दोस्रो खण्ड
पाँच
०
तेस्रो पटक मैले धर्मगुरुलाई भेट्न अस्वीकार गरेको छु । मैले उसलाई भन्नुपर्ने कुरा केही पनि छैन, मलाई कुरा गर्न मन लाग्दैन र मैले उसलाई निकै नै चाँडै भेट्ने छु । तत्कालका लागि मलाई चाख लागेको कुरा यान्त्रिक कार्यविधिबाट उम्कन प्रयत्न गर्नु, अवश्यंभावी बाट उम्कने कुनै उपाय छ कि त्यो पत्ता लगाउने प्रयत्न गर्नु हो । मलाई अर्को कोठामा सारिएको छ । यसबाट, जब म पल्टिइरहेको हुन्छु, मैले आकाश बाहेक केही पनि देख्दिन । मैले पूरा दिनरात नपरेसम्म यसको स्वरूप हेरेर बिताउँछु । यहाँ म ठाउकोमुनि हात राखेर पल्टन्छु र पर्खन्छु । सन्तुष्ट पार्न नसकिने यान्त्रिक कार्यविधिबाट दण्डित बन्दीहरू उम्केका उदाहरणहरू कहिल्यै थिए कि थिएनन् भन्ने कुरा देखेर कति पटक दङ्ङ परेको थिएँ, प्राणदण्डबाट मुक्त हुन बा प्रहरी घेरा तोडेर उम्कन कति पटक प्रयत्न गरेँ मलाई थाहा छैन । मृत्युदण्डका कथाहरूप्रति प्रशस्त ध्यान नदिएकोमा मैले म आपैmँलाई डाँटेको छु । यी कुराहरूमा सबैले चाख लिनुपर्छ । के आइपर्छ कसैलाई पनि थाहा हुँदैन । अरूले जस्तै मैले पनि अखबारका प्रतिवेदनहरू पढेको थिएँ । तर कुनै विशेष पुस्तक हुनुपर्छ जसलाई उल्लेख गर्न म कहिल्यै पनि उत्सुक भइन । त्यहाँ ती मानिसहरू जो उम्केका थिए, तिनीहरूका कथा मैले फेला पार्न सक्ने त्यहीँ हुनुपर्छ । मैले के कुरा पत्ता लगाएको हुन सक्थेँ भने कम्तीमा पनि एकआपसमा, जब चक्र रोकिएको थियो, त्यो अपरिवर्तनीय र पूर्वनिर्धारित थियो । संयोग वा भाग्यले केवल एक पटक । एक प्रकारले भन्दा, मलाई लाग्छ, त्यो पर्याप्त भएको हुनुपर्छ । मेरो हृदयले बाँकी सबै गरेको हुनुपर्छ । अखबारहरूले प्रायः समाजप्रति उत्तरदायी ऋणका विषयमा कुरा गरे । तिनीहरूका अनुसार, यसलाई तिरिनुपर्छ । तर यस कुराले कल्पनालाई मुस्किलैले आह्वान गर्दछ । प्रधान कुरा के थियो भने उम्कने मौका हुन सक्थ्यो, सन्तुष्ट पार्न नसकिने किसिमको यो कर्मकाण्डको समाप्ति हुन सक्थ्यो, बेढङ्गको जोस देखाउने हुनसक्थ्यो जसले हरेक सम्भाव्य आशा स्वीकार गर्न सक्थ्यो । स्वाभाविक रूपमा त्यो आशा एउटा सडकको कुनामा गोली खानु, पूर्ण उडानमा र एउटा कतैबाट पनि नआएको गोलीद्वारा हुन सक्थ्यो । तर जब मैले यसबारे राम्ररी विचार गरेँ, यस्तो विलासका निम्ति मलाई अनुमति दिने केही पनि थिएन, हरेक कुरा यस विपरीत निर्धारण गरिएको थियो, र फेरि म यान्त्रिक कार्यविधिमा समातिएको थिएँ ।
जसरी म उत्सुक थिएँ, यस्तो समग्र निश्चितता मैले स्वीकार गर्न सकिन । किनभने, कालान्तरमा, खास दण्ड जसले यसलाई प्रमाणित गरेको थियो, यसको डगाउन नसकिने दृढतासित हाँसो उठ्दो किसिमले अनुपातभन्दा बाहिर थियो जति बेलादेखि दण्ड पास भएको थियो । तथ्य के थियो भने दण्ड पाँच बजे नभएर आठ बजे सुनाइएको थियो, र यो बिलकुलै पूरै फरक पनि हुन सक्थ्यो, र यसलाई ती मानिसहरूद्वारा निर्धारण गरिएको थियो जसले तिनीहरूका अन्डरवेयर परिवर्तन गर्छन्, र यो एउटा फ्रान्सेली (जर्मनेली वा चिनियाँ) जनताप्रति समर्पण गरिएको थियो, यी सबै चिजहरू वास्तवमा यस्तो निर्णयको गम्भीरताबाट विचारणीय किसिमले विचलित भएका देखिन्थे । र अझै मैले यसलाई लिइरहेको त्यही क्षणबाट, यसको परिणाम म भित्ताको विपरीत पल्टिइरहेको थिएँ भनेजस्तै निश्चित भएको थियो भन्ने मैले स्वीकार गर्नुपर्ने थियो ।
