११
बुकिन, सामोइलोभ, सोमोभ र अरु पाँच व्यक्ति पनि गिरफ्तार भए भन्ने कुरा भोलिपल्ट थाहा भयो । साँझ फ्योदर माजिन आइपुग्यो । उसको घरमा पनि खानतलासी भएको रहेछ । ऊ निकै खृुसी थियो र आफूलाई निकै बहादुर ठान्दै थियो ।
“फ्योदर, तिमीलाई डर लागेको थियो ?” आमाले सोधिन् ।
उसको मुख अँध्यारो भयो, अनुहार गम्भीर भयो र नाथ्री काँप्न थाल्यो ।
“अफिसरले कुट्ला भन्ने डर लागेको थियो । मोटो, कालो दाह्री भएको, त्यसका औंलाहरु लामालामा रौंले ढाकिएका थिए र त्यसले कालो चस्मा लगाएको थियो । यस्तो लाग्थ्यो, ऊ बिलकुल अन्धो छ र ऊ खुट्टा बजार्दै चिच्याउन र कराउन थाल्यो । भन्थ्यो ः म तिमीहरु सबैलाई जेलमा ठुँस्छु ।” मलाई आजसम्म कसैले पिटेको छैन, आमाबाबुलेसम्म छोएका छैनन् । म आमाबुबाको एक्लो छोरो, धेरै माया गर्थे ।”
उसले एक छिनसम्म आँखा बन्द गर्दै ओठ खुम्च्यायो र दुवै हातले बडो फुर्तिसाथ आफ्नो कपाल पछाडि फर्कायो । अनि पाभेलतिर हेर्दै भन्यो –
“यदि कसैले कहिल्यै मलार्य छुने हिम्मत ग¥यो भने म त्यस मान्छेमाथि आँखा चिम्लेर जाइलाग्छु । दाँतले टोक्न थाल्छु, बरु एकैचोटि मारिहालून् ।” रिसले राता भएका उसका आँखाहरु टल्किँदै थिए ।
“यस्तो सिकुटे छस्, के लड्न सक्लास् र ?” आमाले भनिन् ।
“केही छैन, प¥यो भने लडूँला !” फ्योदरले बिस्तारै भन्यो ।
ऊ निस्किसकेपछि आमाले पाभेललाई भनिन् –
“सबैभन्दा पहिले यसैले धोका दिन्छ .. !”
पाभेलले केही जवाफ दिएन ।
केही बेरपछि भान्साकोठाको ढोका खुल्यो र रीबिन भित्र पस्यो ।
“लौ म फेरि आइपुगँे ।” उसले मुस्कुराउँदै भन्यो – “हिजो राती उनीहरुले ल्याएका थिए, आज आफैँ आइपुगेँ !” उसले बडो जोडले पाभेलसँग हात मिलायो र पेलागेया निलोभ्नाको काँधमा हात राख्दै सोध्यो –
“चिया पिलाउँदिनौ त ?”
