अस्ती-अस्ती त कहिले काहीँ आउनु हुन्थ्यो। पैसा-सैसा पनि दिमु हुन्थ्यो। तर त्यस लोग्ने मान्छेले कुटेर घरबाट खेदाई दिन्छु भन्नाले आउन छोड्नु भो। कहिले काहीँ लुकाएर पैसा, लुगा फाटा पठाउनु हुन्थ्यो । त्यो पनि छोड्नु भयो। खोई बाबुजी, संसार भनेको यही त होला।
– लौ हमीद तिमी त ज्ञानी रहेछौ । खुदाको कसम । भाडाका त्यस डेराबाट डाक घरका काम गर्ने ठाउँसम्मको घोडे यात्रामा समय बितेको थाह पाइएन । मन लागे, न लागे यसै हिँडी रहियो। समय बित्दै गयो। हिँड्छु भन्ने विचार पनि आएन, न हिँड्न पनि सोचिएन खुट्टा यसै चल्ने। यसै समय एक दिन हमीदले भने –
– बाबुजी भोलि, पर्सी, निकोर्सी मेरो परीक्षा छ ; पेपर ल्याउँदिन न रिसाउनुहोस ल।
– हुन्छ ! हुन्छ !! वार्षिक परीक्षा हो ?
– बाबुजी।
– राम्ररी देउ। अलिक पैसा दिउँ परीक्षामा केही खाने ।
-हुन्छबाबुजी, म लिएर शर्मिन्दा छु। यस जीवनमा ऋणि छु तिर्न सक्छु जस्तो लाग्दैन। खुदाकै इच्छा होला बाबुजी।
– एपागल। तिमीले ऋण लिएको पनि त होइन, मैले यसै दिएको त हो। तिर्नु भनेर दिएको हो र ? लेउ यो दुई रूपियाँ समात। राम्ररी देउ है। तिमीले मेरो त्यो
भजन याद गर्यौ ?
– गर्दैछु। हुनासाथ सुनाई हाल्छु।
– लौ ! लौ ! लामो सिक्यौ है, मैले त रेडियोबाट मुखस्त गरेँ ।
– बाबुजी राम्ररी भजनै गाउँछु। मुखस्त त मलाई पनि भयो । हाम्रा प्रिन्सीपलले सिकाए अनुसार राम्ररी गाउन चैं सकेको छैन। यसै गाएको त गाएकै मात्र न हो। बाबुजीलाई त्यसरी त सुनाउदिन। मज्जाले जानेको छैन।
धरै सुन्ने इच्छा भएर होइन। राम्रो लाग्छ। सुन्दा मन पर्ने भजन हो। भनेको मात्र हो।
उ त साँच्चो ठानेझैं गरे।
एक दिन छुट्टीका दिन समाचार पत्रमा कामको विज्ञापन हेँदै अर्कै काम फेरौं कि भनी कलमले कोर्दै थिएँ हमीद आइ पुगे। उ यसरी अपरझट्ट आउँदा मेरा खल्तीको कुरा सम्झें। हातमा एक दुई वटा नयाँ पत्रिका पनि बोकेका थिए। आज फरक परेन भन्ने लाग्यो, आज एउटा सिनेमा हेरौं भनेको पनि प्लान फेल हुने पर्यो। ऊ साफसँग चिटिक्कै परेर आएका थिए।
-के हो हमीद ?
– यसै आएको बाबुजी। नयाँ निस्केका भर्खर प्रकाशित भएका दुइटा पत्रिका ल्याएको छ। गीतका कुराहरू पनि छन्, पढ्नुहोस् न।
– अरू लिएकै त पढन सकिँदैन। एक दुई महिना पैसाको पनि सारो परेको छ भयो लिन्न।
– बाबुजी पैसाको होइन। बाबुजी पढ्नुहोस भनी मैले ल्याएको ।
– तिमी त चिटिक्क परेछौ त। पैसा कमाए जस्तो छ। खबर धेरै बेच्न थाल्यौ । पढाई बिग्रेला है।
– बाबुजी खबर बेच्न छोडें।
-अनि के गर्छौ त?
– तपाईंका कृपाले खबर (समाचार पत्र) र पत्रिका एकै साथ राखेर सानो दोकान खोलेको छु। राम्रै हुन्छ जस्तो छ।
_ त्यो त अति राम्रो। थाल्ने पैसा कहाँबाट लियौ ? हँ। तिमीले…
– बाबुजी बाहेक कस्ले दिन्छ र।
_ भैले ! मलाई त तिमीले भनेको पनि छैन, मैले दिएको पनि छैन.. तिमी ढाँटछौ कि?
– खुदा कसम ! बाबुजीलाई ढाँट्नु, कुरो के भने शायद तपाईंले भुल्चु भएछ क्यार। अस्ति परीक्षाका बेला बाबुजीले दुई रूपियाँ दिनु भएको –
_ अँ ! त्यो त थाह छ नि। त्यसले ? त्यस दुई रूपियाँले ?
– हजुर ! भन्छु। त्यसै दिन एउटा फारम लिएँ। प्रत्येक वर्ष काशी संगीत सम्मेलनले बालकहरूको गीत प्रतियोगिता गरेको सुन्नु भएको होला ?
– धेरै सुनेको छैन। संस्थानको नाउँ सुनेको छु।
– हो त्यसैमा म दोस्रो स्थानमा आएँ। रू ढुई सय र एउटा सार्टिफाई पाएँ।
– सार्टिफाई होइन, सार्टिफिकेट भन न।
– सार्टिफिकेट। तिनै पैसाले ।
– अति राम्रो भएछ। त्यसै गर्नुपर्छ। यसरी नै मानिस बनिन्छ। त्यसो भए तिमीले समाचार पत्र बाड्न छोड्यौ ।
– छोडेँ। मैले तीनवटा केटा राखेको छु।
– तर तिमी त मलाई सधैँ दिन्छौ त। आज बिहान पनि तिमीले ल्याएको होइन?
