समय चोर

मेरो नाम डोनियोर हो । मेरो छिमेकी अव्दुल्ला र म घनिष्ठ साथी भयौं । एक दिन हामीलाई रमाइलो गर्न के गरौं के गरौं भयो । हाम्रो कुनै लक्ष थिएन । के गर्ने हामीलाई सुझिरहेको थिएन । हामीले काठको टुक्राबाट केही वनाउँदै थियौं, मेरो बुवा अचानक विउँझनुभयो । आधा आँखा खोलेर उहाँले भन्नुभयो, ” हे समय चोरहरु !तिमीहरु समय नष्ट गरिराका छौ ।”

मैले वुवाले भन्नु भएको “समय चोर” को अर्थ वुझिंन ।

मेरो साथी अव्दुल्लाले पनि सोध्यो, ” के हामी चोर हौं ? “

जब घाम उदायो, हामी घरभित्र पस्यौं । थकाईले म भुसुक्क निदाएँ । तर मैले सम्झें मलार्इ स्कूल जान ढिलो भएको थियो, यसकारण मैले हतार हतार मुख धोएँ र चिया पिएँ छिटछिटो । मैले विर्सं के खाएँ भनेर । मलाई लाग्यो, मलाई स्कूल जान ढिलो भयो । तर कक्षा अझै शुरु भएको थिएन । म पुग्ने वित्तिकै शिक्षक आए । हामी सबैले शिक्षकलाई  आदरपूर्वक अभिवादन गर्यौँ ।

“मेरा प्रिय विद्यार्थीहरु ! म तिमीहरुलाई भेटेर निकै खुशी छु । मेरो खुसी अनन्त छ ।”

शिक्षकले हामीलाई पढाउने विषय बताउँदै हुनुहुन्थ्यो, हाम्रो कक्षाका एक जना साथिले सोध्यो, ” सर, म आज ढिलो भएँ ।”

” डिनियोर, अवदेखि ढिला नहुनु ! ” शिक्षकले भन्नु भयो , ” यो पल्ट म माफ गर्दछु, तर अर्कोपल्ट पनि ढिला गर्यौ भने दण्ड दिनेछु ।”

” प्रिय विद्यार्थीहरु ! ” शिक्षकले भन्नु भयो, ” तिमीहरुले नयाँ उज्वेकिस्तान बनाउनु पर्छ । साथसाथै तिमीहरुले आफ्ना पितामाताको विश्वास पनि आर्जन गर्नुपर्छ जसले तिमीहरुको लागि ज्यान दिन तयार हुन्छन् । यदि तिमीहरु प्रख्यात भयौ भने म सडकमा उभिएर गर्वकासाथ भन्न सक्छु, मैले तिमीहरुलाई पढाएको थिएँ । ”

शिक्षकको यी शब्दहरुले मलाई विशेष प्रभाव पार्यो र मेरो आत्मविश्वास बढायो । कक्षा कोठामा अनेकन गाईगुईं चल्यो ।

“के तिमी मेरो जन्मदिनमा भोलि आउँछौ ?” मैले यी शब्दहरू पनि सुनें । मलाई स्पष्ट भयो शिक्षकले पनि यी शब्दहरु सुन्नु भयो ।

“समय चोरहरु !” शिक्षकले भन्नु भयो विद्यार्थीहरुलाई नियालेर हेर्दै र पछूतोपन सहित “चोरहरु समयको” ।

मैले मेरो वुवाको मुखबाट पनि यही शब्दहरु सुनेको थिएँ, जब म साथीसँग खेल्दै थिएँ । त्यसैले मलाई आश्चर्य लागेन । तर कक्षा कोठा स्तब्ध भयो ।

डोनियोर डरले काम्यो मानौं उसको साथी अव्दुल्लाले कुनै अपराधै गरेको छ ।

“डोनियोर ! तिमी किन कामिरहेका छेौ ?” शिक्षकले सोध्नुभयो ।

“तपाईंले हामीलाई चोर भन्नुभयो, हैन र ? अनि त, चोरहरुलाई दण्ड मिल्छ होइन ?”

” समय चोरलाई समय आफैले दण्ड दिन्छ । समय चोरेर तिमीहरु आफैंलाई दण्डित गरिरहेका हुन्छौ ।” शिक्षकले भन्नुभयो ।

“सर, मैले यो शब्दको अर्थ मरिगए बुझिंन । कृपया समयको चोरीको विषयमा वताउनुस् न !”

” सामान्यतया, जसले चोरी गर्छ, तिनीहरु दण्डित हुन्छन् ।” शिक्षकले भन्नुभयो, “समयका चोरहरु पनि उम्किन पाउँदैनन् । सत्य हो, समयको चोरहरु दण्डित हुँदैनन् । कानूनले पनि तिनलाई समातन सक्दैन । तर समय खेर फाल्नु, समय चोर्नु बराबर हो, भविष्य चोर्नु बराबर हो । यदि तिमीले आफ्नो समय पढाइमा लगायौ भने भविष्यमा तिमी परिपक्व बन्नेछौ ।”

ओहो ! मेरो साथी अव्दुल्ला र म त हाम्रो भविष्य चोर रहेछौं । डोनियोरले सोच्यो । शिक्षकका यी शब्दहरूले डोनियोरलाई त्यही क्षण प्रेरित गर्यो र उसले महशूस गर्यो, “समय चोर” भनेको आखिर के रहेछ ।

उ हाम्रो घरमा हतारिंदै आयो र भन्यो, ” आजैदेखि मैले थाहा पाएँ, समयको महत्व कति रहेछ !”

“हो ! तिमीले बुझ्यौ, अब हामी समय चोरने छैनौं । अब हामी ज्ञानको बाटोमा लाग्नेछौं । शिक्षकले भनेजस्तै भविष्यको हामी परिपक्व ब्यक्तित्व बन्नेछौं । म तिमीसित सहमत छु । समय नष्ट नगरौं ! म सधैं यसलाई पुरस्कारको रुपमा सम्झिनेछु !”

 

( उज्वेकिस्तानको शायान्तहुर जिल्लाको ताशकन्द शहरका अव्दुमोनिनोभ अब्दुल्ला १३ वर्षिय स्कूले विद्यार्थी हुन् । उनले फेसबुक मार्फत मसँग सम्पर्क गरेर यो कथा अनुवादको लागि अनुरोध गरे । यति सानै उमेरमा साहित्यमा लागेका उनलाई हौसलाका लागि अनुवाद गरेको हुँ । हामी नेपाली साहित्यकारलाई ताशकन्द शहरको नाम चिरपरिचित यसकारण हो कि, यही शहरमा महाकवि देवकोटाले अफ्रो एशियाली लेखक संघको सम्मेलनमा निकै प्रभावकारी भाषण अङ्ग्रेजी भाषामा प्रस्तुत गरेका थिए ।)