जासुसहरु यसरी मेरोा पछि परेका छन्, मानौं म कुनै ठूलो अपुताली पाउँदै छु १ साँच्ची भनेको, पत्याउनुहुन्न रु अब मैले यहाँबाट कुलेलम ठोके हुन्छ १ इभान, कस्तो छ तिमीलाई अहिले रु निको हुन आँट्यो रु नीलोभ्ना, पाभेलको हालखबर के छ नि रु सासा यहीँ छिन् ,”
उनले एउटा चुरोट सल्काइन् र बडो प्रेमपूर्वक आमालाई र त्यस युवकलाई आफ्ना कैला आँखाले हेरिन् र जवाफ नपर्खिकन एकपछि अर्को प्रश्नहरु सोध्दै गइन् । आमा उनलाई हेर्दै मनमनै मुस्कुराउँदै थिइन् र सोचिरहेकी थिइन् –
“अब त म पनि भलाद्मी मान्छे बन्न थालेछु !”
उनले फेरि इभानतिर झुक्दै भनिन् –
“ए छोरा, छिटो निको हुनुपर्छ है १”
यति भनेर उनी खाने कोठातिर लागिन्, जहाँ सोफिया सासासँग कुरा गर्दै थिइन् ।
“उनले तीन सय प्रति तयार पारिसकेकी छिन् । यसरी काम गर्ने हो भने त उनी मर्छिन् । गजब छ, सासा १ यस्ता मानिसहरुबीच बाँच्नु, उनीहरुको साथी बन्नू र उनीहरुसँग काम गर्नु कत्रो सौभाग्यको कुरा हो त यो ……”
“अनि त १” – सासाले कोमलतापूर्वक जवाफ दिइन् ।
साँझ चिया पिउँदै सोफियाले आमालाई भनिन् –
“नीलोभ्ना, तपाई फेरि एकपल्ट देहात पुगेर आउनुप¥यो ।”
“हुन्छ १ कहिले जानु छ रु”
“तीन दिनपछि जान सक्नुहुन्छ ?”
“हुन्छ …..”
“यसपल्ट भाडाको गाडा लिएर अर्कै बाटो भएर, निकोल्स्कोए जिलला भएर जानुहोला ।” – निकोलाइले बिस्तारै भन्यो ।
ऊ निकै दुःखित देखिन्थ्यो । गम्भीर मुद्रा उसलाई सुहाउँदैनथ्यो, यसले उसको सधैंको शान्त मुद्रा बिगाथ्र्यो ।
“निकोल्स्कोए भएर जाँदा धेरै टाढा पर्छ, फेरि भाडाको गाडा पनि निकै महँगो पर्न जान्छ ….”
“साँच्ची भन्नुहुन्छ भने ।” – निकोलाइ भन्न थाल्यो – “म यस सफरको पूरा विरोधी छु । त्यहाँ अवस्था ठीक छैन – केही मान्छेहरु गिरफ्तार भइसकेका छन् । सुन्छु – एक जना मास्टर पनि गिरफ्तार भएको छ । अब हामीले सर्तक हुनुपर्छ । अरु केही दिन पर्खे कस्तो होला ।।। रु”
सोफियाले औंलाले टेबुलमा टकटक गर्दै भनिन् –
“हामीले टाइमटाइममा उनीहरुलाई अखबार पु¥याउने गर्नुपर्छ । नीलोभ्ना, तपाईलाई डर त लागेको छैन रु” – उनले एक्कासि सोधिन् ।
आमाले आफ्नो हृदयमा चोट लागेको अनुभव गरिन् ।
“म कहिल्यै डराएकी छु र रु पहिलोपल्ट जाँदा पनि मलाई डर लागेको थिएन । म बुझ्दिनँ, अब आएर किन मैले एक्कासि …” आफ्नो वाक्य पूरा नगरिकनै उनले टाउको झुकाइन् । हरेकपल्ट जब उनीहरु सोध्थे – “तपाईलार्य डर त लाग्दैन रु तपाईलाई कुनै बाधा त छैन रु तपाई गर्न सक्नुहुन्छ रु” उनलाई यस्तो भान हुन्थ्यो, मानौं उनीहरु उनीसँग अनुरोध गर्दैछन् र उनलाई सबैबाट अलग उभिएकी ठान्छन्, उनीहरु उनीसँग त्यही व्यवहार गर्दैनन्, जस्तो आपसमा गर्छन् ।