पाभेलले उसको चौडाच गहुँगोरो अनुहार चुपचाप बढो ध्यानपूर्वक हे¥यो । उसका आँखा काला थिए र दाह्री पनि कालै थियो । उसको शान्त दृष्टिमा कुनै गोप्य अर्थ लुकेको थियो ।
आमा सामोभार बसाल्न भान्साकोठामा पसिन् । रीबिनले आफ्नो दाह्री सुम्सुम्यायो, टेबुलमा कुइनाले टेकेर बस्यो र पाभेललाई ध्यान दिएर हेर्न थाल्यो ।
“लौ त !” उसले बीचैमा बन्द भएको वार्तालाप फेरि सुरु गरेजस्तो गरी भन्यो – “म तिमीसँग साफसाफ कुरा गर्न चाहन्छु । पछिल्ला केही समयदेखि म तिम्रो अध्ययन गर्दैाछु । नजिकै बस्छौ, देखछु तिमीकहाँ थुप्रै मान्छेहरु आवातजावत गर्छन् । रक्सी पिउने र गुन्डागिरी गर्ने कामबाट पनि तिमी टाढै छौ । यो त भयो पहिलो कुरा । यदि मानिसहरु भलाद्मी तरिकाले बस्छन् भने स्वभावतः उनीहरुप्रति ध्यान आकर्षित भैहाल्छ । क्या हो ? अवश्य केही गडबढी ाछ । म आफैँ पनि मान्छेहरुबाट टाढाटाढा रहने हुनाले उनीहरुको आँखाको कसिङ्गर बनेको छु ।”
उसको आवाज गह्रौं थियो तर ऊ नअडिकन बोल्दै थियो । उसले आफ्नो दाह्री सुमसुम्यायो र ध्यानपूर्वक पाभेलतिर हेर्न थाल्यो ।
“मान्छेहरु तिम्राबारे नानाथरिका कुरा गर्छन् । मेरो घरधनीकै कुरा गरौं न । ऊ तिमीलार्य नास्तिक भन्छ, गिर्जाघर जाँदैनौ रे । हुन त म आफैं पनि गिर्जाघर जान्नँ । अनि यी पर्चाहरु । के तिमीले निकालेको हो ?”
“हो !” – पाभेलले जवाफ दियो ।
“भयो अब, तैँले रे ?” आमाले आतङ्कित हुँदै भान्साकोठाको ढोकाबाट टाउको निकाल्दै ठूलो स्वरले भनिन् । “थोरै तँ एक्लैले निकालेको होस् र !”
पाभेल हाँस्यो, रीबिन पनि हाँस्यो ।
“ठीक छ !” रीबिनले भन्यो । आमा लामो सास फेर्दै त्यहाँबाट हिडिन्, आफ्नो कुराको वास्ता नगरिएको देखेर उनी अलिकति रिसाइन् पनि ।
“पर्चा निकालेर तिमीहरुले ठीकै ग¥यौ ! आमा लामो सास फेर्दै त्यहाँबाट हिडिन्, आफ्नो कुराको ावास्ता नगरिएको देखेर उनी अलिकति रिसाइन् पनि ।
“पर्चा निकालेर तिमीहरुले ठीकै ग¥यौ ! मान्छेहरुमा जोस पैदा गर्छ यस्तो कुराले । उन्नाइस वाटा निस्किसकेका छन्, होइन ?”
“हो !” – पाभेलले जवाफ दियो ।
“त्यसो भए मैले सबै पढेको रहेछु । पर्चामा सबै कुरा त मैले बुझिनँ, केही अनावश्यक कुराहरु पनि लेखिएका छन् । तर जब यत्रो कुरा गरिन्छ त अवश्य केही फाल्तु कुराहरु पनि परिहाल्छन् ।”
रीबिन आफ्ना सेता दाँत देखाउँदै ङिच्च हाँस्यो ।
“त्यसपछि यो खानतलासी । यसैले मलाई सबैभन्दा बढी तिमीतिर आकर्षित ग¥यो । तिमी, उक्राइनि, निकोलाइ – सबले देखाइदियौ .. ।”
उचित शब्द भेट्टाउन ऊ थामियो र झ्यालबाहिर हेर्दै टेबुलमा औंलाले ताल दिएर चुपचाप बस्यो ।
देखाइदियौ तिमीहरु के चाहन्छौ । तिमीहरु देखाउन चाहन्थ्यौ – महानुभाव हो, तपाईहरु आफ्नो काम गर्नोस्, हामी आफ्नो काम गर्छौ । उक्राइनि बडो बेस मान्छे ठहरियो । कहिलेकाहीँ जब म फैक्ट्रीमा उसको कुरा सुन्छु त सोच्न थाल्छु ः यो मान्छे आफ्ना बाटामा कहिल्यै हट्ने छैन । मृत्युले मात्र ायसलार्य आफ्ना बाटाबाट हटाउन सक्ला, निकै कडा मान्छे छ । पाभेल भन त, के तिमी मलाई विश्वास गर्छौ ?”
