साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- सगरमाथा भन्दा अग्ला

Chovar Blues Mobile Size

ती तिम्रा दम्भ र अहंकारहरू,
हेर त आज कहाँ छन् ?
भ्रमको पर्दा खुलेर,
आज सत्य अनावृत्त भएको छ,
आहा कति सुन्दर सत्य !
तिम्रा ईश्वरीय भ्रमहरू टुटेका छन्,
मेरो लाचारी अलिकति हाँसेको छ ,
तिमी बुद्धबाट आज मान्छे भएका छौ,
हाम्रा संवेगहरू अब फेरि एकै भएक छन्,
अब फेरि एउटै भूगोलमा,
हामी सँगै हाँस्ने, रुने र रमाउने भएका छौँ
कपटका मुखुण्डोहरू सबै उत्रिएका छन्,
स्वार्थका पर्खालहरू सबै ढलेका छन्,
वर्षौपछि अब फेरि हामी,
छोराको बिहेमा सँगै नाच्ने सक्ने भएका छौँ,
आमाको मृत्युमा सँगै रुन सक्ने भएका छौँ,
भ्रमहरु त टुट्नै पर्ने रहेछ

तिमी र म दुवै मिल्न पनि,
हिजो दर्शनसम्म पनि नदिने तिमीले,
आज मलाई खोजी गर्न थालेका छौ,
खुसी लाग्छ,

अब तिमी धृतराष्ट्रबाट युधिष्ठिर हुँदैछौ,
रिस, राग र पश्चाताप बाँकी छैन अब,
केवल सत्य अनावृत्त भएको छ,
आहा कति सुन्दर सत्य !
वर्षौंपछि फेरि अब,
हामी सँगै हाँस्ने, रुने र रमाउने भएका छौँ ।

sagarmani mobile size
लेखक परिचय

काभ्रे पलान्चोक जिल्ला, पनौती नगरपालिका चौकोटमा जन्मिनु भएका रवीन्द्र के.सी. नेपाल सरकारको अधिकृत स्तरका कर्मचारी हुनुहुन्छ । राजनैतिकशास्त्रमा स्नातकोत्तर उहाँले अमेरिका, चीन र भारतबाट समेत विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्र संघअन्तर्गत रहेर हाइटी र कोसोभोमा समेत सेवा दिई सक्नुभएको छ । नेपाली साहित्यमा गहिरो अभिरुचि राख्नु हुने के.सी.का थुप्रै कथा, कविता र व्यावसायिक लेख रचनाहरु प्रकाशित छन् ।

प्रतिक्रिया
Loading...