आठ

एक हप्तासम्म मैले हसनलाई मुस्किलले देखेँ | म उठ्दा टोस्ट, चिया, उमालेको अण्डा भान्साको टेबलमा तयारी अवस्थामा हुन्थ्यो । त्यस दिन लगाउने मेरा लुगाहरू चट्ट आइरन गरेर पाट्याइएको अवस्थामा हलभित्रको बेतको कुर्चिमा राखिएको हुन्थ्यो जहाँ प्राय हसनले लुगामा आइरन लगाउँथ्यो । आइरन गर्नु अघि म खाजा खान टेबलमा नबसुन्जेल क मलाई पर्खी बस्थ्यो ता कि हामी कुरा गर्न सकौं । आइरन दल्दा निस्कने स्याई आवाजसँगै उसले ट्युलिप फूलका खेतहरूको बोलको पुरानो हजारा गीत पनि गाउने गर्थ्यो, तर अब मलाई मात्र ती पट्याइएका लुगाहरूले स्वागत गरी बस्थे । त्यो मात्रै र खाजा जुन मैले मुस्किलले सकाउँथे ।

एउटा गुम्म बादल लागेको बिहान जब म उसिनेको अण्डा प्लेटमा यताउता चलाउँदै थिएँ, अली एक अङ्गालो चिर्पट दाउरा लिएर भित्र आए । मैले उनलाई हसन कहाँ छ भनी सोधेँ ।

“उ सुत्न गैसक्यो,” चुलो छेउमा निउरिँदै उनले भने । उनले अगेनाको सानो चारपाटे ढोका खोले ।

“के हसन आज खेल्न सक्छ ?”

अली चुप लागे । हातमा एउटा दाउरो थियो । उनको अनुहारमा चिन्ताका लहरहरू झल्किए । ‘आजभोलि र खालि सुतिरहन खोज्छ | म देख्छु उसले आफ्नो दैनिकी त पूरा गर्छ, तर अनि त्यसपछि र सिरक भित्रै पस्न चाहन्छ । के म
तपाईलाई केही सोधौँ ?

“यदि सोध्नैपर्ने छ भने, हुन्छ ।”

“त्यो चङ्गा उडाउने प्रतिस्पर्धा पछि ऊ अलिकति रगत लतपतिएर घर आयो र उसको सर्ट च्यातिएको थियो । मैले उसलाई के भएको थियो भनेर सोधेँ, तर उसले खासै केही होइन त्यही चङ्गाको विषयलाई लिएर केटाकेटीहरूसँग सानो छिनाझपटी भएको थियो भन्यो ।”

म केही पनि बोलिनेँ । मात्र त्यही अण्डालाई प्लेटमा खेलाइरहेँ ।

“अमीर अगा के साँच्चै उसलाई केही भएको हो ? केही कुरा जुन उसले मसँग भनिरहेको छैन ?”

“मैले कसरी थाहा पाउनु ?” मैले कुम हल्लाउँदै भने ।
“तपाईले मलाई भन्नुहुन्थ्यो, होइन त ? इन्साल्ला, यदि केही भएको भए तपाईं मलार्इ भन्नुअुन्थ्यो , होइन त ??
“मैले भनिसकँ नि, उसलाई के भएको छ मैले कसरी थाहा पाउनु ?’ मैले झर्किदै भनेँ । ‘हुन सक्छ र बिरामी छ | अहिले, मान्छेहरू सधैँ बिरामी हुन्छन्‌ । म अब चिसोले कठ्याङ्ग्रिएर मर्न लागि सकेँ | म मरुँ कि तिमीले आगो बाल्छौ आज ?’

त्यस रात मैले बाबासँग हामी शुक्रबार जलालाबाद जाने हो कि भनेर सोधें । बाबा आफूनो डेस्कको पछाडि हल्लिने कुर्चीमा बसेर खबर पत्रिका पढ्दै हुनुहुन्थ्यो । बाबाले पत्रिका तल राख्नुभयो, चस्मा फुकाल्नु भयो जुन मलाई साह्टै मन पर्दैनथ्यो । बाबा कत्ति पनि बूढो हुनुभएको थिएन, उहाँको जीवनका थुप्रै बर्षहरू बाँकी थिए । त्यसैले मलाई लाग्थ्यो त्यो जाबो चस्मा किन लगाउन परेको होला ?