“गर्छु !” – पाभेलले टाउको हल्लाउँदै जवाफ दियो ।
“लौ ठीक छ । हेर, म चालीस वर्ष भैसकेँ । उमेरले तिमीभन्दा दुईगुना बढी छु । तिमीले भन्दा बीस गुना बढी संसार देखिसकेको छु । फौजमा तीन वर्षभन्दा बढी काम गरेँ । दुईपल्ट बिहे गरिसकेँ । पहिली मरी, दोस्रीलाई आफैंले छाडेँ । ककेसियामा बसिसकेको छु, दुखोबोरेचहरु सँगद्द परिचित छु । उनीहरु जिन्दगीको समस्या हल गर्न सक्दैनन्, भाइ, बिलकुल हल गर्न सक्दैनन् ।”
आमा बडो उत्सुकतासाथ उसको यो जोरदार भाषण सुन्दै थिइन् । त्यस्तो प्रौढ व्यक्ति उनको छोराकहाँ आएको र आफ्नो हृदयका सबै कुरा उसका अगाडि पोखेको देखेर उनी दङ्ग परिन् । तर उनलाई लाग्यो – पाभेल अतिथिसँग निकै रुखो व्यवहार गर्दैछ र यो कमी पूरा गर्ने उद्देश्यले उनले रीबिनलार्य सोधिन् –
“मिखाइल, इभानोभिच, केही खान्छौ कि ?”
“धन्यवाद, आमा ! मैले खाना खाइसकेका छु । उसो भए पाभेल, तिम्रो विचारमा हाम्रो जिन्दगी जस्तो हुनुपर्छ त्यस्तो छैन ।”
पाभेल उभियो र हात पछाडि राखेर कोठामा ओहोरदोहोर गर्न थाल्यो ।
“होइन, जिन्दगी ठीक तरिकाले चल्दैछ ।” – उसले भन्यो – “के यही जिन्दगीले होइन तपाईलाई खुल्ला हृदयले मकहाँ आउन बाध्य गरेको ? यही जिन्दगीले जिन्दगीभर परिश्रम गर्दै आएका हामीलाई बिस्तारै ऐक्यबद्ध तुल्याउँदै छ र त्यो समय पनि आउनेछ जब हामी सबै एक हुनेछौ । हाम्रो जीवन कठोर छ र हामीप्रति अन्याय हुँदै छ, तर यही जीवनले हाम्रा आँखा खोल्दै छ र हामी यसको कटु अर्थ बुझ्न थालेका छौं, स्वयम् जीवनले यसको चाल कसरी अघि बढाउने हो भन्ने बाटो हामीलाई देखाउँदै छ ।”
“तिमी ठीक भन्दै छौ ।” – उसलाई बीचैमा रोक्दै रोबिनले भन्यो – “मान्छेहरुलाई पुनर्जागृत तुल्याउनुपर्छ । यदि कसैको टाउकामा जुम्रा प¥यो भन नुहाइधुवाइ गरेर सफासफा लुगा लगाएपछि त्यो मान्छे फेरि सुग्घरी बन्छ । तर मान्छेको हृदय कसरी पखाल्न सकिन्छ ? मुख्य कुरा त यो पो हो ।”
पाभेलले बडो जोससाथ फैक्ट्री र त्यसका मालिकहरुबारे, कसरी अन्य देशका मजदुरहरु आफ्नो अधिकारका लागि लड्दै छन् भन्ने विषयमा बतायो । बीचबीचमा रीबिन यसरी औंलाले टेबुल ठटाउँथ्यो मानौं ऊ पाभेलको भाषणमा विरामचिन्ह लगाउँदै छ ।
“यही त हो वास्तविकता ।” ऊ बारम्बार भन्थ्यो ।
एकपल्ट उसले हाँस्दै बिस्तारै भन्यो –
