साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा- बा

“बा ! भन्नुस् के खानुहुन्छ। म त अब कमाउन सक्ने भइसकेँ नि ।” धेरैपछि हजुरबुवालाई देखेपछि मन एकदमै खुसी भयो ।
“थाहा छ थाहा छ म पनि हेरिरहेको छु ।” भन्नुभयो हजुरबाले । त्यति भन्दा अनुहारमा केही खुसी देखिरहेको थिएँ मैले ।
लगभग ६ वर्षपछि बालाई भेटेको थिएँ । कहिलेकाहीँ सपनामा देखे पनि यति लामो समयसम्म बोलचाल हुन पाएको थिएन ।
पहिले पहिले यसो ट्युसन पढाएर पकेट खर्च हुँदा बालाई कहिलेकाहीँ म कपडा किन्दिने गर्थेँ । नराम्रो भए पनि राम्रो मान्नुहुन्थ्यो । उहाँलाई मन पर्ने जेरी किनेर दिँदा झन् कति मुस्कान देखिन्थ्यो त्यो अनुहारमा । अहिले सम्झिँदा आँसु झर्छ ।

बालाई बुढेसकालमा कुनै दुःख नहोस् भन्ने मेरो सोच थियो । सायद बाले नै मलाई सानै उमेरदेखि हेर्नु र माया गर्नुभएकाले होला बाप्रति मेरो माया यति धेरै थियो कि कुनै शब्दले बयान गर्न सक्दैन ।

कृष्ण तिमिल्सिना
सम्बन्धित पोस्टहरु

कविता- मलाई नजन्माऊ आमा 

लघुकथा- कस्तो धर्म

धेरैपछिको त्यो भेटमा बाको अनुहारमा केही खुसी केही हर्ष त केही विछोडको पीडा स्पष्ट देखिन्थ्यो । मेरो आँखा भने अनायासै रसाए र मुखबाट आफैँ शब्दहरू निस्किन थाले, “बा तपाईँलाई तपाईँको नातिको सानो प्रगति भए पनि देखाउन मन थियो, मेरो कमाइले तपाईँलाई तीर्थ घुमाउन मन थियो, तपाईँलाई मन पर्ने सबै मिठाई खुवाउन मन थियो बा ।”
यति भन्न नपाउँदै बाले गाली गर्नुभयो, “म तँसँग नभएर के भयो त तँलाई मेरो आशीर्वाद सधैँ छ नाति ।” त्यति भनेर बा बिलाउनुभयो र म झल्याँस्स बिउँझिएँ ।बिउँझिँदा आँखाभरि आँसु थिए र मनमा एउटै सोच थियो, “बा आजसम्म मेरो साथमा हुनुभएको भए कति खुसी हुनुहुने थियो ।”
कञ्चनरूप नगरपालिका १२ सप्तरी नेपाल
प्रतिक्रिया
Loading...