“हुन्छ नि किन नजानु !’, उहाँले भन्नुभयो । हिजो आज बाबा मैले जे भने पनि मान्ने हुनुभएको थियो । त्यति मात्रै होइन, मात्र दुई रात अघि उहाँले मलाई सिनेमा आर्यनामा चार्लटन हेस्टनको ‘एल सिद’ फिलिम हेर्न जाने हो त भनेर सोध्नुभएको थियो । “जलालाबाद जानलाई तँ हसनलाई पनि भन्छस्‌ त ?”

बाबाले फेरि त्यो रमाइलो वातावरण किन बिगार्न खोज्नु भएको होला?” ऊ त बिरामी छ’, मैले भनेँ । “उसलाई सन्चो छैन ।”

“हो र ?’ बाबा हल्लिन छोड्नुभयो । “त्यसलाई के भा छ हँ ?:

“खै कुन्नि को इसारामा कुम हलाउँदै म आगो छेउ लत्रक्क परेर सोफामा बसेँ । “उसलाई रूघा वा त्यस्तै केही भाछ । अली भन्छन कि र त्यसैले
सुतिरहन्छ ।”

“विगत केही दिनदेखि मैले हसनलाई त्यति देखिरहेको छैन” बाबाले भन्नुभयो ।
“के रूघा मात्रै हो त ?” बाबाले जसरी चिन्ताले निधार खुम्च्याउनुभयो, मैले त्यसलाई घृणा नगरी रहन सकिनँ |

“रूघा मात्रै हौ । अनि हामी शुक्रबार जान्छौं बाबा ?”

“हो । जाने हो ।’ डेस्कबाट कुर्चीलाई पर घचेट्दै बाबाले भन्नुभयो । ‘बिचरा हसन | म सोच्दै थिएँ, यदि क पनि आइदिएको भए तँलाई अझ बढी रमाइलो हुन्यो ।”
“अँ, हामी दुईजना सँगै रमाइलो गर्न सक्छौँ” मैले भनें । बाबा मुस्कुराउनुभयो । आँखा झिम्क्याउनुभयो । “न्यानो लुगा लगा’ उहाँले भन्नुभयो ।

म चाहन्थेँ हामी दुई जना मात्र भएर अरू कोही नभैदिएको भए हुन्थ्यो, तर बुधबार साँझसम्म बाबाले अरू दुई दर्जन मानिसहरूलाई निम्त्याइसक्नुभएको थियो । उहाँले आफूनो भतिज हुमायुलाई बोलाउनु भयो । उनी बाबाको साख्खै माहिलो भतिज थिए | उनलाई बाबाले आफू शुक्रबार जलालाबाद जाने कुरा सुनाउनुभयो । हुमायु, जसले फ्रान्समा इन्जिनीयरिङ पढेका थिए, उनको जलालाबादमा घर थियो । हुमायुले भनेँ कि उनलाई आफूनो परिवार सबै लिएर जान मन छ रे – छोराछौरीहरू, दुईवटा श्रीमती र उनी त्यहाँ छँदा उनकी भतिजी सफिका हेरातबाट सपरिवार आउनेवाला थिए । सायद उनी पछि लाग्ने चाहन्थिन । हुमायु र नादिरको बीचमा अलिकति मन काबुलमा भतिज नादिरसँग बसिरहेकी थिइन्‌, त्यसैले भतिजको निम्त्याउनै परर्थो । यदि नादिरलाई निम्त्याइयो भने पक्कै पनि उसको भाइ फारूखलाइ सोध्ननुपर्ने हुन्थ्यो नत्र उसको भावनामा चोट पुग्न सक्थ्यो र उसले उनीहरूलाइ अर्को महिनमा हुनेवाला आफ्ना छोरीको बिहेमा ननिम्त्याउन सक्थे र ………