“अझ तिमी बच्चा नै छौ । मान्छेहरुलार्य राम्ररी चिनिसकेका छैनौ ।”
पाभेलले रीबिनको अगाडि उभिँदै बडो गम्भीरतापूर्वक भन्यो –
“हेर्नुस् बूढो र बच्चाको कुरा तपार्य नगर्नुस ! बरु बिचार गरौं कसको भनाइ बढी सही छ ।”
“त्यसो भए तिम्रो विचारमा ईश्वरबारे पनि हामीलाई अहिलेसम्म धोका दिँदै आएका छन् ? हो, मलाई लाग्छ, हाम्रो धर्म बिलकुल मूर्खतापूर्ण कुरा हो ।”
यहाँनेर आमा पनि बहसमा सामेल भइन् । जब ईश्वरले अथवा ईश्वरप्रति आफ्नो श्रद्धासँग सम्बन्धित कुनै पनि विषयमा, त्यस श्रद्धाबारे जुन उनलाई अत्यन्त प्रिय थियो र जसलाई उनी अत्यन्त पवित्र ठान्थिन्, छोरा कुरा गर्न थाल्यो तब उनी उसका आँखामा हेर्दै मूक प्रार्थना गर्थिन्, ईश्वरप्रति अविश्वासका कटु शब्दहरु बोलेर ऊ आमाको चित्त नदुखाओस् । तर छोराको नास्तिक दृष्टिकोणका पछाडि आमा दृढ आस्थाको आभास पाउँथिन्, यसले उनलार्य कुनै मात्रामा सान्त्वना दिन्थ्यो ।
“कसरी मैले उसको विचार बुझ्न सकूँला ?” उनी सोच्थिन् ।
उनलाई लागेको थियो त्यो प्रौढ व्यक्ति रीबिनका लागि पनि छोराको नास्तिक कुरा त्यत्तिकै अप्रिय हुनेछ तर जब रीबिनले शान्त भावनाले यो प्रश्न अगाडि राख्यो, उनले आफूलाई सम्हाल्न सकिनन् र बडो जोसका साथ भनिन् –
“हेर केटा हो ! जहाँसम्म ईश्वरको कुरा छ, तिमीहरु अलि सोचविचार गरेर कुरा गर ।” उनले लामो सास फेरिन् र अझ बढी जोसले भन्न थालिन् – “तिमीहरु जे चाहन्छौ सोच्न सक्छौ तर जहाँसम्म मेरो कुरा छ, म बूढी भैसकेकी छु र यदि तिमीहरुले मेरा भगवान्लाई पनि मसँग खोस्यौ भन विपदका बेला मैले कसको सहारामा बाँच्ने ।”
उनका आँखा आँसुले भरिए र भाँडाकुँडा माझिरहेका उनका औंलाहरु काँप्दै थिए ।
“आमा, तपाईले हाम्रो कुरा बुझ्नुभएन !” पाभेलले स्नेहपूर्वक भन्यो ।
“आमा, हामीलाई माफ गर्नोस् ।” रीबिनले आफ्नो गहिरो, मन्द आवाजमा भन्यो । उसले बिस्तारै मुस्कुराउँदै पाभेलतिर हे¥यो र फेरि आमालाई भन्यो – “मैले त बिर्सी पनि सकेको थिएँ, तपाई बूढी भैसक्नुभएको छ र आफ्नो विचार बदल्न असमर्थ हुनुहुन्छ ।”
“म त्यस दयालु र कृपानिधान ईश्वरबारे कुरा गरिरहेको थिइनँ, जसमाथि तपाई विश्वास गर्नुहुन्छ ।” – पाभेल भन्दै गयो – “म त्यस ईश्वरबारे कुरा गर्दै थिएँ जसको नाम लिएर पादरीहरु हामीलाई तर्साउने गर्छन् । मानौं ईश्वर कुनै डन्डा हो – म त्यस ईश्वरबारे कुरा गर्दै थिएँ जसको नाम लिएर उनीहरु केही व्यक्तिको विशेष कुत्सित इच्छाअगाडि सबैलाई झुकाउने प्रयत्न गर्छन् .. ।”
