एउटा भेट

म चुप शान्त र अटल उभिएकी थिएँ
सिर्फ नजिकै बगिरहेको समुद्रमा तुफान थियो
खोइ समुद्रलाई भगवान जाने के विचार आयो
उस्ले तुफानको एउटा थैलो बनायो

मेरो हातमा थमाइदियो
अनि हाँसेर टाढा भैदियो
अचम्मित थिएँ !
तर उस्को चमत्कार लिइसकेँ
थाह थियो यसप्रकारको घटना
कयौँ शताब्दिमा हुन्छन्
लाखौँ ख्याल आए
शिरमा झिलमिलाए
तर उभिइरहेँ
यस्लाई लिएर अब मेरो सहर कसरी जाउँ ?

अमृता प्रीतम

मेरो सहरको हर गल्ली साँगुरो
मेरो सहरको हर छत होचो
मेरो सहरको हर भित्तो तीखो
सोचेँ
यदि तिमी कतै भेटिन्थ्यौ भने
समुद्रले जसै गरि यस्लाई छातिमा राखेर
हामी दुई किनारा जस्तै हाँसिरहन्थ्यौँ
अनि
होचा छतहरु र साँगुरा गल्लिहरुको सहरमा बस्न सक्थ्यौँ
तर
पुरै दिनभरि तिमीलाई खोज्दैमा बित्यो
अनि आफ्नो आगोको अन्तिम घुट पिएँ
म एक्लो किनारा
किनारालाई छोडिदिएँ
अनि जब दिन ढल्दै थियो
समुद्रको तुफान समुद्रलाई नै फिर्ता गरिदिएँ

जब रात पर्न थाल्यो तिमी भेटियौ
तिमी पनि उदास चुप शान्त र अटल
म पनि उदास चुप शान्त र अटल
सिर्फ टाढा बगिरहेको समुद्रमा तुफान छ !

रिमा केसी

कवि – अमृता प्रीतम
अनुवाद – रिमा के सी