ठयाक्कै तिथिमिति त याद भएन । त्यस्तै पच्चीस छब्बीस वर्षअघिको कुरा हो । एकपल्ट मेरो श्रीमान् एयरपोर्ट निरीक्षणको लागि लुक्ला जाँदै हुनुहुन्थ्यो । लुक्ला एयरपोर्टलाई ‘तेन्जिङ हिलारी विमानस्थल’पनि भनिन्छ । लुक्ला जसलाई सगरमाथा आरोहणको प्रवेशद्वार मानिन्छ । सिजनको बेला यस ठाउँमा पर्यटकको ओइरो लाग्छ । अटाई नअटाई हुन्छन् रे मान्छे । सोलुखुम्बु जिल्लामा पर्ने लुक्ला ठाउँ“ सानो भएपनि यसको महत्त्व भने विशेष छ । सगरमाथा आरोहणको सपना देख्ने व्यक्तिहरुको मानसपटलमा आउने पहिलो ठाउँ“को नाम हो लुक्ला । अग्ला अग्ला पहाडको खोचमा छ । यहाँ आउनु अघिनै पर्यटकहरुले अध्यन मार्फत लुक्ला संसारकै खतरनाक एयरपोर्ट मध्यमा पर्दछ भन्ने कुराको जानकारी लिई सकेका हुन्छन् । उनीहरु जस्तै खतरासँग पनि लड्न भिड्न तयार मन दह्रो बनाई आएका हुन्छन् । मनमा एउटा दृढ संकल्प लिई हिडेका व्यक्तिलाई जस्तै खतराले पनि बिथोल्न सक्दो रहेनछ भन्ने प्रमाण यहाँ आउने पर्यटकको घुइँचोले प्रमाणित गर्दछ । जस्तै कठिन परिस्थितिसँग पनि लड्दै जुध्दै लक्ष्य प्राप्त गरिछाड्छन् । यो हठ हो या सौख ।
सगरमाथा आरोहण गर्न आउने विश्वका सबै पर्वतारोहीहरु लुक्लाबाट पैदल हुँदै शिखरसम्म पुग्दछन् । यस्तो महत्त्व बोकेको लुक्ला एयरपोर्ट त्यति व्यवस्थित भने थिएन । पीचसम्म गरिएको थिएन । साधारण ग्रयाबेल मात्र थियो । हाम्रो जस्तो पहाडी इलाकामा एयरपोर्ट बनाउन त्यति सजिलो भने छैन । सबभन्दा पहिले फराकिलो जमीन पाउननै मुश्किल पर्छ । त्यस माथि त्यस्तो विकट ठाउँमा सामान ढुवानी कसरी गर्ने ? लुक्ला पहाडको खोचमा रहेको सानो ठाउँ भएर पनि हो । एयरपोर्टको रनवे सारै छोटो छ । यहाँ साना साना भङ्गेरे प्लेनहरु मात्र आउन् सक्छन् । एयरपोर्टको बनोट देख्दा लाग्छ यस एयरपोर्टमा हिम्मतिला कुशल पाइलटहरुले मात्र अवतरण गर्न सक्छन् । लरतरो पाइलटहरुले त आँट गर्न पनि सक्दैनन् होला ।
जस्तै खतरनाक एयरपोर्ट भने पनि सगरमाथा आरोहणको लागि लुक्लासम्म पुग्ने हवाई मार्ग भने यो एउटा मात्र हो । हैनभने कि त जिरीदेखि हिँडेरनै जानु पर्यो । यो बाहेक अरु बिकल्प पनि थिएन । सगरमाथालाई प्रेम गर्ने सबै पर्यटकहरुको संगम स्थलनै यही हो । विश्वभरबाट आएका पर्वतारोही यहा“ भेला भई यहीँबाट गाइड र भरियाहरुको साथमा सगरमाथा आरोहणको लागि प्रस्थान गर्छन् । अनेक दुख कष्ट सहेर पनि आफ्नो शिखर चुम्ने अभिलाषा पूर्ण गर्न अघि बढ्दै जान्छन् । चुनौतीनै चुनौतीले भरिएको अभिलाषा कसैको पूरा हुन्छ त कसैको बीचैमा टुङ्गिन्छ । संसारको शिर अझ भनौ श्रीपेचको फेदीसम्म पुग्न पाए वा टाढैबाट दर्शन मात्र गर्न पाए पनि आफूलाई भाग्यमानी ठान्दछन् । प्रकृतिले दिएको हिमशिखरको अलौकिक सुन्दरताको रसपान गरी आनन्दी मनले फर्कन्छन् । मनमा एक किसिमको अविस्मरणीय सन्तुष्टी र खुसीको आभाका साथमा ।