– ल्याएको हुँ। अन्त जान्न बाबुजी कहाँ म आफैं पुर्याउँछु। सधैँ म ल्याउँछु। अरूलाई पठाउदिन । पछिसम्म । मरें भने त थाह छैन, यो प्राण रहुञ्जेल बाबुजीको सेवा म स्वयं गर्छु। :
– गीत सिक्दा त बोल्न पनि पो सिकेछौ त। मैले तिम्रो समाचार पत्र पढ्न छोडिदिए नि त ?
– छोड्न पाउनु हुन्न। म त पुर्याउँछु पुर्याउँछु।
-पैसा न दिए… । अनि साँची । दुई महिना भई सक्यो मैले पैसा न दिएको । पर्सी वेतन पाएर दिन्छु है।
कसले माँगेको छ र। न दिनुहोस्।
– धैरै भए सारो पर्छ।
– सारो परोस। तपाईंलाई पैसाको सारो परेको हेर्छु। तपाईहरू पनि पैसाका पीरमा पर्नु हुन्छ र?
– नानी ! तिमीलाई सारो पर्न थालेको त हिजो मात्र हो। मत तिमी जन्मनु अघि देखि… । तिम्री त एउटी बहिनी मात्र छन्। मेरा त आमा-बुबा, तीन जना भाई, चारवटी बैनी । पैसाले पागल भएर तिम्रा शहरमा आएर काम गरेको देख्दैनौ।
– तपाई पागल भएर आउनाले म सँग भेट भयो । यो ईश्वरको कृपा हो र मेरो भाग्य।
– अँ । तिमीले त बाबुजीललाई ठूलो पो ठानेका र छौ मियाँ भाई।
– ठानेका छौं बाबुजी । हामी दाज्यू-बहिनी अनाथ होइनौ; बाबु समानका एक जना दाज्यू हुनुहुन्छ भनेर गर्वका साथ रहेका छौं।
-लौ ! दाई भनेर चाहिँ सोंच, बाबु चाहिँ न ठान है म त जवान हुँ। जाउ व्यर्थका कुराले तिम्रा दोकानको बिक्री घट्ला।
ऊ हाँस्दै गए। म पनि आफ्नो प्रशंसा सुनेर खुशी भएँ। नहुँदा कुरालाई पनि साँचो ठानेर रमाउन सक्ने संसार। पागल संसार।
घरबाट चिट्ठी पाएर पाँच दस दिन छुट्ठी लिएर जाने तयारी गर्दै गरेका बेला एक बेलुकी उनी आए। जानुहुन्छ भन्ने सुनेर आएको । ट्राँस्फर भयो कि, कि नजाने, कहाँ जाने कति समयलाई जाने आदि विस्तृतमा सोध्न लागे। साँचो त बिहे बटुलामा जानु थियो। उनलाई भने घर छोडेको धेरै भयो न्यास्रो लागेर पाँच दस दिन जान्छु भनें। सदालाई गएको होइन भन्ने जानेर उ खुशी भए। पछि भनौं न कि भनौं भने जस्तो गरी अति संकोचका साथ उनका महाँ एक छाक भात खाने कुरो गरे। मैले केही भन्न न पाउँदै उनले एउटा हिन्डु होटलबाट पूरै व्यवस्था हुने कुरो गरे ! उनीहरूसँगै खाने इच्छा भएर यसो गरेको हो। भनी मलाई मनाउने कोशिशमा न विसाई बोली रहे। डराए डराए जसरी केही भनी रहे। मैले माझमा कुरा काटेर भनें-
– सुन न ! के न बिसाई ङयाङ ङयाङ गरी रहेका। कुरो केही बुझिँदो होइन। भान्सा गर्नु छ भ्याउनु हुन्छ हुँदैन भन्दा त मै हाल्यो त। उ चुप भए। ठिङ्ग उभिएर ट्वाल्ल परेर हेर्न लागे । मैले बिस्तारै सोधें-
तिम्री बहिनी पकाउन-तुल्याउन जान्दिनन् र ?
– जान्दछिन बाबुजी। उनैले त पकाउँछिन त। उनका स्कूलमा पनि पकाउँने तुल्याउने एक विषय छ।
– त्यसो भए उनले पकाए भै हाल्यो त। अँ ! भरे बेलुका आउँछु जाउ। के हो ितमी पनि।
उ खुशी भए। फनक्क फर्केर उफ्रंदै गए। मैले बोलाएँ। हमीद। छ कुदेर आए। शंकित भएर हेरे। उभिई रहे। मैले भने म माछा-मासु खान्न, केही दाल साग सब्जी; भए दूधका केही चीजहरू भए हुन्छ। केही निहुरिएर सुनेर गए। अलि पर पुगेर फेरि हस्याङ-फस्याङ गर्दै आए।
-के हो ! के भयो हमीद ?
