पन्ध्र

जहाजबाट पेशावरमा उत्रेको तीन घन्टा पछि म धुँवैधुँवाले भरिएको कोमल एउटा ट्याक्सीको पछाडिको उप्केर घुजैधुजा भएको सिटमा बसिरहेको थिएँ | मेरो ड्राइभर मुखै खाली नराखी चुरोट पिइरहने, खलखली पसिना आइरहने, सानो कदको मान्छे थियो जसले आफूनो नाम “गुलाम हो” भनेर परिचय दियो । ऊ एकछिन नरोकिएर धारा प्रवाह बोल्दै, अब त ठोक्यो क्यारे भनेजस्तो गरेर बेसुरमा, फुर्सतले चलाउँदै थियो । र भन्दै थियो :” तपाईंको देशमा जे भइराखेको छ यार, त्यो डरैलाग्दो ___ पो छ त । म त भन्छु कि अफगानी र पाकिस्तानी जनता त दाजुभाइ जस्तै हुन्‌ । मुसलमानले मुसलमानलाई सहयोग गर्नै पर्छ त्यसैले –”

मैले उसको कुरामा वास्तै नगरी विनम्र पारामा सहमतिमा टाउको हल्लाइरहेँ | १९८१ मा बाबा र मैले त्यहाँ केही महिना बिताएको हुनाले मलाई पेशावरको राम्रो सम्झना थियो । हामी सैनिक क्यान्टोनमेन्टको भड्किलो रङका अग्लाअग्ला भित्ता भएका घरहरूलाई पछि छोड्दै जामरूद (Jamrud) सडक हुँदै पश्चिमतिर सोझिँदै थियौँ । कारको घ्यार्र आवाजसँगै पछाडि छोडिँदै गएको सहरको हल्ला खल्लाले मलाई योभन्दा पनि व्यस्त र भीडभाड मैले चिनेको काबुलको सम्झना आयो । विशेष गरी त्यो कोचेह मुर्गा (Kocheha Murga) अथवा कुखुराको बजार जहाँ हसनले र मैले अचारमा डुबाएको आलु र चेरी वाटर किन्ने गर्थ्यौं । साइकलहरू, ओहर दोहोर गरिरहेका बटुवा, नीलो धुवाँ पुतपुत फाल्दै गरेका टेम्पुहरू तँछाड मछाड गर्दै साँघुरो गल्ली र लेनहरूमा अघि पछि हुँदा अटेस मटेस हुने गर्थ्यो । एकै लाइनका,सामानहरूले कोचाकोच भरिएका स-साना पसलहरूमा पातलो कम्बल ओडेका दाडीवाला पसलेहरूले जनावरको छालाको ल्याम्पसेड (Lampshade) गलैचा ईम्ब्रौइडरी गरिएको सलहरू, तामाका सामानहरू बेच्थे । सहर विभिन्न खालका आवाजहरूले गुन्जिन्थ्यो । बढुवा पसलेहरूको हल्ला खल्ला मेरो कानमा गुन्जिन्थ्यो जसमा चर्को हिन्दी गीत, टाँगा तान्ने घोडाको घमौराको झ्याङ्ग-झ्याङ साह्रै मनपर्थ्यो, को बास्ना, डिजेलको धुवाँ, फोहर कुहिएको गन्ध, फोहर र आचिको गन्धसँग मिसिएर पछाडिको झ्यालबाट छिरेर मेरो नाकमा पुग्थ्यो त्यो चर्को बास्ना कुनै राम्रो हुन्थ्यो भने कुनै नराम्रो ।

रातो इँटाले बनेका पेशावर विश्वविद्यालयका अलिकति अगाडी बढेपछि हामी एउटा क्षेत्रभित्र पस्यौं जसलाई मेरो परपरे ड्राइभरले “अफगान टाउन” भन्यो । बाटोमा मैले मिठाइपसल, गछैंचा पसल, कबाबका स्टलहरू र पत्रैपत्र मैला परेका हातहरूले चुरोट बेचिरहेका बच्चाहरू, झ्यालमा अफगानीस्तानको नक्सामाथि झुपडिपट्टिलाई सहयोग दिने एजेन्सीहरूको पम्पलेट टाँसिएको स-साना झ्यालहरू भएका रेस्टुरेन्टहरू देखेँ । “यो ठाउँका धेरैजसो मान्छे तिम्रै दाजुभाइ हुन यार । यिनीहरूले पसल सुरू गरेका छन्‌, तर धेरै जसो मान्छे साह्रै गरिब छन्‌ ।” उसले चवच्व गरेर लामो सास तान्यो । “जे होस्‌ अब हामी नजिकै पुग्दै छौँ ।’

मलाई सन्‌ १९८१ मा अन्तिम पटक रहिम खानलाई भेटेको समय याद आयो । बाबा र म काबुलबाट टाप कसेको रात उनी हामीलाई विदाइ गर्न आएका थिए | बाबा र उनी अङ्गालो मारेर बरन्डामा उभिँदै मसिनो स्वरमा रोएको म सम्झन्छु | जब बाबा र म अमेरिका आइपुग्यौं बाबा र रहिम खान सम्पर्कमै हुनुहुन्थ्यो । उहाँहरू बर्षमा चार वा पाँच पटक फोनमा कुरा गर्नुहुन्थ्यो । कहिलेकाँही बाबाले रिसिभर मलाई पनि दिनुहुन्थ्यो । म उनीसँग अन्तिम पटक बाबाको मृत्यु हुनुभन्दा अलिकति समयपछि बोलेका थिएँ । बाबाको मृत्युको खबर काबुल पुगेको रहेछ र उनले फोन गरेका थिए । हामी मात्र केही मिनेट बोलेका थियौँ अनि फोनको लाइन टुटेको थियो ।

ड्राइभरले कार विस्तारै एउटा व्यस्त घुम्तिको छेउमा रहेको साँगुरो बिल्डिङ्गमा लग्यो जहाँ दुईवटा बाङ्गो टेढो गल्लीहरू वारपार हुन्थे । मैले ड्राइभरलाई पैसा बुझाएँ, म सँग भएको मात्र त्यही एउटा सुटकेश लिएँ र बुट्टैबुट्टा कुँदिएको ढोका छेउ पुगेँ । त्यस घरको बरन्डा काठको थियो जसका सटरहरू खुल्लै थिए र धेरै जसो बाट घाममा सुकाउन राखिएका लुगाहरू झुन्डिएका थिए । म त्यो चुईकिने काठको भर्याङ्ग उक्लेर अँध्यारो हल वे हुँदै दाहिने पट्टिको अन्तिम ढोकासम्म पुगेँ । हातमा लिएको सानो कागजको टुक्रामा लेखिएको ठेगाना भिडाएर हेरेँ । ढोका ढकढकाएँ ।

अनि हाड छालाले मात्र बनेको एक जना मान्छेले “रहिम खान मै हुँ’ भन्दै ढोका खोल्यो ।

सान जोसेमा क्रियटिभ राइटिङ्ग (श्रृजनात्मक लेखन) पढाउने एउटा शिक्षकले पुराना उखान टुक्काको बारेमा भन्ने गर्थे : तिनीहरूबाट प्लेगसँग तर्के जस्तै तर्क । अनि उनी आफ्नै जोक माथि आफैँ हाँस्थे । विद्यार्थीहरू पनि उनीसँग हाँस्थे, तर म सधैँ सोच्थेँ कि थोत्रा उखान टुक्काले शिक्षकमाथि अनावश्याक दोष मात्र थुपार्छ । किनभने शिक्षकहरू प्राय भुतुक्क थाकेका हुन्छन्‌ । त्यो पुरानो उखान टुक्का ठीक ठाउँमा प्रयोग गरियो गरिएन भन्ने कुरालाई त्यसको भन्ने तरिकाले ओझेलमा पार्थ्यो । उदाहरणका लागि त्यो “हात्ती कोठामा” भन्ने भनाइ । रहिम खानसितको मेरो सुरूसुरूका भेटघाटका क्षणहरूको बारेमा कुनै चीजले सही वर्णन गर्न सक्दैनथ्यो ।

हामी माथिबाट हेर्दा तल हल्लाखल्ला देखिने झ्यालभन्दा ठीक पारिपट्टि छेउमा लहरै राखिएका नरम चकटीहरूमा बस्थ्यौँ । सूर्यको प्रकाश छड्के परेर भित्र छिर्थ्यो र भुईमा ओछ्याएको अफगानी रागमा त्रिकोणात्मक आकृति बन्थ्यो । एउटा भित्तोमा दुईवटा फोल्डिङ्ग कुर्ची अड्याइएका हुन्थे र पारिपट्टि कुनामा एउटा तामाको सानो सामोभार (चिया तातै राख्ने भाँडो) राखिएको हुन्थ्यो । मैले त्यसैबाट हाम्रा लागि चिया सार्थे ।

“तपाईंले मलाई कसरी फ्ता लगाउनुभयो ?” मैले सोधेँ ।
“अमेरिकामा मान्छे पत्ता लगाउन त्यति गाह्रो छैन । मैले युएस को एउटा नक्सा किने र उत्तरी सहरहरूको बारेमा जानकारी लिन फोन गरेँ, उनले भने ।

“तिमी यस्तो हुर्किसकेको मान्छेको रूपमा देख्दा त मलाई अनौँठो आश्चर्य लागिराख्या छ ।”

म मसक्क गर्दै मेरो चियामा तीनवटा चिनीको क्यूव (Cube) राखेँ । मैले सम्झेँ कि उनलाई कालो र टर्रो चिया नै मन पर्थ्यो । “बाबाले तपाईंलाई भन्ने मौकै पाउनु भएन, तर मैले बिहे गरेको पन्ध्रबर्ष अगाडि हो ।’ सत्य कुरा के हो भने त्यति बेलासम्म त दिमागमा पनि क्यान्सर सरेकोले बाबा भुलक्कड र ‘आ जे सुकै होस्‌” भन्ने खालको भैसक्नु भएको थियो ।

तिम्रो बिहे भयो ? को सँग नि ?”

“उनको नाम शोराया ताहेरी हो | “मलाई उनले घरमै बसेर मेरो चिन्ता गरिरहेकी छन्‌ भन्ने सम्झना भयो । म खुसी थिएँ, किनकि उनी एक्ली थिइनन्‌ ।

ताहेरी रे ? _ उनी कसकी छोरी हुन्‌ त ?’

“मैले बताइदिएँ । उनका आँखाहरू चम्किला भए । ‘ए, हो त, मलाई अहिले याद आयो । जर्नेल ताहेरीले बिहे गरेको शरिफ जानको दिदीसँग होइन त ? उनको
नाम के थियो रे-? ”

“जमिला जान । ”

“बालय !” मुस्कुराउँदै उनले भने । “ऊ अमेरिका आउनु अघि, धेरै साल पैले मैले काबुलमा शरीफ जानलाई चिन्थे । उनी धेरै बर्षदेखि आई.एन.एस (INS) मा काम गरिराखेका छन्‌ र थुप्रै अफगानी मामला हेर्छन्‌ ।”

“हाआआआई ” उनले लामो सास ताने । “तिम्रो र शोरायाको बच्चाबच्ची भाछन्‌ त?”

“भा छैनन्‌ । ”

“ओहो ! ” उनले चिया सुरूप्प पारे र अरू केही सोधेनन्‌ । मैले रहिम खान जस्तो छिटो भावना बुझ्न सक्ने मान्छे अरू कुनै कहिल्यै भेटेको थिइन ।

मैले उनलाई बाबा, उहाँको जागिर, सेकेन्ड ह्यान्ड हाट र कसरी उहाँ अन्तिममा खुसीसाथ मर्नुभयो भनेर धेरै कुराहरू बताएँ । मैले उनलाई मेरो स्कुले जीवन, मेरो किताबहरू र अहिलेसम्म मेरो नामबाट प्रकाशित चारवटा उपन्यासहरूको बारेमा बताएँ । यो सुनेर उनी मुसुक्क हाँस्दै भने कि त्यसको बारेमा उनलाई कुनै शंका थिएन रे । मैले उनलाई उनले नै दिएको छालाको खोल भएको नोट बुकमा कथाहरू पनि लेखेको थिएँ भने सुनाएँ तर उनले त्यो नोटबुक सम्झेनन्‌ ।

कुराकानी तालीबानतिर मोडिएरै छाड्यो ।

“के यो मैले सुनेको जस्तै नराम्रो छ त?” मैले भनेँ ।
“होइन, यो खत्तमै छ । खत्तमभन्दा पनि खत्तम ।’ उनले भने ।
“तिनीहरूले मान्छेलाई मान्छे हुन दिँदैनन्‌,” उनले दाहिले आँखाभन्दा माथिको बाक्लो आँखीभौँ छिचोलेको बाङ्गो टेढो कोटको दाग देखाउँदै भने | “सन्‌ १९९८ मा म गाजी स्टेडियम (रङशाला) मा एउटा फुटबल खेल हेर्दै थिएँ । मलाई लाग्छ खेल काबुल र मजारी सरीफको बीचमा थियो र ए साँचै खेलाडीहरूलाई हाफ पायन्ट लगाउन दिइएको थिएन । मेरो अनुमान छ कि तिघ्रा देखाउन अभद्र ठानेर होला । उनी थकित हाँसो हाँसे । “जे होस्‌, काबुलले-एक गौल हान्यो र मेरो छेवैमा बंसेको एकजना मान्छे खुसीले जोडसँग चिच्च्यायो । अचानक त्यो दाह्री भएको युवक जो दर्शकहरू तलमाथि गर्ने सानो पेटीमा गस्ती गरिरहेको थियो र देख्दाखेरि खुबै भए अठार बर्षको जस्तो लाग्थ्यो, म भएको ठाउँमा आइपुग्यो र आफ्नो कलासनिकोर्भ (बन्दुक) को बेटले मेरो निधारमा हान्यो । फेरि त्यसो गरिस्‌ भने तेरो जिब्रो काटेर फ्याल्दिन्छु, बूढो गधा !’ उसले भन्यो । गाँठागुँठी परेको औंलाले त्यो काटेको दागलाई रगड्दै उनले भने । “उमेरले म उसको हजुरबाउ भन्न सुहाउने थिएँ र म अनुहारभरि रगतका धारा चुहाउँदै त्यहाँ बसेर त्यो कुकुरको छोरोसँग माफी मागी रहेँ ।

मैले उनको गिलासमा अरू चिया खन्याइदिएँ । रहिम खान अझै अरू केही बोले । धेरैजसो त मैले पहिल्यै थाहा पाएको कुरा थियो भने केही चाहिँ थिएन । उनले मलाई भने कि बाबाको र उनको बीचमा सहमति भए अनुरुप उनी बाबाको घरमा सन्‌ १९८१ देखिनै बसेका रहेछन्‌ । मलाई यसको बारेमा थाहा थियो । हामीले काबुल छोडनुभन्दा अलिकति अघि बाबाले त्यो घर रहिम खानलाई बेच्नुभएको थियो । ती दिनहरूमा बाबाले अफगानिस्तानको यो समस्यालाई हाम्रो जीवनको अस्थाई अवरोधको रूपमा हेर्नुभएको थियो । वजिर अकबर खानको हाम्रो घरमा पार्टी दिने र पगमानमा वनभोज जाने दिन फेरि फिर्ने छन्‌ । त्यसैले त्यतिन्जेलसम्मका लागि बाबाले त्यो घरको रेखदेख गर्ने जिम्मा रहिम खानलाई सुम्पिनुभएको थियो ।

जब नर्दन एलाएन्सले काबुलमाथिं १९९२ देखि १९९६ को बीचमा कब्जा जमायो, कसरी विभिन्न गुट र समूहले काबुलको विभिन्न भागमा आफ्नो अधिपत्य हुनुपर्छ भनेर दावी गरे भन्ने कुरा रहिम खानले मलाई सुनाए । “कोही शार-ए नाउ क्षेत्रबाट एउटा कार्पेट किन्नलाई कार्तेह परवान गयौ भने ऊ कि त लुकी बसेर हान्नेको गोलीको सिकार हुन सक्छ कि त उसलाई रकेटले उडाइदिन्छ। सबै सुरक्षा जाँच गर्ने चौकी काटेर अघि बढ्यो कि त हालत त्यही हुन्थ्यो । कोही वल्लो ठाउँबाट पल्लो छिमेक जान खोज्यो भने पनि प्रवेशाज्ञा (Visa) चाहिन्थ्यो । त्यसैले मान्छे अर्को रकेट
आफ्नो घरमा नखसोस्‌ भनेर प्रार्थना गरी घर भित्र बस्थे । उनले मलाई बताए कसरी मान्छेले घरका भित्ताहरूमा प्वाल खोपेका थिए ता कि खतरायुक्त गल्लीहरू वाइपास गरेर प्वाल भित्रभित्रै वल्लो ब्लकबाट पल्लो ब्लक जान सकियोस्‌ | अरू भागहरूमा मान्छे भूमिगत सुरूङ्गहरूबाट हिँड्थे

“तपाइँले काबुल किन छोड्नुभएन त ?” मैले भनेँ ।
“तपाईंले काबुल थियो र अहिले पनि छ ! उनी दविएको हाँसो हाँसे । “तिम्रो घरदेखि ईस्तिकलाल स्कुल छेउको किस्ला (Qishala आर्मी ब्यारेक) सम्म जाने त्यो गल्लिको सम्झना छ ?

“छ त ।” हामी स्कुल जाने बाटो नै त्यही थियो । हसन र म त्यही बाटो भएर जाँदा सिपाहीहरूले हसनलाई आमाको कुरा गरेर गिज्याएको कुरा मलाई याद आयो । त्यसपछि सिनेमा हेर्दै गर्दा हसन रोएको र मैले एउटा हातले उसलाई अङ्गालो मारेको थिएँ ।

जब तालिबान पसे र त्यो एलायन्सलाई काबुलबाट लखेटे म खुसीले बाटोमै नाचैं । उनले भने । “र तिमी विश्वास गर, म एक्लो थिइन्‌ । मानिसहरू चमान (Chaman) मा देह मजाङ्गमा (Deha Mazang) हर्षोल्लास गर्दै थिए, गल्ली गल्लीमा तालिबानलाई स्वागत गर्दै थिए र तिनीहरूको ट्याङ्गमाथि चढेर तिनीहरूसँगै फोटो खिचाउँदै थिए । मानिसहरू लगातारको युद्ध, रकेटको बर्षा, गोली, बम बर्षा र जो देख्यो त्यसैलाई गोली हान्ने गुलबुद्धिन र उसका समर्थकहरू देखेर थाकिसकेका थिए | शोरावी (Shorawi) ले भन्दा पनि एलाएन्सले काबुललाई बढी
क्षति पुर्यायो । तिनीहरूले त्यो तिम्रो बाबाले बनाएको अनाथालय पनि ध्वस्त पारिदिए । त्यो कुरा तिमीलाई थाहा थियो त ?”

“किन ?” मैले भनेँ “तिनीहरूलाई अनाथालय पनि किन ध्वस्त गर्न पन्यो ?’
अनाथालय उद्घाटन गर्ने कार्यक्रमको दिन बाबाको पछाडि बसेको घटना मलाई याद आयो । हावाले बाबाको क्याराकुल ह्याट (Caracul Hat) उडाउँदा सबैजना हाँसेका थिए र उहाँले आफ्नो मन्तव्य सकाएपछि सबैजना उठेर जोडले ताली पड्काएका थिए । र, अहिले आएर त्यो भवन ढुङ्गा-इँटाको थुप्रोमा परिणत भएको थियो | बाबाले खर्च गरेको त्यो पैसा, नक्सा बनाउन कैयौँ रात उहाँले बगाएको पसिना, प्रत्येक ईटा, प्रत्येक बिम, प्रत्येक ब्लक ठीक ठाक छ कि छैन हेर्नलाई निर्माण स्थलमा उहाँले धाएको समय ।