हामीहरू तीनवटा भ्यानभरि भयौँ । म, बाबा, रहिम खान, काका हुमायुसँगै गाडीमा बसेँ । म सानै छँदा नै बाबाले मलाई आफूभन्दा पाको पुरूषलाई ‘काका वा ‘अङ्कल’ र पाको महिलालाई ‘खाला’ वा ‘आन्ट’ भन्नुपर्छ भनेर सिकाउनुभएको थियो । काका हुमायुका दुवै श्रीमती, ती चुच्चे अनुहार र हातमा मासुको गिर्खा भएकी जेठी र जति बेला पनि हर्र अत्तरको बास्ना आउने र आँखा चिम्लेर नाच्ने कान्छी अनि काकाका जुम्ल्याहा छोरीहरू पनि हामीसँगै बसे । टाउको रिगाएर वाक्क वाक्क हुँदै म ती दुईजना सातबर्ष जुम्ल्याहा केटीहरूको बीचमा कुच्रूक्क परेर बसेँ । ती दुई केटीहरू चल्दै मेरो काख वारिपारिबाट एक अर्कालाई पड्काइरहन्थे । जलालाबाद जाने बाटो कच्ची छ र ठाडै उकालो र ओरालो, नागबेली हुँदै पहाडहरू छिचोल्न २ घण्टा लाग्छ र प्रत्येक साँगुरो घुम्तीमा मेरो पेट बाउँडिन्थ्यो । गाडीमा बसेका सबैजना जसरी अफगानीहरू बोल्छन्‌ त्यसै गरी चिच्च्याउँदै कुरा गर्दै थिए । मैले जुम्ल्याहा मध्ये एक जना, फजिला हो कि करिमा, कुन को हो म छुट्याउन सक्दैनथे, उनलाई झ्यालको सिट मसँग साट न भनेर अनुरोध गरेँ, किनकि मलाई वाकवाक भएकाले ताजा हावा खान चाहन्थेँ । उनले अचम्म मान्दै लामो जिब्रो निकालेर नाई भनिन्‌ | मैले उनलाई भने कि सिट नसाटे पनि ठीकै छ, तर मैले उनको नयाँ लुगामा छादेँभने म त्यसको जवाफदेही छैन । एक मिनेटपछि मैले झ्यालबाहिर टाउको झुन्ड्याइरहेको थिएँ । मैले खाल्टा खुल्टी भएको बाटो, उकालो र ओरालो हुँदै पहाडमा फनफनी घुमेको हेरेँ । कोचाकोच गरी टुक्रुक्क बसेका मानिसहरू बोकेर विस्तारै गैरहेका रङ्गिचङ्गी ट्रकहरू गर्ने । मैले आँखा चिम्लें, हावालाई गालामा हान्न दिएँ र मुख खोलेर सफा हावा निलेँ तर अझै मैले सन्चो अनुभव गरिन | मलाई कसैले कोखामा औँलाले
घोच्यो । ती करिमा थिए | “के हो ?’ मैले भनेँ ।

“म सबैलाई त्यही टुनामेन्टको बारेमा बताउँदै थिएँ” स्टेयरिङ पछाडिबाट बाबा बोल्नुभयो । बीचको सिटमा बसेका काका हुमायु :र उनका श्रीमतीहरू मलाई हेर्दै मुस्कुराउँदै थिए ।

“त्यो दिन त्यहाँ आकाशमा पक्कै पनि सय वटा चङ्गाहरू थिए होलान्‌ ” बाबाले सोध्नुभयो ।

“मैले भनेको ठीकै होइन त अमीर ?”

“मेरो अनुमान पनि यस्तै हो,“ म धिमा स्वरमा बोलेँ ।”

“सय चङ्गाहरू हुमायु जान । मैलै मजाक गरेको होइन । त्यो दिनको अन्त्यसम्म पनि वगकाशमा जडिरहेको एउटा मात्रै चङ्गा अमीरको थियो । उसले चट पारेको अन्तिम चङ्गा घरमा छ, राम्रो नीलो रङको चङ्गा | हसन र अमीर दुवै मिलेर
छोपेका ।’

“बधाइ छ ।” काका हुमायुले भने । हातमा मासुको गिर्खा भएकी उनकी जेठी
श्रीमतीले ताली पड्काइन्‌ ।