यस प्रकारका समयमा आमाले मलाई मेरा पिताका विषयमा भनेको एउटा कथा म सम्झन्थेँ । मैले उहाँलाई कहिल्यै पनि भेटिन । सायद यी मानिसका विषयमा मैले जानेको एक मात्र चिज यही कथा थियो जुन आमाले मलाई सुनाउने गर्नुहुन्थ्यो । उहाँ एक जना हत्यारालाई हेर्न जानुभएको थियो जसलाई झुन्ड्याएर मृत्युदण्ड दिइँदै थियो । जाने कुरा विचार गर्दा उहाँ बिरामी पर्नुभएको थियो । यद्यपि उहाँ जानुभयो र जब उहाँ फर्केर आउनुभयो उहाँ आधा बिहानभरि बिरामी पर्नुभयो । त्यति बेला मेरो बुबाले ममा अलिकति घृणा जागृत गराउनुभयो । तर अहिले मैले बुझेँ यो बिलकुलै स्वाभाविक थियो । प्राणभन्दा बढी महŒवपूर्ण कुरा केही पनि थिएन भन्ने कुरा मैले त्यसअघि कसरी बुझेको थिएँ भन्ने कुरा मलाई थाहा छैन र के भने वास्तवमा नै, तिनीहरू नै त्यस्ता चिज थिए जसमा एक जना मान्छेले वास्तविक रूपमा चाख लिन सक्छ । यदि म कहिल्यै यो बन्दीगृहबाट बाहिर निस्केँ भने म जानेछु र त्यहाँ भएका सबै प्राणदण्डहरूलाई हेर्नेछु । तर मलाई संभावनाबारे विचार गर्न मात्र पनि म गलत थिएँ । किनभने प्रहरी घेराको पछाडि बिहान सबेरै एउटा स्वतन्त्र मानिस भएर उभिने विचार, अर्कातिर मानौँ कि, दर्शकहरूमध्ये एक जना जो आयो र हे¥यो, र पछि बिरामी पर्न सक्छ, मेरो हृदय एक्कासि आनन्दको बाढीले अकस्मात् विषाक्त हुन सक्छ । तर यो अविवेकी कुरा थियो । यो कल्पना गर्नमा म आफैँमा अविवेकी थिएँ । किनभने तत्कालै मैले यस्तरी डरलाग्दो किसिमले चिसो अनुभव गर्थे कि त्यसले मलाई मेरो ब्ल्याङ्केटभित्र कुकुर्किने पाथ्र्यो होला । मेरा दाँतहरू नियन्त्रण गर्न नसकिने किसिमले कटकटाउने थिए होलान् ।
तर स्वाभाविक रूपमा कोही पनि सधैँ विवेकपूर्ण हुन सक्दैन । अरू बेला, उदाहरणका लागि म नयाँ कानुनी नीतिहरूबारे काम गर्छु । सजाय पद्धतिबारे सुधार गर्न सक्छु । मैले के बुझेको थिएँ भने अत्यावश्यक कुरो दोषी ठहर गरिएको मानिसलाई एउटा अवसर प्रदान गर्नु थियो । हजारमा एक जना मात्र पनि चिजहरूलाई व्यवस्थित गर्न पर्याप्त हुन्छ । उदाहरणका लागि मैले के अनुमान गरेँ भने उनीहरूले बिरामीले खानका लागि कुनै रासायनिक यौगिक प्राप्त गर्न सक्थे (मैले उसलाई एउटा बिरामीका रूपमा सोचेँ) जसले उसलाई दसमा नौ पटक मार्न सक्थ्यो । उसले यो जान्न सक्थ्यो, अवस्था यस्तो थियो । किनभने जब मैले यस विषयमा शान्त मुद्रामा विचार गरेँ, मैले मानिसको टाउको काट्ने कुरामा जे बेठीक थियो त्यो के थियो भने उसका लागि अवसर कत्ति पनि रहन्थेन भन्ने देखेँ । वास्तवमा यो एक पटक निर्णय गरिएको हुन्थ्यो र त्यो सदाका लागि हुन्थ्यो जसमा बिरामी मथ्र्यो । यो एउटा गोप्य रूपमा घोषित तथ्य थियो, एउटा दृढतापूर्वक निर्धारण गएिको प्रबन्ध, एउटा निश्चित व्यवस्थापन जसमा पछाडि जाने कुनै प्रश्न हुँदैनथ्यो । कुनै चिज गल्ती भएको असम्भावित घटनामाः उनीहरूले केवल पुनः सुरु गरे । फलस्वरूप रिस उठ्ने कुरो के थियो भने दण्डित गरिने मानिसले मसिनले राम्रोसित काम गरोस् भन्ने आशा गर्नुपर्थ्यो । म भन्छु, यो पद्धतिमा भएको खराबी नै यही हो । एक हिसाबले त्यो साँचो हो । तर अर्को हिसाबले मैले के भन्नुपर्छ भने यो एउटा राम्रो सङ्गठनको पूर्ण गोप्यताले युक्त छ । अन्त्यमा, दण्ड दिइने मानिसलाई नैतिक समर्थन गरिनु पथ्र्यो । उसको हितमा यो के थियो भने हरेक कुरा कुनै बाधा–अड्चनबिना समाप्त हुनुपर्छ ।