“यही त समस्या छ !” रीबिनले टेबुलमा मुक्का हिर्काउँदै भन्यो – “उनीहरुले एक झूटो ईश्वरलाई हामीमाथि थोपरी दिएका छन् । उनीहरु आफ्नो हातमा भएको हरेक हतियार हाम्रो विरुद्ध प्रयोग गर्छन् । आमा ! तपाई यो कुरा विचार गर्नोस्, यदि ईश्वरले मान्छेको सृष्टि गर्दा उसलार्य आफ्नो रुप दियो भने यसको मतलब हुन जान्छ मान्छे ऊसँग मिल्दोजुल्दो छ, त्यसो भए ईश्वर पनि मान्छेजस्तो मिल्दोजुल्दो हुनुपर्छ । तर हामी देउताजस्तोा हुनु त कता हो कता पूरा जङ्गली जनावरजस्ता छौं । पादरीहरुले हाम्रा अगाडि एउटा हौवा खडा गरिदिएका छन् – आमा, ईश्वरलाई पनि बदल्नु आवश्यक छ, उसको नुहाइधुवाइ गर्ने जरुरत छ ! उनीहरुले ईश्वरलाई झूटो र अन्धो प्रचारमा लपेटेर राखेका छन्, हाम्रो आत्मा कुल्चनका लागि ईश्वरको रुप विकृत तुल्याइदिएका छन् .. ।”
ऊ बिस्तारै बोल्दै थियो, तर उसको प्रत्येक शब्दले आमाको हृदयमा मुग्रोले जस्तै हिर्काउँदै थियो । कालो दाह्रीले ढाकेको उसको मृत्युजस्तो भयङ्कर अनुहार देख्दा आमालाई डर लाग्न थाल्यो । उसका काला आँखाको चम्काइ आमाका लागि असह्य भयले आतङ्कित भयो ।
“बरु म जान्छु ।” उनले आफ्नो टाउको हल्लाउँदै भनिन् । “म यस्तो कुरा सहन सक्दिनँ ।”
उनी हतारिएर भान्साकोठामा लागिन् ।
“पाभेल बुझ्यौ ?” रीबिनले भन्यो । “हरेक कुराको केन्द्र हाम्रो मस्तिष्क होइन, हृदय हो । मानिसको आत्मा एक त्यस्तो ठाउँ हो, जहाँ अरु कुनै कुरा हुर्कनै सक्दैन .. ।”
“मात्र ज्ञानले मानिसलार्य मुक्ति दिन सकछ ।” पाभेलले दृढतापूर्वक भन्यो ।
“ज्ञानले मान्छेलाई बल दिँदैन ।” – रीबिनले ठूलो स्वरमा टेक लिँदै भन्यो – “हाम्रो हृदयले हामीलाई बल दिन्छ, दिमागले होइन !”
आमाले लुगा फेरिन् र ईश्वरको प्रार्थना नगरिकनै बिछ्यौनामा पल्टिन् । उनलाई जाडो लाग्दै थियो र मनमनै फतफताउँदै थिइन् । सुरुमा उनलार्य रीबिन निकै भरपर्दो र बुद्धिमान मान्छे लागेको थियो । उसले उनीमाथि निकै प्रभाव पारेका थियो, तर अब उनले उसलाई घृणा गर्न थालिन् ।
“नास्तिक ! पाखण्डी कहीँको ।” उसको आवाज सुनेर आमो मनमनै भनिन् –
“किन आइपुगेछ मोरो यहाँ ?”
