विधिविधानको उपहास गर्छ
संविधानको हुर्मत लिन्छ
मिच्छ नैतिकताका सीमाहरू
तर डुक्रन्छ
लोकतन्त्रको नारा ।
देखाउँछ शक्तिको तुजुक
मोलमोलाइमा,
ठाउँ कुठाउँ कारबाहीमा
बर्खास्ती/नियुक्तिमा
राजिनामा र पुनर्नियुक्ति
अनिशपथहरूमा ।
आश्चर्य लाग्छ देखेर
मेरो सरकार
खोइ के गर्छ के गर्छ
खर्चनुपर्थ्यो ऊर्जा
जनस्वास्थ्यका पक्षमा,
महामारीका विरुद्ध
देखाउनु पर्थ्यो शक्ति
गरिबी र अभाव विरुद्ध ।

विनोद नेपाल
लानुपर्थ्यो साथसाथ
एकताबद्ध पार्दै सबैलाई
तर लिन्छ गलत बाटो,
उपद्रो गर्छ आफू
र
अरूलाई दोष दिन्छ ।
समस्या समाधानमा आलटाल गर्छ
शक्तिशाली छ मेरो सरकार
कुराले,
आकाशका तारा झार्छ
दिउसै रात पार्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