मैले समेत के कुरा बुझ्नुपर्ने भयो भने त्यति बेलासम्म यो चिजबारे मसित पनि गलत धारणाहरू थिए । मैले सधैँ सोच्थेँ– किन हो मलाई थाहा छैन– टाउको काटिनका लागि सबैले, केही सिँडी माथिको तख्तामा चढ्नुपर्थ्यो । मलाई लाग्छ यो १७८९ को क्रान्तिका कारणले भएको थियो । मेरो मतलव मलाई यी चिजहरूबारे हरेक कुरा देखाइएको वा सिकाइएको थियो । तर एक बिहान मैले एउटा फोटो देखेको थिएँ जुन एउटा प्रसिद्ध प्राणदण्डका समयमा एउटा अखबारमा छापिएको थियो । वास्तविक रूपमा मसिन जमिनमा अरू कुनै वस्तुजस्तै, उत्तानो परेर बसेको हुन्थ्यो र यो मैले सोचेभन्दा धेरै साँगुरो थियो । रमाइलो कुरा के थियो भने मैले यसअघि यो देखेको थिइन । यो मसिनले मलाई के कारणले छोएको थियो भने यो एउटा विशुद्ध औजार एकदम सफा र चम्किइरहेको देखिन्थ्यो । कसैले पनि उसलाई थाहा नभएका वस्तुहरूका विषयमा सधैँ अतिसयोक्तिपूर्ण धारणा राखेको हुन्छ । मलाई के जानकारी गराइयो भने यसका विपरीत हरेक कुरा बिलकुलै सामान्य थियोः मसिनतिर गैरहेको मानिस जुन सतहमा हुन्थ्यो, मसिन पनि त्यही सतहमा हुन्थ्यो । ऊ त्यहाँसम्म ठीक त्यही किसिमले जान्छ जुन किसिमले कोही अर्कोलाई भेट्न जान्छ । त्यो रिस उठाउने खाले पनि थियो । फाँसीको तख्तामा चढ्नका लागि आकाशतिर चढ्नु कल्पनालाई पर्खनु जस्तै कुनै कुरा थियो । जब कि, एक पटक फेरि, संयन्त्रले हरेक चिजलाई नष्ट गर्योः तिनीहरूले कसैलाई विवेकहीन तरिकाले सावधानी– पूर्वक र अझ निर्लज्ज तरिकाले तर एकदम कुशलतासाथ हत्या गरे ।
अरू दुई चिज थिए जसका विषयमा म सधैँ सोचिरहन्थेँ ः उषाकाल र मेरो अपील । तथापि म विवेकशील हुन प्रयत्न गर्ने छु र ती कुराहरूबारे आइन्दा सोच्ने छैन । म तनक्क परेर सुत्ने छु र आकाशतिर हेर्ने छु र यसमा चाख लिन म आपूmलाई कर गर्नेछु । म अनुभवहीनमा फेरिने छु र साँझ प¥यो भन्ने म जान्ने छु । मेरा विचारहरूलाई अन्यत्रतिर मोड्न म अर्को प्रयत्न गर्ने छु । मैले मेरो हृदयको आवाज सुन्ने छु । म के कल्पना गर्न सक्तिन भने यो हल्ला यो यति धेरै लामो समयदेखि मसँगै थियो जसलाई मैले कहिल्यै पनि रोक्न सकिन । मैले वास्तवमा कहिल्यै पनि धेरै कल्पना गरेको छैन । र अझै एउटा विशेष क्षण पत्ता लगाउन प्रयत्न गर्ने छु जबसम्म मेरो हृदयको धड्कन चलिरहने छ । तर व्यर्थ । उषाकाल या मेरो अपील अझैसम्म त्यहाँ हुने छन् । र मैले सबभन्दा बढी तर्कसङ्गत कुरा आफैँलाई पछाडि तान्नु होइन भनेर टुङ्ग्याउने छु ।
तिनीहरू उषाकालमा आए, त्यो मलाई थाहा थियो । वास्तवमा मैले प्रत्येक रात केवल उषाकाललाई पर्खेर बिताएँ । मैले कहिले पनि चकित पर्न मन पराइन । जब ममाथि कुनै आपत्ति आइलाग्ने हुन्थ्यो, म नजिकैतिर हुन्थेँ । त्यसैले हो कि म दिउसोको समयमा एकैछिन मात्र पनि सुत्ने काम मैले छोडेँ, जब कि म पूरा रातभरि, मैले आकाशको उज्यालोमाथि फैलिएको उषाकालको आगमनलाई धैर्यतापूर्वक पर्खेर बसेँ । सबैभन्दा कठिन खण्ड तिनीहरू कति बेला कृयाशील हुन्छन् त्यो समय थियो जो मलाई थाहा थियो । एक पटक, मध्यरात बितिसकेको थियो, म सुन्दै पर्खिरहेको थिएँ । यसअघि कहिल्यै पनि मेरो कानले यति धेरै हल्ला सुनेको थिएन वा यति सूक्ष्म आवाजहरूलाई पत्ता लगाएका थिएनन् । तथापि, मैले भन्नुपर्छ कि एक प्रकारले म भाग्यमान थिएँ, किनभने त्यो समयावधिभर मैले कहिल्यै एक पटक पनि कसैका पदचापहरू सुनिन । आमा अक्सर के भन्ने गर्नुहुन्थ्यो भने तिमी समग्रतामा कहिल्यै पनि बेखुसी भएका छैनौ । र मेरो बन्दीगृहमा पल्टँदा जब आकाश रातो हुन्थ्यो र एउटा नयाँ दिन चिप्लेँटी खेल्दै मेरो कोठामा प्रवेश गथ्र्यो, म उहाँसित सहमत हुन्थेँ । किनभने मैले केवल पदचापहरू सजिलै सुन्थेँ र मेरो हृदय छताछुल्ल हुन सक्थ्यो । किनभने, यद्यपि एकदम सानो सरसराहटले समेत मलाई तानेर ढोकासम्म पु¥याउँथ्यो र यद्यपि, मेरा कान फलेकमा टाँसिन्थे, म व्यग्रतापूर्वक, त्यहाँ मैले आफ्नै श्वासप्रश्वास नसुनेसम्म र एउटा मर्न लागेको कुकुरको घ्यारघ्यार आवाज नसुनेसम्म, त्यो धेरै खस्रो भएको पाउँदा त्यसबाट आतङ्कित नभएसम्म मेरो हृदय कत्ति पनि विचलित हुन्थेन र मैले अर्को चौबीस घण्टा प्राप्त गरिसकेको हुन्थेँ ।
