एउटी बच्चीले रुदै अनुनयविनय गरिरहेको आवाज सुन्यो नारनले । बच्चीभनिरहेकी थिई ‘‘ म बाँच्न चाहन्छु, धरती टेक्न र सत्कर्मले इतिहासमानाम लेख्न चाहन्छु ।” बाबाकिनमार्नु भयो मलाई । यस्तो निर्णय लिनुअघि किन सोच्नु भएन छोरी बोझहोइनभन्ने । छोराको चाहना राखेर मलाई गर्भमै मार्न लगाउने तपाईभोलिबुहारी कहाँबाट ल्याउनुहुन्छ ?बुझेर पनिबुझपचाउने तपाई जस्तै बाबाहरुकाकारण मजस्तै कयौँ दिदीबहिनी मरिरहेछन् संसार नदेख्दै । ऊझल्याँस्स बिउँझियो ।
उज्यालो हुनै लागेको थियो । उसको कानमाआवाजगुन्जिरह्यो । ‘‘बाबाकिन छोरीलाई कमजोर सोच्नुहुन्छ, कुनचाहिकाम छ छोराले सकेको र छोरीले गर्न नसकेको । अनि छोराको रहर राख्ने तपाईँ किन देख्नुहुन्न तल्लाघरे वीरधनबाजे र कमलाहजुरआमा छोरा भएर नि वृद्धाश्रम जानुपरेको । छातिमा हात राखेर भन्नुस् त छोरीको तिरस्कार सहने

कतिबाबाआमा छन् ? छोराको रहरमाअबबहिनीको हत्यागर्न नलगाउनुस् है !जन्मेपछि मारे कानुनगर्भमै मारे छुट यो कस्तो न्याय? छि ! सभ्यता”
उसले आँखामिच्दै बत्तीबाल्यो आवाज हरायो । करकापमाश्रीमतीलाई गर्भपतनगर्न बाध्यबनाएर हिजो मात्र अस्पतालबाट घर आएको थियो नारन । अस्पताल जानुअघि निर्मलाभन्दै थिइन् ,‘‘अधिकारको कुरा रटेपनि शरीरलाई मेसिनबनाउनविवशहामीनारीको न्यायकहाँ छ ?” आखिर केहीलागेन ऊ गर्भपतन गराउनबाध्यभई ।
सपनाले उसलाई झस्काइरह्यो । व्यापार व्यावसाय समेत गर्दै आएको नारन अधिकृत तहको जागिरे समेत हो । आजै उसलाई महिलासिपविकास सम्बन्धीतालिमउद्घाटनको निम्तो थियो । उसले कार्यक्रमउद्घाटनपछि भाषणमा भन्न छुटाएन, नारी बिनाको घर सभ्य, सुन्दर हुन सक्दैन । नारी देवीहुन् जननीहुन् । तिनलाई सिप र शिक्षाले प्रगतिपथमा लम्काउनुपर्छ । छोरी भएकैले भ्रुुणहत्या गरेको त्यो कुकृत्य उसले बिर्से झै गरेर भन्यो ।
तर यस दिनको सपनाले भने उसलाई जिन्दगीभर पिरोलिरह्यो,पश्चातापभइरह्यो ।

तारकेश्वर गापा–१ दाङसिङनुवाकोट