रीबिन बडो शान्त भावले आत्मविश्वाससहित बोल्दै थियो ।
“हृदय अत्यन्त पवित्रस्थान हो, यो ठाउँ खाली हुनुहुँदैन । आत्मा सबैभन्दा कोमल ठाउँ हो, यसमा ईश्वरले बास गरेको हुन्छ । यो ठाउँ काटेर फाल्ने हो भने त्यो घाउ कहिल्यै निको हुँदैन । पाभेल, हामीले कुनै नयाँ आस्था भेट्टाउनुपर्छ – यस्तो ईश्वरको सिर्जना गर्नुपर्छ, जो मानिस मात्रको मित्र होस्, हितैषी होस्, मुख्य कुरा यही हो ।”
“इसामसिहा यस्तै त थिए नि ।” – पाभेलले भन्यो ।
“इसामसिहा कमजोर हृदयका थिए । उनले भनेका थिए, “यो पात्र कसैले मबाटै लेओस् । अनि उनले सम्राटको सत्ता पनि स्वीकार गर्न सक्दैनन् । ईश्वर स्वयम् सर्वशक्तिमान छन् । उनी आफ्नो आत्माको भेदभाव गर्न सक्तैनन् । आत्मा ईश्वरीय छ, यो मानवीय पनि हुनुपर्छ । ईसा न त व्यापारको विरोधी थिए, न त विवाहको । अनि अन्जीरको रुखलार्य श्राप दिएर उनले ठूलो अन्याय पनि गरे । फल नफल्नुमा अन्जीरको रुखको के दोष थियो र ? मानिसको आत्मामा भलाइ पैदा हुँदैन भने यसमा आत्माको दोष छैन । के मैले आफैंले आफ्नो आत्मामा कुत्सित बीउ रोपेको हुँ र ?”
कोठामा अविरल गतिले दोहोरो आवाज सुनिँदै थियो । यस उत्तेजित वाकयुद्धमा उनीहरु कहिले एक दोस्राको समर्थन गर्थे त कहिले विरोध । पाभेल कोठामा ओहोरदोहोर गर्दै थियो र उसले टेकेको ठाउँमा भुई चरमराउँदै थियो । जब पाभेल बोल्थ्यो तब अरु सबै आवाजलाई उसको स्वरले दाबाउँथ्यो । तर जब रीबिन आफ्नो शान्त, धोत्रे स्वरमा बोल्थ्यो तब आमा घडीको टिकटिक र हिउँदे बतासले भित्ता चरमराएको आवाजसमेत सुन्न सक्थिन् ।
“म तिमीलाई यो कुरा आफ्नै तरिकाले, एक मजदुरको सिधासादा तरिकाले भन्छु – ईश्वर तेजमान छन् । उनको बास मानिसको आत्मामा छ। धर्मोपदेशमा भनिएको छ – “सृष्टिको आरम्भमा शब्द थियो र त्यही शब्द नै ईश्वर हो । तसर्थ, शब्द नै आत्मा हो ।”
“शब्द नै विवेक हो ।” पाभेल जोड दिँदै भन्थयो ।
“ठीक छ ! त्यसो भए ईश्वर आत्मा र विवेकमा छन् तर गिर्जाघरमा होइन । गिर्जाघर त ईश्वरको चिहान हो ।”
आमा निदाइनु र चालै पाइनन् कति बेला रीबिन निस्क्यो ।
उसले पाभेलकहाँ आफ्नो आवातजावत बढायो । ऊ आउँदा पाभेलकहाँ कुनै साथी बसिरिहेको छ भने ऊ चुपचाप एउटा कुनामा बस्थ्यो र कहिलेकाहीँ मात्र प्याट्ट भनिहाल्थ्यो –
“यही त हो वास्तविकता ।”
एकपल्ट कुनामा बसेको रीबिनले त्यहाँ जम्मा भएका साथीहरुतिर हेर्दै मलिन स्वरमा भनेको थियो –
