गरा गरा पसिनाका दाना रोपिदिन्छु
जहाँ भेट्छु ढुङ्गो त्यहीँ देव खोपिदिन्छु
पाखुरीमै बाँच्छु , हात थाप्न जान्दिन म
नेपाली हुँ दुःखदेखि भाग्न जान्दिन म
मेरो आफ्नै माटो छ दस नङ्ग्रा खियाउन
आफ्नै खोला , नदी छन् यो माटो भिजाउन
दयाको एक पात्र भई बाँच्न जान्दिन म
नेपाली हुँ दुःखदेखि भाग्न जान्दिन म
दिन उज्यालो पारिदिने मेरो आफ्नै घाम छ
रात उज्यालो पारिदिने मेरो आफ्नै जून छ
स्वाभिमान बन्धकीमा राख्न जान्दिन म
नेपाली हुँ दुःखदेखि भाग्न जान्दिन म ।
अमेरिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला