किसानले बिस्तारै आफ्नो दाह्री सुमसुम्याउन थाल्यो । एकछिनपछि अड्डातिर हेर्दै बिस्तारै रुखो स्वरमा भन्यो –
“यी सबै कुरा यहाँ बन्दैन … ।”

आमाले पुलुक्क उसतिर हेरिन् र भित्र पस्ने मौका खोजन थालिन् । किसानको अनुहार निकै सुन्दर र गम्भीर थियो, तर आँखामा उदासी थियो । ऊ निकै अग्लो थियो र उसको काँध फराकिलो थियो । उसले जताततै टालिएको कोट लगाएको थियो । उसको सुतीको कमिज सफा देखिन्थयो, पाइन्ट गाडा खैरो रङको यिो । उसका खुट्टामा फाटेका जुत्ता थिए, मोजा लाएको थिएन … ।

किन हो आमाले सन्तोषको सास फेरिन् ।
“के आज राति म तिमीकहाँ बास बस्न सक्छु ?” – आमाले एक्कासि सोधिन् । यो प्रश्न उनको अन्तस्करणबाट आएको थियो, जुन अहिले उनका भौंतारिँदा विचारहरुभन्दा पनि छिटो काम गर्दै थियो ।

यो प्रश्न सोध्नासाथ उनलाई यस्तोा लाग्यो, मानौं उनको सम्पूर्ण शरीरका नशानशा कक्रिए । उनी तन्किएर उभिइन् र निडर भएर त्यस व्यक्तिलाई हेर्न थालिन् । उनको दिमागमा काँडाजस्ता यी विचारहरु घुम्न थाले –

“मैले गर्दा निकोलाइ इभानोभित बरबाद हुनेछन् । पाभेलसँग पनि भेट्न पाउन्नँ ! कति राख्लान् ! खुब पिट्लान् !”
किसानले जमीनमा हेर्दै आफ्नो कोट छातीमा कस्यो र बिस्तारै जवाफ दियो –

“राती बास बस्न चाहनुहुन्छ ? किन नहुनु र ? खालि मेरो छाप्रो धेरै थोत्रो छ … ।”
“म आफैं थोरै दरबारमा बस्छु र !”

“त्यासे भए ठीक छ !” – किसान सहमत भयो र आमालाई माथिदेखि तलसम्म हे¥यो ।
धेरै अबेला भइसकेको थियो र गोधुलीको झिसमिसे उज्यालोमा उसका आँखामा उदास चमक स्पष्ट देखिन्थ्यो । उसको अनुहार निकै मलिन थियो ।

“लौ त, त्यसो भए अहिल्यै हिँडे हुन्छ । तिमीचाहिँ मेरो सुटकेस समात, हुन्न ?” – आमाले बिस्तारै भनिन् । आमालाई यस्तो लाग्दै थियो, मानौं उनी कुनै भिरालोबाट बडो वेगले तलतिर चिप्लिँदै छिन् ।

“हुन्छ, समात्छु !” – उसले फेरि आफ्नो कोट ठीक पार्दै भन्यो – “ऊ गाडा पनि ल्याइपु¥याएछन् !”
रिबिन फेरि बरन्डामा देखा प¥यो । उसको टाउको र अनुहार खैरो कपडाले बेरिएको थियो । हात फेरि बाँधिएको थियो ।
“लौ त साथहिरु बिदा !” – सन्ध्याकालीन सिरेटो चिर्दै आएको उसको स्वर सुनियो – “सच्चाइको खोजी गर्नुहोला । सच्चाइको रक्षा गर्नुहोला ! इमानदार मान्छेहरुलाई विश्वास गर्नुहोला । सच्चाइको सङ्घर्षमा आफ्नो ज्यानसम्म पनि बलिदान गर्न नहिचकिचाउनुहोला … !”
“चुप लाग्, गधा !” – नजिकै थानेदारको ाआवाज सुनियो – “ए सिपाही, छिटो हाँक् गाडा, गधा कहीँका !”