– बाबुजी भरे बेलुका ? म…
– अँ ! यत्रो बेर भनेर फेरि छोड्ने भयौ कि ? बुझें त-
_ अँ ! न बिर्सी आउनुहोस् ल ! हुन्छ बाबुजी।
_ अँ हौ ! पकाउन लाउ, जाउ-जाउ।
– म बेलुकी पख गएँ। ठाउँ केही जानेको त थिएँ, तर स्पष्ट ठेगाना थिएन। सोध्न बिर्सेछु । सोध पूछ गरेर खोजेँ । एउटी दोकान गर्नेलाई सोधेको, घरै न बताई खुशी भएर उनले रजियाहरूका भाइजान भनेका बाबुजी हुनुहुन्छ भन्दै सोधिन। रजिया हमीदकी बैनी होलिन भन्ने ठाने। एक ढुई पल्ट देखेको त हो तर नाउँ सोधिन छु। मैले, हजुर हमीदको दाज्यू हुँ भने । ती आईमाईले आफ्नो छोरो बोलाएर हामीदहरू कहाँ पुर्याउन लाइन । त्यो केटो हस्याङ फस्याङ कमेज लाउँदै कुदेर आयो। बाटो देखायो । अलिक टाडाबाट त्यस केटाले बोलाएर भन्यो । घर भित्रबाट दाज्यू बहिनी दुगुर्दै आएर गल्लीका मोड्मै निहुरिएर गोडा छोए। मैले यता उता हेर्दा पुर्याउन आएका त्यस केटालाई हेरेँ। एउटा सन्तुष्टि पनि भयो।
त्यो कोठो सानो भए पनि कति सनक्क, कति राम्रो। उज्यालो बिजुली बलेको, सुगन्धित अगरबत्ती सल्काएको, भित्तामा राम र कृष्णका दुईटा चित्र टाँसेको । एक कुनामा तबला र एउटा तानपुरा राखेको देखियो। त्यस भित्तामा अलिक तलै उनले पुरस्कार लिँदै गरेको एउटा फोटो र दाज्यू बहिनीको एउटा फोटो थियो। पस्ने साथ
कति सत्कार गरे। भगवानकै दर्शन पाएझैं गरे। रजियाले झट्टै खुब विनयपूर्वक खाने समान ठीक पारिन। दुई भाग अति शुद्ध तरिकाले लाइन । किन ढुई भाग मात्र भनी मैले सोधेँ। हमीदले हुन्छ बाबुजी उ पछि खाउन भने।
– किन ! कसरी ! हुँदैन ! रजिया तिम्रा टेबल कुर्सीमा खान जान्दिन । साना पिह्वा, गुन्द्री छैनन् लेउ न। न भए यही खबर कागज ओछ्याउँ। पल्याँटी मारेर खानु पर्छ। तिम्रो पनि पस्क यहाँ।
– भाईजान म…पछि।
– हुँदैन भनेको । पछि मीठो-मीठो खान आँटेकी छौ कि। तिमीले पकाए जति सबै लेउ। सबै खाने हो।
रजिया ठिङ्ग उभिएर कहिले मलाई कहिले दाज्यूलाई हेरि रहिन। मैले त्यसो भए म जाऔं भने। हमीदले लेउ बाबुजी मान्नु भएन भने। कुदेर गएर ल्याइन । बसेरसँगै खाइयो । कति किसीमका व्यञ्जन थिए। सबै मीठा स्वादिष्ट। उनीहरू लाजले धेरै खान न सकी थिए। खाई सक्ने बेलामा मैले हमीदलाई सोधे बहिनीले यति मीठो पकाउँदा पकाउँदै, किन जान्नु न बुझ्नु होटेलको कुरा गरेका । उनले भने-
– बाबुजी हामी मुसलमान हौं। तपाई हिन्दू ब्राह्मण ।
– अबुई ! के भनेको। यस जमानामा तिमी जेल जाउँला है। यस्तो विचार सुनाउनु त परै जाओस सोच्नु पनि न हुने यस जमानामा । तिम्रो त जान्दिन हमीद बैनी रजियाको बिहे चैं एउटा बाहुन केटासँग । म मिलाउँला । हुन्छ रजिया।
रजिया मलाई हेरी रहेकी थिइन दाज्यू तिर हेरेर धेरै बेर घोसे मुण्टो लाइन । हमीद मुसु-मुसु हाँसे । दाज्यू बहिनीको छल कपट विनाको स्वछन्द मुस्कुराहट आज पनि स्मरण भएर आउँछ।
केही दिन छुट्टी लिए पनि घरमा धेरै दिन बिताएँ। म फर्कदा हमीद हलक्कै बढेका थिए। शरीर पनि पहिले भन्दा अझ सुन्दर भएको थियो । उनका दोकानबाट धेरै लाभ भएको कुरो गरे। म पनि उनका खुशीमा खुशी भएँ। मेरामा बिहान नत्र बेलुका तिर प्रायः आँउथे। केही अर्कै कारणले आए पनि हिन्दू धर्म अनि हिन्दू ब्राह्मण विषयमा भित्री कुराहरू सोध्द थिए। सबैले जानेका हिन्दूका देव देवीहरू बाहेक ललिता-विशाखा जस्ता गोपीनीहरूका विषयमा सोध्द थिए। राधा आयन एवं मधुर रसका विषयमा पनि सोध्द थिए। केही जानेको भनी दिन्थे। नजानेको कतिहो कति । उनका गीतलाई होला भन्ने ठान्द थिएँ। उनले पढ्न सक्ने किताब पनि पढाउथें। उनले गीतको हो भने। कति-कति बेला अंग्रेजी शब्दको पनि अर्थ सोद्ध थिए। वाक्यै पनि सोध्ने गर्दथिए। गीतको हो कि किन हो सोध्द थिए। उ भन्थे दोकानमा अंग्रेजी पुस्तक, साना-साना भेटाएर पढ्दा न जानेर सोधेको भन्थे विश्वाश गर्थेँ। धन्यवाद पनि दिन्थें। एक दिन हडतालका दिन दिउसो आए। म पनि एक्लै दिक्क लागेको बेला हुनाले चिया पकाउन लाएर खायौं। कुरा-कुरामा उनले मलाई होशियारसँग सोधें –
– बाबुजी हाम्रा गीतमा पनि बी.ए., एम.ए. सँग मिल्ने पढाई छन् ? गाउने, बजाउने अनेक थरी छन्। बाबुजीहरूको जस्तो बी.ए., एम.ए. को जस्तो राम्रो
ठूलो काम पनि पाइन्छ ?
– किन पाइँदैन त। सबै विद्या कुनै भन्दा तल माथि हुँदैनन्। आफू राम्रो भए औंलाको छाप लाए पनि साधारण एम.ए. भन्दा माथि पुगिन्छ। सबै भन्दा अघि हुने कोशिश गर। धेरै प्रयत्न गर। सिक्दैछु भन्नेहरू त केही समय पछि यसै हराउँछन्। सबै एम.ए., बी.ए. प्रसिद्ध हुन सक्दैनन् त, थोरै मात्र नामी हुन्छन्। गीत पनि त्यस्तै हो, सिक्छन्, गाउँछन्। तर प्रसिद्ध पाउन सबैले सक्दैनन्, सबैले चाहना गर्ने सुन्न इच्छा गर्ने एक दुई जना मात्र हुन्छन्। तिम्रा विद्यापीठका शिक्षकहरूमा पनि सबै प्रख्यात छैनन् होला ।
– धरै हुनुहुन्न त्यस मध्य हाम्रा प्रिन्सीपल र एक दुई जना उस्ताद मात्र हुनुहुन्छ।
_ तिम्रा प्रिन्सीपलको नाउँ के हो, उनी के मा प्रख्यात छन् ?
