तेइस
तोरीफूला भित्रबाट केही अनुहारहरू फुत्त देखिन्छन्, चियाउँछन् र बिलाउँछन् नियालेर मलाई हेर्छन् र प्रश्नहरू सोध्छन् ती सबैले प्रश्नहरू सोभ्छन्, के तिमीले आफूलाई चिन्छौ त ? के तिमीलाई कतै दुखेको पो छ कि ?’ आदि । म को हो म चिन्दछु र मलाई जताततै दुखेको छ । म तिनीहरूलाई यही भन्न चाहन्छु, तर बोल्दा दुख्छ । म यो जान्दछु किनभने केही समय अघि, सायद एक बर्ष, सायद दुई, सायद दश बर्ष अघि म एउटा गालामा फा (रूज) र आँखामा गाजल पोतेको केटोसँग बोल्न खोजेको थिएँ । त्यो बच्चो । हो त म त्यसलाई अहिले यहाँ देख्छु । हामी बिचाराहरू अहिले कारमा छौँ | त्यो बच्चो र म । मलाई लाग्छ गाडी शोरायाले चलाइरहेकी छैनन् किनभने उनले कहिल्यै पनि यति छिटो हाँक्दिनन् । म यो बच्चोलाई केही भन्न चाहन्छु । लाग्छ मैले कुनै पनि हालतमा उसलाई भन्नुपर्छ, तर म के भन्न चाहन्छु त्यो सम्झिन सक्दिनँ र यो त्यति महत्त्वपूर्ण किन छ त्यो पनि जान्दिनँ । सायद म उसलाई अब सबै कुरा ठीक हुन्छ, आत्तिन पर्दैन, अब नरोऊ भन्न चाहन्छु | सायद चाहन्न | त्यो के कारणले हो म सोच्न सक्दिनँ, तर म बच्चोलाई धन्यवाद दिन चाहन्छु |
थुप्रै अनुहारहरू | तिनीहरू सबैले हरियो ह्याट लगाएका छन् । तिनीहरू मेरो नजरमा फुत्त आउँछन् र जान्छन् । उनीहरू छिटो छिटो यस्ता शब्दहरू बोल्छन् जुन म बुझ्दिनैँ । म अरू पनि मान्छे बोलेको स्वर, हल्लाखल्ला विप र अलार्म बनेको सुन्छु र जति बेला पनि थुप्रै अनुहारहरू देख्छु । नियालेर हेर्दै । त्यो कपालमा जेल लगाएको, क्लार्क ग्याबल जुँघा भएको र टोपीमा जेल लागेर अफ्रिका महादेश जस्तो टाटो बसेको टेली सिरियलको मिस्टर सोप ओपेरा स्टार जस्तो मान्छेभन्दा बाहेकका अरु कसैलाई पनि सम्झन्नँ । त्यो हाँसो उठ्दो लाग्छ । म अहिले हाँस्न चाहन्छु, तर हाँस्दा पनि बेस्सरी दुख्छ ।
म सबै बिर्सन्छु |
उनी भन्छिन उनको नाम आईशा हो मतलब “प्रोफेटकी श्रीमती” जस्तै उनको फुल्न थालेको कपालको बीचमा सिउँदो काटिएको छ भने पछाडि चुल्ठो बानिएको छ भने नाकमा सूर्य जस्तै देखिने फुली छ । उनले बाईफोकल चस्मा लगाएकी छन् जसले गर्दा आँखाहरू पकलक्क ठूल्ठूला देखिन्छन् । उनले पनि हरियो लुगा लगाएकी छिन् र उनका हातहरू कोमल छन् | उनले मलाई उनकै अनुहारमा हेरिरहेको देखिन्छिन र मुसुक्क हाँस्छिन् । अंग्रेजीमा केही भन्छिन् । केही चीजले मेरो छातीको छेउतिर च्वास्स घोचिरहन्छ । म सबैथोक बिर्सन्छु । मैले होस गुमाउँछु ।
मेरो बेड छेउमा एक जना मान्छे उभिइरहेको छ । म उसलाई चिन्दछु । ऊ दुब्लो, कालो र लामो दाह्री छ । उसले ह्याट लगाएको छ । ती ह्याटलाई के भन्छन् रे ? पाकोल ? उसले ह्याट एउटा प्रसिद्ध मान्छेले जस्तै एकातिर ढल्काएर लगाएको छ जुन मान्छेको नाम अहिले मेरो सम्झनामा छैन । म उसलाई चिन्दछु । मेरो मुखमा केही गडबड छ | मैले केही उम्लिएको जस्तो आवाज सुन्छु
। म सबैथोक बिर्सन्छु ।
मेरो देब्रे पाखुरामा जलन हुन्छ | त्यो बाइफोकल चस्मा र नाकमा फुली लगाएकी महिला मेरो पाखुरोमाथि निहुरिएर त्यसमा एउटा सफा प्लास्टिकको नली जोड्दै छन् । उनी भन्छिन् यो “पोटासियम” हो । “यसले माहुरीले चिले जस्तै पोल्छ, होइन त ?“ उनी भन्छिन् । यसले त्यसै गरी पोल्छ ! उनको नाम के रे ? त्यही प्रोफेट जस्तै के जाति हो । म उनलाई दुई चार साल पहिलेदेखि चिन्दछु । उनले कपालपछाडि लगेर चुल्ठो पार्ने गर्थिन् । अहिले सर्लक्क पछाडि फर्काएर गुजुल्टो पारेको छ । हामी पहिलो पटक बोल्दाखेरि शोरायाको कपाल पनि त्यसै गरी गुजुल्टो पारेको थियो । त्यो कहिले थियो रे ? गत हप्ता ?