“वास्तविकता जे छ, त्यसबारे बताउनुपर्छ । के हुन्छ भन्ने कुरा हामीलाई थाहा छेन । जब जनताले स्वतन्त्रता हासिल गर्नेछन्, उनीहरुले आफैंले ठम्याउनेछन्, कसो गरे बेस हुनेछ । मान्छेको दिमागमा मनपरी तरिकाले धेरै कुरा ठुसिएका छन्, जसको उसले कहिल्यै चाहना गरेको थिएन । उसले आफैंले आफ्नो भाग्यनिर्धारण गर्नेछ । हुन सक्छ, उनसले सबै कुरा बहिष्कार गर्नेछ – जीवन, विज्ञान आदि सबै कुराको हुन सक्छ उसले देख्नेछ – सबै कुरा उसको बिरोधमा छ । हुन सक्छ, उसले ईश्वरजस्तो परम्परागत ज्ञानलाई पनि आफ्नो शत्रु ठान्नेछ । जनतालाई किताबहरु सुम्पिदिनोस् त, उनीहरुले आफैंले आफ्ना प्रश्नहरुको हल भेट्टाउनेछन् । यही हो वास्तविकता ।”
जब कोठामा पाभेल एक्लै हुन्थ्यो, उनीहरु लगातार बहस गर्थे, तर बहसको सिलसिलामा उनीहरु एक दोस्राप्रति कहिल्यै उत्तेजित हुँदैनथे । आमा बडो ध्यानले उनीहरुको कुरा सुन्थिन्, उनीहरुको एकएक शब्दमाथि विचार गर्थिन् र उनीहरुको कुरा बुझ्ने कोसिस गर्थिन् । कहिलेकाहीँ त उनलाई यस्तो लाग्थ्यो मानौं फराकिलो काँध र कालो दाह्री भएको त्यो मान्छे र उनको सुडौल र मजबुद छोरा दुबै अन्धा भए । उनीहरु कहिले एउटा दिशामा त कहिले अर्को दिशामा बाटो खोजिरहेका हुन्थे । उनीहरु आफ्ना मजबुत तर निदाएका औंलाहरुले जे भेट्यो त्यही समाउँथे, यताउता भौतारिन्थे र खुट्टाले कुल्चन्थे । उनीहरु विभिन्न वस्तुहरुसँग टकराउँथे, छामछाम छुमछुम गर्दे भेट्टाउँथे र फेरि एकातिर फालिदिन्थे, तर आफ्नो विश्वास र आस्थाचाहिँ गुमाउँदैनथे .. ।
उनीहरुले आमालाई आफ्नो स्पष्टवादिता र साहसले गर्दा भयङ्कर लाग्ने शब्दहरु सुने बानी बसालिदिएका थिए, जब उनलाई यी शब्दहरुले पहिलेजस्तो हिर्काउँदैनथे । उनले यी शब्दहरुको विरोध गर्न सिकिसकेकी थिइन् । कहिलेकाहीँ त ईश्वरलाई अस्वीकार गर्ने यी शब्दहरुका पछाडि ईश्वरप्रति दृढ आस्था लुकेको पनि पाउँथिन् । तब उनी मनमनै मुस्कुराउँदै उनीहरुको सबै अपराध क्षमा गर्थिन् । हुन त उनी रीबिनलार्य मन पराउँदैथिन् तर पहिलेजस्तो उसलाई घृणा पनि गर्दिनथिन् ।
उनी हप्ताको एकपल्ट उक्राइनिका लागि सफा लुगा र किताबहरु लिएर जेल जान्थिन् । एकपल्ट उनले उसलार्य भेट्ने अनुमति पायन् ।
“ऊ त बिलकुल बदलिएको रहेनछ ।” घर फर्केर उनले बडो प्रेमपूर्वक बताइन् – “ऊ सबैसँग राम्रो व्यवहार गर्छ र सबै ऊसँग हााँसोठट्टा गर्छन् । हृदयमा उसलाई ठूलो वेदना छ तर ऊ कसैलार्य देखाउन चाहँदैन ।”
“यस्तै हुनुपर्छ ।” रीबिनले भन्यो – “हामी सबै दुःखमा लपेटिएका छौं, मानौं यो कुनै छालाको खोल हो । हामी वेदनाले ढाकिएका छौं, वेदनाकै सास फेर्छौ । फूर्ति गर्ने केही जरुरत छैन । सबैका आँखामा त पट्टी बाँधिएको छैन, कोही आफैं आँखा बन्द गर्छन्, कुरा यति मात्रै हो । त्यसैले बेवकुफहरु मात्र चुपचाप सबै कुरा सहन्छन् ।”

* दुखोबोरेचहरु – जारसाही रुसको एक धार्मिक समुदाय, जसको उत्पत्ति १८ औं शाताब्दीको मध्यतिर भएको थियो – अनु.