– पण्डित विश्वनाथ पाण्डे। सबैमा प्रवीण हुनुहुन्छ। सबै भन्दा प्रसिद्ध ख्यालमा हो। गुरूजीको ढुत विलम्बित।
– त्यो भाषा म बुझ्दिन।
– गुरूजीले गाएको सुन्नु भएत तपाई मुग्ध हुनु हुनेछ।
_ सारै राम्रो गाउँछन् ? तिमीले सुनेका छौ ?
– गुरूजीले भएको । जति सुकै बेला गाउँनु हुन्न। सबैको सामन्ने गाउनु हुन्न। एक अनौठा किसीमका, सम्पूर्ण साधु हुनुहुन्छ। निशामा चिया पनि खानुहुन्न। भगवानको पूजा खूब गर्नुहुन्छ। मन्दिर जस्तो उहाँको एउटा कोठो छ। बिहान ब्रह्वामुहुर्त उठेर संगीत साधना गर्नु हुन्छ। एक्लै
– तिमी त उर्दुबाट संस्कृत तिर लागेछौ हँ हमीद शर्मा । गजल गाउँदैनौ ?
– मैले सिकीन। हाम्रा कालेजमा छैन अलग्गै मुसलमनको एउटा छ।
ए | तिमी त बाहुन भएछौ। बाहुन जस्तै देखिन्छौ बदलियौ न त। एउठी बाहुनी केटी बिहे गरेर बस ।
यसै समय बिताउन जिस्क्याएको थिएँ। उनी त अति खुशी देखिए। कारण गीत सिक्दा सिक्दै उनकी प्रिन्सीपलकी माइली छोरीसँग चिना जानी भई पछि माया बसेछ। ती केटी बी.एस.सी. पढने, बेलुका-बेलुका बुबासँग आएर गीत पनि सिक्दछिन् रे । धेरै आश्चर्य पनि लागेन, उनकै लागि खुशी भएँ, आहिस पनि लाग्यो। उनी ठुवै दिनै भेट हुन्छन्; सँगै बसेर बात-चीत गर्छन्, गीत सिक्छन्। हमीदले सिधै भनेनन्, उ लाजले धेरै भन्दैनन्। मैले करैले सोध्नाले भनेका हुन्। उनीहरूको उठ बस कुराकानीको केहीकुरा त बताएनन् मैले पनि फेरि सोधिन। एक दिन मैले उनलाई सोधें –
– तिम्रा गुरूलाई तिमीहरूको कुरा थाह छ ?
– अहिलेसम्म त थाह छैन। त्यस बेला मैले के गर्नु पर्ने हो सोचेर डर लाग्छ।
-के भयो त, तिमीहरू ठुई मिले त भई हाल्यो। गुरू साँचा कलाकार हुन भने त मन ठूलो हुनुपर्ने। न डराउ। अस्ति नै बेलैमा विचार गर्नु पर्ने। अब त समय गयो। ती नानीको नाउँकेहोत ?
– विन्दु।
– कति राम्रो नाउँ। अवश्यै राम्री छन् होली । एक पल्ट लिएर आउन हेरौं | सारै शर्माउन्छिन कि ?
शर्माउदिनन् आगो छन् बाबुजी। उनले त तपाईंलाई चिन्दछिन। मैले सबै कुरा सुनाएको छु। उ तपाईंको धेरै प्रशंसा गर्छिन्। तपाईं जस्ता सबै भए यस समाजको छिट्टै उन्नति हुन्थ्यो भन्छिन् । एक दिन समय परेछ भने लिएर आउँछु। कुरा-कानी गर्नुहोस्। मलाई त उनैले जित्दछिन् बात-चीतमा ।
त्यस दिन शर्माउँदै मुख रातो पारेर हमीदले अप्ठ्यारो मान्दै धेरै कुरा गरे। ती केटीले साँच्चै उनलाई मन पराउँदी रहिछन्। हमीद त पूरै पागलै भएका रहेछन् उनका प्रेममा ।
एक दिन म घरमा चिट्ठी लेख्दै गर्दा बाहिर एउटा रिक्शा आएर रोकियो । हमीद र एउटी केटी आएको देखें । लेख्न छोडेर ध्यानले हेरेँ। अति राम्री सुन्दरी देखिन्थिइन्। आँखा अति चञ्चल थिए। उनीहरू बिस्तारो कुरा गर्दै भित्र आए। ती केटी केही शर्माएझै गर्दै आइन । उनै होलिन भन्ने अनुमान लगाएँ। सिकुवामा आए पछि मैले भित्रैबाट आओ भनी बोलाएँ। नानी चैं ‘विन्दु’ हुन्?
– अङ्कलजी’ ती केटीले बिस्तारो उत्तर दिइन ।
उनी ठुवै आएर गोड्डा छोए। नियम अनुसार मंगल आशीर्वाद दिएर बसाएँ। पहिलो भेटमा हमीद कुरा कानी हुनै न पाई हमीद छट पट-छट पट गरी रहे। टेबलबाट पत्रिका निकालेर हेर्न लागे। मलाई पनि छड्के नजरले हेर्दै थिए। मैले चियाको कुरा गर्ना साथ जुरूक्क उठेर ‘बाबुजी म पकाउँछु भनेर हिडे। रोक्नै पाइएन । भागेको जस्तो लाग्यो । मैले विन्दुलाई भने –
– मेरा भाइ काम राम्रो गर्छन् विन्ढु।
– अङ्कल ! अल्छीका राजा छन्। यहाँ स्वाँग पार्छन्।
– तिमी त अहिलेबाट छेड हान्न थालिछौ त।
– विदधु केही मुस्कराएर चुप भईन। हमीदले पनि सुनेछन् क्या र। पर्दा भित्र मुस्काए जस्तो देखिए । त्यस दिन धेरै अरू कुरा गरिएन । चिना जानी भन्दा अघि बढन सकिएन, खुलस्त हुन सकिएन भन्ने हामी तीनैलाई लाग्यो। मैले भरसक खुलस्त पार्ने कोशिश गरेँ । दुवै मेरा लागि बालकै हुन् । तर उनीहरू पनि ठुवै बालिग हुन्। एक ढुई पल्ट भेट भए पछि विन्दु पनि खुलस्त भइन। कहिले काँही त एक्लै मेरामा आएर विश्राम गर्द थिइन्। एक दिन मैले यो तिमीहरूको के हो ? पछि तिमीले हमीदलाई यसै छोडे भनेर सोध्दा उनले साहस गरेर भनिन् –
– अङ्कुलजी। मैले राम्ररी विचार गरेर निर्णय लिएकी हुँ। कसैले हामीलाई रोक्न सक्दैन। म त उनलाई कसैगरी छोड्न सक्दिँन । बिहे गरे उ सँग गर्छु। नत्र…
-नत्र भनेको ?
