बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई

प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-३१”मा विनोद नेपाल,मुरारीराज मिश्र,लक्ष्मीप्रसाद मिश्र,देवेन्द्रराज शाक्यर रामप्रसाद पोखरेलका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूकाबाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित”समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो।

 

पाँच दर्जन बाछिटा

 

 

 

१.विनोद नेपाल

 

इमान

उच्च चुचुरो

सम्मान

 

विनोद नेपाल

संसार

सागर धार

अपार

 

 

सुनको

चमक गुण

उनको

 

 

कमाए

चाँदनी जुनी

बनाए

 

 

दुहेको

देशको धन

कुहेको

 

 

निष्पक्ष

महमा माखो

विपक्ष

 

 

निर्भय

हावा रातमा

संशय

 

 

दोधार

अगेनो मन

आधार

 

 

निस्तब्ध

रात भोगाइ

प्रारब्ध

 

 

झसङ्ग

नेताको कालो

प्रसङ्ग

 

 

झेलको

लहरो स्वार्थ

खेलको

 

 

साहित्य

बिम्ब बाछिटा

लालित्य

 

•~<>~•

 

 

२.मुरारीराज मिश्र

 

साँझमा

तिमीझैं लाग्छ

चन्द्रमा

मुरारीराज मिश्र

 

धरामा

छरिए छवि

गरामा

 

 

गरिब

सधैं दु:खको

करिब

 

 

रातमा

फलेछ मोती

पातमा

 

 

पत्थर

श्रद्धाले देख्छ

ईश्वर

 

 

वसन्त

बैंसले धरा

उन्मत्त

 

 

हेमन्त

उस्तै स्वभाव

आफन्त

 

 

जगत

माया रहेछ

फगत

 

 

मस्कियो

प्रेमको मह

पस्कियो

 

 

क्षितिज

सीमा सकियो

दृष्टिको

 

 

रोएर

हल्का भो मन

धोएर

 

 

सुस्ताए

बृद्धत्व सूर्य

अस्ताए

 

•~<>~•

 

३. लक्ष्मी प्रसाद मिश्र

 

लक्ष्मी प्रसाद मिश्र

वसन्त

नव्य सृजना

स्वागत

 

 

हर्षित

मनमा चाह

अनन्त

 

 

विश्वास

सुगन्धमय

आभास

 

 

बाछिटा

प्रतीक पुष्प

बाटिका

 

 

तराई

धरतीपुत्र

पराई

 

 

हिमाल

आस्था हिउँ

झलल

 

गुराँस

स्वच्छ भावना

उद्भास

 

 

तालमा

सम्पत्ति माछो

जालमा

 

 

तिनको

गरिबी चाड

रिनको

 

 

रक्षक

स्याल सिनोको

भक्षक

 

 

कुपुत्र

वंशविनाश

अपुत्र

 

 

बोलीको

शंसय नेता

टोलीको

 

•~<>~•

 

४.देवेन्द्रराज शाक्य

देवेन्द्रराज शाक्य

 

संस्कृति

नाङ्गो शिशिर

विकृति

 

 

विपत्ति

भेलमा नाश

सम्पत्ति

 

 

बादल

चड्कोको ताल

मादल

 

 

रहर

कुइरोभित्र

सगर

 

 

असार

कर्ममा वर्षा

उदार

 

 

खुसीको

फल ओसमा

ढुसीको

 

 

गितार

तारको धुन

सितार

 

 

सापट

चट्याङ चर्को

आपत

 

 

सहर

रमरमिता

रहर

 

 

अचेत

पत्थरकला

सचेत

 

 

दर्पण

मुहारबिम्ब

अर्पण

 

 

झरर

वर्षा आँसुको

बरर

 

•~<>~•

 

५.राम प्रसाद पोखरेल

रामप्रसाद पोखरेल

असार
सृजना सार्ने
रोपार

सगर
मन निराश
बगर

शिशिर
जीवन धर्ती
उजार

टुहुरो
दु:खतापमा
बबुरो

सडक
जीवन भोग
भडक

बिमार
बृद्ध उमेर
किनार

मसिना
मोतीका दाना
पसिना

सयर
सलल नदी
पयर

इमान
आदर्शचुली
समान

बादल
वर्षा वेदना
खाडल

चिनारी
नेता सत्ताका
सिकारी

दमार
ताप र तृष्णा
झम्मार

•~<>~•