आईशा ! हो त ।
मेरो मुखमा पक्कै केही गडबडी छ ! र, त्यही चीजले मेरो छातीमा घोचिरहेको छ । मेरो होश गुम्छ ।
हामी बुलचिस्तानको सुलईमान पहाडमा छौँ र बाबा त्यो कालो भालुसँग लड्दै हुनुहुन्छ । उहाँ मेरो बचपनको बाबा हुनुहुन्छ । तुफान अगा । पास्तुन जातिमा हुनुपर्ने सबै विशेषता भएको मान्छे । गडेका आँखा, ख्याउटे अनुहार भएको, फुकिढल परेर ब्ल्यांकेटमुनि सुतेको मान्छे जस्तो चाहिँ होइन । मान्छे र त्यो हिंस्रक जन्तु हरियो घाँसमाथि लडिबुडी गर्छन् । बाबाको खैरो घुग्रे कपाल हावामा उड्छ । भालु गर्जिन्छ वा सायद त्यो बाबा पार्जिएको पनि हुन सक्छ । रगत र र्याल उड्छ र हात र नङमा जोडले ठोकिन्छन् । दुवै पछारिँदा ढ्वाङ्ग गरेको ठूलो आवाज आउँछ र बाबा भालुको छातीमा चढेर बसिरहनु भएको छ । उहाँका औँलाहरूले भालुको थुतुनो च्याप्प अँठ्याएको छ । उहाँले टाउको र मलाई हेर्नुहुन्छ र म देख्छु । अहिले म उहाँ हो । म भालुसँग लडिरहेको छु ।
म बिउँझिन्छु । त्यो कालो दुब्लो मान्छे फर्केर मेरो बेडको छेउमा आएको छ । अहिले सम्झना आयो कि उसको नाम फरिद हौ । उसँग त्यो गाडीमा सँगै आएको बच्चो पनि छ । उसको अनुहार देख्दा मलाई घुँघुरू बजेको याद आउँछ । मलाई तिर्खा लागेको छ ।
मेरो होस गुम्छ ।
मेरो होस खुल्ने गुम्ने भइरहन्छ ।
पछि पो खुल्न आयो कि त्यो क्लार्क ग्याबल जुँगा भएको मान्छेको नाम डा. फारूकी रहेछ । र अहिले टिभी सिरीयलको स्टार जस्तो कत्ति पनि थिएन । ऊ टाउको र घाँटीको सर्जन रहेछ तापनि मैले उसलाई कुनै उष्ण प्रदेशीय टापुमा छायांकन गरिएको कुनै टि.भी. सिरियलको अरम्यान्ड नाउँ गरेको पात्र जस्तै ठानिरहेँ ।
म कहाँ छु हँ ? म सोध्न चाहन्थे, तर मेरो मुख खुल्थेन । मैले निधार खुम्च्याएँ । सँगुर जस्तै घुरें र हाँस्न खोजे । अरमान्ड मुसुक्क हाँस्यो । उसका दाँत सेतो टिलिक्क टल्केका थिए |
“अहिले बेला भएको छैन, अमीर,” उसले भन्यो । “त अब छिट्टै हुन्छ । जब त्यो तार झिकिन्छ ।” र झर्दुको लवजमा भद्दा अंग्रेजीमा बोल्यो । तारहरू रे ?
अरम्यान्ड दुईहात छातीमा बँधेर उभियो । उसका नाडीमा बाक्लो रौँ थियो र उसले सुनको वेडिङ्ग व्यान्ड लगाएको थियो । “तिमीलाई भएको के हो र अहिले उहाँ छौ भनेर आश्चर्य लाग्या होला | त्यो एकदम सामान्य कुरा हो | पोस्टसर्जिकल अवस्था जहिले पनि ध्यान एकाग्र पार्न नसकिने खालको हुन्छ । त्यसैले म जे जान्दछु त्यो भनूँला ।”
म उसलाई त्यो तारहरूको बारेमा सोध्न चाहन्थेँ । पोस्टसर्जिकल रे ? आईशा कतातिर गईछन् कुन्नि ? म चाहन्थेँ उनी मलाई हेरेर हाँसून् र म उनका कोमल हातहरू समाउन चाहन्थेँ ।
अरमान्डले रिसाउँदै निधार खुम्च्यायो । उसले एउटा आँखी भौं आफैँलाई अलिकति बढी महत्त्व दिँदै खुम्च्यायो । “तिमी अहिले पेशावरको एउटा अस्पतालमा छौ | तिमी यहाँ दुई दिनदेखि छौ | मैले तिमीलाई भन्नै पर्छ कि अमीर तिमीलाई केही गम्भीर चोट लागेको छ । साथी म त भन्छु कि तिमी भाग्यमानी रहेछौ त्यही भएर बाँच्यौ ।’ उसले यसो भन्दै गर्दा चोर औँला पेन्डुलम जस्तै अघि पछि गरेर हल्लाइरह्यो । “तिम्रो फियो चर्किएको थियो । सायद यो तिम्रो भाग्यले गर्दा यो अलि ढिलो चर्कियो किनभने तिम्रो एब्डोमिनल क्याभिटिमा अघि नै रक्तश्राव भइसकेको चिन्हहरू थियो । जनरल सर्जरी यूनिटका मेरा साथीहरूले आकस्मिक स्प्लीनेक्टोमी गर्नु परेको थियो । यदि यो पहिल्यै चर्किसकेको भए तिमी रक्तश्रावले भथ्यौं । “उसले मेरो आइभी लगाएको पाखुरामा थपथपायो र मुसुक्क हाँस्यो । तिम्रो करङ पनि सात ओटा भाँचिएको थियो । ती मध्ये एउटा त न्यूमोथोन्याक्स गराएको थियो ।’
मैले दुखाइले निधार खुम्च्याएँ । मुख खोल्ने कोसिस गरेँ । तारहरू सम्झें । यसको अर्थ फोक्सो छेडिँएको थियो,“ अरमान्डले बेलिविस्तार लगायो । उसले मेरो देब्रे पट्टिको प्लास्टिक ट्यूबिङ्ग हल्का तान्यो । मैले फेरि छातीमा केही चीजले च्वास्स घोचे जस्तो मानें । “हामीले त्यो पन्चरलाई यो चेस्ट ट्यूबले टालेका हौं ।” पानीले आधा भरिएको भाँडो र छातीको ब्यान्डेजभन्दा बाहिर निस्केका ट्यूबहरू मैले छामें । केही उम्लेजस्तो आवाज आइरहेको थियो ।
“तिमीलाई ल्यासीरेसन पनि धेरै लागेको छ । मतलब काटेको घाउ ।’ त्यो शब्दको अर्थ के हो म जान्दछु भनेर मैले उसलाई भन्न चाहन्थेँ । म एउटा लेखक थिएँ । मैले आफ्नो मुख खोल्न खोजेँ । फेरि पनि तारहरूको बारेमा बिर्सेछु ।
“सबभन्दा नराम्रो काटेको घाउ त तपाईंको माथिल्लो ओठमा थियो,” अरमान्डले भन्यो । “लड्दा खेरी जोड परेर तपाईंको माथिल्लो ओठ बीचबाट चिरिएर दुईचिरा परेको थियो, तर चिन्ता मान्न पर्दैन । प्लास्टिक सर्जरी गर्ने मान्छेहरूले जोडेर सिलाइदिएका छन् र उनीहरूको अनुसार परिणाम उत्कृष्ट निक्लन्छ, तर त्यहाँ दाग चाहिँ बस्छ । दाग कसै गरे पनि मेटाउन सकिँदैन ।