– नत्र बिहे गर्दै गर्दिन। उ सँग भने जीवन बिताउँछु।
– बुबा-आमा हुनुहुन्छ त।
– म राम्ररी भन्छु। बुबा त मान्नु हुन्छ जस्तो लाग्छ। आमासँग.अलिक सारो पर्दछ। तर पनि म मनाउँछु। हामीले चाल्न आँटेको कदम न राम्रो होइन। समजाले न मान्ने होइन, मानेनछ भने म समाज छोड्छु भन्ने अठोट गरेकी छु।
– समाज त सहर्ष मान्छ, विन्डु। तिमीहरूको स्वागत गर्छ। मलाई त तिम्रा घर-परिवारहरूसँगै शंका लाग्छ। त्यति सरल काम होइन तिमीहरूले गर्न लागेको ।
– घरलाई म सम्झाई हाल्छु। समाजका निम्ति अङ्कल हुनुहुन्छ। केही डर छैन।
– ममात्र होइन। म जस्ता कति छन्। त्यसको परवाह न गर। तिमीहरूको कुरा, हमीद के भन्छन्, मलाई त पटक्कै भन्दैनन्। उ त म सँग यति शर्माउँछन् कुनै केटी
भन्दा कम छैनन्। उनले विचार बदले भने ?
– त्यो कससरी हुन्छ। त्यसो भए सँगै मर्नुपर्छ। अङ्कलजी ऊ विचार बदलदैनन्, पटंक्ै बदलदैनन्। छ त अस्ती नै भागौं भन्दै थिए। हामी ठुवैको परीक्षा सकेर राम्रो समय हेरेर बिहे गरौं भनी सम्झाएकी छु। यहाँसम्म पुगेर छोडे भने त…
होइन होइन। तिम्रो मन चोरेको मात्र, विन्दु म हमीदलाई सानै देखि चिन्दछु। मेरा भाई जतिकै हुन्। उनी कहिल्यै गलत काम गर्दैनन्। तिमीलाई छ कति माया गर्छन के भनौ र ? उनले तिमीलाई ज्यान भन्दा धेर माया गर्छन्।
विन्ढु खुशी भइन उनको विश्वाश अझ जाग्यो । छोड्छाडुको कुरा गर्दा उनका आँखाबाट झिल्का निस्किन खोज्थे । बात-चीतका ढंगले बुझिन्थ्यो उनको विश्वाश दुढ् छ। विश्वास अझ बढी थियो। तर आफूलाई भने उनीहरूको विचार आउँदा मनमा शंका लाग्द थियो। मन पिरोलिन्थ्यो पनि। पलीले बेला बेलै भन्थिइन- “किन अर्काका लागि पिरोलिनु प्यो। आफै लिएको निर्णय हो भने आफै जे गरून। अबुझ पनि होइनन् । पछि बिहे गरी सकेर आफूलाई पुछ्ने पनि होइनन्। सबै मायालुहरूको बिहे नै हुनुपर्छ भन्ने के छ त।” कुरा गर्दा एक र अर्को गर्दै फेद टुप्पो जोड्ने मेरी पलीको बानी छ। त्यसरीनै कुरा गरिन्। मेरो पनि त्यही काम भएर सोचेको त होइन; फेरि पनि विचार आई हाल्छ।
महिना बित्दै गए वर्ष पुग्दै गए। उनीहरूको कुरा जस्ताको तस्तै छ भनी हमीद बेला-बेला सुनाउथे। पुरानो हुँदै जाँदा माया बढ्दै जानु स्वाभाविक हो। धेरै कुरा अरू भएनन् । उनीहरूको परीक्षा भयो । परीक्षाफल पनि निस्क्यो । हमीद उनीहरूका कालेजका प्रथम र त्यस संस्थाका तेस्रो स्थानमा आएँ भनी हाम्रामा मीठाई आदि खाने कुरा लिएर आएका थिए। भगवानलाई चढाएको प्रसाद हो भन्दै दूधका व्यञ्जनहरू एक दूनु ल्याएका थिए।
– कसले चढाएको, तिमी मन्दिर गयौ र ?
– म त गइन, उनले गएर चढाएको ।
– ऊ भनेको?
– उनी त…ऊ… विन्दुले
– त्यसरी भनन्। ऊ…ऊ.. .के भनेको
त्यसो। भन्नु भन्नु परे हाम्री नत्र मेरी पनी भन न, सक्छौ कि हेरौं।
मेरा जिस्क्याइमा उ बानी परी सकेका थिए। तर मेरी पलीलाई लज्जाएर हेरी “बाबुजी पनि” भनेर मुस्कुराए। मेरी पलीले भनिन- हमीद तिम्रा बाबुजी त यस्तै हो।
– अनि, विडुको के भयो ?
– बाबुजी उनले परीक्षा दिइनन्। एम.एस.सी परीक्षा सँगसँगै पर्न खोज्नाले दिइनन्। अर्को पाली दिने भइन।
– तिमीले पो जित्यौ हँ ! के गर्छौ ? पढ् अझै पढ, छ होइन अझै पढ्नु ?
– कति छ, छनि बाबुजी । अब दुई वर्ष यहीँ पढ्न पाइन्छ। त्यस पछि यहाँ छैन लखनउ नत्र बम्बई जानु पर्छ। सकिन्छ जस्तो लाग्दैन बाबुजी।
– किन…।
पैसाको, बहिनी बढेको आदि कारण रहेछ। भए देखि अलिक राम्रो पैसा आउने काम गर्ने विचार रहेछ। तै पनि सके जति पढ्छु नै भन्ने विचार चाहिँ अघि राखेका रहेछन्। मैले धन्यवाद दिएँ। पैसा सैसा मदद गर्छु भनेर चाहिँ भन्न सकिन।
तीन-चार महिना पछि एक दिन दिउसो मेरा अफिसमा कुदेर आए। मलाई बोलाए। उनको हतार र अतालिएका अवस्थाले म कलम बँद गर्न न भ्याई बाहिर निस्के। टाडा एउटा रूखका फेदमा उनले मलाई लिएर गए।
– हमीद ! के भयो र यसरी आतिएका ?