मेरो घुम्ने चाहलाई श्रीमानले कहिल्यै नकार्नु हुन्न । जहाँ जाँदा पनि साथै लिएर जानुहुन्छ । हावा बेस्सरी चल्ने भएर होला लुक्लाको उडान सकेसम्म बिहानै हुन्छ । पर्यटकहरु धेरै भएको बेला अरु ठाउ“को उडानलाई होल्डमा राखी सबै भन्दा पहिले लुक्लामै उडान हुन्छ । हामी पनि बिहानकै फ्लाइटमा गयौँ । खतरनाक एयरपोर्ट भन्ने त सुनेको थिए । सानो प्लेन अग्ला अग्ला पहाड छिचोल्दै गइरहेथ्यो । कहिले कुहिरोले ढपक्क ढाकेर हराए जस्तै हुन्थ्यो त कहिले छयाङ खुल्थ्यो । लुकामारी खेल्दै अघि बढदै थियो । मनमा कता कता डर पनि लाग्दै थियो । बेला बेला भित्रै देखि सिरिङ्ग हुन्थ्यो । आफुलार्इ जबरजस्ती कठोर जस्तो बनाउँदै बसेँ । श्रीमानलाई भन्ने आँट पनि आएन । जति जति उत्तर गयो उती उती अग्ला हरिया पहाड र चाँ“दीका पर्खाल जस्ता सेता हिमशिखरहरु नजिक नजिक देखिँदै थिए । टाढाबाट हेर्दा हरिया डाँडामाथि हिमालको सेतो बिर्को लगाए जस्तै देखियो । अब एयरपोर्ट नजिक आईपुगे छ क्यारे प्लेन भर्याङ ओर्लिए जस्तै खरर तल पुग्यो । खोचको तल देखिने सानो ठाउँको छेउबाट दौडेर सिधै पहाडतिर ठोक्कीएला जस्तो गरी प्लेन कुद्धै थियो । ग्रयाबेल एयरपोर्ट गडयाङ गुडुङ उचाल पछार ढलपल ढलपल गर्दै धुलो उडाउँदै गई रोकियो । प्लेनमा धेरै जसो विदेशीहरु थिए । उनीहरु पनि त्रसित थिएकी प्लेन अवतरण गरेपछि परर ताली बजाए । प्लेन उकालोमा पुगेर पार्किङ स्थल बनाइएको ठाउँ“मा गई रोकियो । मैले पनि सन्तोषको लामो सास फेरे । प्लेनको ढोका खुलेपछि कल्याङ मल्याङ गर्दै आफना सामान भिरेर पर्यटकहरु अध्यागमनको सानो भवन तर्फ गए । श्रीमानको काम एयरपोर्टकै भएकोले हामी सिधै टावरतिर लाग्यौँ । सानो छ टावर जसमा स्टाफहरु पहिलेनै जम्मा भएका थिए । उनीहरुसँग केहीबेर छलफल भयो । यस एयरपोर्टको सुधार कसरी गर्ने ? के के गर्दा राम्रो हुन्छ । उनीहरु सुझाब दिँदै थिए । दिउसोतिर फल्याइट बन्द भएपछि पुरै रनवे उनीहरुको साथमा एक राउन्ड लगाउने श्रीमानले जानकारी गराउनु भयो । त्यसपछि हामी होटल तर्फ लाग्यौँ ।
लुक्ला समुन्द्र सतहदेखि २८६० मीटर उचाइमा पर्दछ । लुक्ला ठाउँ “नै सानो बस्ती पनि सानो छ । पर्यटकहरु धेरै भित्रीने भएर होला यस्तो अनकन्टार ठाउँ“मा पनि एक से एक सुबिधा जनक होटलहरु छन । शेर्पा यहाँका स्थानीय बासिन्दा हुन् । ढुङ्गाले बनेका जस्ताले छाएका चिटीक्क परेका घरहरु छन् । यहाँका सबै जसो घर होटल रेष्टुरानै हो कि जस्तो लाग्यो । यहाँको आय आर्जन गर्ने मुख्य