देब्रे आँखाको सकेट बोनमा अर्बाईटल फ्रयाक्चर पनि थियो । अनि हामीले त्यसलाई पनि ठीकठाक पार्नु पर्यो । तपाईंको ज लाई बाँधेको तार करिब ६ हप्तापछि निकालिन्छ; अरमान्डले भन्यो । “त्यति बेलासम्म तरल पदार्थ र शेक मात्र खान मिल्छ । तपाईंको तौल पनि अलिकति घट्ने छ र तपाईं केही समयसम्म गडफादर सिनेमाको हिरो अलप्यासिनो जस्तो गरी बोल्नुहुने छ ।” उ हाँस्यो । तर तपाइँले आज एउटा आज एउटा काम गर्नुपर्छ । तपाईंलाई थाहा छ त्यो के हो ? मैले थाहा छैन को इसारामा टाउको हल्लाएँ ।
“आजको तपाईंको काम भनेको तपाईंले पाध्नुपर्छ । तपाईं त्यसो गर्नु अनि हामी तरल खानेकुरा ख्वाउन सुरू गर्छौं । नपाध्ने भए खाना पनि खान पाइँदैन ।” उ फेरि हाँस्यो ।
अलि बेरपछि आईशाले आइभी ट्यूबीङ्ग बदलीदिइन र मेरो बेडको सिरानीपट्टि भैले भने जस्तै गरी अलिकति उठाइदिइन् । मैले आफूलाई के भएको रहेछ भनेर सोचेँ । फियो चर्किएको । दाँत भाँचिएको । फोक्सो पन्चर भएको । आँखाको सकेट फुटेको, तर जब मैले एउटा परेवाले झ्यालको चौकोसमा फ्याँकिएको रोटीको सानो टुक्रा टिपेको हेरेँ, अनि मैले अरमान्ड र डा. फारूकीले भनेको केही कुरा सोचिरहेँ । ‘बजारिँदा खेरीको जोडले तपाईको माथिल्लो ओठ बीचबाटै दुई चिरा परेको थियो,” उसले भनेको थियो । ठीक बीचबाट । खुँडे जस्तै ।
फरिद र शोहरब भोलिपल्ट मलाई भेट्न आएँ । “तपाईं चिन्नुहुन्छ हामी आज को हो ? तपाईंलाई सम्झना छ ? फरिदले अलिअलि जोक गरेजस्तो पारामा भन्यो । मैले टाउको हल्लाएर “चिन्दछु” भन्ने इसारा गरेँ ।
“अल हाम्दुल्लेल्लाह !” मसक्क मस्किएर उसले भन्यो ।
“नचाहिने कुरा अब बढी बोल्ने होइन ।”
, फरिद,” तारले बाँधिएको ज चलाउँदै मैले भनें ।
आरममान्डले भनेको ठीकै थियो । मेरो स्वर द गडफादर फिलिमको अल प्यासिनोको जस्तै भएको थियो र मैले निलेका मेरा दाँतहरू भएको खाली ठाउँमा मेरो जिब्रोले प्रत्येक चोटी छुँदा मलाई आश्चर्य लाग्थ्यो । “मेरो मतलब तिमीले जे जति गर्यौ त्यो सबै कुराको लागि धन्यवाद ।”
उसको अनुहार लाजले अलिकति रातो भयो र हात हल्लाएर ‘पर्दैन’ भन्ने इसारा गर्यो । “बस, धन्यवाद दिन लायक मैले केही पनि गरेको छैन,” उसले भन्यो । म शोहरबतिर फर्किएँ । उसले नयाँ लुगा लगाएको थियो – उसलाई अलिकति ठूलो देखिने हल्का खैरो प्रिहान टम्बान र कालो बिर्के टोपी । मेरो बेडमा लतारिएको आइभीको पाइपलाई खेलाउदै उसले टाउको निउराएर आफ्ना गोडाहरूतिर हेर्दै थियो ।
“हामी एकअर्कोसँग राम्ररी परिचित भएकै थिएनौं, मैले भनें ।
मैले हात मिलाउनलाई मेरो हात दिएँ । “मेरो नाम अमीर हो ।’
उसले मेरो हात हेर्यो र अनि मलाई । “मलाई मेरो बुबाले भन्ने गरेको अमीर अगा तपाईं नै हो त ?” उसले भन्यो ।
“हो, म नै हो ।” मैले हसनले लेखेको चिठीका शब्दहरू सम्झिएँ ।
हामीहरू सँगँगै खेलेको, गल्ली-गल्ली दौडेको, सँगसँगै हुर्केको र तपाईको बारेमा धेरै कुराहरू मैले फारजाना जान र शोहरबसँग भनिसकेको छु । तपाई र म मिलेर कति बदमासी गर्दा रहेछौ भन्ने ठनेपछि तिनीहरू हाँस्छन् । “म तिमीलाई दिनुपर्ने धन्यवादको पनि ऋणी छु, शोहरब जान,“ मैले भनेँ । “तिमीले मेरो ज्यान बचायौ ।”
उसले केही पनि भनेन उसले मेरो हात नसमातेपछि मैले मेरो हात तल झारेँ | “मलाई तिम्रो नयाँ लुगा खुप मन पन्यो,“ मैले बिस्तारै भनेँ ।
“त्यो लुगा मेरो छोराको हो,” फरिदले भन्यो । “उसलाई त्यो सानो हुन्छ । शोहरबलाई ठ्याक्कै मिल्दो रहेछ ।“ हामीले अरु बस्ने ठाउँ फेला नपार्दासम्म शोहरब उसैसँग बस्न सक्छ । “हामीसँग कोठा धेरै त छैन, तर म अरू के नै गर्न सक्छुर ? मैले उसलाई सडकमा लगेर छोडिदिन पनि सक्दिनँ । त्यसको अलावा मेरा बच्चाहरूले पनि उसलाई मन पराएका छन् | हैन त शोहरब ?” तर केटोले आईभी को पाइपलाई औँलाले खेलाउँदै भुइँतिर मात्रै हेरिरह्यो ।
“मलाई सोध्न मन लागिराखेको छ,” फरिदले अलि हिच्किचाउँदै भन्यो । “त्यो घरभित्र के भएको थियो ? त्यो तालिब र तपाईंको बीचमा के भएको थियो ?’
“हामी दुवैलाई जे हुनुपर्ने थियो त्यही भएको हो भन्दा ठीक होला,“ मैले भनें ।
फरिदले बुझेको इसारामा टाउको हल्लायो र त्यति कर गरेन । मलाई लाग्यो कि हामी अफगानिस्तानका लागि पेशावर छोडेर हिँडेको समयदेखि अहिलेसम्म आइपुग्दा कतै बीचमा साथी भइसकेका थियौं । “मलाई पनि क्यै कुरा सोध्न मन लागिराखेको छ ।”
“के कुरा ?”
मलाई सोध्न मन त थिएन । मलाई त्यसको उत्तरसँग डर लागी राखेको थियो । “रहिम खानको बारेमा,” मैले भने ।
“उहाँ त हुनुहुन्न ।”
मेरो मुटु धड्कियो । ‘के उनी….”
“होइन । मात्र उहाँ त्यो ठाउँमा हुनुहुन्न ।’ उसले मलाई पट्याएको एउटा सानो टुक्रा कागज र सानो साँचो दियो ।
“जब म उहाँलाई खोज्न भनेर गएको थिँए, घरबेटीले मलाई यो दियो । उसले भनेको थियो कि रहिम खान हामी गएको पर्सिपल्ट कोठा छोडेर गएका थिए रे ।’
“उनी कता गए त ?”
फरिदले “थाहा छैन’ भन्ने इसारामा कुम हल्लायो । “घरभेटीलाई पनि थाहा रहेनछ । उसले त रहिम खानले तपाईंलाई एउटा चिठी र साँचो छोडे र गए भन्थ्यो । उसले घडी हेर्यो ।
“म अब जानुपर्छ । विया, शोहरब ।’
“तिमीले उसलाई एक छिनका लागि यहीँ छोड्न सक्छौ ?” मैले भनेँ । “अलि बेरपछि आएर लैजाँदा हुँदैन ? म शोहरबतिर फर्किएँ । “तँलाई एकैछिन म सँग यहाँ बस्ने मन छ ?”