– बाबुजी हिजो राती विन्दुलाई ढोका थुनेर धेरै कुटे रे। अहिलेसम्म पानी पनि न खाई छन् रे। भनी सुनाए।
– कसले ? किन ?
– मलाई पनि थाह छैन। तर उनका घरमा थाह पाएछन् क्यार।
– त्यो न हुन सक्छ, न आतियौ न। हेरौंला-बुझौंला।
– उनीहरूकी आमा त एक किसीककी हुनुहुन्छ। विन्दु पनि पछि हटने होइनन्। कुटे होलान। आमाको रिस म जान्दछु बाबुजी । के गरौं बाबुजी।
मेरो त सोध्ने पूछने कोई छैन, सबै बाबुजी मात्र हुनुहुन्छ। के गरौं बाबुजी।
मेरो जिम्मा लाउनाले म पनि अन्योलमा परेँ। के भन्नु के गर्नु भयो। कुनै बाटो देखिएन। राम्रो कुरो बुझौं अनि के गर्नु पर्ने हो गरौंला। जानेबेलामा मैले भने- “हमीद तिमी उनीहरूकहाँ न जानु है। कालेजमा भरे तिम्रा प्रिन्सीपलको लक्षण लुकेर हेर्नु” उ गए पछि सम्झें- अब के गर्ने ?
भोलि पर्सीपल्ट हमीद आएनन् । मैले बाटो हेरेँ। मनमा पीर परेको छ। केही बेर मन अशान्त भए पनि त्यही मात्र सोची रहने कुरो थिएन। शान्त भएछ भन्ने ठानें। तर खबर कागज दिन न आउनाले केही भएछ कि जस्तो लाग्यो । टुईटा नानी भए पछि समाचार पनि कहिले पढियो कहिले पढिएन यसै छ र पनि पत्निले लिउँ भन्नाले र हमीदले पैसाको पनि तन्ती.. .न गर्नाले यसै लिइयो । (मेरी पत्निले लिउँ भनेको पनि उ पनि केही पढने र महिना मेरपछि बाँधेर बेच्नलाई पनि होला) । एक दिन हमीदले तीन-वार दिनका बाँधेर सँगै लिएर आए। मैले के शान्त भयो भनी सोधेँ। उनले केही समाचार छैन भने, विन्दु पनि निस्केकी छैनन्; गुरू पनि दुई तीन दिन कालेज आउनु भएन; हिजो आउनु भयो; भेट भयो; केही भन्नु भएन मज्जाले हेरे जसो गर्नु भो भने। जान्नु भएछ क्यार मलाई शंका गरेझै गर्नु भयो। मैले आफैलाई सम्हालें।
यसै बखत मैले केही वर्ष देखि ट्राँस्फर गर्नु भनी बारम्बार लेख्नाले हो अथवा (यसै भएको हो) मेरो ट्राँस्फर भयो। आफ्नै प्रदेश; आफ्नै शहरमा। सबै खुशी भयौं। तर हमीदका दाज्यू बहिनी साह्रै रोए। (दाज्यूसँगै रोएर ठिकै भयो; नत्र उमेर पुगेकी हष्ट-पुष्ट, सर्व गुण सम्पन्न एउटी युवतीले यसरी रुँदा मेरी पत्नीले शंका गर्ने थिइन) । हिँड्ने ठुई तीन दिन बाँकी छँदा हमीद एक दिन एउटा साना होटलमा बसेका बेला बलिन्द्र आँसु झारेर रोए भने- ‘बाबुजी ! सरकार कति न राम्रो छनि। भक्कानु फुटेको आवाज थियो। अतिनै माया लाग्यो। मैले भने –
– हमीद यही हो संसार भनेको। कहिले मिलन कहिले विछोड; कहिले सुख कहिले ढुख ईश्वरको लीला । हाम्रा वशको कुरा होइन। भगवानमा भरोसा गर। धेरै दुखी न हौ। म पनि बेर-बेर आउन सक्छु। अनि तिम्री विन्डु छन् त। अँ ! तिम्रो बिहेको निम्तो पठाउ है, म अवश्य आउँछु। न विर्स है, जाने बेलामा विन्डुलाई भेट्ने इच्छा थियो। उ निस्किनन् होइन ?
– निस्कदै निस्किन्नन्। परीक्षा पनि दिइनन् ।
– तिमी उन कहाँ गुरूलाई भेट्ने निहुँले गएनौ ?
– जानु हुँदैन बाबुजी। सबै थाह भयो
मलाई पनि कुटाउँछु भनेर आमा भन्दै हुनु हुन्थ्यो रे। गुरूजीले त केही भन्नु हुन्न। भेटमा, पढाउँदा अस्तिकै जस्तो गर्नु हुन्छ। गुरूजीले त केही फरक देखाउनु भएन । मलाई धन्यवाद दिनु हुन्छ।
– तिम्रो विचार सिधै उहाँलाई भन्दा के हुन्थ्यो। एक पल्ट भनी हेर न। कि म भनौं?
