जब तिमीले हामी दुइटा रेलका डिब्बाजस्ता हौँ भन्यौ, म ज्यादै प्रफुल्लित भएँ । त्यसोभए हामी अवश्य पनि एकअर्कासँगै हुन गइरहेका छौँ । मैले तिमीलाई प्रसन्नतापूर्वक भनेँ ।

तिमी त्यस क्षण आतङ्कित देखियौ । तिमीले मलाई हेर्यौ मानौँ मैले केही भयानक कुरा भनेकी थिएँ । तिम्रो आश्चर्यले भरिएका ठूला आँखा सुख्खा नरिवलजस्ता देखिन्थे । म त्यस किसिमको दृष्टिबाट खाली बसको पछिल्लो सिटमा आफूलाई एक्लै पाएझैँ गरी झस्किएकी थिएँ ।

तर तिम्रो रेल तथा हाम्रो भविष्य सम्बन्धि दृष्टिकोणले मेरो हृदयलाई हलुका बनायो । हामी समुद्री किनारमा थियौँ जहाँ म घुमिरहेको सतहझैँ छालहरूतिर दौडिएँ ।

 

मानिसहरू तिमी ठूलो कवि हौ भन्छन् । कविले समुद्रमा कसरी आनन्द लिन सक्दैन ? केही छैन । म मतलब गर्दिनँ । म तिमीलाई तिम्रो आफ्नै संसारमा छोडिदिन्छु

यसबेला, तिम्रो आँखामा देखिएको भावले तिम्रो मनभित्रको भावनालाई बाहिर ल्यायो – यो महिला पागल छे झैँ गरी ।


कन्चना प्रियकन्ठा

“रङ्ग, रङ्गनाथ, कृपया आऊ । छालहरू अद्भूत छन् ।”, म नुनिलो पानीमा रमाइलो गर्दै चिच्याएँ – “हेर, यो पानीमा कति सन्चो हुन्छ ।”
तिम्रो मप्रतिको स्पष्ट इरादाले ठूलो स्वरले तिम्रो विचारलाई व्यक्त गरेझैँ लाग्थ्यो – नुनीलो पानीमा धेरै राम्रो के हुन्छ र त्यस्तो ? मैले तिमीले यही नै सोचिरहेका छौ भनेर अनुभूत गरेँ । यसले मलाई दुःखी बनायो ।
“ रङ्ग, कृपया तिमी आउँछौ ?”

अचानक मेरो स्कर्टलाई हावाले माथि माथि उचालेर हल्लाउँदै लग्यो र स्कर्ट चङ्गाझैँ नाच्न थाल्यो । मैले यसलाई च्यापेर समातेँ । म मेरो च्यातिएको स्ल्याक्स कसैलाई पनि देखाउन चाहँदैनथेँ । मैले नयाँ स्कर्टभित्र लगाउन धेरै कपडा किन्न आवश्यक थियो ।
रङ्गनाथ मसँग आउन चाहँदैनथे । त्यसोभए, रङ्ग, तिमी मेरो स्कर्ट भिजेजस्तै तिम्रो प्यान्ट भिज्छ भनेर डराएको हो ? तिमी यति कायर हौ ? दिक्क भइसकेको थिएँ तर मैले आफ्नो रिसलाई दबाएर राख्न कोसिस गरेँ ।

“मानिसहरू तिमी ठूलो कवि हौ भन्छन् । कविले समुद्रमा कसरी आनन्द लिन सक्दैन ? केही छैन । म मतलब गर्दिनँ । म तिमीलाई तिम्रो आफ्नै संसारमा छोडिदिन्छु । म यो क्षणलाई गुमाउन चाहन्नँ । त्यसैले म चाहिँ समुद्रमा खेल्न र भरिन जान्छु ।”

त्यसपछि तिम्रो बारेमा केही पनि नसोची मैले हेरेको फिल्ममा झैँ हामी सिनेमामा छौँ जस्तो अभिनय गरेँ । मैले सिनेमामा जस्तै गरी तिमी दौडँदै मतिर आउँछौ र मेरो हात समातेर मसँगै गीत गाउँछौ भन्ने मेरो इच्छालाई कल्पना गरेँ । समुद्रीकिनारमा चक्कर लगाउँदै म तिम्रो सुकेको लौरोजस्तो पातलो हातलाई कतिसम्म समाउन सक्छु । तिमीलाई केही पानी छ्यापिदिने तीव्र चाहनालाई मैले रोक्न सकिनँ । त्यसैले मैले असभ्य किसिमले तिमीलाई पानी छ्यापेँ ।