दिनभरि नै मेरो अपीलको विषयमा मात्र कुरा भयो । मलाई लाग्छ त्यसो गर्न मैले योजना बनाएको थिएँ । मेरो विचारका लागि सबभन्दा राम्रो प्रतिफल प्राप्त गर्न मैले मेरो सम्पत्तिको लेखाजोखा गरेको थिएँ । म सधैँ तल्लो स्तरको धारणा बनाउँथेँ ः मेरो निवेदन खारेज गरिएको छ । ‘हो, त्यसो भए म मर्ने छु ।’ अरू मानिसहरूभन्दा पहिले, निश्चय नै । तर सबै मानिसलाई के थाहा छ भने जीवन बाँच्नका लागि योग्य छैन । तर यो विचार मेरो मनमा आयो, म कुन तथ्यप्रति अनभिज्ञ थिइन भने कुनै मानिस ३० वर्षको उमेरमा वा ७० वर्षमा मर्ने भन्ने कुराले धेरै फरक पार्दैन, किनभने, दुवै परिस्थितिमा अरू नरनारीहरू स्वाभाविक रूपमा जीवित रैरहने छन् । अझ हजारौँ वर्षसम्म । वास्तवमा कुनै पनि कुरो धेरै सरल थिएन । त्यो केवल म मात्रै थिएँ जो मर्नेवाला थियो, अहिले भए पनि वा २० वर्षपछि भए पनि । त्यहीँनेर, मेरो विवेकलाई उद्वेलित गर्ने कुरा के थियो भने अरू २० वर्ष बाँच्नुपर्ने विचारमा मेरो हृदय डरलाग्दो किसिमले उफ्रिरहेको मैले अनुभव गर्थेँ । तर जब मैले कुनै प्रकारले त्यही स्थितिको सामना गर्नुपरेको अवस्थामा मैले २० वर्षको समयमा के कुरा सोचिरहेको हुन्थेँ होला भन्ने कल्पनाले मलाई उकुसमुकुस पा¥यो । ज्ञातव्य के छ भने सबै मर्नुपर्छ, ठीक कहिले वा कसरी भन्ने कुराको कुनै तुक छैन । त्यस कारण (र कठिन वस्तु सबै निर्णयमा पुग्ने विधि जुन ‘त्यस कारण’ ले सङ्केत गर्छ), त्यस कारण के कुरा स्वीकार गर्नुपथ्र्यो भने मेरो निवेदन खारेज भएको थियो ।
त्यहीँनेर, र केवल त्यो बिन्दुमा, मानौँ कि मसित अधिकार भएजस्तै गरी, अर्को पनि हुनसक्ने परिकल्पनाका विषयमा विचार गर्न मैले आफैँलाई अनुमति दिएँ । मलाई माफी दिइयो । अप्रिय कुरा के थियो भने मैले त्यो उम्लँदो रगतलाई कुनै किसिमले पनि नियन्त्रण गर्नुपथ्र्यो जसले मेरा आँखालाई फुर्तिलो र मेरो सम्पूर्ण शरीरलाई आनन्दले उल्लासित बनाउँथ्यो । यो हर्षातिरेक– लाई नियन्त्रणमा राख्नका लागि, यस विषयमा विवेकपूर्ण हुनका लागि मैले निकै प्रयत्न गर्नुपथ्र्यो । पहिलोका निम्ति मेरो सहनशीलतालाई विश्वासयोग्य बनाउनका लागि, यो परिकल्पनाका विषयमा समेत म शान्त रहनु पथ्र्यो । यसको व्यवस्थापन गरेपछि मैले एक घण्टाको विश्रामको समय पाउँथेँ । कुनै तरहले, त्यो केही चिज थियो ।
यो एउटा यस्तो समयमा थियो जति बेला मैले फेरि एक पटक धर्मगुरुलाई भेट्न इन्कार गरेँ । म सुतिरहेको थिएँ र गृष्म ऋतुको आकाशमा देखिएको अलिकति चमकका आधारमा साँझ पर्ने बेला भएको कुरा म भन्न सक्थेँ । भर्खरै मेरो प्रार्थनालाई मैले खारिज गरिदिएको थिएँ र मभित्र मेरो नियमित रक्त सञ्चार भैरहेको अनुभव गर्न सक्थेँ । धर्मगुरुलाई भेट्न मलाई कुनै आवश्यक थिएन । धेरै समयपछि पहिलो पटक मैले मेरीलाई सम्झेँ । उसले मलाई धेरै समयदेखि पत्र लेखेकी थिइन । त्यस साँझ मैले यी सबै कुराबारे सोचेँ र मैले म आपैmँलाई के भनेँ भने सायद ऊ एक जना अपराधीकी श्रीमती हुने कुराबाट वाक्क भैसकेकी थिई । मैले ऊ बिरामी परेकी वा मरेकी पनि हुन सक्छे भन्ने समेत सोच्न पुगेँ । यो वस्तुहरूको स्वाभाविक क्रममा थियो । र यो मैले कसरी जानेको हुन्थेँ, जब अहिले हामी भौतिक रूपमा अलग भएका थियौँ, हामीलाई सँगै राख्ने वा हामीलाई एकअर्काको सम्झना गराउने कुनै कुरा पनि बाँकी थिएन । कुनै तरहले, त्यो समयदेखि, मेरीको सम्झनाको मेरा लागि कुनै अर्थ थिएन । उसप्रति मेरो कुनै चाख थिएन, त्यो मरेकी भए पनि । मैले एकदम राम्ररी के कुरा बुझेको थिएँ भने म मरेपछि जसरी मानिसहरूले मलाई बिसिर्ने छन्, त्यसलाई मैले बिलकुलै स्वाभाविक पाएँ । मसित तिनीहरूको अरू कुनै लिनुदिनु थिएन । यो कुरा स्वीकार्न कठिन थियो भन्नसम्म म सक्दैनथेँ ।