“वाह वाह, अमीर जान तिमीमाथि हाम्रो गर्व छ ।’ उनले भनिन्‌ । कान्छीले पनि थपिन्‌ । अनि उनीहरू सबैले ताली पड्काएर चिच्च्याउँदै मेरो प्राशंसा गर्दै भने कि मैले उनीहरू सबैलाई गर्व हुने काम गरेको थिएँ । बाबाको छेउमा प्यासेन्जर सिटमा बसेका रहिम खान मात्र चुपचाप केही बोलेनन्‌ । उनले मलाई अनौँठो पाराले हेर्दै थिए ।

“कृपया अलि छिटो जाऔं,” मैले भनें ।

“के भो ?”

“मलाई सन्चो छैन,” काका हुमायुका छोरीहरूलाई च्याप्दै अगाडि ढल्केर मैले सानो स्वरमा भनेँ ।

फैजिला र करिमाको अनुहार खुम्चियो ।

“अलि छिटो जाऔं काका ! उसको अनुहार पहेँलो पो छ ! म चाहन्नँ कि उसले मेरो नयाँ लुगामा उल्टी गरोस्‌,” भन्दै उनी चिच्च्याइन्‌ ।

बाबाले गाडी अलि छिटो बढाउनुभयो, तर मैले थाहै पाइनँ । एकैछिन पछि जब उनीहरू सबै गाडीबाट ओर्ले, म बाटो छेउको एउटा ढुङ्गामा बसिरहेको थिएँ । बाबा र काका हुमायुसँगै बसेर चुरोट पिउँदै हुनुहुन्थ्यो भने काका हुमायुले फजिला र करिमालाई फकाउँदै हुनुहुन्थ्यो । उहाँ भन्दै हुनुहुन्थ्यो, “नरोइ, चुपचाप लागेर बस्यौ भने मैले जलालाबादमा अर्को लुगा किनिदिउँला” मैले आँखा चिम्लिएँ र टाउको आकाशतिर फर्काएँ । बन्द आँखा अघि गालो-गोलो चित्रहरू देखिन थाले मानौं कसैले हात चलाउँदै पर्खालमा छायाँ पारिरहेको छ । ती आकृतिहरू बटारिए, एक आपसमा मिसिए र एउटा मात्र चित्र बन्यो -त्यो चित्र थियो हसनको खैरो रङको जिनको पायन्ट गल्लीमा, थुप्रिएका पुराना ईटाका टुक्राहरूमाथि  फ्यालिएको अवस्थामा ।

काका हुमायुको जलालाबादमा सेतो रङको दुईतले घर थियो जसको बार्दलीबाट तल हेर्दा पर्खाल भित्रको स्याउ र पर्सिमोनको बगैँचा देखिन्थ्यो । त्यहाँ रातो (emerald) रङको टायल टाँसेको स्वीमिङ पुल र गर्मीमा मालीले जनावरहरूको आकृतिमा मिलाएर काटेको झाडी (हेजेज) हरू थियो । म त्यही पानी नभएको, तर मात्र पिँधमा एक पत्र आलो हिउँ भएको स्वीमिङ पुलको छेउमा खुट्टा झुन्डाएर बसेँ । काका हुमायुका बच्चाहरू आँगनको पल्लो छेउतिर लुकामारी खेल्दै थिए | महिलाहरू पकाउँदै थिए । प्याज फ्राई गरेको हर्र वास्ना आउँदै थियो भने हाँसो, गीत र प्रेसर कुकरको सिटी सिट्‌-सिट्‌ गरेको प्रस्ट सुनिन्थ्यो । बाबा, रहिम खान, काका हुमायु बसेर चुरोट पिउँदै थिए । काका हुमायुले भन्दै थिए कि उनले फ्रान्सको स्लाईड सबैलाई देखाउनलाई प्रोजेक्टर पनि लिएर आएका छन्‌ रे । उनी पेरिसबाट फर्केको
दश बर्ष भैसकेको थियो, तर पनि उनले, त्यो मूला स्लाइडहरू देखाउन छोडेका