“समानान्तर क्षति, रहिमले भने ।” तिमी यो जान्न चाहन्नौ अमीर जान कि त्यो अनाथालयको भग्नावशेषको थुप्रो हेर्दा कस्तो लाग्थ्यो ? त्यहाँ बच्चाहरूका शरीरका टुकाहरू पनि थिए ____”
त्यसैले जब तालिवान आए ___”
“तिनीहरू त बहादुर थिए ।’ रहिम खानले भने ।
“अन्तममा शान्ति ।’
“हो त । ‘आशा’ भन्ने अनौठो चीज रहेछ । अन्तिममा शान्ति आयो, तर कति मूल्य चुकाएर थाहा छ ?” यति के भन्न भ्याएका थिए उनलाई डरलाग्दो खोकिले समात्यो र खोक्दा फुकिढल शरीर अघि पछि भएर हल्लियो । जब उनलेआफ्नो रूमालमा थुके, तुरून्तै रातो दाग पछि भएर बस्यो । मैले सोचेँ कि त्यो सानो कोठामा हामी सँगै पसिना काढेर बसिरहेको हात्तीलाई सम्बोधन गर्ने यो नै उपयुक्त समय थियो ।
“तपाईंलाई कस्तो छ ?” मैले सोधें । “मैले साँच्चै भनेको, तपाईंलाई कस्तो छ ?”

“वास्तवमा म अब मर्दै छु,” लर्बराएको स्वरमा उनले भने । फेरि खोकीको अर्को चक्र सुरू भयो । रूमालमा अझ बढी रगत थपियो । उनले मुख पुछे | कन्चटदेखि पसिनै पसिना भएको निधारसम्म कुर्ताको बाहुलाले सिनित्त पारेर पुछे र फूत्त मलाई हेरे । अब उनले ‘हो’ भनेर टाउको हल्लाए मैले बुझे कि उनले मेरो अनुहार हेरेर अर्को प्रश्न पढिसकेका थिए | “म अब धेरै दिन टिक्दिनँ,’ उनी सासले बोले |
“कति समय ?”
उनले “थाहा छैन” को इसारामा कुम हल्लाए । फेरि खोके ।
“मलाई लाग्दैन कि मैले यो गर्मीको अन्त्य भएको देख्न पाउँछु, उनले भने ।
“म तपाईंलाई मसँगै घर लिएर जान्छु | म तपाईंलाई राम्रो डाक्टरसँग भेटाइदिन्छु । दिनदिनै नयाँनयाँ उपचारको विधि आइरहेको छ | औषधि पनि नयाँ खालको छ र प्रयोगात्मक उपचार हुन्छ | हामी तपाईंलाई त्यस्तै एउटामा भर्ना गरौँला__” म बढी बोल्दै थिएँ जुन मलाई थाहा थियो । तर यो रूनु भन्दा उत्तम थियो, जुन कुरा म सायद पक्कै गर्न गैरहेको थिएँ । कुकुर दाँत नभएको तल्लो थोते गिँजा देखाउँदै उनी खितिति हाँसे । मैले यस्तो थकित हाँसो आजसम्म सुनेको थिइन | “मलाई लाग्छ अमेरिकाले तिमी भित्र ‘आशावाद’ भरिदिएको छ जसको कारणले अमेरीका यती महान्‌ भएको छ । यो राम्रो कुरा हो । हामी अफगानीहरू निराशावादी छौं, छैनौं त ? धेरै जसो हामी आफैँलाई कठै भनेर गमखोरी (Gham Khori) कोअति आनन्द लिन्छौं । हामी दुःख र क्षतिको शरण पर्छौ र यसलाई जीवनको अकाट्य सत्य स्वीकाछौँ । अब यसलाई आवश्यक नै ठान्छौँ । हामी भन्छौँ, “जिन्दगी मिगजारा’ मतलब जिन्दगी चलिरहन्छ । मैले यहाँ पनि थुप्रै राम्रा डाक्टरलाई भेटिसकेको छु र तिनीहरू सबैले यौटै उत्तर दिएका छन्‌ । मेरो उनीहरूमाथि भरोसा र विश्वास छ । “भगवानको इच्छा“ भन्ने पनि चीज हुन्छ । “होइन, तपाईं के गर्नुहुन्छ र गर्नुहुन्न भन्ने मात्र चीज हुन्छ, भगवानको इच्छा भन्ने होइन,” मैले भनेँ ।