पेशानै पर्यटन व्यवसाय रहेछ । मैले एकचोटि चारैतिर नजर घुमाएँ । हरिया पहाडहरुमा झुरुप्प रुखहरुले ढाकिएको छ । यी केका रुख होलान् । धुपी र गुराँसको हो कि । वातावरण अति रमणीय लाग्यो । एयरपोर्टको छेउमै रहेछ हामी बस्ने होटल । बाहिर अति चिसो भए पनि भित्र गमक्क तातो थियो । आनन्द लाग्यो । डाइनिङको मध्य भागमा फलामको हिटर जडिएको थियो । दाउरा बालेर तताउने यस हिटरको धुवा जाने माथिल्लो भागमा मोटो फलामको पाइप जडेर बाहिर निकास निकालिएको थियो । ढुङ्गाको घर भए पनि घर तताउन होला भित्री भागमा धेरै जसो काठको प्रयोग गरिएको थियो । मोटा मोटा कार्पेट बिछयाइएको होटल भित्र त्यति जाडो थिएन । पर्यटकहरु पनि टन्नै थिए । जाँदा जाँदै होटलवालाले सबैलाई तातो चियाले स्वागत गरे । सँगै आएका केही स्टाफहरु त्यहीँ बसी छलफल गर्दै थिए । म होटलको झ्यालबाट प्लेन आउने जाने गरेको हेर्दै बसेँ । कसरी प्लेनले लैण्ड गर्दा चिनो लगाएको ठिक्क ठाउँ“मा पाङग्राले जमिन छुदो रहेछ । अलि अगाडि मात्र छोएको भए खोल्सामा पुग्ने खतरा । उड्दा पनि छेउसम्मै गुडेर गयो भने खोल्सामा पुग्ने डर रहने । कति होसियारी पूर्वक अवतरण र उडान भर्नु पर्दो रहेछ । निकै चुनौती पूर्ण रहन्छ होला पाइलटहरुको लागि यो क्षेत्रको उडान । निकै सतर्कता अपनाउनु पर्छ होला । हुन त सतर्कता अपनाउन नपर्ने ठाउँ नै कुन छ ? भनाइ नै छ नि ‘सतर्कता हटी दुर्घटना घटी’। यस्तो खतरा मोल्दै पनि कहाँ“ कहाँ“देखि मानिसहरु खुसी खुसी यो क्षेत्रको भ्रमण गर्न आउछन् । जुन लक्ष्य र उद्देश्य लिएर आएका हुन्छन् । उनीहरुको लागि खतरा र चुनौतीको त यो सुरुवात मात्र हो । मुख्य चुचुरोसम्म पुग्न त खतरा कति हो कति । ज्यानको बाजी नै लगाएर पुग्छन् । साहसी हिम्मतिला स्वस्थ मानिस मात्र पुग्न सक्छन् सगरमाथाको चुचुरोमा । लरतरो मानिसको लागि त यहाँ सम्मको यात्रा नै काफी छ । टाढाटाढा सम्म नजर पुर्याएँ घर छेउछाउमा हरियो परियो देखियो । पक्कै तरकारी लगाएको हुनु पर्छ । लुक्लाको रायोको साग अति मिठो हुन्छ भन्ने सुनेको थिएँ ।
यता खेतीपाती पनि त्यति हुँदैन कि खाद्य सामग्री सबै उतैबाट आउँदो रहेछ । महङ्गो परे पनि यहाँ“ नपाइने भन्ने केही छैन । कोक फेन्टादेखि सबै सामान प्लेनबाटै ढुवानी हुँदो रहेछ । यता जिरीतिरबाट खच्चरबाट पनि ढुवानी गर्छन रे । चिसो ठाउ“ भएर पनि हो कि उतैबाट ल्याएको सामाग्री भए पनि कति स्वादिष्ट खाना । दिउसो उडान रोकिएपछि स्टाफहरुको साथमा श्रीमान एयरपोर्ट निरिक्षणको लागि जान लाग्नु भयो । कोठामा एक्लै के गर्नु ? मोटो लुगा लगाएर म पनि जान्छु भनी पछि लागेँ । एयरपोर्टको बायाँतिर ‘काठमाण्डौ होटलको’ साखा होटल रहेछ । त्यस बेला ‘नेपाल एयरको’ प्लेनले लुक्लामा उडान भर्थ्यो । श्रीमान एयरपोर्टको छेउसम्म निरीक्षणको लागि जानु भयो । म त्यहीँ होटलमा घुम्दै बसे । राम्रो बारी बगैँचा भएको होटल रमाईलो लाग्यो । आफ्नै प्लेनमा ल्याएका पर्यटकलाई आफनै होटलमा राख्छन् । राम्रै चलेको जस्तो छ । श्रीमान आउनु भएपछि त्यहीँ बसी चिया पियौँ । त्यस पछि बिस्तारै बजार घुम्न निक्लीयौँ । बजारतिर जान एयरपोर्टको सिरानतिरबाट बाटो रहेछ । सानो बजार सबै होटल रेष्टुरा जस्तै थियो । पसलहरुमा ट्रेकिङको लागि चाहिने सबै सामान पाइन्छ रे । उताबाट ल्याउन छुटेका सामान यहीँ किने पनि हुने रहेछ । धेरै जसो ठमेलमा पाइने सामानहरु फिजाइएको थियो । बजारमा टन्न भारी बोकेका खच्चड र चौरीको आउने जाने रेलो थियो । साथै पर्यटकहरुको आउजाउले सानो बजारमा निकै चहलपहल थियो । त्यसैमा हामी पनि मिसियौँ ।
सगरमाथा आरोही, त्यस्तै बेसक्याम्पसम्म पुग्ने पर्यटक र त्यसबीच पर्ने ससाना बस्ती तथा होटलहरूको लागि चाहिने सम्पूर्ण सामान चौरी र खच्चडले नै ओसार्दा रहेछन् । टन्न भारी बोकेका आफनो गन्तव्य थाहा भए जस्तै घाटीमा झुन्डीएको घन्टीको टङटङ आवाज गर्दै खुरुखुरु हिँडी रहेथे । यस्तै गरी हिमाली भेगको उकाली ओराली गर्दा गर्दा उनीहरुका खुट्टा पनि अभ्यस्त भई सके होलान् । बाटो देखाइ रहनु नपर्ने । बजारमा पर्यटकहरुको पनि त्यतिकै भीड थियो । हामी पनि ढुङ्गा छापेको बाटोबाट अलि परैसम्म हिँड्दै गयौँ । बजार सकिएपछि उबडखावड धुलौटे बाटो मात्र देखियो । जहा“बाट अगाडि विशाल हिमालको मुस्कुराइरहको मुहार देखियो । अगाडि हरिया डाँडा सरर्र स्वच्छ चिसो हावा चलिरहेको रमाइलो लाग्यो । यात्राले थाकेका कति पर्यटकहरु लखरतान भई फर्किरहेथे । मनमा एक किसिमको सन्तोष र खुसी लिँदै । साझ पर्न लागि सकेकोले चिसो बढ्दै थियो । अलि पर म्म पुगेर फर्कियौँ । हिमाली भेगको नौलो अनुभव रमाइलो लाग्यो । सगरमाथाको छेउसम्म पुग्ने आँट नभए पनि मुल ढोकासम्म त पुगियो । सन्तोष लाग्यो । हिमाली स्वच्छ हावा फोक्सोभरि भरेर होटल आई पुग्यौँ । रात बिताउने कोठा सुबिधा युक्त थियो । बिछौना सिरक भित्र हट वाटरव्याग राखेर तताइएको थियो । हटवाटर व्यागले नि निकै काम गर्दो रहेछ । बिछौना भित्र छिर्दा च्वास्स चिसो लागेन ।