उसले ‘कुन्नि के गर्ने हो ? भन्ने इसारामा कुम हल्लायो र केही पनि बोलेन ।
भै हाल्छ नि; फरिदले भन्यो । “साँझको नमाजभन्दा ठीक अघि म उसलाई लिन आउँला ।’
मेरो कोठामा अरू तीनजना बिरामी थिए । दुईजना अलि बूढो उमेरका मध्ये एक जनाको खुट्टामा प्लास्टर थियो भने अर्कोचाहिँ दमले स्याँस्याँ गर्दै थियो र अर्को एउटा पन्ध्र सोह्र बर्ष जतिको ठिटो को एपेन्डीक्सको अप्रेसन गरेको थियो । त्यो गोडमा प्लास्टर लगाएको बूढो मान्छेले आँखै नभझिम्क्याइकन एकोहोरो घरि मलाई घरि त्यो स्टुलमा बसेको हजारा फुच्चे केटोलाई हेरिरह्यो । मेरो कोठाका बिरामी परिवारजनहरू-चम्किलो रङको सलवार-कमिज लगाएका बूढी आइमाईहरू, बच्चाहरू र बिर्के टोपी लगाएका मान्छेहरू-हल्ला गर्दै भित्र बाहिर गरिरहे । तिनीहरूले पकौडा, नान, समोसा, बिर्यानी लिएर आएका थिए । फरिद र शोहरब आउनु अघि जसरी दाह्री भएको मान्छे त्यत्तिकै भित्र पसेको थियो त्यसै गरी कहिले काहीं मान्छे बिनाकाममै पनि भित्र पस्थे । ऊ खैरो रङको ब्ल्यांकेटमा गुटमुटु परेर बेरिएको थियो । आईसाले उसलाई उर्दुमामा केही सोधिन् । उसले आईसाप्रति कुनै ध्यानै दिएन र चारैतिर हेरेर कोठाको छानविन गर्यो । मलाई लाग्यो उसले मलाई चाहिएभन्दा बढी हेर्यो । जब फेरि नर्स मसँग बोलिन, ऊ फनक्क फर्किएर बाहिर निस्कियो ।
तँलाई सन्चै छ ?“ मैले शोहरबलाई सोधेँ । उसले कुम हल्लाएर ‘ख्वै थाइ छैन भन्ने इसारा गर्यो र आफ्ना हातहरू हेर्यो । “तँलाई भोक लाग्याछ? ती दिदीले मलाई एक प्लेट बिर्यानी दिएकी छन, तर म यो खान सक्दिनँ । “तँलाई यो मन छ ?”
उसले “छैन” भन्ने इसारामा टाउको हल्लायो ।
“तँलाई कुरा गर्न मन छ ?’ टाउको हल्लायो उसले फेरि पनि छैन भन्ने इसारामा |
म ढाडको पछाडि राखेको दुईवटा तकियामा अडेस लागेर बसेँ भने शोहरब मेरो बेडको छेवैमा तीन खुट्टे स्टुलमा बस्यो । कति खेर म झपक्क निदाएछु र जब म बिउँफिएर दिनको उज्यालो अलि मधुरो भएको रहेछ, ओझेल परसम्म पुगेको रहेछ र शोहरब अझै मेरो छेवैमा बसिरहेको थियो । अझैसम्म पनि आफ्नै हातहरू हेरीरहेको थियो ।
त्यस रात फरिदले शोहरबलाई लिएर गैसकेपछि मैले रहिम खानको चिठी खोलेँ । मैले सकेसम्म त्यसलाई पढ्नमा ढिलाइ गरिरहेको थिएँ । लेखेको थियो :
अमीर जान,
ईन्साल्लाह, यो पत्र सुरक्षित रूपमा तिमी कहाँ पुग्छ होला । म भगवानसँग प्रार्थना गर्छु कि मैले तिमीलाई खतरामा पारेको छैन होला र अफगानिस्तान पनि तिमीप्रति त्यति निष्ठुरी कहिल्यै पनि भएको छैन । तिमी अफगानिस्तान जान हिँडेको दिनदेखि मैले सधैँ तिम्रा लागि भगवान्सँग प्रार्थना गरेको छु ।
मलाई त्यो कुरा थाहा थियो भनेर तिमीले त्यत्रा बर्षहरूसम्म जसरी शंका गरेका थियौ कुरा ठीकै हो । मलाई त्यो सब थाहा थियो । त्यो घटना घटेको एकै छिन पछि मलाई हसनले सुनाएको थियो । तिमीले जे गरेको थियौ त्यो गलत थियो, अमीर जान, तर जति बेला त्यो घटना घट्यो त्यति बेला तिमी एउटा सानो फुच्चे केटो थियौ भन्ने कुरा नबिर्स । एउटा पीडित सानो फुच्चे | त्यति बेला तिमी आफैँप्रति पनि असाध्य कठोर थियौ । तिमी अझै पनि त्यस्तै छौ | त्यो कुरा मैले पेशावरमा तिम्रो आँखा देखेरै बुझेको थिएँ, तर मलाई आशा छ तिमीले चेतना नभएको मान्छे, आत्मामा हरिको बास नभएको मान्छे दुखी हुनै सक्तैन भन्ने कुरा सधैँ ख्याल राख्नेछौ | मलाई आशा छ कि अफगानिस्तानको तिम्रो यात्रासँगै तिम्रो पीडाको पनि अन्त्य हुने छ ।
अमीर जान, त्यत्रा बर्षसम्म हामीले जसरी तिमीलाई ढाँट्यौँ त्यो सम्झिँदा मलाई लाज लाग्छ । पेशावरमा तिमी रिसाएको ठीकै थियो । तिमीलाई जान्ने अधिकार थियो । हसनलाई“ पनि थियो । म जान्दछु अब यसले कसैलाई केहीबाट पनि दोषमुक्त पार्न सक्दैन, तर ती दिनमा काबुल एउटा अनौँठो संसार थियो । त्यो ठाउँ यस्तो विचित्रको थियो कि त्यहाँ सत्य कुराले भन्दा अरू नै केही कुराले बढी महत्त्व पाउँथ्यो ।
अमीर जान, तिमी हुर्कदै गर्दा तिम्रो बाबा तिमीप्रति कति कठोर हुनुहुन्थ्यो भन्ने कुरा म जान्दछु । तिमीले उहाँको माया पाउन कति मरिहत्ते गर्थ्यौ र पीडित हुन्थ्यौ भन्ने कुरा मैले देखेको थिएँ र तिम्रा लागि मेरो मुटु चस्किन्थ्यो, तर तिम्रो बाबा दुईतिर बाँडिनु भएको थियो, अमीर जान तिमी र हसनतिर उहाँले तिमीहरू दुवैलाई माया गर्नु हुन्थ्यो, तर उहाँले एउटा बाबुले जस्तो सबैको अगाडि हसनलाई माया गर्न सक्नु हुन्थेन । त्यसैले त्यो रिस तिमी माथि पोख्नु हुन्थ्यो अमीर, किनकि तिमी समाजले स्वीकारेको बैध छोरो थियौ र उहाँको सारा धन सम्पति र तिनैसँग गाँसिएर आएका दोषमुक्त पाप र अधिकारको हकदार थियौ | जब उहाँले तिमीलाई हेर्नु हुन्थ्यो, अनि आफ्नो अनुहार छर्लङ्ग देख्नु हुन्थ्यो र आफ्नो अपराध पनि । तिमी अझैसम्म रिसाएका छौ र मैले महसुस गरेको छु कि यो स्वीकार गर्न तिमीलाई अझै समय लाग्छ, तर सायद कुनै दिन तिमीले बुझ्ने छौ कि तिम्रो बुबा तिमीप्रति कठोर बनेर आफैँप्रति पनि कठोर बन्नुभएको थियो | तिम्रो बाबा पनि तिमी जस्तै एउटा पीडित आत्मा हुनुहुन्थ्यो, अमीर जान ।