“तपाईहरु के कुरा गुमाउनुहुन्छ र ? यो पनि कुनै जिन्दगी हो र ?”
गाडा हिँड्यो । दुई जना सिपाहीहरुको बीचमा बसेको रिबिन धोत्रे स्वरमा चिच्याउँदै थियो ?
“केका लागि तपाईहरु भोकभोकै मर्न चाहनुहुन्छ ? स्वाधीनता पाउनुभयो भने रोटी र न्याय पनि पाउनुहुनेछ । लै त साथीहरु, बिदा … ।”
उसको आवाज पाङ्ग्राहरुको खडखड, घोडाका टापहरुको आवाज र थानेदारको चिच्याहटमा गायब भयो ।

“लौ त खेल खत्तम भयो !” – किसानले टाउको हल्लाउँदै भने र फेरि आमातिर फर्कदै भन्यो – “तपाई यहीँ मलाई पर्खनुहोला, म एक मिनेटमा आउँछु … ।”

आमा कोठाभित्र पसिन् र सामोभार राखिएको टेबुलनेर बसिन् । उनले एक टुक्रा पाउरोटी टिपिन्, ओल्टाइपल्टाइ हेरिन् र फेरि रिकापीमा राखिदिइन् । उनलाई बिलकुलै खाने इच्छा थिएन – फेरि बान्ता होलाजस्तो लागिरहेको थियो । किन हो उनलाई गर्मी लाग्दै थियो र बेचैनी अनुभव गर्दै थिइन् । उनलाई कमजोरी लाग्दै थियो , यस्तो लाग्थ्यो, मानौं हृदयबाट कसैले सबे रगत निचोरिदिएको छ र आँखाअगाडि फेरि अन्धकार फैलिँदै छ । नीला आँखा भएको त्स किसानको अनुहार बराबर उनका आँखाअगाडि नाच्दै थियो । त्यो अनुहार बडो अनौठो थियो र त्यसमा केही कुरा नपुेगेजस्तो लाग्थ्यो र किन हो अविश्वासको भावना पैदा गथ्र्यो । उसले विश्वासघात गर्न सक्छ भन्ने कुरा उनी सोच्न चाँहदैनथिन्, तर यो विचार उनको दिमागमा गाडिसकेको थियो र हृदयमा एक बोझका रुपमा झुन्डिरहेको थियो ।

“उसले मलाई ध्यानले हेर्दै थियो !” – कमजोर र निशक्त हुँदै गएकी आमा सोच्दै थिइन् – “उसले अवश्य पनि अन्दाज लगायो … ।”
यो विचार अगाडि बढ्न सकेन, मानौं त्यो विचार निराशा र वाकवाकीको दलदलमा डुब्दै छ ।

एकैछिन अघि मात्र त्यस मैदानमा फैलिएको कोलाहलपछि अहिले त्यहाँ पूर्ण निस्तब्धता थियो । गाउँलेहरु तर्सेका छन् भन्ने कुरा स्पष्ट थियो । यस वातावरणले आमाको हृदयमा एक्लोपनाको त्यो भावना अझ तीव्र बनायो र उनको आत्मामा खरानीजस्तो कोमल र झिसमिसे अन्धकार फैलियो ।

केटी फेृरि ढोकामा देखा परिन् – “अमलेट बनाउने हो कि ?”
“पर्दैन नानी ! खाने इच्छा छैन । मान्छेहरुको हल्लाखल्लाले मेरो मुटु नै थर्काइदियो !”
केटी टेबुलनेर आइन् ।

ओहो, कस्तो पिटेको त त्यो थानेदारले उसलाई !” – केटीले उत्तेजित स्वरमा बिस्तारै भनिन् – “म नजिकै उभिएकी थिएँ । बिचराका सब दाँत भाँचिदिए । उसले थुक्दा कस्तो गाढा, गहिरो रङको रगत निस्कँदै थियो … ! आँखा पनि सुनिएर बन्दै होलाजस्ता थिए । ऊ टारकोल कारखानामा काम गथ्र्यो । पुलिस सर्जेन्ट माथि रक्सीले चुर भएर लडेको छ । अझ पनि रक्सी माग्दै छ । ऊ भन्थ्यो, उनीहरुको एउटा पूरै मण्डली रहेछ र यो दाह्रीवाला उनीहरुको नाइके रहेछ । तीन जना समातिएका रहेछन्, तर एक जना भागेछ । एक जना मास्टर पनि समातिएछ । ऊ पनि यिनीहरुकै मण्डली थियो । उनीहरु ईश्वरमाथि विश्वास गर्दैनन् रे, अरुहरुस्लाई पनि ईश्वरमाथि विश्वास नगर्नू भन्छन् रे । भन्थे, उनीहरु गिर्जाघर लुट्न चाहन्छन् । भन्थे, यस्तै काम गरेर हिँड्छन् ! केही किसानहरु त दया गर्दै थिए, तर केहीचाहिँ भन्दै थिए, यस्ता मान्छेहरुलाई फाँसीमा झुन्ड्याउनुपर्छ ! हाम्रो गाउँमा यस्ता चण्डाल किसानहरु पनि छन् !”