भोलिपल्ट बिहानै ब्रेकफास्ट खाएर एयरपोर्ट टावरसँगै जोडिएको हेलिकप्टर स्टयान्ड पुग्यौँ । जहाँ“ साना साना तिनवटा हेलिकप्टर रोकिएका थिए । यी हेलिकप्टरहरुले माथि माथि विकट ठाउँसम्म विकाश निर्माण सामाग्री पुर्याउने काम गर्छन् रे । जस्तै पुल बनाउने, बा“ध बनाउने सामग्री झुन्डयाउँदै निर्माण स्थलसम्म पुर्याउँछन् रे । यसरी निर्माण सामग्री पुर्याउनु निकै जोखिम पुर्ण र साहसी काम हो जस्तो लाग्यो । अनि सोचेँ हाम्रो देशको यस्तो विकट पहाडी भू बनोटको कारणले गर्दा पनि हो । विकाश निर्माण कार्य कठिन र खर्चिलो पर्न जाने । विकाशमा पनि ढीलाइ हुन जाने जस्तो लाग्यो । त्यस्तै यहाँ“ हेलिकप्टरको अर्को एउटा अति जरुरी विशेष काम रहेछ । केही गरी हिमाल आरोहीहरु कुनै समस्यामा वा दुर्घटनामा परे भने तुरुन्त उद्धारको लागि हेलिकप्टर मात्र एउटा विकल्प रहेछ । त्यस बाहेक अरु कुनै उपायनै छैन । त्यसैले लुक्लामा हेलिकप्टर जुनसुकै बेला पनि तयारी अवस्थामा रहेका हुँदा रहेछन् । सूचना पाउना साथ पुग्छन् घटना स्थलसम्म उद्धारको लागि । यी सबै कुरा सुनेपछि मलाई लाग्यो । नेपालको यस्तो विकट पहाडी अपठयारो भूबनोटको लागि एक मात्र भर पर्दा यातायात सुविधा भनेको हेलिकप्टरनै हुने रहेछ । जसको लागि ठुलो एयरपोर्ट पनि नचाहिने । सानो ठाउ“मानै काम चल्ने । यस्तै कुरा मनमा खेलाउदै बसेँ ।
आज हामी पनि स्याङबोचेसम्म हेलिकप्टरबाट जाँदै थियौँ । मौसम पनि सफा थियो । यहाँ मौसम बिग्रनु र सप्रिनुमा कुनै समय नै लाग्दैन रे । कुनै बेला त हप्ता दिनसम्म पनि कुहिरोले ढपक्क ढाक्छरे । प्लेन आउजाउनै बन्द हुने गरी । पाइलटको आँखाले देखेको भरमा उडान र अवतरण गर्नु पर्ने । बलजफत आएभने केही गरी एयरपोर्ट कुहिरोले ढाकिएको छ र प्लेन फर्काउन परे घुम्न सक्ने स्थिति पनि रहन्न रे । त्यति नजिक नजिक छन् डाँडा । त्यसैले पाइलटहरु यस्तो जोखिम मोल्न चाहँदैनन् । जे होस आजको मौसम रमाइलो थियो । प्लेन हेलिकप्टरहरु धमाधम आउने जाने गर्दै थिए । हामी पनि हेलिकप्टरमा बस्यौँ । स्याङबोचे लुक्लाबाट धेरै टाढा रहेनछ । उडेको एकै छिनमा बायाँतिर खोच जस्तोमा गुजुमुच्च परेको एउटा बस्ती देखियो । रङ्गीन टीनका छाना भएका रमाईलो लाग्यो । यो नाम्चे बजार रहेछ । सगरमाथा आरोहण गर्न जाने पैदल यात्रीहरु नाम्चे बजारको बाटो भई जान्छन् । एक दुई दिन नाम्चे बसेर लेक नलागोस भनी आफूलाई यात्राको लागि अभ्यस्त बनाउछन् । स्याङबोचे हेलिप्याड डाँडाको थाप्लोमा अलिकता चेप्टो ठाउ“मा बनाइएको रहेछ । यसलाई एयरपोर्ट हैन धुलौटे आगन भन्न मन लाग्यो । त्यहाँ ओर्लिएर चारैतिर हेरेँ । आहा कति रमाइलो, स्वच्छ निलो आकाश, नजिकै चा“दी जस्तै टल्की हरेका हिम शिखर, त्यस तल सफा हरिया डाँडाकाँडा । मख्ख परी एक छिन त्यतै हराएँ ।