उहाँको मृत्युको खबर सुनेपछि म कति गहिरो र कालो दुःखका बादलले घेरिएँ भन्ने कुरा म तिमीलाई बताउन सक्दिनँ । म उहाँलाई माया गर्थें, किनकि उहाँ मेरो साथी हुनुहुन्थ्यो । त्यति मात्रै होइन, उहाँ एउटा असल र सायद महान् व्यक्ति पनि । हुनुहुन्थ्यो र म तिमीलाई के कुरा बुझ भन्ने चाहन्छु भने भित्र जुनसुकै साँच्चिकै दयाभाव थियो त्यो उहाँको पश्चातापबाटै जन्मिएको थियो । कहिलेकाहीँ म सोच्छु कि उहाँले गरेका हरेक कामहरू जस्तै सडक गल्लीका गरिबहरूलाई खुवाउने, अनाथालयको निर्माण, खाँचो पर्दा साथीभाइलाई पैसा दिएर सहयोग गर्ने, आदि उहाँले आफ्नो प्रायाश्चित गर्नलाई नै गर्नु भएको थियो र दोशानुभूतिले राम्रो कर्म गर्न डोर्याउँछ भने अमीर जान मलाई विश्वास छ त्यो नै एउटा सही प्रायश्चित हो ।
म जान्दछु अन्तिममा भगवान्ले क्षमा गर्ने नै छन् | भगवानले तिम्रो बाबा, मलाई र तिमीलाई पनि क्षमा गर्ने नै छन् । मलाई आशा छ तिमीले पनि त्यही गर्ने छौ | यदि गाह्रो मान्दैनौँ भने तिम्रो बुबालाई क्षमा गर्देउ । चाहन्छौ भने मलाई पनि गर्देऊ, तर सबैभन्दा ठूलो कुरा आफैँलाई क्षमा गर ।
वास्तवमा मसँग जे जति थियो, लगभग सबै पैसा तिम्रा लागि छोडिदिएको छु । तिमी यहाँ फर्की आउन्जेलसम्म जे जति खर्च हुन्छ सायद यो पैसाले थाम्छ । पेशावरमा एउटा बूक छ । ठाउँ फरिदलाई थाहा छ । पैसा सेफ-डिपोजिट बाकसमा छ । मैले त्यसको साँचो दिएर छोडेको छु ।
मेरो अब जाने दिन आयो । मसँग अब थोरै समय बाँकी छ त्यो म एक्लै बिताउन चाहन्छु । कृपया मलाई खोज्ने कष्ट नगर्नू । तिमीलाई मेरो यो अन्तिम अनुरोध हो । मैले तिमीलाई भगवान्को भरोसामा छोडिदिएको छु ।
तिम्रो सदाको साथी
रहिम
मैले अस्पतालको बिरामीलाई लगाउन दिने गाउनको बाउलाले आँखाहरू पुछेँ । चिठी पट्याँए र डसनामुन्तिर राखेँ ।
अमीर समाजले स्वीकारेको बैध आधा जसले सारा सम्पति, जायजेथा र त्यसैसँग गाँसिएर विरासतमा पाएको अधिकार र दोषमुक्त पापको हकदार । सायद त्यसै भएर होला अमेरिकामा बाबाको र मेरा बीचमा न्यानो सम्बन्ध थियो । मैले आश्चर्य मान्दै सोचेँ । थोरै पैसाका लागि कवाडी सामान बेच्नु, हात नबसेको घरायसी काम, हाम्रो अँध्यारो अपार्टमेन्ट जुन अमेरिकी शैलीको एउटा छाप्रो मात्र थियो । सायद अमेरीकामा बाबाले मेरो अनुहार हेर्दा अलिकति हसनको पनि अंश फेला पार्नु हुन्थ्यो ।
तिम्रो छुबा पनि तिमी जस्तै पीडित मान्छे हुनूहुन्थ्यो”भनेर रहिम खानले चिठीमा लेखेका थिए । सायद त्यो होला पनि | हामी दुवैले पाप गरेका थियौँ र धोका दिएका थियौं, तर बाबाले प्रायश्चित गर्नलाई एउटा उपाय गरेर राम्रो काम गर्नु भएको थियो । आफैँले धोका दिएको मान्छेमाथि नै दोष थुपारेर अनि सबै कुरा बिर्सने प्रयास गर्नुभन्दा बाहेक मैले के नै पो गरेको थिएँ र ? निद्रा नपर्ने रोग पाल्नुभन्दा बाहेक मैले के नै गरेको थिएँ र ? गल्तीहरू सच्याउन मैले कहिल्यै के नै पो गरेको थिएँ र ?
जब ती नर्स, आइसा होइन त्यही रातो कपाल भएकी चाहिँ एक हातमा सिरिन्ज लिएर भित्र आइन् र मलाई मर्फिनको सुई लगाउने हो कि भनेर सोधिन् मैले ‘हुन्छ’ भनेँ ।
भोलिपल्ट बिहान सबेरै उनीहरूले मेरो चेस्ट ट्युब हटाइदिए र अरमान्डले आफ्ना स्टाफलाई मलाई स्याउको जुस खान दिनलाई अनुमति दिए । जब आईसाले बेड छेउको ड्रेसरमा जुसको कप ल्याएर राखिन् मैले उनीसँग ऐना मागेँ | उनले आफ्नो बाइफोकल चस्मा उचालेर निधारमा राखिन् र बिहानीको घाम कोठाभित्र पसोस् भनेर सबै पर्दाहरू खोलिदिइन् । “याद राख्नु अब, पर्दा उचाल्दै उनले भनिन् । “केही दिनभित्र यो अलि राम्रो देखिन्छ । मेरो ज्वाइँ गत साल मोपेड दुर्घटनामा परेका थिए । उनको त्यो त्यति राम्रो अनुहार अलकत्रमा लतारिएर भन्टा जस्तै रङको भएको थियो | अहिले त उनी हलिउडको सिनेमाको हिरो जस्तै सुन्दर भएका छन् |”
उनका आश्वासनका शब्दहरूको बाबजुद पनि ऐनामा हेर्दा मेरो अनुहारको कान्ती बिजोग देखेपछि म अलिकति झस्किएँ । लाग्थ्यो मेरो छालाभित्र कसैले एअर पम्पको नोजोल घुसारेर हावा भरेर फुलाइदिएको थियो | मेरो आँखा नीलो तर सुन्निएको थियो | सबैभन्दा नराम्रो त मेरो मुखै थियो । हेर्दै कुरूप गुलाबी, रातो रङको जताततै टाँकाहरू र कोतारिएको घाउहरूको डल्लो । म हाँस्ने कोसिस गरेँ र मेरो आोठहरू चसक्क दुख्यो । अब केही समयको लागि म त्यसो गर्ने छैन । सिलाएको टाँकाहरू मेरो देब्रे गालामा ठीक च्यापुमुनि र हेयरलाइनको ठीक मुन्तिर निधारमा पनि थियो ।
त्यो गोडामा प्लास्टर गरेको बूढो मान्छेले उर्दुमा केही भन्यो । मैले कुम र टाउको एकैचोटि हल्लाएर ‘बुझिनै’ भन्ने इसारा गरें । उसले आफ्नो अनुहारलाई देखायो, थपथपायो र थोते गिँजा देखायो, अंग्रेजीमा भन्यो । “ईन्साल्लाह’ “धन्यवाद !” म सासले बोलें ।
मैले ऐना एकातिर राख्दाखेरि फरिद र शोहरब आइपुगे । शोहरब त्यही स्टुलमा बस्यो र बेडको छेउको रेलिङ्गमा टाउको टेकायो ।
“तपाईंलाई थाहा छ ? हामी यहाँबाट जति छिटो बाहिर जान सक्यो त्यति राम्रो हुन्छ,” फरिदले भन्यो ।
“डा. फरूकीले भन्याछन् कि ….”
