अध्यायः तेइस

“नमस्ते !” फुच्चे राजकुमारले भन्यो ।

“नमस्ते !” व्यापारीले जवाफ फर्कायो ।

नमस्ते फर्काउने व्यक्ति तिर्खा मेटाउने औषधी बेच्ने व्यापारी थियो । उसले फुच्चे राजकुमारलाई भन्यो, “प्रत्येक हप्ता एक चक्की खाएमा एक हप्तासम्म पानी पिउन नै पर्दैन । विशेषज्ञका हिसाबमा प्रत्येक मान्छेले हरेक हप्तामा त्रिपन्न मिनेट बचत हुन्छ ।

‘उसो भए त्रिपन्न मिनेटको बचतबाट मानिसहरू के गर्छन्‌ त ?’ फुच्चे राजकुमारले सोध्यो ।

‘जे मन लाग्छ त्यही गर्न सकिन्छ ।’ व्यापारीले भन्यो ।

‘यदि मसित त्रिपन्न मिनेटको समय हुन्थ्यो भने म त जलाशयतिर लाग्थे ।’ फुच्चे राजकुमारले भन्यो ।