छेउछावमा बस्ती रहेनछ । छेउमा एउटा मात्र घर थियो । बिरामी जस्तो देखिने जापानी जस्ता दुई तीन जना भित्तामा अडेस लगाएर बसेका थिए । उनीहरु काठमाण्डौँ जान हेलिकप्टर कुरेर बसेका रहेछन् । नजिक भएका एक जना गाइडलाई सोधेँ । ‘उनीहरुलाई के भएको हो’ ? उनले हाँसो गर्दै भने ‘यी ब्वाइलर कुखुरा जस्ता कमजोर हुन्छन् । अलिकता परिश्रम पर्यो कि फत्रक्क गलिहाल्छन् । यति सम्ममात्र आउदानी उनीहरुलाई लेक लाग्यो । उठनै सकेका छैनन । बल्ल बल्ल यहाँसम्म आएँ । काठमाण्डौ जान लागेका हुन्’। मनमनै मैले आफूलाइ उनीहरुसँग दाजेर सोचे ‘आफू त पहाडी मुलुककी मान्छे पक्कै त्यति सम्म कमजोर त छैन होला । निकै बलियो छु’ भन्ने दम्भ मनमा पलायो ।
आजको रात बस्न त्यतै नजिक रहेको होटल तर्फ लाग्यौँ । अलि अलि उकालो रहेछ । बिस्तारै बिस्तारै हिँड्दै गयौँ । त्यहा“बाट देखिने पारी ठाडै भीरमा खैरो पाखाकै रंग भएका जंगली खसीहरु आरामले चरिरहेका थिए । एक जना जापानीले बनाएका सुविधाजनक होटल रहेछ यो । काठमाण्डौको ‘हिमालय होटल’को साखा हो रे भन्थे । खासमा स्याङबोचे एयरपोर्ट पनि यही होटलको लागि बनेको हो जस्तो लाग्यो । काठमाण्डौबाट पिलाटस प्लेनमा पर्यटक यहाँ“सम्म ल्याइनछन् रे । यस होटलको नाम हो ‘होटल एभरेष्ट भिउ’ । यो होटल ३८८० मिटर उचाईमा रहको छ । सुस्त सुस्त हिँड्दै पुग्यौँ । यस्तो ठाउ“मा यति सुबिधा जनक होटल आश्चर्य लाग्यो । कति मेहनत गरेर बनाएका रहेछन् । रिसेप्सनमा नाम लेखाएर हामी सिधै कोठा तर्फ लाग्यौँ । टेरेस टेरेस परेको जमिनमा बनेको दुई तले रहेछ । कोठाका सबै झ्याल सगरमाथा तर्फ फर्किएका रहेछन् । सगरमाथाको भिउ हेर्न अन्त जानै नपर्ने । कोठामानै बसेर झ्यालबाट सुन्दर दृष्य छर्लङ्ग देखिने रहेछ । ठुला ठुला शिशा जडित झ्याल मात्र नभएर बाहिर सानो कौसी पनि रहेछ । कुर्सी टेबल राखिएको जहाँ बसेर उदाउँदो र अस्ताउँदो सूर्यको प्रकाशले सगरमाथामा पारेको अलौकिक सुन्दर लालिमा अवलोकन गर्न पाइने । हतारिँदै बाहिर कौसीमा निस्कीएँ । सगरमाथाले स्वागत पो गरेका हुन कि मायालु स्पर्श पठाए जस्तै चिसो पवनले छोएर गएको महशुस गरेँ । रोमाञ्चित भई आँखा चिम्म गरेँ । हर्षित हुँदै सोचेँ टाढाबाट भए पनि संसारको शिर, आफ्नो देशको गौरव दर्शन गर्न त पाइयो । मनमनै नमन गरे । एक नजर चारैतिर पुर्याएँ । अटल रहेको प्राकृतिक सुन्दरताले मोहित बनायो । एउटा अर्कै संसारमा पुगे जस्तो भान भयो । चकमन्न सुनसान छ वातावरण । बेला बेला चलेको स्वच्छ चिसो पवनको वेगले हान्दा सुसाएको सल्लाका रुखको प्राकृतिक मधुर धुन । त्यो गुञ्जिरहेको मधुर धुनले भित्री मनको तार झङकृत गरेझैँ अलौकिक आनन्दको अनुभूति गरेँ । हरिया ती पहाडमा हिमाल तिर हुने सल्लो, धुपी, गु“राँसका रुखहरु, कंचन सफा बातावरण, अझ हिमालतिर पाइने एक किसिमको ठुलो काग काका कराइरहेथ्यो । आहा कति रमाइलो । वर्णन गर्ने अरु शब्दनै पाइनँ । मनले मात्र महशुस गर्दै रमाइरहेँ । विश्वमा अन्त कतै नपाइने यही पवित्र अलौकिक सुन्दरतामा रम्न आउने त हुन पर्वतारोहीहरु जस्तो लाग्यो । जसले यसको महत्त्व बुझेका छन् ती बारम्बार आइरहन्छन् होला । ‘बझ्नेलाई सिरखण्ड नबुझ्नेलाई खुर्पाको बिड’ भने जस्तै । निकै चिसो लागेकोले कोठा भित्र पस्यौँ । बाहिर निकै जाडो भए पनि कोठामा हिटीङ व्यवस्था पनि राम्रै रहेछ । कोठा भित्रबाट हिमालयको दृष्य अवलोकन गर्दै तातो चिया मगाएर पियौँ । होटलको स्टाफलाई यता नजिक कतै घुम्ने ठाउँ छ कि भनी सोध्यौँ । उसले ‘यही तल खुम्जुङ गाउँ“’ छ भने । खाना खाएर त्यता घुम्न जाने योजना बनायौँ ।
कोठाबाट बाहिर आएर एकपल्ट होटलको फन्को मार्यौँ । करिडोरमा हिमालका चित्रहरु सजाइएका थिए । सफा चिटिक्क परेको रहेछ होटल । मेरो मनमा एउटा कुराले खुलदुली मच्चाइरहेथ्यो । झ्यालका यति ठुल्ठुला सिङ्गै सिसा यहाँसम्म कहाँदेखि र कसरी ल्याए होलान् ? कति गाह्रो भयो होला यस्तो विकट ठाउँसम्म ल्याई पुर्याउन ? ती सबै हेलिकप्टरले त ओसारेका होलान् ? होटल बनाउने मान्छेको आँट र मेहनतको मनमनै प्रशंसा गरेँ । अरू सानातिना सामान त मान्छेले पनि बोकेर ल्याउन सक्छन् । जे होस्, ती मान्छेको कल्पना, आँट र मेहनतले गर्दा सगरमाथाप्रेमीहरू सगरमाथासम्म हिँडेर पुग्न नसके पनि सुविधाजनक होटलमा बसी अघाउन्जेल नजिकबाट दर्शन त गर्न पाउछन् ! जो आज हामीले गर्न पायौँ । यस्तै मनमा कुरा खेलाउँदै डाइनिङ हलमा पुग्यौँ । डाइनिङ हलमा चिमनी सहितको ठुलो फलामे हिटर जडिएको रहेछ । ठुला ठुला शिशा जडिएको डाइनिङको झ्याल पनि सगरमाथातिर नै फर्काइएको थियो । तातोमा बसी छर्लङ्ग देखिने सगरमाथाको सुन्दरताको आनन्द लिँदै खाना खानुको मज्जानै बेग्लै लाग्यो । खाना तयार रहेछ । काठमाण्डौबाटनै ल्याएका खाना अति स्वादिष्ट लाग्यो । टन्न खानाखाएर अब हामी एक जना होटल स्टाफका साथ खुम्जुङ जान बाटो लाग्यौ ।
खुम्जुङ पुग्न साना साना बुटयानको जंगल जस्तोबाट ओरालो झर्नु पर्दो रहेछ । यस्तो हिमाली भेगमा यति फराकिलो ठाउँ“ आश्चर्य लाग्यो । पुरानो बस्ती जस्तो छ खुम्जुङ । अरु ठाउँ हेरेर बस्ती पनि बाक्लै थियो । यता यातायातको लागि वेसी घोडा प्रयोगमा ल्याइदो रहेछ । थुप्रै घोडाहरु चरिरहथे । त्यहीँका बासिन्दा होलान् घोडामा सवार देखिए । त्यहाँबाट हिँड्दै गुम्बा पुग्यौँ । सबै भन्दा खुसी यहाँ एउटा राम्रो स्कुल देखियो । पक्कै यो कुनै मनकारी हिमाल आरोहिले बनाइ दिएका होलान् । चिटिक्क परेको स्कुल अगाडि खेल मैदान थियो । बच्चाहरु खेलिरहेका रमाइलो लाग्यो । यस ठाउँमा आलु धेरै फल्छ रे । बारीमा आलु खन्दै गरेका देखिए । एक राउन्ड रमाइलो बस्तीको लगाएर बिस्तारै होटल