“तिमी पागल भयौ ? अब म भिजेको लुगामा कसरी घर जान सक्छु ? तिमी दिमाग नभएकी मूर्ख पागल आइमाई । तिमी यहाँ केवल समय बर्वाद गरिरहेकी छ्यौ । म गएँ ।”
पागल मान्छेलेझैँ आफैँसँग कुरा गर्दै तिमी मबाट टाढा गयौ । तिमीलाई हाँस्य कलाकारजस्तो देखेर मैले आफ्नो हाँसोलाई नियन्त्रण गर्न सकिनँ रङ्ग ।

“रङ्ग, कविहरू रिसाउँदैनन् ।” म चिच्याएँ ।

 

यो चुनौतीपूर्ण खेल थियो जसको लागि प्रशस्त शिप चाहिन्थ्यो । तर यो हामीलाई मनपर्ने खेल थियो । म यो खेल प्रायजसो जित्ने गर्थेँ ।

यद्यपि विश्वविद्यालयको छात्रको रूपमा तिमीमा यति कुरा बुझ्ने बुद्धि पनि नभएको जस्तो देखियो ः समुद्रीकिनार केटीलाई निर्दयतापूर्वक एक्लै छोड्ने ठाउँ होइन । र, म त अहिलेसम्म महिला भएकी पनि छैनँ । तर, रङ्ग, समुद्रीकिनार वास्तवमा एक्लै छोडिएँ भनेर मैले डराउनुपर्ने ठाउँ होइन ।

म समुद्रसँग एकदमै नजिक भएर कसरी हुर्किएँ भन्ने कुरा तिमी जान्दैनौ । हाम्रो घर समुद्रको नजिकै बनाइएको थियो, एगोदा उयनाको ट्रेन स्टेशनसँगै । हामी समुद्र र ट्रेन स्टेशनको बीचमा हुर्कियौँ । समुद्रीकिनारलाई हामी खेल्ने ठाउँको रूपमा प्रयोग गथ्र्यौं । सबैभन्दा धेरै हल्ला गर्ने ट्रेनले समेत हामीलाई ब्यूँझाउन सक्दैनथ्यो, जबकि ऊ हाम्रो टाउकैबाट गएझैँ गरेर जान्थ्यो । हामी समुद्र र ट्रेनसँग त्यति धेरै बानी परेका थियौँ ।

जब समुद्रीकिनारमा खेल्दाखेल्दै दिक्क हुन्थौँ, हामी रेलवेको लिकमा खेल्न जान्थ्यौँ । जो नलडिकन रेलवेको लिकमा सबैभन्दा धेरै बेरसम्म हिँड्न सक्थ्यो ऊ बिजेता बन्दथ्यो । अरू केटाकेटीहरूले अन्य ठाउँहरूमा खेल्ने खेलको सट्टा हामी रेलका स्लिपरहरूमा फाल हाल्ने गथ्र्यौं । यो चुनौतीपूर्ण खेल थियो जसको लागि प्रशस्त शिप चाहिन्थ्यो । तर यो हामीलाई मनपर्ने खेल थियो । म यो खेल प्रायजसो जित्ने गर्थेँ ।

कुनै कुनै बेलामा हामी रेलको लिकमा बसेर पढ्ने पनि गथ्र्यौं । त्यसकारण जब तिमीले हामीलाई रेलका डिब्बाजस्तै हौँ भन्दा म एकदम धेरै आनन्दित भएकी थिएँ ।

रेलका डिब्बाहरू रेलको स्लिपरहरूसँग जोडिएका थिए । स्लिपर भनेको रेलका दुइटा डिब्बाहरूलाई जोड्ने हातहरू हुन् । जब म बच्चा थिएँ म तिनीहरूको बारेमा यसरी सोच्थेँ । एकदिन ट्रेन स्टेशनमा हिँडिरहँदा मैले दुईवटा डिब्बाहरू एकअर्काको ज्यादै नजिकै राखेको देखेँ । तिमीलाई साँचो कुरा भन्दा रङ्ग, त्यो देखेर म एकदमै धेरै खुसी भएँ जबकि रेलका डिब्बाहरू कहिलेकाहीँ त्योभन्दा पनि एकदमै नजिकै पनि आउँछन् । त्यसकारण मैले तिमी र म सधैँका लागि सँगसँगै हुनेछौँ भन्ने अनुभूति गरेँ ।

