निर्जलाको मृत्युको खबरले शान्तिको नयन मात्रै रसाएन मन पनि भक्कानियो । निष्ठुरी रहेछ दैव एउटी भएकी छोरी पनि छोडेन ।

शान्तिले निर्जलाका बुवा श्रीकृष्णलाई साथीको बुवा भएकाले सकेको सहयोग गरेकी छिन् । श्रीकृष्ण तीन दिनको लागि

बाहिर गए । शान्तिले निर्जलाको घरमा दिनभरि गएर बसेर बिताइन् । फुर्सद भएर शान्ति गएकी हैन ।

एक दिन शान्ति श्रीकृष्णको घर जान हिँडिन् । ढोकामा पुगेपछि शान्ति भनेको सुनेर टक्क अडिइन् । श्रीकृष्णले भन्दै थिए हेर बुढी सबै धनको पछि लागेका हुन हाम्री छोरी हुन्जेल शान्ति आउदिन थिई, अहिले कति आइरहन्छे त्यसलाई हामीले कमाएको धनमा आँखा परेको छ ।

अहिलेको जमानामा आफ्नी छोरीले त गर्दैनन् । त्यो त अर्काकी छोरी ।

शान्ति फरक्क फर्केर घरमा आइन्।

त्यसको सात दिन पछि शान्तिलाई बिहानै श्रीकृष्णले फोन गरे ।

आमा सिकिस्त बिरामी छे डाक्टरकोमा लैजान पर्यो तिमी कता छ्यौ ।

म आउन भ्याउदिन भनेर शान्तिले फोन राखिन् ।

मैले भनेको थिए नी अर्काकी छोरी कहिले आफ्नो हुन्न । श्रीकृष्णले बुढीसँग भने ।

एकैछिनमा एम्बुलेन्स ढोकामा आयो ।अस्पताल पुर्याएर छाडेन, भर्ना गर्यो । श्रीकृष्णले डाइभरलाई पैसा दिए । लिएन पाइसके भन्यो ।

डिस्चार्ज भयो । उपचारको सबै खर्च तिरिसकेको छ । भनेपछि श्रीकृष्णले छक्क परेर काउन्टरमा सोधे कसले तिर्यो पैसा ?
निर्जलाले, काउन्टरमा बसेकी महिलाले जवाफ दिइन् ।

श्रीकृष्णले अचम्म मानेर बुढीको अनुहारमा हेरे ।

छिटो गर्नुस बा भन्दै एउटा केटाले गाडीमा समातेर लगेर बसायो । घरको मूल ढोकामा छोडेर हिड्यो ।

कोठामा आएपछि श्रीकृष्णले बुढीलाई भने

निर्जलाले अस्पताल आएर हाम्रो सेवा कसरी गर्छे ?