भागः चौबिस, अंशः छ 

“अलि होस गरेर हिड्नु,” उनको डेस्कको छेउबाट हामी अघि बढ्दा सेक्रेटरीले भनिन्‌ ।

“तपाईंको बोसले यस्तै सोमत सिकाएको छन्‌ ?’ मैले भनें । मैले त उनले आँखा तरेर हेर्छिन्‌ कि भन्ने सोचेको थिएँ । नत्र सायद, “सबैले त्यसै भन्छन्‌, मलाई थाहा छ” भन्ने पारामा टाउको हल्लाउँछिन्‌ कि जस्तो लागेको थियो, तर त्यसको साटो उनले स्वर घटाइन्‌ । ‘बिचरा रे । उनको छोरी मरेको दिनदेखि उनी अर्कै भएका छन्‌ ।’ मैले आश्चर्य मान्दै आँखी भौँ उचालेँ ।

“आत्महत्या,” उनी सासले बोलिन्‌ ।

ट्याक्सीमा होटेल फर्केर आउँदा शोहरबले झ्यालमा टाउको टेकाएर बाटोका घरहरू र लहरै उभिएका गमका रूखहरू हेरिरह्यो । उसको सासले सिसामा बादल लाग्यो, सफा गर्यो र फेरि बादल लाग्यो । त्यो भेटघाटको बारेमा उसले मलाई केही सोध्छ कि भनेर मैले पर्खिरहेँ, तर उसले सोधेन ।

बन्द गरेको बाथरूमको ढोकाको पल्लोपट्टि धाराबाट पानी खसिरहेको थियो । हामी त्यस होटेलमा आएको दिनदेखि नै सुत्नु अघि शोहरबले धेरै बेर नुहाउने गरेको थियो । काबुलमा धारामा तातो पानी आउनु भनेको बाबुहरू हुनु जस्तै दुर्लभ चीज थियो । अहिले शोहरबले प्रत्येक रात फिँजै फिँज भएको पानीमा डुबेर जीउ माड्दै झन्डै एक घन्टा बिताउने गरेको थियो । ओछ्यानको छेउमा बसेर मैले शोरायालाई सम्झेँ । मैले बाथरूमको ढोकामुनिबाट छिरेको मसिनो उज्यालोको सुइरोलाई नियालेँ । अझैसम्म सफा भएको छैन शोहरब ?

रेमन्ड आन्द्रूजले भनेको कुरा मैले शोरायालाई सुनाएको थिएँ ।

“त्यसो भए तिमीले के सोचेकी छौ त ?’ मैले भनेँ ।

“हामीले सोच्नुपर्छ कि उसले भनेको सही होइन | उनले आफैँले पनि ईन्टरनेशनल एडोप्सनको व्यवस्था मिलाई दिने केही एडोप्सन एजेन्सीहरूलाई फोन गरेर सोधेको कुरा मलाई बताएकी थिइन्‌ । उनले अफगान एडोपष्सनलाई पनि अलि नरम आँखाले हेर्न सक्ने एजेन्सी कुनै पनि फेला पारेकी थिइनन्‌, तर उनले अझै खोजी गरिरहेकी थिइन्‌ ।

“यो खबरलाई तिम्री आमाले कसरी लिनुभएको छ ?”

“मदर हाम्रा लागि खुसी हुनुभएको छ | तिम्रो बारेमा उहाँले के सोच्नुहुन्छ भन्ने कुरा तिमीलाई थाहै छ, अमीर । उहाँको नजरमा त तिमीले कुनै गल्ती नै गर्दैनौं । पदार _- अँ उहाँको पारा त सधैँ उस्तै हो । उहाँलाई पढेर बुझ्न अलि गाह्रो छ । उहाँ त्यति धेरै केही पनि बोल्नुभएकै छैन ।”

“अनि तिमी नि ? तिमी खुसी छौ ?”

उनले रिसिभर अर्को हातमा सारेको मैले सुनेँ । “मलाई लाग्छ तिम्रो भतिजप्रति हामी दयालु हुने छौं र त्यो सानो फुच्चे पनि सायद हामीप्रति दयालु हुने नै छ ।”

“मैले पनि त्यस्तै सोच्दै थिएँ ।”

“सुन्दा यो पागल कुरा जस्तो लाग्छ, तर म त उसलाई मनपर्ने कुर्मा कस्तो होला, अथवा स्कुलमा उसलाई सबैभन्दा मनपर्ने विषय कस्तो होला भनेर दङ्ग परेर सोचिरहेकी छु । म त आफैँले उसलाई होमवर्क गर्न सहयोग गरिरहेको सपना पो देख्छु त ।’ उनी हाँसिन्‌ । बाथरूममा धाराबाट पानी खस्न बन्द भयो | शोहरब टबमा यता उता फर्किँदा पानी छचल्किएर पोखिएको सुनिन्थ्यो ।

“तिमी पक्कै महान्‌ मान्छे बन्छ्यौं,” मैले भनेँ ।

“ओहो ! मैले झन्डैले बिर्सेको ! मैले उनलाई, काका सरिफलाई फोन गरेकी थिएँ । हाम्रो निकाको दिन उनले होटेलमा फ्यालिएको एउटा सानो कागजको टुक्रामा लेखिएको कविता पढेर सुनाएको मलाई याद आयो | शोराया र म क्यामराको फ्ल्यास अगाडि मसक्क परेर स्टेजतिर हिँडेर जाँदा उनको छोराले हाम्रो टाउको माथि कुरान राखिदिएको थियो ।

“उनले के भनेका छन्‌ त ?”

“ए अँ उनले ठूलो सहयोग गर्न गइरहेका छन्‌ । उनले आफ्ना केही आइ.एन.एस्‌ का मान्छेहरूलाई सोध्ने वाला छन्‌ । उनले भनिन्‌ |”

“यो त साह्रै खुसीको खबर हो,” मैले भनेँ । “शोहरबलाई देख्न तिमीले अब धेरै कुर्न पर्दैन ।’

“म पनि अब धेरै कुर्न सक्दिनँ,” उनले भनिन्‌ ।

मैले मसक्क परेर फोन राखेँ ।

केही मिनेटपछि शोहरब बाथरूमबाट बाहिर निस्क्यो । रेमन्ड आन्द्रूजसँगको भेटपछि र मुस्किलले एक दर्जन जति शब्दहरू मात्र बोलेको थियो होला र मैले बोल्नलाई जतिसुकै प्रयास गरे पनि जवाफमा उसले या त टाउको हल्लाउने नत्र एकै शब्दमा जवाफ दिने गरेको थियो । ऊ ओछ्यानमा उक्ल्यो र च्यापुसम्म ढाक्ने गरी ब्ल्यांकेट तान्यो | दुई चार मिनेट भित्रै ऊ घुर्न थालिसकेको थियो |

बादल लागेको ऐनामा मैले गोलो पारेर सिनित्त पुछेँ र त्यही होटेलकै खोलेर ब्लेड हाल्नपर्ने खालको पुरानो मोडेलको रेजरले दाह्री बनाएँ | अनि मैले पनि नुहाए । बाफ छुटेको तातो पानी पनि चिसो भएर मेरो छाला चाउरी नपरून्जेल म टबमै डुबिरहैँ । म कल्पनामा उड्दै, अब के के हुने होला भनेर सोच्दै, नानाथरी कुरा मनमा खेलाउँदै टबमा डुबेर बसेँ ।

क्रमश….

नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।