“मैले हस्पिटल छाड्ने कुरा गरेको होइन | मैले त पेशावर छाड्ने कुरा गरेको ।’
किन ?”
तपाईँ लामो समय यहाँ बस्न सुरक्षित होलाजस्तो लाग्दैन,” फरिदले भन्यो । उसले स्वर घटायो । यहाँ तालिबानका साथीहरू छन । तिनीहरूले पक्कै पनि तपाईंलाई खोज्ने छन् ।”
“मलाई लाग्छ तिनीहरूले त्यो काम थालिसकेका छन्,” मैले ओठमात्रै चलाएर भनें । मलाई अचानक त्यो दाह्रीवाला मान्छेको याद आयो जुन मान्छे टहलिँदै कोठाभित्र पसेर त्यहाँ उभिएर मलाई क्वारक्वार्ती हेरिरहेको थियो ।
फरिद निहुरियो र भन्यो, “तपाईं गोडा टेक्न सक्ने भएपछि म तपाईंलाई ईश्लामावाद लिएर जाने छु । त्यहाँ पनि पुरै सुरक्षित त छैन । पाकिस्तानमा कुनै पनि ठाउँ पुरै सुरक्षित छैन, तर पनि यहाँभन्दा अलि राम्रो छ । कम्तिमा पनि तपाईं त्यहाँ अलि धेरै समय बिताउन सक्नुहुन्छ ।”
“फरिद जान यो ठाउँ तिम्रा लागि पनि सुरक्षित नहुन सक्छ । सायद तिमी मसँगसँगै देखिन पो हुँदैन कि | तिमीले हेरविचार गर्नुपर्ने तिम्रो परिवार छ ।”
फरिदले हात हल्लाएर “चिन्ता लिन पर्दैन” भन्ने इसारा गर्यो | “मेरा छोराहरू कलिलै छन्, तर साह्रै चलाख छन् । आफ्नो आमाको र दिदीबैनीहरूको ख्याल कसरी राख्ने भन्ने तिनीहरूलाई थाहा छ ।’ ऊ मुसुक्क हाँस्यो । “त्यसको अलावा मैले यो काम सित्तैमा गरेको हो भनेर पनि भनेको छैन ।”
“तिमीले सित्तैमा गर्छु भनेको भए पनि मैले त्यसो गर्न दिने थिइन्,” मैले भनेँ । म हाँस्न सक्दिन भन्ने कुरा बिर्सेछु र फेरि हाँस्ने कोसिस गरेँ | मेरो च्यापुबाट सानो रगतको धारो चुहियो । “के म तिमीसँग अझै एउटा सहयोग माग्न सक्छु ?”
“तपाईंका लागि हजार पटकभन्दा पनि बढी गर्न तयार छु,” फरिदले भन्यो । र त्यतिकैमा म रून थालेँ र ओठमा नयाँ पलाएको मासु चसक्क दुख्दाखेरि पनि बलिद्र धारा आँसु बगाउँदै म घुक्क घुँक्क गरेर रोएँ ।
“तपाईलाई के भयो ?” त्रसित मुद्रामा फरिदले भन्यो ।
मैले एक हातले मुख छोपे र अर्को चाहिँ उचालें । मलाई थाहा थियो कि कोठाभरिका सबैले मलाई नै हेर्दै थिए । एकछिन पछि मैले आफूलाई थकित र रित्तो अनुभव गरें । “माफ गर्नुहोला,” मैले भने । शोहरबले असजिलो मान्दै निधार खुम्च्याएर मलाई हेर्दै थियो ।
जब फेरि म बोल्न सक्ने भएँ, मलाई के चाहिएको थियो फरिदलाई बताएँ । “रहिम खानले भनेका थिए कि तिनीहरू यहीँ पेशावरमा बस्छन् ।”
“तपाईंले तिनीहरूले नाम लेखेर दिनुभयो भने राम्रो होला, अब फेरि केही भन्छ कि भनी ठान्दै बडो सतर्कतापूर्वक मलाई नियालेर हेर्दै फरिदले भन्यो । मैले एउटा फ्यालिएको पेपर टावेलमा तिनीहरूको नाम लेखेँ ।
“जोन एन्ड बेटी क्याल्डवेल ।”
त्यो पट्याएको कागजको टुक्रा फरिदले खल्तीमा हाल्यो । “जति सक्दो छिटो म उनीहरूलाई खोज्ने छु,” उसले भन्यो । र शोहरबतिर फर्कियो । “अनि म तिनीलाई लिन साँध आउँछु । अमीर अगालाई धेरै दुःख नदिनू ।”
तर शोहरब झ्यालतिर टहलिन गयो जहाँ आधा दर्जन परेवाहरू चौकोसमा खुत्रुखुत्रु यता उता हिँड्दै बासी रोटीका टुक्राहरू टिप्दै थिए |
मेरो बेड छेउको ड्रेसरको बीचको घर्रामा मैले एउटा पुरानो न्यासनल जियोग्राफीक म्यागेजिन, दाँतले टोकेको पेन्सिल, दाँतहरू फुस्केका पुरानो काइँयो फेला पारेँ । र, बल परेर अनुहारबाट पसिना चुहाउँदै म यति बेला के छाम्दै थिएँ भने ‘एक बुक तास’ । मैले तास पहिले नै गनिसकेको थिएँ र छक्कै पर्नु तास पनि पूरै रहेछ ।
मैले शोहरबलाई तास खेल्न मन छ कि भनेर सोधेँ । खेल्नु त परै जाओस् मलाई त उसले मेरो प्रश्नको उत्तर पनि दिन्न होला जस्तो लागेको थियो | हामी काबुलबाट टाप ठोकेको दिन देखिनै ऊ केही नबोलीकन चुपचाप थियो तर ऊ झ्यालबाट म तिर फर्कियो र भन्यो, “मैले जानेको खेल त त्यही एउटा ‘पंजपार’ मात्रै हो ।”
“म त तँलाई देखेर ‘बिचरा’ भन्ने लागिसक्यो किनभने म त पंजपारको ग्रयान्ड मास्टर नै हो । संसारभरि प्रसिद्ध ।”
ऊ मेरो छेउको स्टुलमा बस्यो । मैले उसलाई पाँचवटा पत्ती दिएँ । “जब तेरो बुबा र म तेरै उमेरका थियौँ, हामी यो खेल खेल्थ्यौँ । विशेषगरी, हिउँदमा जब हिमपात हुन्थ्यो र हामी बाहिर जान सक्थेनौं । हामी घाम डुब्ने बेलासम्म खेल्थ्यौँ ।’
उसले मतिर एउटा चक्की फाल्यो र बुकबाट एउटा चक्की तान्यो । उसले ध्यानमग्न भएर आफ्नो तास हेरिरहँदा मैले उसलाई चोर आँखाले हेर्थे । ऊ धेरै कुरामा आफ्नो बाबु जस्तै थियो : दुवै हातले तास फिजाउने उसको तरिका, तास हेर्दा आँखा खुम्च्याउने तरिका र मान्छेको आँखासँग सितिमिति आँखा नजुधाउने तरिका ।
हामी चुपचाप लागेर खेल्यौँ । पहिलो खेल मैले जितेँ र अर्का उसलाई जित्न दिएँ र अर्को पाँचवटा चाहिँ साँच्चिकै नराम्रोसँग हारेँ । “तँ त तेरो बुबाभन्दा पनि अझ बढी सिपालु रहेछस्,- अन्तिम खेलको हारपछि मैले भनेँ । “मैले कहिलेकाही उसलाई जित्थैँ, तर मलाई लाग्छ उसले जानी जानीकन मलाई जिताउँथ्यो । “तेरो बुबालाई र मलाई एउटै आइमाईले हुर्काएकी थिइन्,” भनेर भन्नुभन्दा अघि म एकैछिन रोकिएँ ।
“मलाई थाहा छ ।”
“के रे ___ तेरो बुबाले तँसँग हाम्रो बारेमा पनि कुरा गरेको थियो ?’