बाबुजी न भन्नोस। म आफैँ गर्छु। मेरो त मर्नु बाँच्नु केही छैन। तपाई व्यर्थमा यसमा मिसीमु फ्यो र। यो राम्रो ठाउँ होइन। मानिसको मूल्य न भएको, परवाह न गर्ने ठाउँ। मेरो बिराम छैन भने विन्डुको र मेरो भेट अवश्य हुन्छ। एक पल्ट त अवश्य भेट हुन्छ। मलाई विश्वास छ बाबुजी । हमीद, तिमीले न भुल्नु है, मैले तिमी तिमीसँग गीत र विन्डु दुई थोक छोडेको छु। एउटा न एउटामा मन डुबाउनु। भाग्यमा भए ठुवै साथमा हुन्। अनि अर्को कुरो रजियालाई दुख होला है; तिमी नै उनका आमा-बुबा, दाज्यू सबै हौ।
उनको विश्वास साँचो भयो। उनको बिराम रहेन रहेछ। एकै पल्ट होइन दुई तीन पल्ट भेट भएछ। म घर आएका तीन महिना जस्तो पछि हमीदको चिट्ठी आयो। काशीबाट होइन बम्बईबाट आएको पत्र। अति लामो चिट्ठी; धेरै पन्नामा लेखेको । बारम्बार पढ्दा पनि दुख लाग्ने चिट्ठी । साधारण पत्र होइन । फूटेका हृदयका डुक्राले आँसुका मोती जडेर जीवनका कष्टकर कागजका पानामा लेखेको पत्र । धेरै दिन बदी भए पश्चात एक साँझ बौलाई जस्ती भएर विन्दु भागेर ऊ सँग आइछन्। सबै खेदाउँदै आएर समातेर लगेछन्। पछि एक ठुई पल्ट भेट भए पश्चात्, एउटा पत्र लेखि बुबा आमालाई भेटेर कुरा गरौं भनि छन्। त्यस दिन उनी चार जनाको राम्ररी कुराकानी भएछ। निचोडमा पृथ्वीवीका दुई ध्रुवको मेल, भेट हुने न हुनेमा पुगेछ कुरा। अन्तमा कुट-पीटमा कुरो आएछ। डराए पनि होशमा रहे पनि भनी धम्क्याउने हिसाबले, सम्झाउने बुझाउने बहाना गरि अपरिचित चार पाँच जना आई मार्ने हिसाबले कुटेछन्। चार पाँच दिन पछि उनको होश आउँदा एउटा अस्पतालमा आफुलाई पाए छन्, बहिनीको पनि दिशो पत्तो थिएनछ। अर्को कुरो विन्डुले पनि आफ्ना कोठामा डाइसेक्सन बक्सका साना छुरीले घाँटी रेटेर आफूलाई समाप्त गरिछन्। भारी जीउ रहेछ भनी लेखेका थिए। आश्चर्य लाग्दो अर्को कुरा, विन्दुले रातो खुनले एउटा पत्र लेखेकी रहिछन्। त्यो ज्यों को त्यों हमीदले लेखेका थिए।
यस्तो लेखेको रहेछ-
आमा, बुबा र अन्य सबै,
म आफ्ना इच्छाले जाँदैछु। म जस्ती धर्म न चिन्ने जाति न जान्ने एउटीलाई यस संसारमा ठाउँ रहेनछ, यस्ता समाजलाई छोडेर जाँदैछु, माफ गर्नु होला। यो कसैको दोष होइन। मेरो कुरा मान्नु हुन्छ भने मेरो अन्तिम संस्कार आमाका इच्छामा होस। अनि मेरा सौभाग्यशाली सन्तानलाई हिन्दूका श्मशान घाट र मुसलमानका कब्रका माझमा पुरीदिनु। ऊ कसैका होइनन् मेरा हुन हाम्रा हुन्। आमा र सन्तान सहित आनन्दले विदा लिँदैछौं। पति तथा बाबुसँग जान पाउँदा कुन पत्नि र कुन सन्तान खुशी हुँदैनन्।
सबैकी
विन्दु।”
अन्तमा हमीदले भनेका थिए-
“बाबुजी आमा र सन्तान अघि भए। हुन ! म पनि जान न सक्ने होइन, मन गर्ने साथ गई हाल्छु। नामर्द भनी न लिनु होला। म अहिले जान्न। तपाईंले त मलाई छोडेर जानु भयो; बहिनीको दिसो-पत्तो छैन, विदु र मेरो सन्तान मलाई छोडी गए। यस समाजले मलाई पनि विदा दिएको हो। तर म जान्न, बाबुजी म जान्न। तपाईंले जिम्मा लाउनु भएको गीत साथमा छ। तपाईले दिएको दुढ् आत्मविश्वाश अटल छ। म गाउँछु, म सिक्छु गीतैले यस संसारलाई कथा सुनाउँछु। बाबुजी आज बाट साधना शुरू गर्न लागें। पहिलोको हमीद होइन एउटा नयाँ हमीद बन्नलाई भाईलाई (यो शब्द लेखेर काटेको थियो) पुत्रलाई आशीर्वाद दिनु होला… ।”
उनको गीत सुन्न म गइन । भोलिपल्ट उज्यालो हुनासाथ उ आईपुगे। उनकी पत्नि साथमा थिइनन् । किन न आएकी भनेर गुनासो पोखेँ। मैले केही साँचा केही ठट्टा कुरा गरी दुख प्रकट गरेँ। उ पनि म सँग सहमत भए।
उ फर्कने बेलामा एउटा भोज दिएँ। उनीहरू ठुवैलाई। भजन सुन्ने भनी ठूला बडाहरू पनि केही आउनाले सबैसँगै खाइयो। एउटा सानो गुन्द्री ओछ्याएर तिनताक मलाई मन पर्ने भजन मन लाएर अति नै राम्ररी गाए। गाउन अघि, केही क्षण आँखा चिम्लेर साधनाको मुद्रामा बसे। कोई एक शब्द पनि न बोलीदिनुहोस् भनी उनकी पत्निले सबैलाई संकेत गरिन्। केही बेर पछि आँखा चिम्लेको चिम्लै तानपुरा समातेर बजाई रहेर पछि गाए। उनकी पत्निले तबला बजाइन । कति सुन्दर मन मोहक तरिकाले गाए। डुवै आँखाबाट बलिन्द्र आँसुका धारासँग गाउनाले इश्वरैसँग साक्षात्कार भएको भान गराउँद थियो। गाई सकेको हामीलाई थाह नै भएन। ताली यति मारियो साँधी छैन। मेरा आँखाबाट