ठीक त्यही समयमा धर्मगुरु भित्र आयो । जब मैले उसलाई देखेँ, मेरो शरीर हल्का किसिमले काँप्यो । उसले यस कुरालाई ख्याल गर्यो र मलाई नडराउन भन्यो । मैले के उत्तर दिएँ भने ऊ सधैँजसो अरू नै बेला आउने गर्थ्यो । उसले मलाई के भन्यो भने यो केवल एउटा मैत्रीपूर्ण भ्रमण थियो र मेरो निवेदनसित यसको कुनै सरोकार थिएन जसका विषयमा उसलाई कुनै जानकारी थिएन । ऊ मेरो खाटमा बस्यो र मलाई ऊसँगै बस्न भन्यो । मैले इन्कार गरेँ । त्यसरी नै मैले उसलाई बिलकुलै रमाइलो पाएँ ।
उसका पाखुरा घुँडामाथि राखेर हातमा हेर्दै ऊ एकछिनसम्म त्यहाँ बस्यो । ती पातला र मांसपेशीयुक्त थिए र तिनीहरू एक जोडा फुर्तिला जनावरजस्ता देखिन्थे । उसले तिनीहरूलाई सँगै मल्यो । त्यसपछि ऊ त्यसरी बस्यो, अझै तलतिर हेर्दै, यति धेरै समयसम्म कि एक सेकेन्डका लागि मैले ऊ त्यहाँ थियो भन्ने कुरासमेत बिर्सेको थिएँ ।
तर अकस्मात् उसले उसको टाउको उठायो र मलाई मेरो अनुहारमा हे¥यो । ‘मलाई भेट्न तपाइँ किन इन्कार गर्नुहुन्छ ?’ उसले भन्यो । मैले के उत्तर दिएँ भने मलाई ईश्वरमा विश्वास लाग्दैन । त्यो कुरामा म बिलकुलै विश्वस्त थिएँ कि भनेर उसले जान्न खोज्यो र मैले भनेँ, त्यो प्रश्न सोध्ने मसित कुनै कारण थिएनः यसको कुनै अर्थ भएजस्तो देखिँदैन । त्यसपछि ऊ उसका फुकेका हात तिघ्रामा राखेर पर्खालको अडेस लाग्यो । ऊ लगभग आफैँसित कुरा गरिरहेझैँ गरेर, उसले के भन्यो भने कहिलेकाहीँ तपाईंं ढुक्क छु भन्नुहुन्छ जब कि तपाईं त्यस्तो हुनुहुन्न । मैले केही पनि भनिन । उसले मतिर हेर्यो र सोध्यो, ‘तपाईंलाई कस्तो लाग्छ ?’ मैले के उत्तर दिएँ भने यो सम्भव थियो । कुनै बेला मलाई के कुराले उत्साहित गरायो भन्ने कुरामा म निश्चित नभएको हुन सक्छु, तर कुन कुराले मलाई आकर्षण गर्दैन भन्ने मलाई थाहा थियो र उसले जे विषयमा कुरा गरिरहेको थियो त्यो ती कुराहरूमध्ये एक थियो जसले मलाई कुनै चाख उत्पन्न गर्दैनथ्यो ।
उसले परतिर हेर्यो र अझैसम्म उसको स्थान परिवर्तन नगरीकन, म कतै चरम निराशाका कारणले गर्दा त्यस प्रकारले कुरा गरिरहेको त थिइन भनेर सोध्यो । मैले उसलाई के बताएँ भने म निराशामा थिइन । म सामान्य किसिमले डराएको थिएँ, जुन बिलकुलै स्वाभाविक थियो । ‘त्यो मामिलामा, ईश्वरले तपाईंलाई मदत गर्नेछन्,’ उसले भन्यो । ‘तपाईंको स्थानमा भएको प्रत्येक मानिस, जसलाई म जान्दछु, ऊतिर फर्केको छ ।’ मैले के टिप्पणी गरेँ भने त्यो कुरा तिनीहरूमा नै भर पर्छ । मैले के पनि प्रमाणित गरेँ भने तिनीहरूले समय बचाउन सक्छन् । मेरो हकमा, मेरो मदतका लागि मलाई कसैको पनि जरुरत छैन र समय नै यस्तो चिज थियो जो चाखका लागि मसित थिएन जुन कुरामा मलाई चाख लागेन ।
त्यसै बेला उसले रिस उठ्ने प्रकारको अभिनय गर्यो, तर त्यसपछि ऊ बस्यो र उसको गाउनका पत्रहरूलाई तन्कायो । उसले त्यो काम सकेपछि, मलाई ‘मेरो साथी’ भनेर सम्बोधन गर्दै मसित कुरा गर्योः मलाई मृत्युदण्ड दिइएको कारणले ऊ मसित त्यस प्रकारले कुरा गरिरहेको होइन कि; उसको विचारमा हामीहरू सबैलाई मृत्युदण्ड दिइएको छ, तर मैले उसलाई के भनेर रोकेँ भने त्यो उही र उस्तै प्रकारको कुरो थिएन, यो कुनै सहानुभूतिको कुरो हुन सक्दैन । ‘निःसन्देह,’ उसले मन्जुर गर्यो । ‘तर यदि तपाईं अहिले नमरे पनि, तपाईं पछि मर्नुहुने छ । र त्यही समस्या खडा हुने छ । त्यो डरलाग्दो दुःखद स्थितिको तपाईंले कसरी सामना गर्नुहोला ?’ मैले के उत्तर दिएँ भने मैले त्यो स्थितिको त्यसरी नै सामना गर्ने छु जसरी अहिलेसम्म यसको सामना गरी आएको छु ।