रहिम खान हाँसे । “तिमीले अहिले आफ्नो बुबाले जस्तै कुरा गर्यौ । मलाई उहाँको न्यास्रो लागिराख्याछ तर अमीर जान यो भगवानको इच्छा हो । यो साँच्चै हो ।’ उनी एकछिन अडिए ।
“त्यसको अलावा मैले तिमीलाई यहाँ बोलाउनाको अर्को कारण पनि छ । म मर्नुभन्दा पहिले तिमीलाई भेट्न चाहन्थेँ । हो, तर कुरा अर्को पनि छ ।
“जे भए पनि भन्नोस्‌ न ।”
तिमीहरू गएपछि म त्यत्रो बर्षसम्म तिम्रो बुबाको घरमा बसेको त तिमीलाई थाहा छ नि ?”
“हो, थाहा छ ।”
“तिनीहरू सबै सँगै भएकोले म एक्लो थिइन । हसन पनि म सँगै त्यहाँ बसेको थियो ।
“हसन रे ?’ मैले भनेँ । मैले अन्तिम पटक उसको नाम कहिले लिएको थिएँ कुन्नि ? दोषानुभूतिका ती तीखा पुराना काँडाहरूले पुनः एकपटक मलाई घोच्न थाले । मानिलिउँ उसको नाम दिदा कुनै जादु भएको छ र ती काँडाहरू फेरि स्वतन्त्र भएर मलाई यातना दिँदै छन्‌ । अचानक रहिम खानको सानो फ्ल्याट गल्लीबाट आउने गन्धले असाध्य उकुसमुकुस, तातो र रसिलो भयो ।

मैले यस अघि पनि तिमीलाई चिठी लेखेर यो सबै बताइदिउँ कि जस्तो लागेको थियो, तर तिमी त्यो सब जान्न चाहन्थ्यौ वा चाहन्नथ्यौ म ढुक्क हुन सकिनँ । के मैले गलत सोचेको थिएँ त ?”

सत्य त ‘होइन’ नै थियो । झूट चाहिँ “हो” भन्ने हुन्थ्यो, तर मैले यी दुईवटाको बीचको बाटो रोजेँ र भनेँ, “खै म त केही पनि जान्दिनँ ।”

फेरि उनले खोके र रूमालमा रगतै थुके । जब उनी थुक्नलाई निउरिए, मैले उनको तालुमा थुप्रै घाउका फोकाहरू देखेँ । “मैले तिमीलाई यहाँसम्म ल्याइपुर्याएको किन हो भने म तिमीसँग एउटा कुरा भिख माग्दै छु । तिमीले मेरा लागि एउटा कुरा गर्देऊ भनेर म भिख माग्दै छु, तर माग्नुभन्दा पहिले म तिमीलाई हसनको बारेमा बताउन चाहन्छु । तिमीले कुरा बुझ्यौ ?’
“बुझेँ, मसिनो आवाजमा मैले भनेँ ।
“म तिमीलाई उसको बारेमा बताउन चाहन्छु । म तिमीलाई सबै कुरा बताउन चाहन्छु । तिमी सुन्न तयार छौ त ?”
मैले “छु” को इसारामा टाउको हल्लाएँ ।
अनि रहिम खानले चियाको चुस्की लिए । टाउको भित्तामा अड्याए र बोले ।