ती विचारहरूसँग मैले राम्रो अनुभव गरेँ । त्यसकारण, मैले त्यहाँ रमाइलो गर्ने कामलाई बन्द गरेँ र समुद्रको नजिकै रहेका रेलका डिब्बाहरूमा गएँ । यदि तिमी त्यहाँ हुन्थ्यौ भने हामी एकअर्काको हात समातेर डिब्बाभित्र हिँड्न सक्थ्यौँ । मलाई थाहा छैन तिमीलाई के ले कवि बनायो । कविहरू संवदेनशील र पे्रमिल हुन्छन् भनिन्छ । जब मैले एकदिन तिमीलाई यो कुरा भनेँ, तिमीले मलाई यसरी हेर्यौ मानौँ मैले तिम्रो टाउकोमा ट्रेनले हानेको थियो ।

जब मैले मेरा साथीहरूलाई तिमी कवि हौ भनेँ, उनीहरू हाँसोको रूपमा छरिए । उनीहरूले तिमीले मेरो लागि कविता लेख्नुपर्छ भने । तर रङ्ग, तिमीले त मेरो लागि एउटा पनि कविता लेखेनौ । तिमीले युद्धको बारेमा मात्रै लेख्यौ । तिमी प्रभाकरणको मृत्युबाट किन यति धेरै दुःखी भयौ भन्ने कुरा कहिल्यै बुझेकी छैनँ ।

तिमीले तामिल जनतामाथि भएको अन्यायको बारेमा थुप्रै कविता लेखेका छौ । चलिरहेको युद्धले सबै पक्षलाई असर पुर्याएको छैन र ? तर तिमीले मेरो प्रश्नलाई मूर्ख कुरा ठान्यौ । तिमीले मलाई लामो नबुझिने जवाफ दिएपछि मैले तिमीलाई प्रश्न सोध्नु मूर्खतापूर्ण काम थियो भनी महसुस गरेँ । मलाई पूरै विश्वास छ तिमीले के भनिरहेका थियौ त्यस बारेमा तिमीलाई राम्रो ज्ञान थिएन । त्यसपछि तिमीले मलाई जातिवादी नहुन धम्क्यायौ ।

 

‘जातिवादी’ भनेको को हो भन्ने पनि मलाई थाहा थिएन

तिमीलाई नायकको रूपमा हेर्न थालेदेखि मैले सबैलाई प्रभाकरणले गरिरहेको काम ठीक हो भनेँ । तिमीलाई थाहा छैन रङ्ग, मैले वेल्लावाटे स्टेशनमा भएको बम आक्रमणमा छोरा गुमाएका छिमेकीलाई समेत युद्धको बारेमा तिमीले जे भन्यौ त्यही भनेँ । मैले तिम्रो नाम लिइनँ तर मैले ती विचारहरू मेरा आफ्नै थिएझैँ गरेर भनेँ । त्यसपछि उनले मलाई मेरी आमाको स्मरण गराउँदै गाली गरिन् । म उग्र थिएँ, त्यसैले मैले उनलाई जातिवादी भनेर अपमान गरेँ ।

रङ्ग, म तिमीलाई वास्तवमै बुझदिनँ, तिमी सधैँ धेरै विरोधाभासपूर्ण कुरा गर्छौ । ‘जातिवादी’ भनेको को हो भन्ने पनि मलाई थाहा थिएन । त्यसैले मैले तिमीलाई यसको अर्थ सोधेकी थिएँ । त्यसपछि तिमीले मलाई जातिवादी भनेको त्यो हो जसले आफ्नै जातको मात्र महिमा गाउँछ भन्यौ । फेरि तिमीले कसैले उनीहरूको अरू जातहरूको आलोचना नगरी आफ्नै जातको बारेमा महिमा गाउनु ठीक हो भनेर पनि भन्यौ । मसँग तिमीलाई सोध्न अरू केही प्रश्नहरू थिए, तर तिमी चलाक थियौ र मेरा प्रश्नहरूलाई कुशलतापूर्वक वेवास्ता गथ्र्यौ । तिमी मलाई जान्दथ्यौ, मेरो कवि साथी ।

