१. तिम्रो भगवान्

तिमीले मानेकै कारण
पत्थर भगवान् हुन्छ
तर तिमीले मानेकै कारण
पत्थर नगद हुन सक्दैन ।

तिम्रो भगवान् पातको गाई हो
जससँग तिमी खेल्न त सक्छौ
तर दूध दुहुन सक्दैनौ ।

===

रामाशंकर यादव ‘विद्रोही’

२. कविता र लठ्ठी

तिमी मसँग
जिउको सञ्चो-विसञ्चो नसोध्नु सङ्गी !
तिमी मसँग सिधा-सिधा हालचाल सोध्नू
र, स्वास्थ्य त यस समय यो भन्दैछ कि
मृत्युको मुखमा लठ्ठी ठेलिदिऊँ,
वा कमिलाको मुखमा पिठो पोतिदिऊँ ।

र, तपाईं – तपाईंको मुख
के चाहन्छ मान्यवर !
पक्का छ कि तपाईं भोकै हुनुहुन्न
तपाईंलाई लठ्ठी नै चाहिन्छ
त्यसो भए
के तपाईं मेरो कवितालाई मोटो छडी सम्झनुहुन्छ ?
मेरो कविता वस्तुत:
लठ्ठी नै हो,
यसलाई लग र मोड
तर रोक !
यो त्यो लठ्ठी होइन जो
सबैतिर मोडियोस्,
यो सिर्फ ऊ तरफ मोडिन्छ
जता मैले यसलाई सोझ्याउँछु ।
जस्तै तिमी यसलाई बडाहरूको विरुद्धमा मोड्नेछौ,
मोडिनेछ ।
सानाहरुको विरुद्धमा मोड्नेछौ,
अहँ,
मोडिने छैन ।
तिमी यसलाई भगवान्को विरूद्धमा मोड्नेछौ,
मोडिनेछ ।
तर तिमी यसलाई मनुष्यको विरुद्धमा मोड्नेछौ,
अहँ,
मोडिने छैन ।
कविता र लठ्ठीमा यही अन्तर छ ।

===

अनुवादकः मोहित जोशी

३. दुनिया मेरो भैँसी

म गोठाला हुँ
र यो दुनिया मेरो भैँसी ।
म यसलाई दुहुदै छु
र केही मान्छेहरु खेदाइरहेछन् ।
यिनीहरु को हुन् जो खेदाइरहेछन् ?
तपाईंलाई थाहा छ ।
किन खेद्दै छन् ?
यो पनि थाहा छ ।
तर एउटा कुरा थाहा छैन
न हामीलाई न तपाईंलाई न उनीहरुलाई
कि यो खेदाउनुको परिणाम के हुनेछ
अ … यत्तिचाहिँ थाह छ
कि नोक्सान त हर हालमा जे त होस्
हाम्रो नै हुनेछ
किनकि भैँसी हाम्रै हो
दुनिया हाम्रै हो ।