तर्फ लाग्यौँ । उकालो भएकोले होटल स्टाफले ‘घोडामा जानुस’ भन्दै थिए । श्रीमानले ‘हैन म हिडछु तिमी घोडामा जाऊ’ भन्नु भयो । म घोडामा चढेँ । अब हामी बिस्तारै बिस्तारै उकालो लाग्यौँ । होटलमा पुग्दा श्रीमानको सास फुले जस्तो स्यास्या गर्दै हुनु हुन्थ्यो । कोठामा गएर एक छिन आराम गरेपछि ठिक भयो । सगरमाथा तर्फ हेरे । अस्ताउँदो सूर्यको लालिमाको सुन्दरता हराउने तरखरमा रहेछ । थोरै थोरै बाँकी थियो । तल पहाडको खोचमा रिमरिम अँध्यारो हुँदै थियो ।
होटलमा अरु पर्यटक पनि थिए । डाइनिङमा खाना लगाइसकेको जानकारी गराएँ । हामी डाइनिङमा पुग्दा पर्यटकहरु खाना खाइरहेथे । हामीले पनि आफ्नो भाग लिएर खाली सिटमा गई बस्यौ । आजको खाना मलाई यति स्वादिष्ट लाग्यो कि मैले श्रीमानलाई भने ‘जिन्दगीमा यति मीठो खाना कहिल्यै खाएको थिएनँ’ । श्रीमानले पनि ‘हो मलाई पनि त्यस्तै लाग्यो’ भन्नु भयो । पछि थाहा भयो लेक लागेको संकेत रहेछ । अति भएपछि कुकलाई सोधेँ । ‘यो खाना यहीँ उमारिएको हो कि’ ? उसले ‘हैन यो सबै काठमाण्डौबाट नै ल्याएको हो’ । आश्चर्य उता त यति स्वादिष्ट हुँदैन यहाँ मात्र कसरी ? भन्ने मनमा खलबली भई रह्यो । दिनभर यता उता गर्दै थाकेको चाडै निन्द्रा पर्यो । रातमा एक निन्द्राबाट ब्यूँझिँदा सास फेर्नै गारो भई दुवै जनालाई उकुस मुकुस हुन थाल्यो । अब के गर्ने ? शंकट पो पर्ने हो कि डर लाग्यो । कहिले बिहान होला जस्तो छट\पटमै रात बित्यो । हात खुट्टा गले जस्तो शरीर शिथिल भए पनि नजर सगरमाथा तर्फनै थियो । सूर्योदय हुँदाको सगरमाथाको सुन्दर मुहार एकोहोरो निहारी रह्यौँ । बिहान स्टाफहरुलाई सुनायौँ ‘सुत्नै गारो भयो । के भएको’ ? उनीहरुले भने ‘कोठामा अक्सिजनको व्यवस्था थियो । हामीलाई फोन गर्नु भएको भए हुन्थ्यो । यो लेक लागेको संकेत हो’ । अनि सोचेँ हामी पनि ब्वाइल कुखुरानै भएछौँ । यति आउँदैमा लेक लागेछ । जापानीहरुलाई देखेर मनमा उठेको दम्भको पर्खाल एकै झट्कामा गरल्मै ढल्यो । एक दुई दिन अरु बस्ने विचारले आएका हामी अब यहाँ“ धेरै समय बस्नु हुँदैन भन्ने सोच राख्न बाध्य भयौँ । जति सक्दो चाडो काठमाण्डौ फर्कनु पर्छ भन्ने सल्लाह भयो । संयोगवश पाहुना लिएर आएको होटलको पिलाटस प्लेन काठमाण्डौ जाँदै रहेछ । त्यसैमा काठमाण्डौ फर्कने विचार गरी एयरपोर्टतर्फ लाग्यौँ । जाँदाजाँदै सगरमाथालाई अघाउन्जेल हेरेँ । एउटा अविष्मरणीय सम्झना मनमा लिँदै बिदाइको हात हल्लाएँ । भङ्गेरा भन्दापनि सानो रहेछ प्लेन । पाँच छ जना भन्दाबढी नअटने एउटा मात्र इन्जिन भएको प्लेनमा डराउँदै डराउँदै भगवानको नाम लिदैँ पसेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।