“तिमी यो देशको समस्याहरू बुझ्दिनौ ।”, तिमी अनुहारमा नम्रता ल्याएर भन्यौ ।
“तर, रङ्ग, हामीले युद्ध गरेको वास्तवमै ठीक थियो ।”, मैले खुलेर त्यसो भनेँ ।
“के ? यो कुन किसिमको पागल विचार हो ?”
तिमीले मलाई एकनासले हेर्याै मानौँ तिमी पागल महिलालाई हेरिरहेका थियौ ।
“युद्धले तिमीलाई कवि बनायो ।”
तिमीले मैले व्यङ्ग्यात्मक टिप्पणी गरेँ भनेर सोच्यौ । त्यसैले तिमी मसँग एक हप्तासम्म रिसायौ ।

मैले तिमीलाई युद्धको बारेमा मात्र नलेखेर यी रेलवेका डिब्बा र लिकहरूको बारेमा पनि लेख्न सल्लाह दिएँ । कविका लागि सुन्दर कविता सिर्जना गर्न रेलवेको स्लिपर मात्रै पनि पर्याप्त हुन्छ । मैले आफ्नो खुट्टाले रेलवेको स्लिपरबाट बालुवालाई बाहिर फ्याँक्दै यस बारेमा सोचेँ ।

त्यो दिन तिमी मसँग धेरै शिष्ट र दयालु भएका थियौ । मैले मेरो जीवनमा पहिलोपल्ट तिमीभित्र एउटा विनम्र कवि देखेँ ।

 

तिमी फेरि कवि भयौ । तिमीले महिलाहरूको बारेमा कविता लेख्न सुरु गर्यौ । म धेरै खुसी भएँ । तिमीले हाम्रो आत्मसम्मानको सुरक्षा कसरी हुनै पर्दछ भन्ने बारेमा धेरै कविता लेख्यौ । मलाई ती मन पर्याे, रङ्ग । तिमी मेरो ब्वाइफ्रेन्ड भएकोमा मलाई गर्व महसुस भयो ।
म तिम्रा कविताहरूबाट सम्मोहित भएँ । तिनीहरूले मलाई कवि बन्न प्रेरित गरे । अर्को पटक जब म तिमीलाई भेट्नेछु, म पनि तिमीलाई कवि बनेर देखाउनेछु ।

त्यसको केही समयपछि हामीले फेरि भेट्यौँ । त्यस दिन मैले नयाँ स्कर्ट लगाएकी थिएँ ।
“चारू, म तिमीसँग एक्लै कुरा गर्न चाहन्छु ।”
त्यो दिन तिमी मसँग धेरै शिष्ट र दयालु भएका थियौ । मैले मेरो जीवनमा पहिलोपल्ट तिमीभित्र एउटा विनम्र कवि देखेँ । तर, तिमी मलाई एक्लै पारेर के भन्नेछौ भन्ने कुराले म आश्चर्यमा परेकी थिएँ ।

“हामीले भेट्दा आजसम्म हामी दुईजना बाहेक हाम्रो साथमा अरू कोही पनि रहने गरेको छैन ।”
“होइन, बेबी । मेरो मतलब कतै एकान्तमा जाऔँ । त्यसकारण हामी के गर्दैछौँ वा के भन्दैछौँ भन्ने बारेमा कसैले पनि नदेखोस् वा नसुनोस् ।”, तिमीले मेरो अनुहारमा नियाल्दै भन्यौ ।

“हामी कुरा गरेको बेलामा लाउडस्पिकरको प्रयोग गर्दैनौँ । त्यसले हाम्रो कुरा कसैले सुन्ला भनेर चिन्ता लिनु पर्छ जस्तो मलाई लाग्दैन ।”

जब तिमीले तिम्रो अनुहार मेरो अनुहारको नजिकै ल्यायौ, तिम्रो गन्हाउने स्वासप्रश्वासको कारण मैले आपूmलाई केही कदम पछि सारेँ । मलाई वाकवाकी लाग्यो र आफ्नो अनुहारलाई अर्कोतिर फर्काएँ । मलाई लाग्छ तिमीले मेरो यस प्रतिकृयालाई मैले लाज मानेँझैँ गलत किसिमले बुझ्यौ । त्यसैले तिमीले मेरो अनुहारलाई बल गरेर तिम्रो अनुहारतिर फर्कायौ ।