“उहाँले भन्नुभएको थियो कि तपाईहरू साह्रै मिल्ने साथी हुनुहुन्थ्यो रे । उसले भन्यो ।
मैले इँटाको गुलाम दुई औंलाले च्यापेर यसो खेलाएँ । अघिपछि हल्लाएँ । “म त्यस्तो असल साथी त थिइन, मैले भनेँ । “तर म तेरो साथी चाहिँ बन्न चाहन्छु । मलाई लाग्छ म तेरो असल मित्र बन्न सके हुन्थ्यो जस्तो लाग्छ । त्यसो गर्दा कसो होला ? तँलाई मेरो कुरा कस्तो लाग्छ ?” मैले मन नलाई नलाई मेरो हात उसको पाखुरामा राखेँ तर ऊ चसक्क दुखे जस्तो गरी झस्कियो । उसको हातबाट तास खस्यो र उसले स्टुल पर सार्यो । र फर्केर त्यही झ्यालतिर गयो । पेशावरमा सूर्यास्त हुँदा आकाश पूरै गुलाबी र रातो भएको थियो । तल सडकबाट गाडीको ट्याँट्याँ र पिँपिं, गधा कराएको आवाज र पुलिसको सिट्ठी बजेको आवाज एकपछि अर्को गर्दै आयो । मुठ्ठी काखीमा च्यापेर, निधार झ्यालको सिसामा टेकाएर शोहरब त्यही रातो उज्यालोमा उभियो ।
त्यस रात आइसाले आफ्नो असिस्टेन्टलाई मलाई पहिलो पटक गोडाले टेक्न सहयोग गर्न लगाइन् । एउटा हातले गुड्ने चक्का भएको आइभी स्ट्यान्डलाई समातेर, अर्को चाहिँले असिस्टेन्ट, त्यो सहायकको नाडीमा समातेर मैले कोठाको एकपटक चक्कर लगाएँ । बेडसम्म फर्केर आउन मलाई दश मिनेट लाग्यो । त्यति बेलासम्म अप्रेशन गर्दा काटिएको मेरो पेटको घाउ फुट्ला जस्तै गरी दुख्न थालिसकेको थियो र मैले निथ्रुक्क भिज्ने गरी पसिना काडिसकेको थिएँ । लामो सास तान्दै, मेरी श्रीमतीको कति धेरै न्यास्रो लागेको रहेछ भनेर सोच्दै म ओछ्यानमा पल्टिएँ भने मुटुको ढुकढुकी बढेर कन्चटमा हिर्काउन थाल्यो ।
फेरि अर्को दिन पनि धेरै जसो समय शोहरब र म चुपचाप बसेर पन्जपार खेल्यौँ । त्यसको भोलिपल्ट पनि त्यसै गर्यौं । म चाहिँ ओछ्यानमा अडेस लागेर र ऊ चाहिँ त्यही स्टुलमा बसेर पन्जपार खेल्यौं । हामी मुस्किलले केही बोल्थ्यौं । हलभन्दा तल बाथरूममा जाँदा वा म कोठाभित्र चक्कर लगाएर खुट्टा तन्काउँदा बाहेक हाम्रो तास खेल्ने समय तालिकामा कुनै फरक आउँथेन । त्यस रात अबेर मैले सपना देखें । मैले सपनामा असिफलाई त्यो पित्तलको डल्लो आँखाको सकेटमै अड्किरहेको अवस्थामा अस्पतालको मेरो कोठाको ढोकामै उभीएको देखें । हामी उस्तै हौं, तिमी र म,” ऊ भन्दै थियो । तिमी ऊ सँगै हुर्कियौं, तर तिमी मेरो जुम्ल्याहा भाइ हौं ।”
मैले भोलिपल्ट सबेरै अरमान्डलाई म जाँदै छु भनेर बताएँ । “डिस्चार्ज गर्ने बेला अझै भएको छैन । आरमान्डले प्रतिवाद गरे । त्यस दिन उनले अप्रेसन गर्दा लगाउने लुगा लगाएका थिएनन् । त्यसको साटो उनले नेभी ब्लू रङको सुट र पैँहेलो टाई लगाएका थिए । जेल लगाएको कपाल सर्लक्क पछाडि फर्काएको थियो । “तपाईंलाई अझै ईन्ट्राभेनस र एन्टीवायोटिक चलाउँदै छु र ____”
म जानै पर्छ ? मैले भनेँ । ‘तपाईंले मलाई जेजे गर्नुभयो त्यसको म खुलेर प्रशंसा गर्छु । तपाईंहरू सबैको । साँच्चिकै, तर मलाई जसरी भए पनि जानै पर्छ ।”
“तपाईं कहाँ जानुहुन्छ त ?” अरमान्डले भने |
“त्यो तपाईंले नसोधिदिनु भएको भए राम्रो हुन्थ्यो ।’
“तपाईं मुस्किलले हिँड्न सक्नुहुन्छ ।’
“म यो हलको पल्लो छेउसम्म पुगेर फर्कन सक्छु,” मैले भनेँ | “मलाई अब छिट्टै सन्चो हुन्छ । कुनै समस्या छैन ।’ योजना यस्तो थियो : अस्पतालबाट बिदा हुने । बूकको सेफ-डिपोजिट बक्सबाट पैसा निकाल्ने र औषधि खर्च तिर्ने । अनाथालय जाने र शोहरबलाई जोन र डेट्टि क्यान्ल्बेलसँग छोडिदिने । अनि गाडीमा ईश्लामावाद जाने र ट्राभल प्लान परिवर्तन गर्ने । अलि बढी सन्चो हुन्जेलसम्म आरामसँग केही दिन बस्ने । जहाजमा घर फर्कने ।
जे होस् योजना त्यस्तो थियो । त्यस बिहान शोहरब र फरिद नआउन्जेलसम्म यो योजना यथावत नै थियो । “यो जोन र बेट्टि क्याल्डवेल नाम गरेका तपाईंका साथीहरू पेशावरमा छैनन्,” फरिदले भन्यो ।
मलाई पिरहान-टम्बान लगाउन जम्मा दश मिनेट लागेको थियो | जब मैले लुगा लगाउनलाई हात उचालेँ, त्यो चेस्ट ट्युब छिराउन भनेर काटिएको ठाउँमा चसक्क दुख्यो र प्रत्येक पटक निउँरिदाखेरि पेट फुट्ला जस्ता गरेर भड्कियो । एउटा खैरो रङको कागजको झोलामा मेरा दुई चारवटा खत्र्याकखुत्रुक हाल्न लाग्दा बल परेर स्वाँस्वौँ बढ्यो, तर पनि जसोतसो तयार हुन सकैँ र फरिदले खबर लिएर कोठाभित्र आइपुग्दा म मेरो बेडको छेउमा बसेको थिएँ, र शोहरब पनि बेडमा मेरै छेउमा बसेको थियो ।
“तिनीहरू कता गएछन् त ?” मैले सोधेँ ।
फरिदले “थाहा छैन” भन्ने इसारामा टाउको हल्लायो । यो कुरा तपाईंले बुझ्नुहुन्न …..”