“तपाईहरु बेकारमा सोध्ने गर्नुहुन्छ – मलाई डर त लाग्दैन ?” – उनले सुस्केरा हाल्दै भनिन् – “तपाईहरु आपसमा त डर लाग्छ लाग्दैन भन्ने सोध्ने गर्नुहुन्न ।”
निकोलाइले आफ्नो चस्मा फुकाल्यो र फेरि लगायो अनि आफ्नी दिदीतिर टुलुटुलु हेर्न थाल्यो । आमाले यो निस्तब्धता अरु बढी सहन सकिनन् र अपराधीजस्तो उभिइन् अनि केही भन्न मात्र आँटेकी थिइन्, सोफियाले आमाको हात समातेर बडो कोमलतासाथ भनिन् –
“मलाई माफ गर्नोस् १ अब कहिल्यै यस्तो कुरा गर्दिनँ १”
उनको कुरा सुनेर आमालाई हाँसो उठ्यो । केही मिनेटपछि तीनै जनासँगै बसेर आमाको सफरका लागि योजना बनाउन थाले ।
१५
बिहान सबेरै आमा भाडाको घोडागाडीमा बसेर शरद ऋतुको वर्षाले भिजेको त्यस सडकमा जाँदै थिइन् । सडकमा गाडी खडखडाउँदै थियो, चर्को हावा चल्दै थियो र चारैतिर हिलोको छिटा पर्दै थियो । अघिल्तिर बसेको गाडावाल टाउको घुमाउँदै आमातिर हेथ्र्यो र गुनासो गर्न लाग्थ्यो –
“मैले उसलाई आफ्नो त्यस दाजुलाई भनेँ, लौ आइज अंशबण्डा गरौं र हामीले अंशबण्डा पनि गर्न थाल्यौं …।”
एक्कासि बायाँतिरको घोडालाई कोर्राले हिर्काउँदै ऊ रिसले चिल्लायो –
“हिँड, हिँड बोक्सी कहीँकी ….१”
शरद ऋतुका मोटामोटा कागहरु सुक्खा खेतमा उफ्रँदै थिए । चारैतिर बतास स्वाइँस्वाइँ गर्दै थियो । बतासको यस मारबाट बच्न कागहरु तन्किएर हिँड्थे, तर बतास पनि उनीहरुको पखेटा छिर्दै पार हुन्थ्यो र कागहरुलाई आफ्नो खुट्टामा उभिन मुश्किल पथ्र्यो, अनि मन नपराईनपराई फडफडाउँदै उडेर जान्थे र फेरि अर्को ठाउँमा बस्थे ।
“के ग¥यो उसले, थाहा छ तपाईलाई रु सबै सम्पत्तिमाथि कब्जा ग¥यो र मेरा लागि एउटा चीजसम्म छोडिदिएन ….” – गाडावाल भन्दै थियो ।
आमा यसरी उसको कुरा सुन्दै थिइन्, मानौं कुनै सपना देख्दैछिन् । उनको स्मृतिपटमा पछिललो केही वर्षहरुका घटनाहरु घुम्दै थिए र उनले आफूलाई ती घटनाहरुमा सक्रिय रुपमा भाग लिइरहेकी पाइन् । पहिले उनलाई जीवनको सञ्चालन कतै धेरै टाढाबाट हुँदैछ जस्तो लाग्थ्यो, तर कसले र कुन उद्देश्यले गर्दैछ, त्यो कसैलाई पनि थाहा थिएन, तर अब धेरै कुरा उनले देख्दादेख्दै बदलिसकेको थियो र उनी आफैं यी परिवर्तनहरुमा भाग लिँदै थिइन् । यस कुरामा उनलाई सन्तुष्टि थियो तर अझै पनि उनलाई आफ्नो शक्तिमाथि विश्वास थिएन । उनी असाध्यै चिन्तित र उदास थिइन् ।