“तिमीले के भन्यौ, चारू ?”
“म उल्टी गर्न चाहन्छु ।”
“तिमीले ब्रेकफाष्ट खाएकी थिइनौ ?”
मैले यस विषयमा दुःखी भएको अभिनय गरेँ र आफ्नो अनुहारलाई अर्कोतिर फर्काएँ । तर मेरो भित्री विचारमा तिमीले दाँत माझेका थिएनौ ।

“मैले कविता लेखेँ, रङ्ग । तिमी यसलाई पढ र मलाई प्रतिक्रिया देऊ भन्ने चाहन्छु । हिजो मैले रेलको लिक सम्बन्धी एउटा कविता लेखेँ ।”

 

“तिमीले केही खाएका छैनौ भने त्यहाँ क्याफेमा जाऔँ र केही खाऔँ । मसँग पैसा छ । अस्तिको दिन हामीले तलब पायौँ ।” मैले भनेँ किनभने म तिम्रो श्वासबाट आएको भयानक गन्ध सुँघ्न चाहन्नथेँ ।
“र, यो सल्लाह तिमीले कहिल्यै पनि अस्वीकार गरेका छैनौ ।”
“के सबै कविहरू तिमीजस्तै छन्, रङ्ग ?”
“कविताहरू पनि, मानिसहरूबाटै लेखिएका छन्, चारूलथा ।”
“त्यो वाक्य आपैmँमा कविताजस्तो छ रङ्ग ।”
“मैले जागिर पाउनै पर्छ ।”
“कहाँ ? पत्रिकामा ?”
“होइन…।”
“अनि ?”
“जहाँसुकै भए पनि । मैले क्याम्पसको पढाइ नसकुन्जेलसम्मको लागि ।”
“त्यसोभए तिमी कविता लेखनलाई निरन्तरता दिँदैनौ ?”
“कविता लेख्नलाई पनि पहिला म मैले बाँच्नै पर्छ ।”
“तिमी अरू नै केही विषयमा कुरा गर्दैथियौ । तिमी मलाई कहाँ जान निम्तो गर्न चाहन्छौ ?”
“अँ…। तिमीले अस्ति तलब पाएकी हुनाले तिमीसँग पैसा छ भनेकी छौ ।”
“अँ, मैले पनि कविता लेखेँ, रङ ।”
“ऊ त्यो ठाउँमा जाऔँ । त्यस ठाउँलाई म जान्दछु । धेरै महङ्गो पनि छैन ।”
“म त्यस्तो ठाउँमा जान सक्तिनँ । मैले कविता लेखेको छु भनेको कुरा तिमीले सुनेनौ ?”
तिम्रो अनुहार अँध्यारो भयो ।

“मैले कविता लेखेँ, रङ्ग । तिमी यसलाई पढ र मलाई प्रतिक्रिया देऊ भन्ने चाहन्छु । हिजो मैले रेलको लिक सम्बन्धी एउटा कविता लेखेँ ।”

“तिम्रो बकवासलाई फ्याँकिदेऊ ।”
तिमीले विषालु ग्याँस मेरो अनुहारमा फ्याँक्यौ । तर अचम्म ! यसले मलाई चोट पुर्याएन । मैले जुनसुकै स्तरको होस्, तर जसरी भए पनि आफू कवि बन्नुपर्छ भन्ने निश्चय गरेँ । बरू, तिमीले गरेको काम सम्झेर भने दिक्क भएँ । म पनि रिसाउन सक्छु भन्ने कुरा त तिमीले जान्नैपर्ने हो ।

“तिमीले ठीक भनेका हौ, हामी रेलका लिकजस्ता हौँ ।”
“चारू, आऊ । मैले तिमीलाई रिस उठाएँ हो ?”
हामी क्याफेको नजिकै थियौँ । मैले सोचेँ – म तिमीलाई केही पनि खुवाउने छैनँ, रङ्ग ।
“म भोकाएकी छैनँ । त्यसकारण म केही पनि खान चाहन्नँ । ढिलो भइसक्यो । म जान्छु ।”
“तिमी कहाँ जान्छ्यौ ?”
“ट्रेन नजिक आउँदैछ । पर जाऊ ।”
“चारुलथा…।”
ट्रेन त्यहाँबाट गयो ।

त्यसपछिदेखि मैले कहिल्यै पनि रङ्गनाथसँग कुरा गरिनँ ।

 

****