“किनभने रहिम खानले भन्थे मेरो झोला उठाउँदै फरिदले भन्यो । “पेशावरमा त जोन र बेट्टि क्याल्डवेल नाम गरेका व्यक्ति त कहिलै पानि थिएनन् रे । कन्सुलेटका मान्छेको भनाइ अनुसार त त्यो नामका मान्छे त थिँदै थिएनन् रे । जे होस् यहाँ पेशावरमा चाहिँ थिएनन् रे ।”
मेरो छेउमा शोहरबले त्यही पुरानो न्यासनल जियोग्राफिक म्यागजिनको पन्ना पल्टाएर बसिरहेको थियो ।
हामीले बैंकबाट पैसा निकाल्यौँ । काखीको पसिनाले भिजेर सर्टमा टाटो बसेको, त्यो भुँडे म्यानेजरले मुसुक्क हाँस्दै, “तपाईंको पैसा बैंकमा कसैले पनि छोएको थिएन; भनेर भन्यो । “कसैले पनि छोएन,” आरमान्डले जस्तै गरी चोर औँला हल्लाएर गम्भीर मुद्रामा उसले भन्यो ।
त्यति धेरै पैसा एउटा कागजको झोलामा राखेर गाडीमा पेशावरमा हिँड्नु भनेको अलिकति डरलाग्दो अनुभव भयो । त्यस बाहेक मलाई हेर्न प्रत्येक लामो दाह्री भएका मान्छे असिफले पठाएका तालिबान हत्याराहरू हुन् कि भन्ने शंका लाग्यो । दुईवटा कुराले गर्दा मेरो डर झन् बढ्यो पेशावरमा दाह्री भएका मान्छे थुप्रै छन् र प्रत्येक मान्छेले ट्वाँ परेर हेर्छन् ।
“हामीले उसलाई अब के गर्ने त ?’ हस्पिटलको एकाउन्टिङ्ग अफिसबाट मलाई गाडी भएतिर हिँडाएर लैजाँदै फरिदले भन्यो । शोहरब सिसा उघारेको झ्यालमा हात राखेर च्यापुलाई हत्केलोमा टेकाएर पछाडिको सिटमा बसेर खुल्ला झ्यालबाट सडकका सवारी साधनहरू हेर्दै थियो ।
ऊ पेशावरमा बस्न सक्दैन,“ आत्तिदै मैले भनेँ ।
“होइन अमीर अगा ऊ सक्दैन,” फरिदले भन्यो | उसले मेरा शब्दहरूबाटै मैले के भन्न खोजिरहेको थिएँ भन्ने बुझ्न सक्थ्यो । “मलाई माफ गर्नुहोला | म चाहन्छु कि म…..।”
“त्यो केही छैन, फरिद,“ मैले भनें । म जसोतसो थकित हाँसो हाँसे । ‘तिम्रा ख्वाउनपर्ने मुखहरू छन् |” पछाडिका दुई खुट्टाका बलमा अघिल्ला दुईखुट्टाले गाडीको ढोकामा टेकेर पुच्छर हल्लाउँदै एउटा कुकुर उभिइरहेको थियो । शोहरबले कुकुरलाई मुसार्दै थियो ।
“मलाई लाग्छ अहिलेका लागि र ईस्लामाबाद जान्छ, मैले भनेँ ।
पेशावरदेखि ईश्लामावादसम्मको चार घन्टाको यात्रामा झन्डै पूरै समय म गाडीमै निदाएँ । मैले थुप्रै सपनाहरू देखेँ । ती मध्ये धेरै जसो त रोलोडेक्सका पत्तिहरू झिलिक्क गरेजस्तो मेरो सम्झनामा अस्पष्ट विम्बहरू र टुक्राटुक्री दृष्य चित्रहरूमात्र दिमागमा झल्याकझुलुक सम्झना बाँकी छ । जस्तै मेरो तेह्रौं जन्मदिनको पार्टीका लागि बाबाले ल्याम्बमा मसला मोल्नुभएको दृश्य, शोराया र मेरो पहिलो प्रणय, पूर्वमा घाम उदाउँदै गरेको, अझसम्म कानमा हाम्रो बिहेको गीत गुन्जेको र मेहदी लगाएको उनका हात मेरो हातसँग जोल्टिएको । बाबाले हसन र मलाई म
जलालाबादमा स्ट्रबेरीको खेती देखाउन लानुभएको समय, त्यो मालिक चाहिँले कम्तिमा चार किलोसम्म किन्यो भने सित्तैमा अरू जति पनि खान पाइन्छ भनेर
हामीलाई भनेको कुरा, अनि हामीले पेटै दुख्ने गरी स्ट्रबेरी खाएको घटना । त्यो सेतो हिउँमा हसनको रगत कस्तो कालो देखिएको थियो जुन उसको पायन्टको पछाडिबाट चुहिएको थियो भन्ने कुरा । रगत त बडो शक्तिशाली चीज हुन्छ छोर भनेर ताहेरीले भनेको । खाला जमिलाले शारायाको घुँडामा थपथापएर ‘यो त उनै भगवान् जान्दछन् । सायद तिनीहरुलाई यो लेखेकै थिएन” भनेर भनेको कुरा | बुबाको घरको छतमा सुतेको घटना । बाबाले “सबैभन्दा ठूलो पाप चोरी गर्नु हो’ भनेको घटना । “जब तँ एउटा झुट गेल्छस् तैँले जस्को सत्य जान्न पाउने अधिकारको चोरी गर्छस्,” भनेर बाबाले भन्नुभएको कुरा । रहिम खानले मसँग फोनमा “फेरि असल मान्छे बन्न एउटा उपाय छ, भनेको कुरा । फेरि असल मान्छे बन्न एण्टा उपाय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।