मैले जब यसो भनेँ, ऊ उठ्यो र मलाई सोझै आँखामा हे¥यो । यो एउटा चालबाजी थियो, त्यो म राम्ररी जान्दथेँ । मैले इम्यानुअल र सेलेस्टसित यस्तो खेल खेल्ने गर्थेँ र तिनीहरू साधारणतया अन्ततिर हेर्थे । धर्मगुरु पनि यो चाल राम्ररी जान्दथ्यो, मैले तत्कालै भन्न सक्थेँः उसको हेराइ कहिल्यै पनि धरमराएन । जब उसले, ‘ तपाईंले कत्ति पनि आशा गर्नुभएको छैन त, र तपाईं तत्कालै मर्दै हुनुहन्छ भन्ने विश्वासमा बाँच्नुभएको छ त ?’ भन्दा समेत उसको स्वर धरमराएन । मैले ‘हो,’ भनेँ ।
त्यसपछि त्यसले उसको टाउको तल निहुर्यायो र फेरि बस्यो । उसले मलाई के भन्यो भने मलाई देखेर उसलाई दया लाग्यो । यो एक जना मान्छेले सहन सक्ने भन्दा बढ्ता हो भन्ने कुरा उसलाई लागेको थियो । मैले जे जानेको थिएँ त्यो के थियो भने ऊ मलाई चिढ्याउन सुरु गर्दै थियो । म पछाडि फर्किएँ र गएर आकाशको उज्यालोमा उभिएँ । मैले मेरो काँधलाई पर्खालमा अड्याएको थिएँ । उसले के भनिरहेको थियो त्यो त्यसलाई वास्तविक रूपमा अनुसरण नगरीकन उसले मलाई फेरि प्रश्नहरू सोध्न सुरु गरेको मैले सुनेँ ।
मेरो निवेदन स्वीकृत गरिएको छ भन्ने प्रकारको उसको निश्चिन्तता उसले प्रकट गरिरहेको थियो, तर म एउटा पापको बोझबाट थिचिएको थिएँ जसबाट मैले आपूmलाई मुक्त गर्नुपर्छ । उसका अनुसार, मानवीय न्याय केही पनि होइन र ईश्वरीय न्याय सबै थोक हो । मैले के कुरा उल्लेख गरेँ भने मलाई सजाय दिने पहिलोचाहिँ थियो । उसले के उत्तर दियो भने त्यो सबैका लागि यसले मेरो पाप पखालेको थिएन । मैले उसलाई पाप के हो त्यो म जान्दिन भनेँ । मलाई सामान्य रूपमा के भनिएको थियो भने म दोषी थिएँ । त्यसका लागि मैले यो भोग्दै थिएँ र मलाई सोध्न सकिने अरू कुनै कुरा थिएन । त्यही समयमा ऊ फेरि उभियो र मैले के बुझेँ भने एउटा यस्तो साँगुरो कोठामा, यदि ऊ घुमफिर गर्न चाह्यो भने ऊसित धेरै विकल्प थिएन, ऊ या त उठ्नुपर्थ्यो या बस्न ।
म सुत्न लागेको थिएँ, उसले मतिर एक कदम बढायो र रोकियो, मानौँ कि ऊ यसभन्दा नजिक आउने हिम्मत गर्न सक्दैन । ऊ बारबाट माथि आकाशमा हेरिरहेको थियो । ‘तपाईं गल्तीमा हुनुहुन्छ, मेरो पुत्र,’ उसले भन्यो । ‘तपाईंलाई सोध्न सकिने अरू धेरै कुरा छन् ।’
‘र त्यो के हो ?’
‘ तपाईंलाई हेर्नका लागि सोध्न सकिन्थ्यो ।’
‘के हेर्न ?’
धर्मगुरुले उसको चारैतिर हेर्यो, र एउटा एकदम यस्तो थकित आवाजमा भन्यो, ‘दुःखकष्ट यी ढुङ्गाबाट कसरी तप्किन्छ मलाई थाहा छ । मैले तिनीहरूलाई वेदनाको भावविना कहिल्यै पनि हेरेको छैन । तर मेरो हृदयको गहिराइमा मलाई के थाहा छ भने तपाईंहरूमध्ये एकदम पतितले पनि तिनीहरूलाई हेरेका छन् र अँध्यारोबाट बाहिर आइरहेको एउटा ईश्वरीय स्वरूप देखेका छन् । यो त्यही स्वरूप हो जसलाई हेर्न तपाईंलाई सोधिँदैछ ।’
म अलिकति उठेँ । मैले उसलाई के भनेँ भने मैले यी पर्खालहरूमा महिनौँदेखि हेरिरहेको छु । यो दुनियाँमा मैले यसभन्दा राम्ररी जानेको कुरा केही चिज पनि थिएन । हुन सक्छ, धेरै समय पहिले, मैले तिनीहरूमा एउटा रूपका लागि हेरेको थिएँ । तर त्यो सूर्यको रङ र इच्छाले जलिरहेको थियोः यो मेरीको अनुहार थियो । मैले यसका लागि व्यर्थमा हेरेको थिएँ । अहिले यो सबै सकिएको छ । र मेरो सम्बन्धमा, मैले कुनै पानी चुहिने ढुङ्गाबाट प्रकट भैरहेको कुनै चिज देखेको छैन ।
धर्मगुरुले मलाई एकदम विरक्त भावमा हेर्यो । यति बेलाबाट मेरो पिठ्युँ पर्खालको ठीक विपरीत भागमा थियो र मेरो निधारमा प्रकाशको वर्षा भैरहेको थियो । उसले केही शब्दहरू भन्यो जुन मैले सुनिन र त्यसपछि मैले उसलाई चुम्बन गर्न दिन्छु कि भनेर उसले मसित सोध्यो । मैले ‘अँहँ’ भनेँ । ऊ पछाडि फर्कियो र दिवालसम्म गयो र उसका हात त्यसमाथि बिस्तारै दौडायो । ‘तिमीले यस धरतीलाई साँच्चै माया गर्ने यति मात्र हो ?’ ऊ गुनगुनायो । मैले उत्तर दिइन ।
ऊ पर्खालतिर फर्केर निकै बेरसम्म बस्यो । मैले उसको उपस्थिति वाक्कलाग्दो र रिस उठ्ने खालको पाएँ । मैले उसलाई जाऊ र मलाई एक्लै छाडिदेऊ भन्नै लागेको थिएँ, ऊ एक्कासि, एक किसिमले चिच्च्याएर करायो र मतिर फर्केर उद्घोष गर्यो, ‘अँहँ, म तपाईंलाई विश्वास गर्न सक्तिनँ । तपाईंले निश्चित रूपमा कुनै न कुनै समयमा अर्को जीवनका लागि चाहना गरेको हुनुपर्छ ।’
मैले के उत्तर दिएँ भने स्वाभाविक रूपमा मैले त्यसो गरेको थिएँ, तर त्यसको अर्थ म धनी भएको भए भन्ने प्रकारको इच्छा गर्नु, वा राम्रो आकारको मुख भैदिएको भएभन्दा बाहेक अरू केही थिएन । त्यो त्यही किसिमको चिज थियो । तर उसले मलाई रोक्यो किनभने उसले यो अर्को जीवनबारे मैले कसरी कल्पना गरेको थिएँ भन्ने उसले जान्न चाह्यो, र त्यस्तै किसिमले मैले उसलाई के भनेँ भने मेरा लागि यो अति भैसकेको थियो । उसले मसित फेरि ईश्वरबारे कुरा गर्न थाल्यो, र म ऊ भएको ठाउँसम्म गएँ र मसित धेरै समय छैन भनेर व्याख्या गर्ने अन्तिम प्रयत्न गरेँ । मैले यसलाई ईश्वरमा खर्च गर्न चाहेको थिइन । मैले उसलाई किन ‘पिता’ भनिरहेको थिइन भनेर उसले विषयान्तर गर्ने प्रयत्न गर्यो । त्यो कुराले मलाई जङ चल्यो र मैले उसलाई के भनेँ भने ऊ मेरो बाबु थिएनः ऊ अरूहरूजस्तै उही पक्षमा थियो ।
‘होइन, मेरो पुत्र, ’ मेरो काँधमा उसको हात राखेर उसले भन्यो, ‘म तपाईंको पक्षमा छु । तर तपाईंले त्यो देख्न सक्नुहुन्न किनभने तपाईंको हृदय अन्धो छ । तपाईंका लागि म प्रार्थना गरूँला ।’
त्यसपछि कुनै कारणले, मभित्र केही चिज विस्फोट भयो । म सकेजति चर्को स्वर निकालेर कराउन थालेँ र मैले उसलाई बेइज्जत गरेँ र मेरा लागि प्रार्थना नगर्न भनेँ । मैले उसको कठालोमा समातेको थिएँ । मैले आनन्द र रिसको झ्वाँकमा हरेक कुरा मेरो हृदयको गहिराइबाट उसमाथि बर्साइरहेको थिएँ । ऊ हरेक कुरा हुन्छ भन्ने कुरामा ढुक्क थियो, थिएन त ? र अझैसम्म पनि उसका कुनै निश्चितताहरू एउटी महिलाको कपालको एउटा रौँ जति पनि मूल्यवान् थिएनन् । ऊ जिउँदो थियो भन्ने कुरामा समेत उसले यकिन गर्न सकेको थिएन किनभने ऊ एउटा मुर्दासरि बाँचिरहेको थियो । म खाली दिमाग भएको देखिन सक्थेँ । तर म आपैmमा ढुक्क थिएँ र मेरो जीवनप्रति ढुक्क थिएँ, हरेक चिजप्रति ढुक्क थिएँ र ऊभन्दा बढी ढुक्क थिएँ, मेरो जीवनप्रति ढुक्क थिएँ, मृत्युप्रति ढुक्क थिएँ जो मतिर आइरहेको थियो । हो, मसित भएको सबै त्यही थियो । तर कम्तीमा पनि यो एउटा सत्य थियो जसलाई मैले पक्डेको थिएँ, ठीक त्यसरी नै, जसरी यसले मलाई पक्डेको थियो । म पहिले ठीक थिएँ, अहिले पनि ठीक थिएँ र म सधैँ ठीक थिएँ । म विशेष किसिमले बाँचिरहेको थिएँ र म एउटा अर्को भिन्न प्रकारले पनि जिउन सक्थेँ । मैले यो गरेको छु र मैले त्यो गरेको छैन । मैले एउटा कुरा गरेको छैन जब कि मैले अर्को चिज गरेको थिएँ । त्यसो भए के ? मानौँ कि म आजसम्म यही क्षणका लागि पर्खेर बसिरहेको थिएँझैँ गरेर र सबेरैको उषाकालका लागि जति बेला म उचित थिएँ भन्ने प्रमाणित हुने छु । केही पनि छैन, कुनै कुराको पनि अर्थ छैन र किन भन्ने कुरा मलाई राम्ररी थाहा छ । उसलाई पनि किन भन्ने थाहा छ । मेरो भविष्यको गहिराइबाट, मैले बिताइरहेको यो निरर्थक जीवनका लागि, यी पूरै वर्षहरूमा र अझै आउनेवाला वर्षहरूमा समेत मतिर बगेर आइरहेको अनौठो प्रकारको वायु मैले अनुभव गरेको छु र यसको बाटोमा यो वायुले सबै कुराहरूलाई सतहमा