गाडा हिँड्दा उनलाई आफ्नावरिपरिका सबै कुरा पनि बिस्तारै हिँडिरहेजस्तो लाग्थ्यो । आकाशमा खैरा बादलका टुक्राहरु एक–दोस्राको पिछा गर्दै थिए । सडकको दुवैतिर उभिएका रुखहरु गाडा पार हुँदा आफ्ना नाङ्गा भिजेका हाँगाहरु हल्लाइदिन्थे, लाम सकिएपछि होचा थुम्काहरु देखा पर्थे र एकछिनपछि तिनीहरु पनि गायब हुन्थे ।
गाडावालको नाके स्वर, घोडाहरुका लगाममा झुन्डिएका घण्टीहरुको टनटन आवाज, ओसिलो बतासको सरसराहट – यी सबै आवाजहरु मिलेर एक थर्कदो प्रवाहको रुप लिँदै थियो र, त्यो प्रवाह खेतहरुमा निरन्तर बग्दै थियो ।
“पेसावालहरुलाई स्वर्गै पनि सानोजस्तो लाग्छ १” – गाडावाल आफ्नो ठाउँमा बसेर भुम्दै बोलिरहेको थियो – “उसले मलाई अझ बढी दबाउन थाल्यो – सबै हाकिमहरुसँग उसको मित्रता थियो ।”
एउटा चोकमा पुगेपछि उसले घोडाहरुको लगाम फुकालिदियो ।
“मलाई रक्सी पिउन पाँच कोपेक दिनोस् न १” – उसले बडो अनुरोधपूर्ण स्वरमा भन्यो । आमाले पााँच कोपेकको एउटा ढ्याक उसको हात राखिदिइन् । उसले ढ्याक हातमा खेलाउँदै भन्यो –
“तीन कोपेकको भोद्का पिउँछु र दुई कोपेकको रोटी खान्छु ।”
दिउँसोतिर उनीहरु जाडाले काँप्दै थकाइले चूर भएर त्यो ठूलो निस्कोल्स्कोए गाउँ आइपुगे । आमा एक गिलास चिया पिउन चौकीभित्र पसिन् । आफ्नो गह्रौं सुटकेस बेन्चमुनि राखिसकेपछि उनी झ्यालनेरको मेचमा गएर बसिन् । झ्यालबाट एउटा सानो मैदान देखिन्थयो । मैदानको पहेँलो घाँस जताततै कुल्चिएको थियो । अघिल्तिर एउटा गाढा खैरो रङको घर थियो, जसको छाना ढल्किसकेको थियो – त्यो भोलोस्त अड्डा थियो । बरन्डामा एक खल्वाटे दाह्रीवाल किसान कमिज मात्र लाएर बसेको थियो । ऊ पाइप पिउँदै थियो । मैदानमा एउटा सुँगुर घाँस चर्दै थियो । त्यो सुँगुरले रिसाउँदै कान हल्लाइरहेको थियो । केही बेरपछि त्यसले टाउको हल्लाउँदै जमीनमा थुतुनो गाड्यो ।
बादलका कालाकाला ठूलठूला डल्लाहरु मडारिँदै थिए । प्रत्येक कुरा शान्त उदास र भयानक देखिन्थ्यो । यस्तो भान हुन्थ्यो, मानौं जिन्दगी कतै लुकेर बसेको छ र सास रोकेर पर्खदै छ ।
अकस्मात् एक जना घोडचढी पुलिस सर्जेनट मैदानमा देखा प¥यो । अड्डानेर पुगेपछि उसले घोडा रोक्यो । उसले हातको कोर्रा हल्लाउँदै अघिल्तिर उभिएको किसानलाई गाली गर्न थाल्यो । उसको तीखो स्वर काँप्दै आएर झ्यालका ऐनाहरुमा ठक्कर खान्थ्यो तर शब्दहरु सुनिँदैनथे । किसानले कुनै कुरातिर सङ्केत ग¥यो । सर्जेन्ट घोडाबाट हाम फाल्यो र घोडाको लगाम किसानलाई दियो । ऊ लडखडाउँदै भ¥याङ चढ्न थाल्यो र भ¥याङको बार समाउँदै डेउढीतिर लाग्यो । डेउढीमा पुगेपछि उसले ढोका खोल्यो र भित्र पस्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