आमा केटीको यो शिर म पुच्छरको कुरा बडो ध्यानपूर्वक सुन्दै थिइन् । केटी एकदमै छिटोछिटो बोल्दै थिइन् । आमा आफ्नो त्रास र शङ्का दबाउने कोसिस गर्दै थिइन् । आफ्नो कुरा सुनिदिने मान्छे पाउँदा केटी दङ्ग परेकी थिइन् र अझ बढी उत्साहले बोल्दै थिइन् –

“मेरा बुबा भन्नुहुन्छ, यो सबै अनिकालको फल हो ! दुई वर्षदेखि जमीन सुक्खा छ । किसानहरु हैरान भैसके ! त्यसैले उनीहरु यी सबै गडबड गर्दैछन् । गाउँका सभाहरुमा उनीहरु हल्लीखलली मचाउँछन् र झगडा गर्छन् । हालसालैको करा हो, मालपोत नतिरेबापत भास्युकोभको सामान लिलाम गर्दै थिए, उसले गाउँको मुखियालाई यति जोडले मुखमा हिर्काइदियो… भन्थ्यो – “लौ खा, यही हो मेरो मालपोत … ।”

ढोकाबाहिर कसैको गह्रौं पदचाप सुनियो । आमा टेबुलमा अडेस लाएर झट्ट उभिइन् … ।
नीलो आँखा भएको किसान टोपी फुकाल्दै भित्र पस्यो ।
“कहाँ छ तपाईको सुटकेस ?” – उसले सोध्यो ।
उसले सजिलैसँग सुटकेस उठायो र हल्लाउँदै भन्यो –

“खालि रहेछ ! मारिया, पाहुनालाई मेरो घर पु¥याइदे त !” ऊ पछाडि नफर्किकनै कोठाबाट बाहिर निस्क्यो ।
“राती यहीँ बास बस्नुहुन्छ ?” – कोटीले सोधिन ।
“हो, म लेस किन्न आएकी, लेस किन्ने काम गर्छु … ।”

“यहाँ त लेस बुन्दैनन्, तीन्कोभो र दार्यीनोमा बुन्छन् । यहाँ त बुन्दैनन् ।” – केटीले भनिन् ।
“त्यसो भए भोलि त्यता लाग्छु … ।”

आमाले चियाको पैसा तिरिसकेपछि त्यस केटीलाई तीन कोपेक बकस् दिइन् । केटी दङ्ग परिन् । दुवैजना बाहिर निस्के । केटी चिसो जमीनमा नाङ्गा खुट्टाले टेक्दै छिटोछिटो आइन् र आमालाई भनिन् –

“तपाई चाहनुहुन्छ भने म दार्यीनो पुगेर आउन सक्छु । त्यहाँका आइमाईहरुलाई आफ्नो लेस लिएर यहाँ आउन भनिदिन्छु । त्यसो भए तपाईलाई त्यहाँ गइरहनुपर्दैन । टाढा छ, सात–आठ माइल जानुपर्छ … ।”

“पर्दैन नानी, दुःख नगर !” – आमाले केटीसँगसँगै हिँड्दै भनिन् । चिसो बतासले आमाको मन अलिकति हलुको पा¥यो र हृदयमा एक अस्पष्ट दृढ सङ्कल्प पैदा हुन थाल्यो । यो सङ्कल्प बिस्तारै एक अनिश्चित गतिले बढ्दै थियो । सङ्कल्पमा आशा थियो र यो आशा बढाउन उनले मनमनै सोधिन् –

“के गर्ने हो ? सबै कुरा सिधै भनिदिने हो कि !”
रात चिसो र ओसिलो थियो । चारैतिर निष्पट अन्धकार फैलिएको थियो । छाप्राहरुबाट राताराता बत्तीहरु चम्किँदै थिए । त्यस निस्तब्ध वातावरणमा यदाकदा भेडाबाख्राहरु डुक्रेको र गोठालाहरु कराएका आवाज सुनिन्थ्यो । पूरा गाउँ अन्धकार र गहन चिन्तामा डुबेको थियो … ।
“यही हो घर !” – केटीले भनिन् – “बास बस्न तपाईले ठीक ठाउँ रोज्नुभएन – धेरै गरिब किसान छन् … ।”

केटीले छामछुम गर्दैै ढोका खोलिन् ।
“काकी ताचियाना !” – उनले फुर्तिसाथ डाकिन् ।
फेरि उनी दौड्दै निस्किन् ।
“लौ त बिदा … !” – अन्धकार चिर्दै आएको केटीको स्वर सुनियो ।