मिलाएको छ जुन यति बेला मलाई प्रस्ताव गरिएको थियो जुन अहिले त्यति नै अयथार्थ वर्षहरू जुनमा म बाँचेको थिएँ । अरू मानिसहरूको मृत्यु वा आमाको मायाको मलाई के अर्थ थियो, उसको ईश्वर वा मानिसहरूले रोजेको जीवन वा तिनीहरूले रोजेको भाग्यको मलाई के अर्थ थियो, जब मैले त्यही नियति रोज्नु पर्ने थियो र ऊजस्तै हजारौँ लाखौँ अरू सुविधाप्राप्त मानिसहरू जसले आपूmहरूलाई मेरा दाजुभाइ भन्छन् त्यसको के अर्थ थियो ? उसले बुझेन ? हरेक मानिस सुविधा प्राप्त थियो । केवल सुविधा प्राप्त मानिसहरू मात्र थिए । अरूहरू पनि एक दिन दण्डित हुने छन् । ऊ पनि दण्डित हुने छ । आमाको अन्त्येष्टिमा नरोएकोमा यदि उसलाई हत्याको अभियोग लगाइयो र झुन्ड्याइयो भने त्यसको अर्थ के हुन्छ ? सालामानोको कुकुर उसकी पत्नी जत्तिकै मूल्यवान् थियो । सानी रोबोट महिला म्यासनले विवाह गरेकी प्यारिसेली महिला, वा मेरी, जो मसित विवाह गर्न चाहन्थी, जत्तिकै दोषी थिई । रेमन्ड सेलेस्टजस्तै मेरो साथी थियो भन्ने कुराले के फरक पाथ्र्यो जो रेमन्डभन्दा बढी महŒवपूर्ण थियो ? मेरीको अहिले उसलाई चुम्बन गर्ने अर्को मरसोल्ट थियो भन्ने कुराले के फरक पाथ्र्यो ? उसलाई मृत्युदण्ड दिइएको थियो भन्ने कुरा उसले बुझ्दैनथ्यो र मेरो भविष्यको गहिराइबाट…यी सबै चिच्याहटले गर्दा मलाई सास फेर्न नै असजिलो भैरहेको थियो । तर यसअघि धर्मगुरुलाई मबाट बलपूर्वक तानिएको थियो र बन्दीगृहका रक्षकहरूले मलाई धम्क्याइरहेका थिए । तथापि उसले तिनीहरूलाई शान्त पा¥यो र एकछिन चुपचाप लागेर मलाई हेर्यो । उसका आँखा आँसुले भरिएका थिए । त्यसपछि ऊ पछाडि फर्कियो र त्यहाँबाट अलप भयो ।
ऊ गएपछि मैले पुनः शान्ति अनुभव गरेँ । म थाकेको थिएँ र मेरो खाटमा लम्पसार परेँ । मलाई लाग्छ म निदाएको हुनुपर्छ किनभने मेरो अनुहारमा तारा चम्किइरहेको बेलामा म बिउँझेँ । ग्रामीण आवाजहरू भित्रसम्म आइरहेका थिए । रातको पवनमा माटो र नुनको सुवासले मेरो निधार चिसो बनाइरहेको थियो । गृष्म ऋतुको यो असाधारण शान्ति ममाथि छाएको थियो । त्यो समयमा, उज्यालो हुनै लाग्दा साइरन बजेको आवाज सुनियो । तिनीहरू एउटा यस्तो जगत्तिरको प्रस्थानका लागि आह्वान गरिरहेका थिए जसप्रति अब म सदाका लागि उदासिन हुने छु । धेरै समयपछि पहिलोपल्ट मैले आमाका विषयमा सोचेँ । मैले के अनुभव गरेँ भने जीवनको अन्तिम क्षणमा उहाँले किन एक जना ‘प्रेमी’ बनाउनुभएको थियो र किन उहाँले फेरि जीवन सुरु गर्ने अभिनय गर्नुभएको थियो भन्ने मैले बुझेको थिएँ । त्यहाँ आश्रममा, जहाँ जीवन ओइलाउँथ्यो, त्यहाँ पनि साँझहरू एक प्रकारका विषादमय सम्झौता थिए । मृत्युको यति नजिक, आमाले मुक्त भएको अनुभव गरेको र उहाँको जीवन पुनः जिउन तयार भएको हुनुपर्छ । कसैको पनि, उहाँका लागि बिलकुल कसैको पनि रुने अधिकार थिएन । र मैले पनि फेरि मेरो जीवन जिउन तयार भएको महसुस गरेँ । मानौँ कि रिसको यो भयानक विस्फोटले मेरा सबै दोषहरूको शुद्धीकरण गरेको छ र मेरा सबै आशाहरूको हत्या गरेको छ, मैले रातको आकाशमा सङ्केतहरू र ताराहरूको महासागरमा हेरेँ र पहिलो पटक आफूलाई जगत्को हानि रहित उदासिनताप्रति खुल्ला रूपमा प्रस्तुत गरेँ । र यसलाई यति धेरै मजस्तै, वास्तवमा यति धेरै भातृत्वपूर्ण पाउँदा, मैले के जानेँ भने म खुसी हुने छु र म अझै खुसी थिएँ । अन्तिम समापनका लागि र मेरा लागि कम एक्लो अनुभव गर्नका निम्ति मेरो अन्तिम इच्छा के थियो भने मेरो मृत्युदण्डका समयमा दर्शकहरूको एउटा जमात हुनुपर्छ र तिनीहरूले घृणापूर्वक चिच्याएर मलाई अभिवादन गर्नुपर्छ ।
क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।