पनि आँसुका धारा छुटे। थाम्ने कोशिस गरें, आँसु झरीनै रहे। उनले बिसाउँदा जुरूक्क उठेर अंगालो हालेँ। उ मेरा काखमा घोफप्टेर डाको छोडेर सानो नानी जस्तो रून लागे। उनलाई न रोउ भनी फकाउनु पर्यो भनी मुख खोलें; गलाबाट शब्दको त नाउँनै निस्किन सकेन। मैले त सकिन तिमी यिनलाई रोक न भनी संकेत गरौं भन्ने ठानेर उनकी पली विद्यालाई हेरेँ। उनका आँखा पनि आँसुका धारासँग आँसुमा ड्बेको पाएँ। मैले हातले इशारा गर्ना साथ, आमाका काखमा बस्ने इच्छा रहँदा-रहँदै पनि आउन न सकी टाडै रहेको बालक कुदेर आएर आमाका काखमा बसे झैं, गरी मेरा ठुवै गोडा समातेर रून लागिन | हामी तीनै जना रोयौं। मनमा विचारका कति तरङ्गहरूको छाल हानाहानमा उर्लेका आँसुसँग हामी रोइ रह्यौं। अन्तमा मैले भने-
_ हमीद। तिमी यति राम्रो गाउन थाले छौ नि। मैले त एक पल्ट पनि सुनेको थिइन्।
म्रैले यति मात्र भनेको थिएँ। उ जुरूक्क उठे। कुनै पागल जस्तो घुमी-घुमी नाँच्न लागे। मलाई त डर पो लाग्यो । म छक्क परेर हेदै थिएँ, उनले भने- “बाबुजी मलाई पुग्यो। मेरो साधना सफल भयो। मैले सिकेको, मेरो मेहनत मेरो विद्याध्ययन सबैपूर्ण भयो । यति खुशी पाएँ, बाबुजी मलाई यति भए पुग्यो। कति प्रतिस्पर्धामा पुरस्कार पाएको; संघ सस्थाहरूले आर्थिक सहयोग सहित दिएका पुरस्कारहरू देशको सर्वोच्च पुरस्कार सहित प्राप्त सम्मान नाउर धन सम्पत्तिले मलाई यति आनन्द दिएको थिएन। आज केवल एउटा भजन मात्र सुन्न मन गर्ने, गीतका विषयको सूक्ष्म ज्ञानसम्म न राख्ने बाबुजीले प्रशंसा गरीदिनु, …यो भन्दा खुशी अरू छैन। मलाई पुग्यो, मेरो इच्छा पूरा भयो, अब त मर्दा पनि फिक्र छैन। मेरो जीवन सार्थक भयो । अरे विद्या तिमी त पढे लेखेकी होइनौ, म लेख्न जान्दिन, अहिले बाबुजीले भनेको कुरा लेख न। दोबारा फेरि भन्नुहोस भन्दा हुँदैन; धेरै
भुलक्कड् हुनु हुन्छ बुढा मान्छे त। विद्या लेख न लेख.. .कठैबरी….यस घड्डीको अवसरमा ती ठुई पनि मेरा साथमा… .रहन्थे भने कस्तो हुन्थ्यो… । ती ढुई जना… ।
उ त साँच्चै पागलझैं भए । एकैक्षणमा कलम निकालेर विद्यालाई दिए, डायरी खोलेर हातले थिच्दै ठाउँ देखाएर लेख्न लाए। विद्याले पनि लेखे जस्तो गरिन। अरू सबै छक्क परे। मलाई त आश्चर्य लागेन । मैले भने- हमीद के हो तिमीत पागल जस्तो ? आउ बस। भात पर्खने निहुँले एक दुईवटा भजन सुनौ न थाक्यौ कि?
– थाकेको छैन। गाउँछु। मुखस्त भएका भजन सबै चढाउँ विद्या। तिमी तानपुरा बजाउ। तबला न बजाऔं। आजबाट कसैका अघि भजन गाइने छैन। भजनलाई बंद गर्ने हो अब। थालौं बाबुजी ।
गाए। पालैसँग गाए। न बिसाई गाई रहे। चित्त बुझ्लुञ्जेल गाउने इच्छा रहेछ झैं छ। पूरा मन डुबाएर गाएका छन्। थाँकें भन्दैनन्; आराम गर्छु भन्ने छैन। उनी गायनमा बद्ध भएर लागेझैं गाएको गाए गरे रोक्न पनि अप्ठ्यारो प्यो। बीचमा बोलाउन पनि सम्भव हुन सकेन । उनको भाव भंगिमा हेर्नाले मैले उति गीत सुनिन। उनका गीतका माझ माझमा मलाई आदि भएको त्यो सधैँ बिहान सुन्ने एउटा स्वर सुनेझैं लाग्द थियो – बाबुजी पेपर वाला… ।
भोलिपल्ट उनीहरू गए | पुग्याउन सबै गए। म पनि गएँ। म अलिक ढिलो पुगें। एरोड्रोम । सम्वादाताहरू, उनीहरूलाई पुग्याउन आउने सबै, उनलाई हेर्न आउने कति जनाका माझमा उनी ढुई जना थिए। मलाई परै देख्ना साथ उनी डुवै कुदेर आए। सबै उनीहरूका पछि-पछि लागेर आए। हवा जहाजमा चढ्न जान लाग्दा गोड्डा छोएर ढोगे। त्यो सबै भीडमा मैले धेरै केही भनिन; लौ जाउ है; सदा सुखी रहु भन्दा अरू केही भनिएन।
हमीद र विद्यालाई लिएर हवाजहाज वान वे मा ढुगुरेर उड्यो । स्वतन्त्र उड्यो। यसो हेर्दा-हेदै एउटा डाँड्दाले छेलिएर देख्न छोडियो। म फर्कन लाग्दा सम्वादाताहरूले के-के प्रश्नहरू गरे। मैले जान्ने बुझ्ने कुरो होइन, म केही जान्दिन यसै चिना-जाना मात्र हो भने; एक जना वृद्ध भनेर श्रद्धा र सम्मान गरेका हुन् भनें। उनीहरूले अविश्वास-विश्वासमै विश्वास गर्नु पययो।
सडकमा सीटी बस पर्खंदा पर्खदै सम्झें… .कठैबरी । यस घडीको अवसरमा ती दुवै पनि मेरा साथमा रहन्थे भने कस्तो हुन्थ्यो… । बस भित्र एक्लै सम्झेँ उनका ती ठुवै” भनेका को को होलान् ?
काशी १६५०



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
